Wednesday 4 Mangshir, 2076 | November 20, 2019
Menu

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

  • सोमबार १ बैशाख, २०७१
  • सुबोध गौतम
  • DISQUS_COMMENTS
(1 Vote)
बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव
काठमाडौ-प्रदूषणले मृत भइसकेको बागमती नदी ब्युँताउने प्रयासमा लागेका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारी सोमबार बिहान गुह्येश्वरी घाटमा नुहाउँदै छन्। त्यही बेला प्रधानमन्त्री सुशील कोइराला बागमती सफाइ अभियानमा समर्थन जनाउँदै पानी स्पर्श गर्न घाटमा पुग्दैछन्।
मुख्य सचिव पौडेलले आफ्नो घरपरिवारलाई दिनुपर्ने शनिबारको फुर्सदधरि बागमतीमा अर्पण गर्न थालेको धेरै भइसक्यो। उनकै स्वस्फुर्त पहलले बागमती सफाइप्रति चासो जगाएको छ। तर, बागमतीको पानीले नुहाएर उनी यो नदी सफा भइसक्यो भन्ने सूचना दिन चाहन्छन्, वा यो उनको सांकेतिक प्रयास मात्र हो?

अन्य नदीसरह झ्वाम्म फाल हालेर नुहाउनसक्ने अवस्था बागमतीमा अहिले पनि छैन। सोमबारको स्नान कार्यक्रमका लागि गरिएका विभिन्न तयारीबाट यसको पुष्टि हुन्छ। नजिक पुग्नेबित्तिकै ह्वास्स गन्हाएर नाक थुन्नुपर्ने अवस्था कतिपय ठाउँमा छँदैछ। यस्तोमा स्नान कार्यक्रम सफल पार्न गुह्येश्वरीघाटमा भइरहेका तयारी अस्वाभाविक होइन। 

त्यही तयारी क्रममा मलमूत्रसहितको ढल मिसिने बागमतीको गुह्येश्वरी खण्डको पानी तीन दिनदेखि नियमित परीक्षण गरिएको छ। पानीलाई करिब दुई सय मिटर दुरीमा दुईतिरबाट थुनेर राखिएको छ। गुह्येश्वरीघाटको माथिल्लो र तल्लो तटमा सिमेन्टका बोरामा माटो र बालुवा भरेर बा“ध बनाइएको छ। घाटका दुवै किनार र बीच–बीचमा बालुवा हालिएको छ। गुह्येश्वरीदेखि माथिल्लो खण्डमा दुई/तीन दशकदेखि जमेर बसेको लेदो फोहोर कोट्याउने प्रयास भइरहेको छ। यो प्रयास गुह्येश्वरीमा सफा पानी ल्याउन गरिएको हो। 

‘सफा पानी बग्छ कि भनेर नदीको पिँधमा जमेर बसेको कालो लेदो र फोहोर कोतरिरहेका छौं,' अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना उप–प्रमुख भरतबहादुर केसीले आइतबार नागरिकसँग भने। 

उनका अनुसार पानीलाई प्राकृतिक रूपमा सफा गर्न नदी बीच–बीचमा रहेका बालुवाका ढिस्का ढालेर फिजाइएको छ। घाट किनार स्नान गर्ने ठाउँ बनाउन आइतबार टेन्ट गाड्ने काम भइरहेको थियो। स्नानअघि आधा घन्टा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम पनि छ। 

नागरिककर्मी आइतबार साँझ त्यहाँ पुग्दा दुई सय मिटर दुरीमा बनाइएको बाँधको बीचमा धेरै मात्रामा पानी संकलन भएको देखिन्थ्यो। पानी सफा भने थिएन। हरियो लेउ र फोहोरको फिँज पानीमाथि तैरिरहेको थियो। ठोस फोहोर पदार्थ पनि देखिन्थ्यो। अझ गुह्येश्वरीको माथिल्लो खण्डमा कालो पानी बगिरहेको थियो। एक/दुई ठाउँमा फोहोर पानी नै बागमतीमा झरिरहेको पनि देखियो। यसको जानकारी पाएपछि आयोजनाका प्राविधिक स्थलगत अध्ययनका लागि गएका थिए।

