Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

निजी क्षेत्र अब पर्खेर बस्दैन

गत वर्ष चैते दसैं मेलामा म बाग्लुङ गएको थिएँ। त्यहाँ पुगेपछि कुश्मा उद्योग वाणिज्य संघका अध्यक्ष होमनारायण श्रेष्ठबाट कुश्माको शिवालयबाट बाग्लुङ नारायणस्थान जोड्ने यान्त्रिक पुल निर्माणमा नेतृत्व गरिदिनुपर्‍र्यो भन्ने प्रस्ताव आयो। स्थानीय, निजी क्षेत्र, सार्वजनिक साझेदारीमा यान्त्रिक पुल निर्माण गर्न उहाँले मलाई प्रस्ताव गर्नुभएको थियो। यो यान्त्रिक पुल निर्माण भएपछि कुश्मादेखि बाग्लुङ जान लाग्ने तीन घन्टा दुरी पाँच मिनेटमा पार गर्न सकिने रहेछ। श्रेष्ठको प्रस्तावलाई मैले सहर्ष स्वीकार गरेर नेतृत्व गर्नेभन्दा लगानीमा सहमति जनाए।
विस्तृतमा पढ्नुस्

सञ्चारमा फड्को

लोकतन्त्रपछि नेपाली समाजमा केही सकारात्मक पक्ष छन्। राजनीतिलगायत क्षेत्रमा भने नकारात्मक परिस्थिति देखिएको छ। लोकतन्त्रपछि अहिलेको अवस्थालाई विश्लेषण गर्दा सबैभन्दा ठूलो विकास सञ्चार क्षेत्रमा भएको छ। सञ्चारमाध्यम जनताका आँखा, कान र चेतनाको संवाहक पनि हुन्। विद्युतीय सञ्चार क्षेत्रमा टेलिभिजन र एफएमका लागि नेपाल उर्भरभूमि भयो। यसबीच पत्रपत्रिकाको विकास भयो। टेलिकम्युनिकेसनको विकास पनि उल्लेख्य रूपमा भयो।
विस्तृतमा पढ्नुस्

बैंक : टोकनदेखि मोबाइलसम्म

लोकतन्त्र पुर्नस्थापनासँगै शान्ति प्रक्रिया सुरु भएपछि बैंकिङ क्षेत्रमा 'क्रान्तिकारी परिवर्तन' भएको छ। २०४६ मा पञ्चायती व्यवस्था अन्त्यपछि बैंकिङ क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढ्न थाले पनि सशस्त्र द्वन्द्वले यसको विकासलाई खुम्चाउन पुग्यो। शान्ति प्रक्रियापछि बैंकहरूको सञ्जाल वृद्धिसँगै नयाँ प्रविधि र सेवाले सर्वसाधारणलाई बैंकिङमैत्री पनि बनाएको छ।
विस्तृतमा पढ्नुस्

लोकतन्त्रको पुनर्स्थापनापछि आदिवासी जनजातिले के पाए?

विषय प्रवेश २०४६ सालमा लोकतन्त्रको पुनर्बहाली भएपछि अहिलेसम्म आदिवासी जनजातिले के पाए भनेर फर्केर हेर्दा केही अत्यन्त महŒवपूर्ण उपलब्धि भएका छन् भने केही सकारात्मक कार्यको थालनी भएको छ। राजतन्त्रको अन्त्य, धर्मनिरपेक्षता र संघीयता अत्यन्त महŒवपूर्ण उपलब्धि हुन्। कानुनी पहिचान, सम्मान र हैसियत, आदिवासीवादको उदय, योजना तथा कार्यक्रममा लक्षित समूह र सामाजिक–सांंस्कृतिक आन्दोलनबाट राजनीतिक दल वस्तुगत देखिनु महŒवपूर्ण उपलब्धि हुन्। आत्मनिर्णयसहितको स्वायत्तता, स्वशासनको अभ्यास र यसलाई संस्थागत गर्न गरिएको प्रयासलाई पनि उपलब्धि मान्नुपर्ने हुन्छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed