Friday 9 Falgun, 2076 | February 21, 2020
Menu

लागुऔषध प्रयोगकर्ता दोब्बर

(0 votes)
लागुऔषध प्रयोगकर्ता दोब्बर
काठमाडौं-नेपालमा ६ वर्षभित्र कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता ९८ प्रतिशतले बढेको खुलेको छ। केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा यस्तो तथ्य देखिएको हो। केन्द्रीय तथ्यांक विभागको अध्ययनअनुसार नेपालमा ९१ हजार ५ सय ३४ कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता छन्।
गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण कार्यक्रमले हालै सार्वजनिक गरेको विभागको प्रतिवेदनमा लागुऔषध प्रयोगकर्ताको संख्या भयावह रहेको देखाइएको छ। प्रतिवेदनअनुसार कोकिन, हेरोइन, एफएसडी, मर्फिन, ब्रुफिनर्फिन, डाइजेपाम लगायतलाई कडा लागुऔषधको सूचीमा राखिएको छ।
२०६३ को तथ्यांकअनुसार कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ताको संख्या ४६ हजार ३ सय ९ थियो। ‘दोस्रो अध्ययनमा कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ताको संख्या नाटकीय रूपमा बढेको देखियो,' प्रतिवेदनमा भनिएको छ। लागुऔषध प्रयोगकर्तामध्ये पुरुषको संख्या बढी छ। ९३ प्रतिशत पुरुष दुर्व्यसनी फेला परेका छन् भने महिलाको संख्या ७ प्रतिशतमात्रै छ।
काठमाडौंमा धेरै दुर्व्यसनी
१८ जिल्ला र २६ नगरपालिकामा केन्द्रित अध्ययनले काठमाडौं उपत्यकामा सबैभन्दा धेरै लागुऔषध प्रयोगकर्ता रहेको देखाएको छ। 
काठमाडौंमा सबैभन्दा धेरै ३६ हजार ९ सय दुर्व्यसनी छन्। २०६३ को तुलनामा ६० प्रतिशत दुर्व्यसनी बढेको देखियो। २०६३ को तथ्यांकमा काठमाडौंको संख्या १७ हजार ५ सय थियो। यसअघिको तथ्यांकमा दोस्रो नम्बरमा कास्की थियो। यसपटक कास्कीलाई सुनसरीले उछिनेको छ। २०६३ मा ३ हजार १ सय दुर्व्यसनी देखिएको सुनसरीमा २०६० मा ७ हजार ४ सय पुगेको छ। त्यसैगरी कास्कीमा ६ हजार ९ सय र मोरङमा ६ हजार ४ सय पुगेको छ। 
झापामा ६ हजार, रुपन्देहीमा ५ हजार ९ सय ९७, चितवनमा ४ हजार ५ सय १५ र पर्सामा २ हजार १ सय ३० दुर्व्यसनी रहेको खुलेको छ।
३० वर्षमुनिका धेरै
प्रतिवेदनअनुसार ३० वर्ष उमेरमुनिका दुर्व्यसनीको संख्या सबैभन्दा धेरै ७० हजार छ। २० देखि २४ वर्ष उमेर समूहको संख्या ३३ प्रतिशत छ। २५ देखि २९ वर्षका २२ प्रतिशत, १५ देखि १९ वर्षका १९ प्रतिशत, ३० देखि ३४ वर्षका १३ प्रतिशत, ३५ देखि ३९ वर्षका पाँच प्रतिशत र ४० वर्ष माथिका दुर्व्यसनीको संख्या तीन प्रतिशत छ।
‘किशोर उमेर पार गरेलगत्तै अधिकांश दुर्व्यसनीले पहिलोपटक लागुऔषध चाख्ने गरेका छन्,' प्रतिवेदनमा भनिएको छ, ‘२५ वर्ष नकट्दै लागुऔषध चाख्नेको संख्या ९५ प्रतिशत छ।' 
प्रयोगकर्तामध्ये अधिकांश अविवाहित छन् भने परिवारसँगै बस्नेको संख्या पनि उच्च छ। ५५ प्रतिशत दुर्व्यसनी बाबुआमासँगै बस्छन्। आमासँग मात्रै बस्ने दुर्व्यसनीको संख्या २० प्रतिशत छ।
प्रयोगकर्तामध्ये धेरैले दैनिक दुई सयसम्म लागुऔषधका लागि खर्चिन्छन्। तथ्यांकअनुसार ७० प्रतिशतले साथीमार्फत लागुऔषध किन्छन्। ३० प्रतिशतले लागुऔषधका बिक्रेतामार्फत किन्छन् भने २४ प्रतिशतको स्रोत मेडिकल पसल हुन्। 
जीवन सुधार्न सरकारले के गर्नुपर्छ भन्ने जिज्ञासामा अधिकांश लागुऔषध प्रयोगकर्ताले रोजगारी माग गरेका छन्। निःशुल्क उपचारको माग गर्ने र समाजबाट राम्रो व्यवहार भए जीवन सुधार्न सकिने बताउनेको संख्या पनि उल्लेख्य छ।
प्रतिवेदनअनुसार लागुऔषध कारोबार नियन्त्रणका लागि नेपाल–भारत बोर्डरमा कडा निगरानी आवश्यक रहेको दुर्व्यसनीले बताएका छन्। यस्तो सुझाव दिने ३५ प्रतिशत थिए। १९ प्रतिशतले खुद्रा बिक्रेता नियन्त्रण र १२ प्रतिशतले मेडिकल स्टोरमाथि निगरानी र कारबाही आवश्यक रहेको सुझाएका थिए।
महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

