Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

शुक्रबार

लोकसंगीतका महाराजा–महारानी

(1 Vote)
लोकसंगीतका महाराजा–महारानी
समय यस्तो पनि थियो, जति बेला दोहोरी गीतमा कुनै आकर्षण थिएन। अहिले यसले लोकदोहोरीको मान्यता पाएको छ। हिजो घाँसे गीतका गायकगायिकाका रूपमा उपेक्षित कलाकारले जनताबाट सम्मान पाउन थालेका छन्। उनीहरूको जीवनस्तर हलक्क बढेको छ। नाम चलेका लोकदोहोरी गायकगायिका दिनमा आधा दर्जन गीत रेकर्ड गर्छन्, देशविदेशका थुप्रै कार्यक्रममा गाउन पुग्छन्। समाजमा उनीहरूको प्रतिष्ठा बढेको छ। को हुन् त यी लोकदोहोरीका नायकनायिका? परिचय दिँदै छन् धनबहादुर खड्का। 
'खासै व्यस्त छैन। आज तीनटा जति गीतको रेकर्डिङ छ। बेलुका पोखरातिर लाग्दै छु। त्यहीँबाट बुटवलचितवन र स्याङ्जाका कार्यक्रम भ्याएर केही दिनमै काठमाडौँ आइपुग्छु।

केही दिनअघि लोकदोहोरी गायक रामजी खाँडसँग भेटघाटका लागि समय मिलाउन खोज्दा उनले फोनमा दिएको जवाफ हो यो। एक दिनमा तीनटा गीत रेकर्ड गर्नु र दुई हप्ताको स्टेज कार्यक्रमका लागि 'बुकहुनु भनेको उनका लागि 'खास व्यस्तहुनु होइन रहेछ किनभने उनी एक दिनमा छ वटासम्म गीत रेकर्ड गर्छन्् । वैशाखको दुई हप्ता मात्रै बित्दा २२ ठाउँका स्टेजमा गीत गाउन भ्याएका छन्। रामजीको क्यालेन्डरमा यो वैशाखको कुनै दिन छुट्टी छैन। उनको व्यस्तता हेर्ने हो भने जोसुकैलाई लाग्न सक्छउनी देशको सबैभन्दा चर्चित व्यक्ति हुन्। तरगन्न नभ्याइने नेपाली सञ्चारमाध्यममा उनका लागि 'स्पेसछैन। उनलाई मात्रै होइन१० वर्षदेखि गीत रेकर्डिङबाट कुनै दिन छुट्कारा नपाएकी विष्णु माझीसाढे दुई महिनासम्म विदेशका कार्यक्रममा व्यस्त रहने मुना थापागीत रेकर्डिङ गराउन अरूले पालो कुर्नुपर्ने गायिका टीका पुनदिनमा छ वटासम्म गीत रेकर्ड गराउने देवी घर्तीएक महिनाको सेड्युल बनाएर बस्ने विनोद बाजुरालीलगायत स्रोताका 'स्टार'हरूबारे नेपाली सञ्चार जगत्लाई खासै जानकारी छैन। 

उनीहरुले गाएकालेखेका र धुन भरेका गीत चर्चित भए पनि उनीहरू  गुमनाम छन्। कसले गुनगुनाएको छैन 'लालुपाते नुग्यो भुइँतिर'? कसले सुनेको छैन 'ड्राइभर दाइ मन पर्‍यो मलाई'? कसले सम्झेको छैन  'बिर्सियौ कि कुन्नि'लाई को भन्दैन 'धोका दिनेलाई के भनौँ र खोइ'? एउटा गीतमात्रै बजारमा आउँदा तीन पुस्ताको चर्चा हुने नेपाली समाजमा यी गीत गाउने को हुन्कसले संगीत भरेका हुन् र कसले लेखेका हुन् भनेर सोध्यो भने अधिकांशको एउटै उत्तर हुन्छ– 'थाहा छैन।