सुरुमा यो स्नान कार्यक्रम तिलगंगामा गर्ने भनिएको थियो। तर, त्यहाँ खसालिएको ढलको व्यवस्थापन समयमा हुन नसकेकाले गुह्येश्वरीमा सारिएको केसीले बताए। ‘तिलगंगामा खसालिएको ढललाई बागमतीको मुख्य लाइनमा जोड्न बनाउन लागेको च्याम्बर एक महिना ढिला भयो, त्यसैले कार्यक्रम यहा“ सर्यो ,' उनले भने। 

बागमती सरसफाइ महाअभियानका अर्का अभियन्ता राजु अधिकारीले बागमती सफाइको लक्ष्य र प्रतिबद्धता पुष्टि गर्न स्नान कार्यक्रम राखिएको जानकारी दिए। ‘कसै न कसैले त यसको सुरुआत गर्नुपर्योा नि, होइन र?' उनले भने। उनका अनुसार स्नानका लागि सरकारले डेढ सयजनालाई निम्तोपत्र पठाएको छ। त्यसमध्ये करिब सयजनाले स्नान गर्ने कार्यक्रम छ। सरोकारवाला सरकारी निकायका सबै अधिकारी र कर्मचारीलाई अनिवार्य गरिएको छ।

‘हामीस“ग १०/१५ वटा बाल्टिन हुन्छन्। त्यसमा पानी भर्ने र मगले खन्याएर नुहाउने योजना छ,' अधिकारीले भने, ‘२०/३० मिटर टाढाबाट नाक थुन्नुपर्ने अवस्थामा पुगेको बाग्मती आज यो स्थितिमा आइपुग्नु पनि ठूलो उपलब्धि हो।' प्राविधिक परीक्षणअनुसार पानीको गुणस्तर नुहाउन मिल्ने भएको उनले बताए। 

वातावरणविद तथा बागमतीका अध्ययनकर्ता तोरण शर्माले बागमतीका हरेक स्थानमा प्रत्येक दिन नुहाउन मिल्ने बनाउन सरकार सफल होस् भन्ने शुभकामना दिएका छन्। ‘एक दिन त हामी असारे रोपाइँको हिलोमा पनि रमाउन सक्छौं, तर हरेक दिन नुहाउन मिल्ने हुनुपर्योम,' उनले भने, ‘मुख्य सचिवले मात्र होइन, हरेक नेपालीले चाहेको स्थानमा नुहाउन मिल्ने बन्नुपर्यो ।' प्लास्टिक र अन्य ठोस फोहोर उठाउने अभियानबाट १० प्रतिशत उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले भने, ‘काठमाडौंका सबै ढल प्रशोधन नभएसम्म बागमती सर्वसाधारणले नुहाउने नदी हुन सक्दैन।'

महाअभियानअन्तर्गत फोहोर उठाउने काम दीगो नभएको उनको तर्क छ। ‘अहिले फोहोर उठाएर के गर्नुहुन्छ, वर्षा सुरु हुनेबित्तिकै राजधानीका सबै प्लास्टिक र अन्य फोहोर बागमतीमै गएर थुप्रिन्छन्,' उनले भने, ‘त्यसका लागि पूरै राजधानीलाई फोहोरमुक्त बनाउनुपर्छ।'

शर्माले नदी पिँधमा वर्षौंदेखि जमेर बसेको दिशाको लेदो नहटाउँदासम्म बागमतीको पानी सफा हुन नसक्ने बताए। ‘जबसम्म नदीको पिँधमा बालुवा देखिँदैन, तबसम्म नदी सफा हुँदैन। महाअभियानले अहिलेसम्म पिँधको फोहोर उठाएको छैन,' उनले भने, ‘तैपनि केही नहुनुभन्दा यतिलाई पनि सकारात्मक रूपमै लिनुपर्छ।'