काठमाडौं-नेपाली महिला कामदारमाथि अमानवीय व्यवहार बढेका कारण दुई वर्षदेखि खाडीमा महिला रोजगारी प्रतिबन्धित गरिए पनि सरकारी कर्मचारीकै सहयोगमा धेरै महिला त्यता पुगेको व्यवसायीले आरोप लगाएका छन्।

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

मध्यपुर थिमी नगरपालिका क्षेत्रका बासिन्दाले मंगलबार बिहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। एक अर्कालाई रङ लगाउँदै जात्रालु अगाडि बढ्दा थिमी सहर सिन्दुरमा रङगिएको छ।

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धरान– धार्मिक यात्राको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार धरान आइपुगेका छन्। सिमराबाट समर्थकहरूका साथ आएका उनलाई स्वागत गर्न उनका शुभचिन्तकहरू फूलमाला लिएर सडक किनारमा उभिएका थिए।

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

काठमाडौ-प्रदूषणले मृत भइसकेको बागमती नदी ब्युँताउने प्रयासमा लागेका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारी सोमबार बिहान गुह्येश्वरी घाटमा नुहाउँदै छन्। त्यही बेला प्रधानमन्त्री सुशील कोइराला बागमती सफाइ अभियानमा समर्थन जनाउँदै...

डढेलोका कारण बास छाड्दै जनावर

डढेलोका कारण बास छाड्दै जनावर

रौतहट – गर्मीको सुरुवातसँगै डढेलोको प्रकोप देखिन थालेको छ। पश्चिमा तातो हावासँगै फैलँदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन्। जंगली जनावरहरु डढेलोबाट जोगिन वस्ती आसपास भट्किन थालेका...

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

काठमाडौं- केशा परियार (केशाकुमारी दमिनी) को संघर्षको कथा सुन्दा यस्तो लाग्छ, मानौं उनी मुक्तिनाथदेखि कालीगण्डकीमा बग्दै आएको एउटा ढुंगा हुन्, जो कालीगंगा फलेवासमुनि आइपुग्दा शालिग्राम बनेर निस्किइन्।

लागुऔषध प्रयोगकर्ता दोब्बर

लागुऔषध प्रयोगकर्ता दोब्बर

काठमाडौं-नेपालमा ६ वर्षभित्र कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता ९८ प्रतिशतले बढेको खुलेको छ। केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा यस्तो तथ्य देखिएको हो। केन्द्रीय तथ्यांक विभागको अध्ययनअनुसार नेपालमा ९१ हजार ५ सय ३४...

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

काठमाडौं – कुनै पनि शब्दलाई उल्टोबाट तीब्र गतिमा उच्चारण गर्दै नेपाली युवा कृष्ण पाण्डेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। देवदह ५, रुपन्देहीका पाण्डेले एक मिनेटमा ३६ शब्दलाई उल्टोबाट उच्चारण...