एउटा हिट गीतको त कुरै छाडौँयी 'गुमनाम स्टार'को परिचय हजार गीत हिट हुँदा पनि खुल्दैन।  यिनैमध्ये पर्छन्पाँच वर्षमा ३५ सय गीत रेकर्ड गराइसकेकादेशका अधिकांश भूभागमा गीत गाउन पुगेका र दर्जनौँ विदेशी भूमिमा पुगेर नेपाली गीत सुनाएका रामजी खाँड। स्याङ्जामा जन्मेहुर्केका उनी २०६५ सालदेखि गायन क्षेत्रमा चम्किएका हुन्।  यो अवस्थामा आइपुग्न उनले १० वर्ष खर्चिएका छन्। ०५६ सालमै 'वालिङ बजारमाभन्ने गीत रेकर्ड गरे पनि त्यसले उनलाई स्याङ्जाको वालिङभन्दा पर पुर्‍याएन। फेरि स्रोताको दिलमा घुस्न खोजेे, 'बस्यौ दिलभरिएल्बममार्फत। प्रयास असफल रह्यो। 

गायक बन्ने र पैसा कमाउने दुइटा आकांक्षा सँगै बोकेर ०५८ सालमा उनी काठमाडौँ आइपुगेका हुन्।  काठमाडौँले पत्याएन। पैँतीस सय रुपैयाँ तलब पाउने गरी दोहोरी साँझमा काम थाले। दोहोरी साँझमा काम गरेर काठमाडौँमा बस्नखान पुगे पनि खास प्रगति गर्न नसकेपछि उनी 'फ्रस्टे्रटेडभए। चरम निराश भइरहेको बेला उनको भेट गीतकार शिव हमालसँग भयो। त्यसपछि शिवका शब्द/लय र रामजीको स्वरमा निस्केको 'देउरालीको भट्टीपसलबोलको गीत चर्चित भयो। गायनमा असफल भइरहेका शिव र जीवन नै असफल ठानिरहेका रामजीले सहकार्य जारी राख्दै 'पछ्यौरी लेऊ बैनाबजारमा ल्याएपछि भने उनीहरू एकाएक चम्किए।

०००

स्याङ्जाबाटै गायक बन्न २०६२ सालमा काठमाडौँ पसेका थिएशिव हमाल पनि। 'काठमाडौँमा दोहोरी साँझको लोकप्रियता बढ्दै थियोगाउँका केही गायकले त्यता गाएर पैसा कमाएको सुनेपछि म पनि दोहोरी साँझमा गाएर पैसा कमाएर एल्बम निकाल्छु भनेर आएको थिएँ,' उनले सम्भि्कए। तरगाउँबाट भर्खर झरेको ठिटोलाई कसले पत्याउनुकोही काममा राख्न राजी भएनन्। घरबाट ल्याएको पैसा पनि सकिएपछि उनी बिचल्लीमा परे। 'कहाँ बस्नेठेगान थिएन। पैसा सकियो। दिनभरि साथीभाइसँग भुले पनि बेलुका कहाँ बस्ने भन्ने पीरले सताउँथ्यो,' उनले ती दिन सम्भि्कए। अनामनगरको एउटा रेस्टुरेन्टमा ८० रुपैयाँ पर्ने कफीको कपमा हेर्दै भने, 'पाँच रुपैयाँ पर्ने दूधचिया र क्रिम रोलको अहिले पनि साह्रै माया लाग्छ।कारणउनले धेरै छाक यतिका भरमा टारेका थिए। एकदिन साथीभाइको पछि लागेर उनी 'सालीभेना दोहोरी साँझ'मा पुगे। अर्काे गायकको अनुपस्थितिमा उनले गाए। एक हप्ताका लागि सट्टामा त्यहाँ बसेका उनले राम्रो दोहोरी गाउन थालेपछि जागिर पाए। 'जागिर पाए पनि खानबस्न ठिक्क थियो। कतिसम्म भयो भने घरमा छोरो जन्मियो। मसँग गाडीभाडा नभएर घर जान पाइनँ,' उनी भावुक भए। पाँच वर्षमै दुई सय गीत लेखिसकेका उनी स्टेज कार्यक्रममा उत्तिकै व्यस्त हुन्छन्। अहिले गायक/गायिकाहरु उनले एउटा गीत लेखको र लय भरेको २५ हजार रुपैयाँसम्म दिन राजी हुन्छन्।  

