Sunday 25 Shrawn, 2077 | August 09, 2020
Menu

शुक्रबार

लोग्ने र स्वास्नी, जोई र पोइ?

  • शुक्रबार ३ माघ, २०७०
  • गाउँले बलदेव
  • DISQUS_COMMENTS
(1 Vote)

हाम्रो गाउँमा गोथेका लोग्नेस्वास्नी सधैँ झगडा गर्छन्। यी दुई थरीको ङयार्र र ङुर्रले छरछिमेकका मान्छेहरू वाक्क भइसके। लोग्ने भनाउदो स्वास्नीलाई शङ्का गर्छ। स्वास्नी भनाउदी लोग्नेलाई विश्वास गर्दिन। यी लोग्ने स्वास्नीको ग्रह नमिल्नुमा मैले कारण खोज्न थालेँ। यिनको चिना बनाउनुपर्यो भन्ने सुर चल्यो। नाम सोध्न गएँ।

 

पहिले लोग्ने चाहिँलाई सोधेँ। गोथेको न्वारनको नाउँ अर्कै छ, तर उसैलाई थाहा छैन अरे! उसकी स्वास्नी चाहिँलाई सोधेँ। औँसीले छोडेर पुर्ने लागिसकेको रहेछ क्यारे, मसक्क मस्किँदै भनी–“लोग्ने गोथे भएपछि स्वास्नीको नाउँ गौँथली भइगयो नि!” लोग्नेका नाउँबाट स्वास्नीको नाउँ जुराउनुपर्ने अर्को आपत् आइलाग्यो।

यिनीहरूको न्वारन म आफैँले गरेँ। लोग्नेको नाउँ लोग्ने नै राखिदिएँ, स्वास्नीको नाउँ स्वास्नी भइहाल्यो। लोकलाई देखाउने प्रयोजनका लागि स्थापना गरिएको भएर लोकलाई देखाउने भन्दाभन्दै प्रयत्न लाघवका कारण 'लोक्ने' भयो। अनि घोषीकरण सन्धिअनुसार 'क'को ठाउँमा 'ग' आयो।

लोग्नेको अर्थ मेरो विचारमा यही ठिक लाग्यो। तर पचासौँ पाठकले पत्याएको भाषाविद् भएपछि मैले हचुवामा निष्कर्ष निकाल्ने कुरो आएन, शब्दकोश पल्टाएँ। त्यहाँ त लोग्ने शब्द संस्कृतको 'लग्न' बाट बनेको जनाउ दिइएको रहेछ। लग्न अर्थात् लगन हेरेर बनाइएको भाले पुरुषलाई 'लग्ने' भनिएछ अनि आदि अकार वर्णको ओकारीकरण गरेर त्यही 'लग्ने' लाई 'लोग्ने' भन्न थालिएछ। लोकलाई देखाउने भन्ने अर्थसँग यो अर्थ खासै बाझिएन। अब म स्वास्नीको अर्थ तिर लागेँ। सिस्नुपानीले पोल्छ।

ट्याउँट्याउँ बोलिराख्ने अनि मनमा जहिले पनि पोलिराख्ने हुनाले सिस्नुपानी भनियो र तिनै सिस्नुपानी नानीलाई स्वास्नी भनियो होला। अथवा सानी नानीलाई 'सान्नानी' भनेझैँ 'सिस्नी नानी' भन्दाभन्दै 'स्वास्नी' भनिएको पनि हुन सक्छ। फेरि शब्दकोशकै शरण परेँ। अनेक थरी अत्तर घसेर सुवास अर्थात् मिठो बास्ना छर्ने हुँदा 'सुवासिनी' भनिएको पो रहेछ। तिनै 'सुवासिनी'लाई उच्चारणको प्रयत्न लाघव अर्थात् छोटो प्रयासका आधारमा 'स्वास्नी' बनाइएछ। यहाँ पनि मेरो अनुमान खासै खेर गए जस्तो लागेन। 
कुनै केटी मान्छे अभिभावकको सल्लाहविना कुनै केटाको पछि लागेर गई भने त्यसलाई पोइल गएको भनिन्छ।
यसैगरी कुनै केटो मान्छेले पत्नीलाई पाल्नुभन्दा पत्नीबाटै पालिनु उचित ठानेर पछ्याउँदै गयो भने त्यसलाई जोइल गएको भनिन्छ। जोई भन्नाले पोइको टुपी उखेलेर आफ्नो टाउकामा टाँस्न सक्ने क्षमता भएकी महिलालाई बुझ्नुपर्ने हुन्छ। लेखाइमा पनि जोईको इकारमाथि टुपी छ, पोइ बिचराको छैन। फेरि पल्टाउनुपर्यो, शब्दकोश। 'पति' संस्कृत शब्द हो। यसको अर्थ 'लोग्ने वा पोइ' भन्ने हुन्छ। 'पत्यालय' अर्थात् पतिको घर भन्ने तत्सम शब्दबाट 'पोइल' भन्ने तद्भव शब्द बनेको रहेछ। जाया'को अर्थ संस्कृतमा 'स्वास्नी वा पत्नी' भन्ने हुन्छ। 'जायालय'को अर्थ जायाको घर हो।

