Friday 12 Mangshir, 2077 | November 26, 2020
Menu

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

(1 Vote)
भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण
काठमाडौं कुनै पनि शब्दलाई उल्टोबाट तीब्र गतिमा उच्चारण गर्दै नेपाली युवा कृष्ण पाण्डेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। देवदह ५, रुपन्देहीका पाण्डेले एक मिनेटमा ३६ शब्दलाई उल्टोबाट उच्चारण गरेर यो रेकर्ड हात पारेका हुन्। 'नेपालको पहिचान राख्‍न सफल भएको छु,' नागरिकन्युजसँग अमेरिकाबाट टेलिफोन सम्पर्कमा पाण्डेले भने, 'देशको नाम राख्‍न अझै मेहनत गर्न उर्जा मिलेको छ।'
डिल्लीबजारको एनआइसी कलेजबाट दश जोड दुई पूरा गरेका कृष्ण हाल अमेरिकाको कान्सस शहरमा पढाई र कामलाई एकैसाथ अगाडि बढाइरहेका छन्।
भारतका शिशिर हतवारले बनाएको रेकर्ड तोड्दै कृष्णले गिनिज बुकमा आफ्नो नाम दर्ता गरेका हुन्। हतवारले एक मिनेटमा ३० शब्दको उल्टोबाट नाम उच्चारण गरेर रेकर्ड राखेका थिए। कृष्ण अहिले 'रिभर्स स्पेलर' मा विश्वका एक नम्बर बनेका हुन्।
१ हजार ५ सय मानिसबीच कृष्णले आफ्नो कला देखाएका थिए। रमाइलो के थियो भने कृष्णलाई सोधिएका कुनै पनि अक्षरहरु उनलाई यसअघि जानकारी गराइएको थिएन। 'मलाई दिएको सोझो शब्दहरु मैले उल्टोबाट सुनाएको हुँ,' कृष्णले भने। उनले उदाहरण दिँदै संवाददाताको नाम टेलिफोनमै तीब्र गतिमा उल्टोबाट सुनाएका थिए। वुद्ध नेपालमा जन्मेको र सगरमाथा नेपालमा रहेको संदेश उनले रेकर्ड कायम गर्दा प्रवाह गरेका थिए।
नयाँ वर्ष २०७१ को पूर्व सन्ध्यामा उनलाई गिनिज टिम लन्डनबाट रेकर्ड कायम गर्न सकेको 'कन्फर्मेसन' आएको थियो। उनले आधिकारिक उपलव्धीको 'सेलिब्रेसन' भने न्युयोर्कमा गरे।
महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

काठमाडौं-नेपाली महिला कामदारमाथि अमानवीय व्यवहार बढेका कारण दुई वर्षदेखि खाडीमा महिला रोजगारी प्रतिबन्धित गरिए पनि सरकारी कर्मचारीकै सहयोगमा धेरै महिला त्यता पुगेको व्यवसायीले आरोप लगाएका छन्।

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

मध्यपुर थिमी नगरपालिका क्षेत्रका बासिन्दाले मंगलबार बिहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। एक अर्कालाई रङ लगाउँदै जात्रालु अगाडि बढ्दा थिमी सहर सिन्दुरमा रङगिएको छ।

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धरान– धार्मिक यात्राको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार धरान आइपुगेका छन्। सिमराबाट समर्थकहरूका साथ आएका उनलाई स्वागत गर्न उनका शुभचिन्तकहरू फूलमाला लिएर सडक किनारमा उभिएका थिए।

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

काठमाडौ-प्रदूषणले मृत भइसकेको बागमती नदी ब्युँताउने प्रयासमा लागेका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारी सोमबार बिहान गुह्येश्वरी घाटमा नुहाउँदै छन्। त्यही बेला प्रधानमन्त्री सुशील कोइराला बागमती सफाइ अभियानमा समर्थन जनाउँदै...

डढेलोका कारण बास छाड्दै जनावर

डढेलोका कारण बास छाड्दै जनावर

रौतहट – गर्मीको सुरुवातसँगै डढेलोको प्रकोप देखिन थालेको छ। पश्चिमा तातो हावासँगै फैलँदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन्। जंगली जनावरहरु डढेलोबाट जोगिन वस्ती आसपास भट्किन थालेका...

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

काठमाडौं- केशा परियार (केशाकुमारी दमिनी) को संघर्षको कथा सुन्दा यस्तो लाग्छ, मानौं उनी मुक्तिनाथदेखि कालीगण्डकीमा बग्दै आएको एउटा ढुंगा हुन्, जो कालीगंगा फलेवासमुनि आइपुग्दा शालिग्राम बनेर निस्किइन्।

लागुऔषध प्रयोगकर्ता दोब्बर

लागुऔषध प्रयोगकर्ता दोब्बर

काठमाडौं-नेपालमा ६ वर्षभित्र कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता ९८ प्रतिशतले बढेको खुलेको छ। केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा यस्तो तथ्य देखिएको हो। केन्द्रीय तथ्यांक विभागको अध्ययनअनुसार नेपालमा ९१ हजार ५ सय ३४...

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

काठमाडौं – कुनै पनि शब्दलाई उल्टोबाट तीब्र गतिमा उच्चारण गर्दै नेपाली युवा कृष्ण पाण्डेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। देवदह ५, रुपन्देहीका पाण्डेले एक मिनेटमा ३६ शब्दलाई उल्टोबाट उच्चारण...