०००

लोकगीतप्रेमीले विष्णु माझीलाई सुमधुर स्वरकी 'रानीनै मान्छन्। उनी नेपालमा सर्वाधिक गीत गाउने गायिका पनि हुन्। सुपरहिट दोहोरी गीतहरु 'भैँसी पालेर', 'ड्राइभर दाइ मन पर्‍यो मलाई', 'धोका दिनेलाई के भनौँ र खोइर 'शीतल दिने पिपल समी छउनकै स्वरमा सुनिएका हुन् भन्दा चिनेजस्तो लाग्ला।  तरउनी कस्तो बोल्छिन् र कस्ती छिन्भन्ने कुराचाहिँ कुनै स्रोताले थाहा पाएका छैनन्।  किनभने उनको दुनियाँ रेकर्डिङ स्टुडियो र घरमात्रै हो। जसलाई खोजे पनि भेट्ने गुगलले उनीजस्तो चर्चित गायिकाको एउटै तस्बिर वर्षाैंदेखि दोहोर्‍याइरहेको छ। लोकदोहोरी क्षेत्रमा सबैभन्दा धेरै गीत गाउन सफल यी गायिकाले अहिलेसम्म कुनै सञ्चारमाध्यमलाई अन्तरवार्ता पनि दिएकी छैनन् र उनको पूर्ण कदको तस्बिर पनि सार्वजनिक भएको छैन। 

स्याङ्जा चापाकोटको गरिब माझी परिवारमा जन्मेहुर्केकी उनलाई सुन्दरमणि अधिकारी नामका गायकले यो क्षेत्रमा ल्याएका  हुन्। उनले १० वर्षअघि स्थानीय स्तरमै भएको एउटा लोकगीत प्रतियोगितामा विष्णुलाई भेटेपछि स्टुडियोसम्म डोर्‍याएका थिए। एउटा गीत गाएको कम्तीमा १२ हजार रुपैयाँ लिने विष्णुलाई गीत गाउन लगाउनेहरुले पालो कुर्नुपर्छ। उनले एक दिनमा सातवटासम्म गीत गाउने गरेको बताइन्छ। तरउनलाई स्टुडियोसम्म पुर्‍याउने सुन्दरमणिले उनलाई 'पिँजडाको सुगाबनाएको दोहोरीका कलाकारमाझ चर्चा चल्छ किनभने महिनाको तीन लाख रुपैयाँसम्म कमाउने विष्णुको कमाइको एक अंश पनि उनको परिवारसम्म पुगेको छैन। यस्तै चर्चा चल्न थालेपछि सुन्दरमणिले केही समयअघि विष्णुसँग विवाह गरेको बताइन्छ। तरसुन्दरमणि विष्णुलाई सञ्चारमाध्यमको नजिक पार्न चाहँदैनन्। उनलाई नजिकबाट बुझ्नेहरू ठट्टा गर्छन्, 'विष्णुलाई सार्वजनिक गर्‍यो भने सुन्दरमणिको 'मणिगुम्छ।'

०००

स्टेज कार्यक्रमका लागि एक दर्जन विदेशी भूमि टेकेकीनेपालका प्रायः जिल्ला पुगेकी र एकै महिनामा ७५ वटासम्म गीत रेकर्ड गराएकी देवी घर्तीलाई नजिकबाट चिन्ने कति होलान्देवीलाई लाग्छ, 'बढीमा ५० जना होलान्। कुनै पत्रकार मेराबारे सोध्न आएकै छैन।भर्खरै कच्ची बाटो पुगेको बागलुङको पाण्डवखानी गाविसको रमुवामा जन्मेकी देवीलाई पत्रिकामा छापिने बाटो खोज्ने जरुरी परेन पनि। बाआमाले भजन गाउँदा सँगै स्वर मिलाएर गीत गाउन सिकिन्। स्वर माझिँदै गयो। तरअवसर कतै देखिएन। उनले सुनिन्, 'राम्रो गाउनेले काठमाडौँको दोहोरी साँझमा काम पाउँछन् रे।'  देवी माइला दाइसँग तीन दिन लगाएर ०५९ सालमा काठमाडौँ आइपुगेकी थिइन्। नयाँ बसपार्कको लालीगुराँस दोहोरी साँझमा महिनाको चार हजार रुपैयाँ पाउने गरी जागिर थालिन्। 