'जायालय' भन्ने संस्कृत शब्दबाट 'जोइल' भन्ने नेपाली शब्द बनेको रहेछ। पतिकी पोथी त पत्नी हुनुपर्ने हो। तर 'पोइल' र 'जोइल' शब्द चाहिँ को कसको घरमा गयो अथवा को कसको भरमा बाँच्यो भन्ने अर्थमा प्रयोग गरिएका छन्। 'जोई'को सम्मान र स्तर 'जाया'को जति हुँदैन अनि 'पोइ'को पौरख पनि 'पति'को जस्तो हुँदैन। 'जोई–पोइको झगडा, परालको आगो' भन्ने उखानका आधारमा पनि यी दुई झगडिया हुन्। मान्छेको स्तरमा विकार आउनाले 'लग्न र सुवासिनी'बाट लोग्ने–स्वास्नी अनि 'जाया र पति'बाट जोई–पोइ भए।
'स्टेजकै कारण जिउँदा हामी'

'स्टेजकै कारण जिउँदा हामी'

चर्चित गायक राजु लामा अमेरिका बस्छन्। आफूलाई मंगोलियन हार्टसँग जोडेर मात्र चिनाउँछन्। युवापुस्तालाई उनका धेरै गीत कण्ठ छन्। गाउन भनेपछि जतिसुकै सानो कार्यक्रममा पनि पुगिदिन्छन् उनी। एल्बम बिक्री शून्य भएका...

खुला बजारमा प्रेम

हरिभक्त कटुवालको एउटा प्रसिद्ध गीत छ– पोखिएर घामको झुल्का भरि सँघारमा/तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ। यसमा नारायण गोपालले मनहारी स्वर भरेका छन्। प्रेमको आकाशमा कावा खाइरहेका युवा–युवती हप्तौँदेखि यही...

खोइ लाठी बुढेसकालमा?

खोइ लाठी बुढेसकालमा?

'आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको' भन्थे उहिले। यो हिटरको आगो ताप्ने जमाना हो। व्यस्त जीवनशैली अँगालिरहेको नेपाली समाजलाई बूढाबूढीका कुरा सुन्ने फुर्सद छैन। राज्य, समाज र परिवारबाट ज्येष्ठ नागरिकहरूले...

खिचडीमा बिग्रिएको बानी

पछिल्लो समय चर्चामा आएका 'सुनगाभा' र 'साँघुरो'लाई धेरै दर्शकले डकुमेन्ट्री टाइपको फिल्म भनेर बुझे। यी फिल्ममा अतिनाटकीयता, हिरोहिरोइनको नाचगान, ढिस्युढिस्यु फाइट, दाह्रा किट्ने भिलेन थिएनन्। दुवैमा कलाकारको अभिनय र प्रस्तुति...

मितव्ययिताको गफ र तेलको राजनीति

प्रधानमन्त्री सुशील कोइरालाको मितव्ययी छविको पारख जनताले गर्न पाएका छन्। बिमस्टेक सम्मेलनमा भाग लिन जाँदा नियमित उडानबाट म्यान्मा पुगेका प्रधानमन्त्री कोइराला दक्षिण एसियाका अन्य प्रधानमन्त्रीभन्दा बढी मितव्ययी भएको खबर अन्तर्राष्ट्रिय...

शुक्रवार सुन्दरी (फोटो फिचर)

शुक्रवार सुन्दरी (फोटो फिचर)

यस पटक शुक्रवारले पोखरेली मोडल समित्रा धिमालको तस्बिर ब्लोअपमा छापेको छ। अरोमा रिसोर्टमा भुपाल गुरुङले खिचेका तस्बिरमा शमशेरले श्रृङ्गार गरेका छन्।

बर्बादीको बाटोमा युवती

एक्काइस वर्षीया मनिता ड्रग्स लतमा छिन्। हरेक क्षण उनको एकमात्र चाहना हुन्छ– ड्रग्स। तर, उनी सधैँ यस्ती थिइनन्। 'मेरा ग्रुपका सबै साथी स्लिम थिए। गु्रपमा ममात्रै मोटी थिएँ। सबै साथीले...

'झुर' चलचित्र महोत्सव

'झुर' चलचित्र महोत्सव

'राष्ट्रिय चलचित्र महोत्सवको उपलब्धि के?' चलचित्र विकास बोर्डले आयोजना गरेको चलचित्र महोत्सवमा स्थानीय व्यवस्थापकका रूपमा रहेका अनाम धरानका अध्यक्ष विनोद श्रेष्ठ तँखाछेलाई सबैको यही प्रश्नले हैरान पारेको छ। उनले भने...