Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

बुधबार ३ बैशाख, २०७१
काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

काठमाडौं–हेटौंडा सुरुङमार्गमा टिबीआई होल्डिङको एक अर्ब लगानी

बुधबार ३ बैशाख, २०७१

काठमाडौं— निजी क्षेत्रले बनाउन लागेको काठमाडौं–हेटौंडा सुरुङमार्गमा जापानको टिबीआई होल्डिङले एक अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। सुरुङमार्ग निर्माणको जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी र टिबीआईवीच बुधवार एक अर्बको शेयर खरीद सम्झौंता भयो।

नाइ नभन्नु ल २ बाट हौसिए निर्देशक आचार्य

बुधबार ३ बैशाख, २०७१
काठमाडौं - विकास आचार्य निर्देशित नाइ नभन्नु ल २ ले बुधबारसम्म डेढ करोड रुपियाँको कारोबार गरेको छ। 'हाम्रो फिल्मले सबैभन्दा थोरै दिनमा नै करोड रुपियाँ पार गरेको छ,' निर्देशक आचार्यले भने, 'फिल्मले लगानी उठाएर नाफा दिन थालेको छ।'

'सेतो बाघ' सुटिङ सकियो

बुधबार ३ बैशाख, २०७१
काठमाडौं– नीर शाहको निर्देशनमा बनिरहेको फिल्म 'सेतो बाघ'को सुटिङ ५१ दिनमा सकिएको छ। काठमाडौंको सिनामंगलस्थित एक गार्मेन्टमा लगाइएको सेटबाट सुरु भएको सुटिङ पाटन दरबार संग्रहालय, केशर महल, चितवनको मेघौली, रक्षा मन्त्रालयको बेलायती बैठक हुँदै कमल विनायकमा टुंगिएको हो।

विप्लवलाई ह्याट्रिक कामना!

बुधबार ३ बैशाख, २०७१
काठमाडौं - 'तिनीहरु राँकेभूत होइनन्।' विप्लव ढकालले चालिसको दशकमा लेखेको यो कविताले उनकै जिल्ला भोजपुरका कवि श्रवण मुकारुङको मथिंगल हल्लाइदिएको थियो। श्रवणका यी अग्रज कालान्तरमा मिल्ने साथी भए।

मुद्दा फिर्ता गराउन एमाओवादी आन्दोलित

बुधबार ३ बैशाख, २०७१
काठमाडौं-एनेकपा माओवादीले कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा आफ्ना १३ कार्यकर्ताविरुद्ध दायर मुद्दा फिर्ता लिन माग गर्दै देशव्यापी आन्दोलन घोषणा गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकले आन्दोलनको निर्णय गरेको हो।


पहिलो दिन शिवरामको अग्रता

बुधबार ३ बैशाख, २०७१
काठमाडौं– नेपाल नम्बर एक व्यावसायिक खेलाडी शिवराम श्रेष्ठले मंगलबार सुरु सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन उमेश नगरकोटीमाथि दुई स्ट्रोकको अग्रता लिएका छन्।


आर्मी र धनगढीको पहिलो जित

बुधबार ३ बैशाख, २०७१
काठमाडौं– त्रिभुवन आर्मी क्लब र धनगढीले पेप्सी स्ट्यान्डर्ड चार्टडए एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो विजय पाएका छन्। पहिलो खेलमा पराजित आर्मीले मंगलबार बैतडीलाई २ विकेटले पराजित गर्‍यो भने धनगढीले नेपालगन्जमाथि ६६ रनको विजय पाएको थियो ।


राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि मेला हुने

बुधबार ३ बैशाख, २०७१
काठमाडौं-घरेलु तथा साना उद्योग विकास समितीले हरेक वर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको रजत महोत्सव मनाउने तयारी गर्दैछ। वैशाख ४ देखि ८ गतेसम्म हुने यस प्रदर्शनी तथा रजत महोत्सवमा उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमीलाई पुरस्कृत पनि प्रदान गरिनेछ।


जति पैसा बुझायो त्यति तेल

बुधबार ३ बैशाख, २०७१
काठमाडौं-इन्डियन आयल कर्पोरेसन(आइओसी)ले रकमका आधारमा पेट्रोलियम पदार्थ दिने भएको छ। बक्यौता रकम नबुझाएपछि आइओसीले आयल निगमलाई आपूर्ति कटौती गरेको हो।


Subscribe to this RSS feed