दोहोरी साँझमा रमाइलो गर्न आउने गायकले उनको स्वर राम्रो लागेर अडियो एल्बमको 'साइड बी'मा राखिने गीतमा गाउन लगाए। तरकुनै गीतले देवीको स्वरलाई चर्चित गराएन।  पाँच वर्ष दोहोरी साँझमा काम गरेपछि २०६३ सालमा 'बिर्सियौ कि कुन्निभन्ने गीत गाइन्। यसमा उनले आफ्नो क्षमता देखाइन्। त्यसपछि आफ्ना गीतमा उनको स्वर भराउनेको ताँती नै लाग्यो। 'लालुपाते नुग्यो भुइँतिर', 'फूलमा मौरी डुल्ने बेलामाजस्ता चर्चित गीत उनैले गाएकी हुन्। उनी भन्छिन्, 'एक दिनमा छवटा गीतसम्म गाउँछु अचेल।यो सात वर्षमा उनको स्वरमा तीन हजारभन्दा बढी गीत रेकर्ड भइसकेका छन्। 

०००

दोहोरी साँझमै स्वर माझेर आएकी अर्की गायिका हुन्मुना थापा। गोरखा मनकामना गाविसको सिलाङछापमा जन्मेकी उनले गायनको बाह्रखरी पूजा र बिहेमा सिकेकी हुन्। भिनाजु नाता पर्नेले उनको स्वर रेकर्डिङ स्टुडियोसम्म त पुर्‍याएतर त्यो एल्बम नचलेपछि उनको स्वर पनि गायिकाको भीडमा गायब भयो। 'भिनाजुले नै आफ्नो साथीको रेस्टुरेन्टमा जागिर लगाइदिनुभयो,' उनले ती दिन सम्भि्कइन्। चार हजार रुपैयाँ तलब पाउने शर्तमा दोहोरी साँझमा गीत गाएकी थिइन्। एल्बममा पनि गीत गाउँदै आधा दर्जन दोहोरी साँझ फेरिन्। दोहोरी साँझमा गाउँदा भेट भएकी साथी मैना रेशमी मगरसँग मिलेर २०६६ सालमा 'छोरीएल्बम निकालिन्। गर्मी याममा निस्केको उक्त एल्बममा समेटिएको 'चिसो चिसो हावा सररगीतले धेरैको मन शीतल बनायो। त्यसलगत्तै राजु गुरुङसँग गाएको गीत 'तिते करेलीलेउनको करिअरमा मिठास थप्यो। यो चार वर्षमा आठ सयजति गीतमा स्वर भरेकी छिन्। त्यसैगरी स्टेज कार्यक्रममा उत्तिकै माग छ। केही दिनअघिमात्रै साढे दुई महिना विदेशमा रहेका नेपालीको निम्तोमा विभिन्न देश घुमिन्। 

०००

लोकलयप्रेमी स्रोताका कानमा टीका पुनको आवाजको झंकार निकै गुञ्जिन्छ अचेल। उनको स्वरमा गीत रेकर्ड गराउन गायक तथा एल्बम निर्माता पालो पर्खिन्छन्। 

अहिलेकी सबैभन्दा व्यस्त गायिका उनी यो सफलताको शिखरबाट आफूले पार गरेका अभाव र अप्ठ्याराका पहाड जब नियाल्छिन्उनी आफैँलाई पनि विश्वास लाग्दैन। उनी विगतमा फर्किन्छिन्, 'घरमा एउटा रेडियो थियोगीत बज्न सुरु भयो कि परिवारै बसेर सुन्थ्यौँ। घरकी कान्छी छोरी मलाई चाहिँ गीत सुनेपछि एउटा जिम्मेवारी थपिन्थ्यो। जस्ताको तस्तै गाएर सुनाउने।सानोमा उनले तोतेबोलीमा तारादेवीको 'फूलको थुंगा बगेर गयोसुन्दा मख्ख पर्थे परिवारका सबैजना। उमेरको वृद्धिसँगै स्वरमा सुमधुरता थपिन थाल्यो। तरछजना सन्तानको पालनपोषण र पढाइ खर्च जुटाउनै हम्मेहम्मे पर्ने परिवारले उनको गायन कलालाई तारादेवीको स्वर सुन्ने रेडियोबाट आउने सपनै देख्न सकेन। रेडियो नेपालको थुप्रै गीत रेकर्ड गरिसकेका प्रेमदेव गिरीले टीकाको स्वर सुनेर रेडियो नेपालसम्म डोर्‍याए। विसं २०५७ सालमा उनले रेडियो नेपालमा 'यानीमायाभन्ने गीत गाइन्कहिलेकाहीँ बज्थ्यो। दंगदास हुन्थिन्। 

