Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

शुक्रबार

सेक्सी फिल्म खेल्ने सोख

  • आइतबार ७ पुष, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
सेक्सी फिल्म खेल्ने सोख
फिल्म 'ढुवानी' हेर्नेले अभिनेत्री सगुन शाहीलाई सोझी युवतीका रूपमा देखे। धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनलाई सरल युवतीको भूमिका सुहाउँछ पनि। एउटा फिल्ममा देखेपछि खास उमेर पनि खाइनसकेकी उनको फिल्म क्षेत्रमा भविष्य उज्ज्वल देखिएको धेरैले प्रतिक्रिया दिए। तर, फिल्म 'ढुवानी' पछि कुनै फिल्ममा देखिइनन्।
सगुनलाई भने त्यस्तो सरल युवतीको भूमिका खास मन नपर्ने रहेछ। उनलाई त 'सेक्सी' फिल्म खेल्ने पो सोख रहेछ। नेपाली फिल्म बजारमा सबैभन्दा 'सेक्सी' (छाडा भन्दा पनि फरक पर्दैन) फिल्म निर्देशकको परिचय राजु गिरीले बनाएका छन्। सगुनले सामाजिक सञ्जालमा स्ट्याटसै लेखिदिइन्, 'मलाई तपाईं (राजु गिरी) को फिल्म मन पर्छ, चान्स दिनुहोला।' उनको यो तरिकाले जनाउँछ, निर्देशकले हिरोइन नंग्याउने होइन रहेछ। आफैँ नांगिन खोज्दै आइपुग्ने रहेछन्।
जय हो भ्यालेन्टाइन बाबा!

जय हो भ्यालेन्टाइन बाबा!

हावा, पानी र अन्नजस्तै अनिवार्य छ प्रेम। यो मानव जीवनको सबैभन्दा सुखद आयाम हो। प्रेमको अमरत्व र शाश्वताबारे असंख्य ग्रन्थ लेखिएका छन्, असंख्य गीत गाइएका छन्। केही वर्षदेखि नेपाली समाजले...

काजु–बदामको पार्टी

'कमरेड एमबी आउनुभा छ,' पीएले नेताजीलाई डराई–डराई जानकारी गरायो। नेताजी अत्यन्त व्यस्त थियो। यो निभ्दो–धुवाउँदो देशको जल्दोबल्दो नेता फुर्सदमा हुनु भनेको राष्ट्रिय हितका लागि पनि त्यति प्रीतिकर कुरो होइन। प्रधानमन्त्री...

घातक पिरती

घातक पिरती

गालपारा माया भन्थे उहिले। अहिले माया ज्यानमारा पनि हुन थालेको छ। मिठा कुरा गर्दागर्दै प्रेमीले प्रेमिकाका कोखामा छुरा धस्छ। रोमान्स, देहसुख, विवाद अनि हत्या... एउटा डरलाग्दो चक्रमा फसेको छ प्रेम।...

बेनिशाको भविष्य

बेनिशाको भविष्य

फिल्म 'स्वर'बाट नेपाली रजतपटमा जम्ने सुर गरेका तीन अभिनेत्रीमध्ये केकी अधिकारी फिल्ममा र रीमा विश्वकर्मा म्युजिक भिडियोमा जमिरहेका छन्। बेनिशा हमाल फिल्म र म्युजिक भिडियोमा काम गरिरहे पनि यी दुईको...

नयाँ वर्ष मुड

केही दिनमै हामी नयाँ वर्ष २०७१ मा हुनेछौँ। क्यालेन्डर फेर्ने तरखर गरिरहेका छौँ। नयाँ वर्ष भनेको अर्काे वर्षमात्र होइन, अलिकति नयाँ उत्साह पनि हो, अलिकति नयाँ ऊर्जा पनि हो, अलिकति...

हट पोज, अवसर खोज

हट पोज, अवसर खोज

गर्मी बढिरहेको छ। युवतीका पहिरन खुल्दै र छोट्टिँदै गएका छन्। फेशनको शहर भनिने पोखरामा यतिबेला खुला पहिरनमा हट फोटो सेसन गर्नेहरू बढेका छन्। तालमा होस् वा स्विमिङ पुलमा, डाँडामा होस्...

आशिष लागेकै हो त?

आशिष लागेकै हो त?

अभिनेत्री केकी अधिकारी र नीता ढुंगानाको असाध्यै राम्रो मित्रता छ। अघिल्लो हप्ता समयले यिनलाई 'शत्रु' बनाइदियो। यी दुई शीर्ष भूमिकामा रहेका फिल्म जुधाइएपछि अदृश्य प्रतिस्पर्धा त हुने नै भयो। आफूले...

'दर्शकको नापतौलमा व्यस्त हामी'

'दर्शकको नापतौलमा व्यस्त हामी'

'हिरो'को परम्परागत फिल्मी फ्रेममा दयाहाङ राई अटाउँदैनन् किनभने उनको न लामो कपाल छ, न सुगठित जिउडाल छ र न चकलेटी अनुहार छ। तर, नयाँ र पुराना निर्देशकले उनलाई मुख्य भूमिकामा...