Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

डढेलोका कारण बास छाड्दै जनावर

(0 votes)
डढेलो लागेपछि सुरक्षित वासस्थानको खोजीमा वस्तीनजिक आएका नीलगाई। डढेलो लागेपछि सुरक्षित वासस्थानको खोजीमा वस्तीनजिक आएका नीलगाई। तस्बिर : मदन ठाकुर
रौतहट – गर्मीको सुरुवातसँगै डढेलोको प्रकोप देखिन थालेको छ। पश्चिमा तातो हावासँगै फैलँदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन्। जंगली जनावरहरु डढेलोबाट जोगिन वस्ती आसपास भट्किन थालेका छन्।
चारकोसे झाडीको वनक्षेत्रमा हिउँदमा चोरी निकासी प्रमुख समस्या देखिन्छ भने गर्मीमा सुरुआतदेखि नै डढेलो लाग्ने गरेको छ। पूर्व–पश्चिम राजमार्गसँग जोडिएकोे वन क्षेत्रमा केही दिनदेखि लगातार आगलागी हँुदै आएको छ। दुई किनारका वनमा लागेको आगोले राजमार्गमा बाक्लो हुस्सु लागेझैँ धुवा देखिने गरेको छ।
चौपाया चराउन र घास दाउरा लिन जानेहरूले चुरोट–बिँडी सेवन गरी फालेको ठुटोबाट वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ। अर्कोतर्फ वस्तुभाउ चराउन जाने गोठालाले नयाँ घाँस उमि्रने भन्दै आफैँसमेत आगो लगाउने गरेका छन्।
डढेलोले जंगली जनावरहरू वासस्थान छाडी वस्ती आसपास र राजमार्गमा देखापर्ने गरेकाले सिकारीहरूलाई समेत वन्यजन्तु शिकार गर्न सजिलो भएको छ। बाँदर, निलगाई, बँदेल, हरिणलगायत जनावर सुरक्षित स्थानको खोजीमा यताउता भट्किन थालेका छन्।
लागातार वनमा डढेलो लागेपछि घाटगादि गरेका काठ, हरियो रुख सुक्ने, नयाँ विरुवा मासिने, जंगली जनावर लोपसमेत हुने भएकाले राष्ट्रिय सम्पदालाई धेरै हानी नोक्सानी पुग्ने गरेको वृन्दावन साझेदारी वनका अध्यक्ष शंकर यादव बताउँछन्। सम्बन्धित निकायले समयमै डढेलो नियन्त्रण गर्न नसके गर्मी मौसमसँगै चल्ने तातो हावाहुरीले मानववस्तीमा आगलागीको खतरा बढाउने उनले बताए।
जिल्लाको उतरी भेगमा लमहा, पौराई, गैडाटार, चन्द्रनिगाहपुर, भोलनटार, सिमरी, बलेरी, जंगलसैया, भैसहीलगायतका जंगल क्षेत्रका गाउँले डढेलोको समस्या झेलिरहेका छन्।
दिनदिनै वनक्षेत्रमा डढेलो फैलिँदा पनि जिल्ला वन कार्यालयले भने नियन्त्रणका लागि ठोस पहल थालेको छैन। वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख बाबुराम भण्डारी भने पूर्व–पश्चिम राजमार्ग र वनसँग टासिएको मानव बस्तीमा कुनै किसिमको क्षति हुन नदिन पानी ट्यांकीको व्यवस्था गरी डढेलो नियन्त्रणका लागि ठाउँ ठाउँमा वनगस्ती खटाउने गरेको बताउँछन्। 'गर्मीयाममा डढेलो लाग्नु स्वाभाविकै हो,' उनले भने, 'डढेलोको असर बढी हुन नदिन विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ।'
तोरिबारी जंगलमा वर्षौंदेखि गाईवस्तु चराउँदै आएका समनपुर र हर्दियाका किसानलेे सयौैं गाईवस्तु डढेलोबाट जोगाउन जंगलबाट गाउँमा ल्याएर राखेका छन्। 'हाम्रो गाउँमा मान्छेको संख्याभन्दा दोब्बर चौपाया छन्,' समनपुर टोकारका रामदेव यादवले भने, 'डढेलोबाट जोगाउन गाईवस्तु गाउँमा ल्याएर राखेपछि चरनको समस्या थपिएको छ।'
महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

काठमाडौं-नेपाली महिला कामदारमाथि अमानवीय व्यवहार बढेका कारण दुई वर्षदेखि खाडीमा महिला रोजगारी प्रतिबन्धित गरिए पनि सरकारी कर्मचारीकै सहयोगमा धेरै महिला त्यता पुगेको व्यवसायीले आरोप लगाएका छन्।

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

मध्यपुर थिमी नगरपालिका क्षेत्रका बासिन्दाले मंगलबार बिहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। एक अर्कालाई रङ लगाउँदै जात्रालु अगाडि बढ्दा थिमी सहर सिन्दुरमा रङगिएको छ।

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धरान– धार्मिक यात्राको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार धरान आइपुगेका छन्। सिमराबाट समर्थकहरूका साथ आएका उनलाई स्वागत गर्न उनका शुभचिन्तकहरू फूलमाला लिएर सडक किनारमा उभिएका थिए।

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

काठमाडौ-प्रदूषणले मृत भइसकेको बागमती नदी ब्युँताउने प्रयासमा लागेका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारी सोमबार बिहान गुह्येश्वरी घाटमा नुहाउँदै छन्। त्यही बेला प्रधानमन्त्री सुशील कोइराला बागमती सफाइ अभियानमा समर्थन जनाउँदै...

डढेलोका कारण बास छाड्दै जनावर

डढेलोका कारण बास छाड्दै जनावर

रौतहट – गर्मीको सुरुवातसँगै डढेलोको प्रकोप देखिन थालेको छ। पश्चिमा तातो हावासँगै फैलँदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन्। जंगली जनावरहरु डढेलोबाट जोगिन वस्ती आसपास भट्किन थालेका...

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

काठमाडौं- केशा परियार (केशाकुमारी दमिनी) को संघर्षको कथा सुन्दा यस्तो लाग्छ, मानौं उनी मुक्तिनाथदेखि कालीगण्डकीमा बग्दै आएको एउटा ढुंगा हुन्, जो कालीगंगा फलेवासमुनि आइपुग्दा शालिग्राम बनेर निस्किइन्।

लागुऔषध प्रयोगकर्ता दोब्बर

लागुऔषध प्रयोगकर्ता दोब्बर

काठमाडौं-नेपालमा ६ वर्षभित्र कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता ९८ प्रतिशतले बढेको खुलेको छ। केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा यस्तो तथ्य देखिएको हो। केन्द्रीय तथ्यांक विभागको अध्ययनअनुसार नेपालमा ९१ हजार ५ सय ३४...

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

काठमाडौं – कुनै पनि शब्दलाई उल्टोबाट तीब्र गतिमा उच्चारण गर्दै नेपाली युवा कृष्ण पाण्डेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। देवदह ५, रुपन्देहीका पाण्डेले एक मिनेटमा ३६ शब्दलाई उल्टोबाट उच्चारण...