गायिका बन्ने रहरले पखेटा हालेको थियो। तरउड्ने मेलोमेसो पाएकी थिइनन्। त्यही समयमा सुर्खेतका लाहुरेले काठमाडौँमा दोहोरी रेस्टुरेन्ट खोल्ने सुरसार गरेछन्। पहिलेदेखि सुनिआएको टीका पुनलाई गाउन लगाए व्यापार राम्रै हुने लागेर उनलाई काठमाडौँ बोलाए। दोहोरी रेस्टुरेन्टमा आठ वर्ष गुञ्जियो त्यो स्वर। उनको स्वर सुन्नेहरुले  तारिफ गरे पनि रेस्टुरेन्टमै सीमित रह्यो स्वर। 'एक दिन चर्चित गायिका हुने रहर थियो। त्यसैले ग्राहकले दिएको टिप्स र तलब संकलन गरेकी थिएँकति दिन पैसा मासिने डरले खाजा खाइनँ,' उनले दुःख सम्भि्कइन्। त्यही पैसाबाट २०६५ सालमा एल्बम निकालिन् 'जलेशी जमुना'। त्यो एल्बमले उनको स्वर बजारमा ल्यायो। पछि गीतकार किरणबाबु पुनको शब्द/लयमा 'हामी सेना प्रहरीगाएपछि उनी एकाएक स्टार बनिन्।

०००

'हामी सेना प्रहरीगीतबाटै गायक बन्ने सपनाका पछि लागेर चार्टर्ड एकाउन्टेन्ट (सिए) बन्ने सपना त्यागेका किरणबाबु पुन पनि चम्किए। शब्द तथा लय संकलक उनका गीत गाउन धेरै गायक/गायिका मरिहत्ते गर्छन्। रुकुममा जन्मेहुर्केका उनलाई शिक्षक बुवाले पढ्न पठाएका थिए। उनी सम्भि्कन्छन्, 'बालाई निकै कर गरेर एल्बम निकाल्न लाग्ने खर्च मागेँ। उहाँले पनि 'रहर पूरा गर्धेरै मन नडुला त्यताभनेर पैसा दिनुभयो। त्यसपछि 'माया छ मनमाभन्ने एल्बम बजारमा ल्याएँ। एल्बम त सुपरफ्लप!

एकातिर सिएको पढाइ बिग्रिएको थियोअर्कातिर एल्बम पनि फ्लप भयो। त्यसपछि जीवनदेखि नै विरक्त लाग्न थाल्यो उनलाई। 'घरबाट पैसा माग्ने कुरा पनि भएन। त्यसैले परिवारलाई ढाँटेरै सिए छाडेर संगीत सिक्न थालेँ,' उनले सम्भि्कए। दसैँ नजिकिँदै थियो। द्वन्द्वकालमा उनी रुकुममै हुँदा प्रहरी र सेनाका दुःख बाध्यता समेटेर बनाएको लोकदोहोरी गीत 'हामी सेनाप्रहरीभन्ने गीत रेकर्ड गराए। गीतले बजार पिट्यो। अघिल्लो वर्षमात्रै 'क्षितिजपारि उनको बस्तीमाभन्ने गीतले चर्चाको  क्षितिज ढाकेको थियो। उनले अहिलेसम्म तीन सय गीत लेखेका छन्। पच्चीस वटाजति गाएका छन्। प्रायः सबै गीत हिट छन् उनका।  