बागमतीको ढल प्रशोधन गर्न गोकर्णभन्दा माथि र गुह्येश्वरीमा गरी दुईवटा प्रशोधन केन्द्र छ। लोडसेडिङले गुह्येश्वरीको प्रशोधन केन्द्र प्रायः बन्द रहन्छ। त्यहाँ जम्मा हुने ढल सबै सुरुङबाट तिलगंगा पुर्यािइएको छ। त्यसलाई मुख्य ढलमा मिसाउने तयारी भइरहेको छ। प्राविधिकहरूका अनुसार प्रशोधन केन्द्र चौबीसै घन्टा चलेन भने त्यसको औचित्य हुँदैन। ‘२४ सै घन्टा चलेन भने केन्द्रमा फोहोर खाने जीवाणु उत्पत्ति हुँदैन,' आयोजनाका एक प्राविधिकले भने, ‘यसले ढल प्रशोधन नै हुँदैन।'

गुह्येश्वरी केन्द्रको ढल प्रशोधन क्षमता पनि निकै कम छ। यसले प्रतिसेकेन्ड १ सय ९० लिटर ढल प्रशोधन गर्न सक्छ, जबकि यहाँ प्रतिसेकेन्ड ५ सय लिटरभन्दा बढी ढल जम्मा हुन्छ। आयोजनाका उप–प्रमुख केसीले प्रशोधन केन्द्र चौबीसै घन्टा चलाउन बिजुलीको व्यवस्था भइरहेको जानकारी दिए। ‘एक महिनाभित्र यहा“को केन्द्र चौबीसै घन्टा सञ्चालनमा आउँछ,' उनले भने। एसियाली विकास बैंक (एडिबी) को सहयोगमा हालको केन्द्र स्तरोन्नति गर्ने र थप पाँचवटा प्रशोधन केन्द्र बनाउने योजना छ। 

सुख्खा नदीको उपमा पाएको बागमतीको चौडाइ गोकर्णभन्दा माथि झन्डै ४० मिटर छ। त्यसमा मुश्किलले ४/५ मिटरमा मात्र पानी बग्छ। तलतिर नदीको चौडाइ बढ्दै गए पनि पानीभन्दा ढलको मात्रा बढी छ। अझ वैशाख महिना जहिले पनि पानीको मात्रा सबैभन्दा कम हुन्छ।

बागमती नदीको पानी सुन्दरीजलदेखि नै खोसिएको छ। त्यो पानी बागमतीबाट अलग्याएर राजधानीबासीका लागि काठमाडौं ल्याइन्छ। यही पानी पूर्ति गर्ने उद्देश्यले बागमतीलाई पानीयुक्त बनाउन एडिबीको सहयोगमा ‘बागमती रिभर बेसिन इम्प्रुभमेन्ट प्रोजेक्ट' अन्तर्गत सुन्दरीजलमा पानी संकलनका लागि दुईवटा बाँध बन्नेछन्। सरकारी योजनाअनुसार बर्खा यामको पानी जम्मा गरेर सुख्खा याममा बागमतीमा छाडिनेछ। सुख्खा याममा पशुपति क्षेत्रमा घुँडासम्म पानी बगाउने योजना छ। एडिबीकै सहयोगमा ‘रिभर साइड एक्टिभिटिज प्रोजेक्ट' अन्तर्गत नदीका दुवैतिर हरियाली बनाउने काम भइरहेको छ। 

उप–प्रमुख केसीले सरसफाइ महाअभियान सुरु भएपछि बागमतीको काममा निकै सफलता हात परेको बताए। उनका अनुसार नदीको अतिक्रमित जग्गा फिर्ता ल्याउन र ढल ओछ्याउन सहयोग पुगेको छ। ‘महाअभियान सुरु भएयता यी काम द्रुत गतिमा अघि बढेको छ,' उनले भने, ‘बागमती सरकारको प्राथमिकतामा परेको छ। आमनागरिकको चासोको विषय बनेको छ।'

बागमतीलाई धेरैपटक परीक्षण गरिसकेका शर्माले एक दशकदेखि नै यसलाई मृत नदी घोषणा गरिसकेका छन्। उनले नदीको सतहमा गन्ध आउने कालो लेदो झन्डै तीन इन्चसम्म भेटेका छन्। ‘अहिलेको अवस्था योभन्दा बढी हो, कम होइन,' उनी भन्छन्, ‘पानीमा हुनुपर्ने कुनै पनि गुण यसमा बग्ने झोल पदार्थमा छैन।' 

