Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

शुक्रबार

मोबाइलबाटै बन्छ फिल्म

  • शुक्रबार ३ माघ, २०७०
  • दीपेन्द्र लामा
  • DISQUS_COMMENTS
(1 Vote)
विगतमा क्यामेराको चर्को भाडा सुनेपछि धेरैले फिल्म बनाउने हिम्मत गर्दैनथिए। तर, डिजिटल क्रान्तिले त्यस्तो अवस्था हटाइसक्यो। आजकल सस्तोभन्दा सस्तो डिजिटल क्यामेराबाटै फिल्म खिच्न सकिन्छ। क्यामेरामात्र होइन स्मार्टफोनबाटै फिल्म बनाएर धेरैले प्रसिद्धि कमाइसकेका छन्।

संसारमा बर्सेनि दर्जनौँ फिल्म फेस्टिभल हुन्छन्, जहाँ मोबाइल फोनबाट खिचेका फिल्ममात्र सहभागी गराइन्छ। त्यस्तै नाम चलेका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि मोबाइलबाट खिचेका फिल्मलाई ढोका खुला गरिएको छ। आखिर दर्शकले पनि क्यामेरा होइन, फिल्ममा पस्किएको 'कन्टेन्ट'लाई प्राथमिकता दिने न हुन्।
मोबाइलबाट खिचेर बनाइएका फिल्मको हैसियत 'होमभिडियो'जत्तिकै होला भन्ने धेरैले सोच्लान्। तर, होइन। यस्ता फिल्महरूले पनि अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित अवार्ड जितेका छन्। हलमै समेत रिलिज भएका छन्।
दक्षिण कोरियाका पार्क चान वुक र पार्क चान क्योङद्वारा निर्देशित ३३ मिनेटको फिल्म 'नाइट फिसिङ'ले सन् २०११ को बर्लिन फिल्म फेस्टिभलमा सर्ट फिल्मतर्फको उत्कृष्ट अवार्ड 'गोल्डेन बियर' जितेको थियो। यो फिल्मको पूरै अंश 'आई–फोन फोर'ले खिचिएको हो। कोरियास्थित तत्कालीन आई–फोन वितरक 'के–टी'को आर्थिक सहायतामा बनेको फिल्ममा लगभग १ लाख ३३ हजार अमेरिकी डलर खर्च भएको थियो। फिल्ममा कोरियाली पपस्टार ली जङ ह्योनले अभिनय गरेकी थिइन्।
अमेरिकाकै हुमान खालिलीले सन् २०११ मै स्मार्टफोन प्रयोग गरेर फिचर फिल्म 'ओलिभ' बनाए। 'नोकिया एन–८' मोडलको फोनले खिचेको फिल्ममा अस्कर अवार्डमा मनोनीत अभिनेत्री जेना रोल्यान्ड्सको अभिनय छ। स्मार्टफोनबाट खिचिएको पहिलो फिचर फिल्म यसैलाई मानिन्छ।
निर्देशक खालिलीले फिल्मका लागि पैसा जुटाउन १५ महिना दौडधुप गरे। उनले सुरुमै नोकियासँग पैसा मागेका थिए। तर, नोकियाले उनको प्रोजेक्टलाई स्वीकार गरेन। फिल्मका लागि अर्कै स्रोतबाट पैसा जुटेपछि उनले पाँच हप्तामा सुटिङ सिध्याए। सम्पादन भने नौ दिनमै सकिएको थियो। अस्कर अवार्डमा भिडेको ९० मिनेट लामो फिल्म 'ओलिभ'को एउटा गीत अस्करको संगीत विधातर्फ 'सर्ट लिस्ट'मा परेको थियो। फिल्म खिच्न प्रयोग गरेको मोबाइल फोन खालिलीले जम्मा चार सय डलरमा किनेका थिए। 'फिल्मी लुक्स' पैदा गर्न मोबाइलमा ३५ एमएमको लेन्स जडान गरिएको थियो।
महँगा क्यामेराको जमानामा फिल्म निर्माणका सम्पूर्ण प्रक्रियामा पुँजीपतिहरूले नियन्त्रण गर्थे। उनीहरूले आफ्नो रुचि वा स्वार्थ भएका कथामा मात्र पैसा लगाउँथे। सकेसम्म पुँजीपतिहरूसँग सम्बन्धित कथा र पात्रहरू नै फिल्ममा समेटिन्थ्यो।