०००

स्याङ्जापुतलीबजारमा जन्मिएका पशुपति शर्मालाई परिवारले इन्जिनियर बनाउने सपना देखेको थियो। त्यसैले उनलाई 'गाइनेबन्न छुट थिएन। साथभाइले स्वरको तारिफ गरेपछि उनलाई पनि गीतसंगीततिर लाग्ने रहर जाग्यो। पढ्नका लागि काठमाडौँ आएका उनी त कहिले दोहोरी प्रतियोगिता र कहिले क्याम्पसका कार्यक्रममा गीत गाउँदै ठिक्क हुन थाले। घरबाट पढाइ खर्च आउने भए पनि दोहोरी साँझमा काम गर्न रहर गरे। त्यताबाट कमाइ पनि राम्रो र मन पनि रमाउने भएपछि निकै समय अल्भि्कए दोहोरी साँझमा। लोकदोहोरीमा ठट्यौला र रमाइला गायकको परिचय बनाएका उनले छ वर्ष रमाइलो गरे दोहोरीमा। आफैँले एल्बम निकालेर गायक बन्ने रहर गरे। प्रेमवियोगका गीत गाउनबाट सुरु गरे पनि उनी नोटिस हुन सकेनन्। जब उनले रसिक गीत 'टलक्कै ऐना टल्कियोबजारमा ल्याएउनको गायन करिअर पनि टल्कियो। 'मलाई रमाइला रसिक गीतमा हिट हुनु रहेछ,' उनी भन्छन्। यतिबेला उनले लेखेको तथा स्वर भरेको 'क्याम्पस पढ्न आउनीनिकै चर्चित छ। 'अचम्मै राम्रो नाच्छे मोरीले'लगायत चर्चित गीत गाएका उनले बनाएका तीजका भाकामा सबै नेपाली दिदीबहिनीले कम्मर मर्काइसकेका छन् किनभने पछिल्ला चार वर्षमा उनले बनाएको तीजका गीतहरू अग्रपंक्तिमा रहेका छन्। 

०००

'नजाऊ है सानु पँधेरीमा', 'डाँडै फुर्के सल्लो'लगायत गीत लोकगीतप्रेमी सबैले सुनेको हुनुपर्छ। यी गीत सुन्नेलाई कुलेन्द्र बिक को हुन्भनेर सोध्ने हो भने निकै कमले उत्तर दिन्न सक्छन्। पर्वतको लुखु देउरालीमा जन्मिएका उनले हालसम्म दुई हजार गीत रेकर्ड गराइसकेका छन्। उनले पनि दोहोरी साँझबाट आफूलाई गायकका रूपमा स्थापित गरेका हुन्। ०६२ सालमा 'के छ हालचाल?' भन्ने गीतबाट राम्रै चर्चा पाए पनि उनलाई स्थापित हुन झन्डै पाँच वर्ष कुर्नुपर्‍यो।  'गाउने क्षमताका कारण यो क्षेत्रमा लाग्न परिवारले सहयोग गरे पनि आर्थिक भरथेग गर्न सक्ने अवस्था थिएन। काठमाडौँमा टिक्न र गायक बन्न संघर्षका नाममा अनेक थोक गरियो,' उनले भने। 

०००

गायक/गायिकाका लागि स्टार बनेका विनोद बाजुरालीको क्यालेन्डरमा कहिल्यै 'बिदाहुँदैन। किनभनेकम्तीमा एक महिनाको अग्रिम सेड्युल बनिसकेको हुन्छ। गीत गाउनेशब्द संकलन गर्ने र संगीत भर्ने कुरामा उत्तिकै दख्खल राख्ने उनीसँग विगत चार वर्षदेखि आफ्ना लागि समयको अभाव छ। 