सुन्दरीजलबाट जतिजति तल (दक्षिण) झर्दै आउँछ, त्यतित्यति बागमतीमा बग्ने पानीको स्तर खस्किँदै जान्छ। यही क्रममा काठमाडौंको मध्यभाग शंखमूल दोभानदेखि तल आइपुग्दा यो पूरै मृत भइसक्छ। त्यसैले उनी भन्छन्, ‘नुहाउने कार्यक्रम सरसफाइको सांकेतिक प्रयास हो भने यसलाई सकारात्मक रूपमा लिनुपर्छ, यसले धेरैलाई बागमती सफाइमा लाग्न प्रेरित गर्नेछ, तर यदि बागमती सफा भयो भन्न खोजिएको हो भने गुह्येश्वरीमा किन, आर्यघाट र तिलगंगामा नुहाएर देखाउनुपर्छ।'
महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

काठमाडौं-नेपाली महिला कामदारमाथि अमानवीय व्यवहार बढेका कारण दुई वर्षदेखि खाडीमा महिला रोजगारी प्रतिबन्धित गरिए पनि सरकारी कर्मचारीकै सहयोगमा धेरै महिला त्यता पुगेको व्यवसायीले आरोप लगाएका छन्।

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

मध्यपुर थिमी नगरपालिका क्षेत्रका बासिन्दाले मंगलबार बिहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। एक अर्कालाई रङ लगाउँदै जात्रालु अगाडि बढ्दा थिमी सहर सिन्दुरमा रङगिएको छ।

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धरान– धार्मिक यात्राको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार धरान आइपुगेका छन्। सिमराबाट समर्थकहरूका साथ आएका उनलाई स्वागत गर्न उनका शुभचिन्तकहरू फूलमाला लिएर सडक किनारमा उभिएका थिए।

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

बागमती स्नान कार्यक्रम,यसरी नुहाउँदैछन् मुख्य सचिव

काठमाडौ-प्रदूषणले मृत भइसकेको बागमती नदी ब्युँताउने प्रयासमा लागेका मुख्य सचिव लीलामणि पौडेलसहितका उच्च अधिकारी सोमबार बिहान गुह्येश्वरी घाटमा नुहाउँदै छन्। त्यही बेला प्रधानमन्त्री सुशील कोइराला बागमती सफाइ अभियानमा समर्थन जनाउँदै...

डढेलोका कारण बास छाड्दै जनावर

डढेलोका कारण बास छाड्दै जनावर

रौतहट – गर्मीको सुरुवातसँगै डढेलोको प्रकोप देखिन थालेको छ। पश्चिमा तातो हावासँगै फैलँदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन्। जंगली जनावरहरु डढेलोबाट जोगिन वस्ती आसपास भट्किन थालेका...

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

अन्तर्राष्ट्रिय अवार्ड जित्‍ने केशाको जीवनकथा

काठमाडौं- केशा परियार (केशाकुमारी दमिनी) को संघर्षको कथा सुन्दा यस्तो लाग्छ, मानौं उनी मुक्तिनाथदेखि कालीगण्डकीमा बग्दै आएको एउटा ढुंगा हुन्, जो कालीगंगा फलेवासमुनि आइपुग्दा शालिग्राम बनेर निस्किइन्।

लागुऔषध प्रयोगकर्ता दोब्बर

लागुऔषध प्रयोगकर्ता दोब्बर

काठमाडौं-नेपालमा ६ वर्षभित्र कडा प्रकृतिको लागुऔषध प्रयोगकर्ता ९८ प्रतिशतले बढेको खुलेको छ। केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा यस्तो तथ्य देखिएको हो। केन्द्रीय तथ्यांक विभागको अध्ययनअनुसार नेपालमा ९१ हजार ५ सय ३४...

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

काठमाडौं – कुनै पनि शब्दलाई उल्टोबाट तीब्र गतिमा उच्चारण गर्दै नेपाली युवा कृष्ण पाण्डेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। देवदह ५, रुपन्देहीका पाण्डेले एक मिनेटमा ३६ शब्दलाई उल्टोबाट उच्चारण...