Friday 12 Mangshir, 2077 | November 26, 2020
Menu

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

(0 votes)
अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा
काठमाडौं- केशा परियार (केशाकुमारी दमिनी) को संघर्षको कथा सुन्दा यस्तो लाग्छ, मानौं उनी मुक्तिनाथदेखि कालीगण्डकीमा बग्दै आएको एउटा ढुंगा हुन्, जो कालीगंगा फलेवासमुनि आइपुग्दा शालिग्राम बनेर निस्किइन्।

बहुराष्ट्रिय कम्पनीहरूको दबदबा रहेको समयमा लघुउद्यमबाट आफूलाई चिनाउन र अरूलाई पनि यसैबाट आत्मनिर्भर बनाउन प्रयासरत केशालाई लघुउद्यमीहरूको ‘ब्रान्ड' भन्दा फरक पर्दैन।

पर्वत फलेवासकी परियारको जिन्दगीमा कपडा सिलाउने हातेमेसिनले नै परिवर्तन ल्याएको हो। त्यही हातेमेसिनबाट सुरु भएको यात्राले उनलाई अन्तर्राष्ट्रिय पुरस्कारको विजेता बनाएको छ। परियारले अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त शान्तिका लागि व्यवसाय (बिजनेस फर पिस) पुरस्कार प्राप्त गर्ने भएकी छन्। शान्ति र अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता सम्मिलित निर्णायक मण्डलले उनलाई शान्तिका लागि व्यवसाय पुरस्कार २०१४ ले सम्मानित गर्ने निर्णय गरेको हो।
उनलाई यो पुरस्कार नर्वेको बिजनेस फर पिस प्रतिष्ठानले २०७१ जेठ १ गते ओस्लोस्थित नोबेल शान्ति पुरस्कार प्रदान गरिने सिटी हलमा विशेष समारोहबीच प्रदान गर्नेछ।
उनी २०५६ सालमा पर्वत जिल्लामा सञ्चालित उघुउद्यम विकास कार्यक्रममा सहभागी भएर स्वावलम्बन र आत्मनिर्भरताको यात्रामा निस्केकी थिइन्। त्यो दिन उनको सम्झनामा ताजै छ। ‘घाँस काट्न हिँड्दै थिँए, लघुउद्यमको बैठक छ भनेपछि म पनि सहभागी भएँ,' लघुउद्यमीहरूकै कामको सिलसिलामा स्याङ्जामा रहेकी केशाले नागरिकसँग टेलिफोनमा भनिन्, ‘त्यही बैठकमा भाग लिएपछि लघुउद्यमी हुने प्रेरणा जाग्यो।'
कपडा सिलाउने पुर्खौली पेसा भए पनि केशा र उनका श्रीमानमा त्यो कलामा खासै निपूर्ण थिएनन्। लघुउद्यम परियोजनाबाटै सिलाइकटाइ तालिम लिएर पुर्खौली पेसामा लागेको उनी बताउँछिन्। तालिम लिइसकेपछि पनि ग्राहकको मन जित्न भने सजिलो भएन। सुरुमा त कपडा सिलाउँछु भन्दा ‘साइँली दमिनीले सिलाउन जान्दिनँ' भनेर धेरैले कामै नदिएको उनको अनुभव छ। ‘त्यही भएर पनि एकैचोटि टेलरिङ सेन्टर खोल्ने हिम्मत गर्न सकिनँ,' संघर्षका दिन सम्झँदै उनले भनिन्, ‘साइँली दमिनीले सिलाउन जान्दिनँ भन्ने धारणा धेरैमा भएकाले सुरुमै टेलरिङ खोल्दा डुबिएला भन्ने डर भयो, अनि म बालिघरे कपडा सिलाउन हिँडेँ।'
विस्तारै उनी सिलाइ कलामा पोख्त हुँदै गइन्। सिलाइ मेसिनका लागि लघुउद्यमबाट ४ हजार रुपैयाँ ऋण लिइन्। त्यही ऋणबाट २ हजार ५ सयमा हातेमेसिन किनिन्। सिलाइका अन्य सामग्री पनि त्यही चार हजारबाटै जुटाइन्। उनले करिब दुई वर्ष बालिघरे कपडा सिलाइन्। त्यो समय उनका बालिघर १ सय ६४ पुगेका थए।
यस अवधिमा उनले आफ्ना सिलाइ कलाबाट धेरै ग्राहकको मन जितिसकेकी थिइन्। ग्राहकलाई उनको कामप्रति विश्वास जाग्न थालिसकेको थियो। परिणामस्वरुप, उनले गाउँकै खौला भन्ने ठाउँमा टेलरिङ सेन्टर खोलिन्। त्यसका लागि पनि लघुउद्यमकै सहयोगमा कृषि विकास बैंकबाट १६ हजार रुपैयाँ ऋण लिइन्। उक्त रकमबाट दुईवटा खुट्टे मेसिन, इन्टरलक र टेबल किनिन्।
यो उनको परम्परागत सिलाइ पेसाबाट व्यावसायिक छलाङ थियो। केही समय खौलामा टेलरिङ चलाएपछि उनी खानिगाउँमा सरिन्।
सिलाइ पेसामा लागेपछि उनले अनौपचारिक अध्ययन पनि गरिन्। ‘कपडाको नापो लिँदा अक्षर नचिनेपछि अनौपचारिक शिक्षा लिएँ,' केशाले भनिन्, ‘अहिले आफूलाई चाहिनेजति लेख्नपढ्न जानेकी छु।'
केशा लघुउद्यम महासंघकी केन्द्रीय अध्यक्ष हुन्। ‘आफ्नो पेसामा मात्र म सीमित छैन, यसैको माध्यमबाट अरू धेरै महिलालाई आर्थिक रूपमा सक्षम बनाउन सकिन्छ भन्ने अभियानमै लागेकी छु,' उनले भनिन्। उनी आफ्नो टेलरिङमा महिलाहरूलाई सिलाइकटाइ तालिम दिने गर्छिन्।
‘पाँच सय रुपैयाँ लिएर सिकाउँछु,' उनले भनिन्, ‘आर्थिक रूपमा कमजोरहरूलाई निःशुल्क पनि सिकाउँदै आएकी छु।' केशासँग सिकेकाहरू अहिले विभिन्न ठाउँमा व्यवसायी बनेका छन्। ‘काम सिकेर व्यवसायमा सफल भएकाहरू देख्दा मलाई खुसी लाग्छ,' उनले भनिन्।
आफ्नो व्यवसाय टेलरिङ भए पनि उनी स्थानीय स्तरमा पाइने सामग्रीको बजार व्यवस्थापनमा पनि सक्रिय छिन्। पर्वतमा स्ट्रबेरीको व्यावसायिक खेतीको अध्ययनमा लागेको उनले बताइन्। लघुउद्यमकै पहलमा जिल्लामा अल्लो, जाम, सुन्तलाको जुस, माहुरीपालन, लप्सी, अदुवा क्यान्डी बनाउने लघुउद्योग खोलिएको उनले जानकारी दिइन्।
बिजनेस फर पिस अर्वाडको निर्णायक मण्डलमा नोबेल पुरस्कार विजेताहरू छन्। जसमा सन् २००३ का नोबेल शान्ति पुरस्कार विजेता सिरेन इवादी, २००४ का नोबेल अर्थशास्त्रीद्वय माइकल स्पेन्स र फिन किडल्यान्ड तथा २०११ का नोबेल शान्ति विजेता लेमाह बोबी छन्। 
केशासँगै बंगलादेशका सेलिमा अहमद, ट्युनिसियाका अउडेड वौकामाओवी, बेलायतका रिचर्ड बाउन्सन, लेबनानका एडनन् क्यासर र अमेरिकाका मेरिलिन कार्लसन नेल्सनले पनि यो अवार्ड जितेका छन्।
बिजनेस फर पिसको वेबसाइटमा उनकाबारे यसरी लेखिएको छ, ‘केशा ६० हजारभन्दा बढी लघुउद्यमीकी नेता हुन्। उनी नेपालको पिछडिएको दलित समुदायबाट आएकी भए पनि उनको नेतृत्व र सफलताले धेरैलाई उद्यमी बनाउन तथा स्वरोजगारका अवसर खोजी गर्न र विभेद हटाउन प्रोत्साहन गरेको छ।'

महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

काठमाडौं-नेपाली महिला कामदारमाथि अमानवीय व्यवहार बढेका कारण दुई वर्षदेखि खाडीमा महिला रोजगारी प्रतिबन्धित गरिए पनि सरकारी कर्मचारीकै सहयोगमा धेरै महिला त्यता पुगेको व्यवसायीले आरोप लगाएका छन्।

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

मध्यपुर थिमी नगरपालिका क्षेत्रका बासिन्दाले मंगलबार बिहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। एक अर्कालाई रङ लगाउँदै जात्रालु अगाडि बढ्दा थिमी सहर सिन्दुरमा रङगिएको छ।

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धरान– धार्मिक यात्राको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार धरान आइपुगेका छन्। सिमराबाट समर्थकहरूका साथ आएका उनलाई स्वागत गर्न उनका शुभचिन्तकहरू फूलमाला लिएर सडक किनारमा उभिएका थिए।

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

काठमाडौ-प्रदूषणले मृत भइसकेको बागमती नदी ब्युँताउने प्रयासमा लागेका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारी सोमबार बिहान गुह्येश्वरी घाटमा नुहाउँदै छन्। त्यही बेला प्रधानमन्त्री सुशील कोइराला बागमती सफाइ अभियानमा समर्थन जनाउँदै...

डढेलोका कारण बास छाड्दै जनावर

डढेलोका कारण बास छाड्दै जनावर

रौतहट – गर्मीको सुरुवातसँगै डढेलोको प्रकोप देखिन थालेको छ। पश्चिमा तातो हावासँगै फैलँदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन्। जंगली जनावरहरु डढेलोबाट जोगिन वस्ती आसपास भट्किन थालेका...

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

काठमाडौं- केशा परियार (केशाकुमारी दमिनी) को संघर्षको कथा सुन्दा यस्तो लाग्छ, मानौं उनी मुक्तिनाथदेखि कालीगण्डकीमा बग्दै आएको एउटा ढुंगा हुन्, जो कालीगंगा फलेवासमुनि आइपुग्दा शालिग्राम बनेर निस्किइन्।

लागुऔषध प्रयोगकर्ता दोब्बर

लागुऔषध प्रयोगकर्ता दोब्बर

काठमाडौं-नेपालमा ६ वर्षभित्र कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता ९८ प्रतिशतले बढेको खुलेको छ। केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा यस्तो तथ्य देखिएको हो। केन्द्रीय तथ्यांक विभागको अध्ययनअनुसार नेपालमा ९१ हजार ५ सय ३४...

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

काठमाडौं – कुनै पनि शब्दलाई उल्टोबाट तीब्र गतिमा उच्चारण गर्दै नेपाली युवा कृष्ण पाण्डेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। देवदह ५, रुपन्देहीका पाण्डेले एक मिनेटमा ३६ शब्दलाई उल्टोबाट उच्चारण...