बाजुराको निम्न आय भएको परिवारमा जन्मिएका उनी संघर्षको पहिलो सिँढी नियाल्छन्, 'मेरो प्रतिभाबाट प्रभावित केही साथीले मलाई एल्बम निकाल्न सुझाए। तरमसँग बाजुराबाट गाडी चढेर रेकर्डिङ स्टुडियोसम्म पुग्ने खर्च थिएन।'  साथीको सहयोग र केही ऋण गरेर  विसं २०५९ सालमा उनी एल्बम निकाल्न धनगढी पुगे। देउडा गीत संग्रह 'आँशुको नासोनिकाले। त्यसले उनलाई हाँसो दिएन।  पहिलो एल्बम नै असफल भएपछि उनीमाथि झन् ठूलो संकट आइलाग्यो। 'घर फर्किंदा पनि ऋण गरेको त्यो पैसा तिर्ने अवस्था थिएन। त्यो भन्दा केही काम गर्दै पढ्नुपर्ला भनेर पोखरा पुगेँ,' उनी सम्भि्कन्छन्। चिनजानका एकजना साथीले होस्टलमा बस्ने व्यवस्था मिलाएपछि खर्च जुटाउन उनले विद्यार्थी संगठनका ब्यानर  र नारा लेख्ने काम गरे।  तत्कालीन राजा ज्ञानेन्द्र शाहविरुद्ध चर्काे आन्दोलन चलिरहेका बेला उनले आन्दोलनका पक्षमा गीत गाए। त्यसपछि पोखराकै एउटा दोहोरी साझमा गीत गाउने र बाजा बजाउने काम पाए। 

उनी रेकर्डिस्टका रूपमा स्टुडियोमा छिरे। बिस्तारै संगीत संयोजक हुँदै गायकका रूपमा उदाए।  उनको संगीत संयोजनमा निस्किएको गीत 'बिर्सियौ कि कुन्निभन्ने गीत सुपरहिट भयो। गायक बन्ने सपनाले उनलाई सफल एरेन्जर बनाएको छ। यता सफलता प्राप्त गरेपछि आफ्नै संकलन र गायनमा ल्याएका उनका गीत पनि हिट हुन थाले। उनले गाएका 'भीरको घाँस काट्न सक्छ्यौ र', 'कुखुरी खोरैमा कराउनेलगायत गीत हिट छन्।

०००

रोमान्टिक लोकदोहोरी गीत र स्टेज दोहोरी गायनमा राधिका हमालको माग बढेको बढ्यै छ। तीन हजार गीत गाइसकेकी उनले देउडा गीत गाएर स्वर माझेपछि दोहोरीतिर लागेकी हुन्। 

भारतको फरिदाबादमा जन्मेहुर्केकी उनले गीत गाउन पनि त्यही सिकेकी हुन्। रोल्पाको लिवाङबाट गरिखाने मेसो खोज्दै भारत पुगेका राधिकाका बुवाले पछि परिवारै उतै लगेका थिए। राधिका आठ वर्षकी हुँदा उनका बुवा परलोक भएपछि परिवारै त्यहाँबाट विस्थापित भएर रोल्पा आइपुग्यो। 

रोल्पामा आएपछि उनको गायन झन् तिखारियो। त्यसैले १३ वर्षको उमेरमै स्थानीय गायकसँग काठमाडौँ आएर गीत रेकर्ड गरेकी थिइन्। 'त्योे स्टुडियोमा गीत रेकर्डिङको अनुभव बताउन र साथीभाइमाझ गफ दिनका लागि मात्रै भयो,' उनले भनिन्। रोल्पाबाट काठमाडौँ आउनु सजिलो थिएन। त्यसैले उनी देउडा गीत रेकर्ड हुने ठाउँ सुदूरपूर्व पुगिन्। सयौँको संख्यामा देउडा गीत गाइन्। व्यस्त पनि भइन्। तरउनलाई गाउन लगाउने स्टुडियोले पारिश्रमिक दिएनअझै बाँकी छ। फेरि दोहोरी गीतको एल्बम निकालिन् 'चिनारी'। यसले लोक गायनमा राम्रो प्रतिभाका रूपमा चिनायो। २०५८ सालमा पोखरामा आयोजित लोकदोहोरी प्रतियोगितामा उत्कृष्ट ठहरिएपछि भने राधिकाका स्वरको चर्चा चल्न थाल्यो। उनको स्वरमा सजिएका 'टलक्कै ऐना टल्कियो', 'क्याम्पस पढ्न आउनी', 'ढलकढलक ढल्क्यो जवानी'लगायत गीत हिट छन्।

०००

गाउँघरमा रोदी हराएको छ। लोकदोहोरीमा त्यो रोदीको मौलिकता र स्वाद भेटिँदैन। तैपनि लोकदोहोरी गीत सुन्ने जनसंख्या ठूलो छ। काठमाडौँमै डेढ सयको हाराहारीमा दोहोरी साँझ चलेका छन्। त्यस्तै विदेशमा बसेका नेपालीले अनिवार्य बोलाउनेमा पर्छन्दोहोरी गायकगायिका। गाउँघर र शहरबजारमा आयोजना हुने सानाठूला सबै कार्यक्रममा लोकदोहोरी एउटा आइटम भएको छ। शहरले यी चर्चामा कम आउने तर सदा गायनमै मग्नमस्त रहने लोक गायकगायिकालाई अझै चर्चित भन्न सकिरहेको छैनमान्न सकिरहेको छैन।

खुश्‍बुको एक्सन गर्ने रहर

अचेल अभिनेत्री खुश्बु खड्का नियमित किक/बक्सिङ सिकिरहेकी भेटिन्छिन्। पूर्व खेलाडीसमेत रहेकी उनलाई फेरि त्यतैतिर लाग्ने रहर जागेको भने होइन।

दसैँ औकात

दसैँ आयो। सबै तनावमा छन्। सबै भन्नाले नेता, तस्कर, गुण्डा, दलाल, व्यापारी, कर्मचारी, मजदुर, किसान आदि। सबै तनावमा छन्। तनावको पनि औकात हुन्छ। अथवा, औकातअनुसार तनाव हुन्छ।

'बर्दी बेचेर एक पैसा कमाएको छैन'

'बर्दी बेचेर एक पैसा कमाएको छैन'

एक पटक पनि काठमाडौँको प्रमुख हुन नपाएका थुप्रै प्रहरी अधिकृत छन्। तपाईं त दोहोर्याजएर पो आउनुभयो। साथीहरूको हक खोस्नुभयो त?छैन। मैले कसैको हक खोसेको छैन। म यहाँ मेरो चाहनाले दोहोरिएर...

सेक्सी कि भद्दा?

सेक्सी कि भद्दा?

सेलिब्रिटीलाई सार्वजनिक कार्यक्रममा अरूभन्दा फरक देखिने रहरमात्रै होइन, बाध्यता पनि पर्छ। फिल्मका हिरोइन दर्शक बटुल्नका लागि सेक्सी देखिन खोज्छन्। अभिनेत्री बेनिशा हमाल हालै आयोजित एक कार्यक्रममा रातो वानपिस पहिरिएर पुगिन्। 

टेन्सनग्रस्त काजी

टेन्सनग्रस्त काजी

डा. बाबुराम भट्टराईको राजीनामा प्रकरणको करिब–करिब पटाक्षेप भएको छ। वरिष्ठ नेताको सूत्रलाई पार्टीको पूर्व स्थायी कमिटी सदस्य तथा केन्द्रीय कमिटी सदस्य तथा इन्चार्जहरूको बैठकले अनुमोदन गरेर समस्याको टालटुले समाधान निकालिएको...

पार्टीपिच्छे फरक शहीद

'पुरानो नेपाल'को भित्तेपात्रोमा रातो मसी लगाइएका थुप्रै तिथिमिति नयाँ नेपालको पात्रोमा भेटिन छाडेका छन्। सट्टामा नयाँ–नयाँ मितिका महल रंगाइएका छन्। एउटा दिवस भने यथावत् छ। शहीद दिवस नामको यो मितिको...

उपवासमा सहवास ?

उपवासमा सहवास ?

प्रत्येक व्यक्तिका लागि यौन सम्पर्क अत्यन्त गोपनीय र निजी अनुभव हो। यौन जीवनलाई आनन्ददायी बनाउन मानिसले आफ्नै तौरतरिका अपनाउने गर्छ। विभिन्न समय र तरिका अपनाएर सहवासको अनुभव बटुल्ने यौन जोडीहरूले...

कसरी राख्ने प्रस्ताव?

कसरी राख्ने प्रस्ताव?

'म तिमीलाई माया गर्छु' भन्ने वाक्य सुन्दा जति रमाइलो लाग्छ, कसैलाई पहिलो पटक भन्नुपर्योअ भने त्यति नै सकसमा परिन्छ। पटक–पटक प्रयास गरे पनि धेरैले आफ्ना मनका कुरा भन्न सक्दैनन्। मनका...