एकताका बलिउडले अन्डरवर्ल्डको लगानीमा फिल्म बनाउँथे भन्ने आशंका थियो। बलिउडका फिल्ममा अन्डरवर्ल्डका पात्रहरूप्रति सहानुभूति जगाउने कथा उतारिएको पाइन्थ्यो। बलिउडका स्टाहरूलाई अन्डवर्ल्ड डनको भूमिकामा प्रस्तुत गर्ने चलन पनि चल्यो। अर्थात्, फिल्ममा जसको पैसा थियो, उसकै कथा हाबी भयो।
सरकारी लगानीमा बनेका नेपाली फिल्ममा तत्कालीन पञ्चायती व्यवस्थाको गुणगान गरिएको हुन्थ्यो। गणतन्त्र आएपछि माओवादी फिल्मकर्मीहरूले 'जनयुद्ध'माथि थुप्रै फिल्म बनाए। ती फिल्म माओवादीका प्रचार सामग्रीको हैसियतभन्दा माथि उठ्न सकेनन्।
अहिले मोबाइलबाट फिल्म खिच्न पाउनु भनेको फिल्म विधामा आएको एक किसिमको लोकतन्त्र नै हो। मोबाइल हुनेहरूले आफ्नो कथा, परिवेश र आफूवरिपरिका पात्रहरूलाई फिल्ममा देखाउन सक्ने भए। सधैँ अरुको कथा हेरिरहेकाले अरूलाई आफ्नो कथा भन्न पाउने अवसर जुरेको छ।
फिल्ममा युवाहरूको रुचि र चासो हलक्कै बढेको छ। उनीहरूसँग अभिव्यक्त गर्ने कथा र विषय प्रशस्त हुन सक्छन्। विगतमा जस्तो फिल्म बनाउन लाखौँ रुपैयाँ अब आवश्यक छैन। स्मार्टफोनबाटै फिल्म खिच्ने बाटो खुलेको छ। 
दक्षिण कोरियामा एक महिनाअघि 'क्याट्स एन्ड डग्स' नामक फिल्म हलमै रिलिज भयो। मिन बियुङ वुद्वारा निर्देशित फिल्म खिच्न 'आई–फोन फोर–एस' प्रयोग गरिएको थियो। 'पैसा नभएका तर कथा र परिकल्पना भएकालाई स्मार्टफोनले राहत दिएको छ,' निर्देशक मिनले कोरियाली सञ्चारमाध्यमसँग भनेका थिए, 'क्यामेराम्यान खाजा खान गएका बेला म आफँैले गोजीबाट आई–फोन निकालेर सुटिङ गर्थें।'
दुइटा आई–फोन, आठ सदस्यीय प्राविधिक टोली, दुई मुख्य कलाकार, एउटा कुकुर र एउटा बिरालोमात्र हुन्थे उनको सुटिङमा। निर्देशक मिनले १० हजार अमेरिकी डलर जम्मा भएपछि फिल्मको काम थालेका थिए। हलका लागि उपयुक्त रिजोल्युसन स्मार्टफोनमै उपलब्ध भएकोले उनले अर्को ठूलो क्यामेरा प्रयोग नगरेका हुन्। 
फिल्म रिलिज हुने बेलासम्म बजेट २५ हजार अमेरिकी डलर पुगेको थियो। तैपनि निर्देशक मुन विचलित छैनन्। उनी अर्को फिल्म अझ सस्तोमा स्मार्टफोनबाटै खिच्न चाहन्छन्। किनभने, प्रोफेसनल क्यामेराभन्दा स्मार्टफोनको सुटिङ छिटोछरितो हुन्छ। 
फिल्ममा 'पागल' हुनुहुन्छ भने तपाईं पनि स्मार्टफोन निकाल्नुस्, सुटिङ गर्नुस्। इन्टरनेटमा खोज्नुस्, मोबाइलबाट खिचेका उत्कृष्ट फिल्म किन्ने कम्पनी थुप्रै छन्।
सपनामा पनि नचिताएको कुरो

सपनामा पनि नचिताएको कुरो

पहिलो नेपाली थ्रीडी फिल्म 'भिजिलान्ते' हेर्न पाउनेले 'गँजडी'लाई सम्झेको हुनुपर्छ। 'गँजडी'ले दर्शकलाई डरका बीच हाँस्न बाध्य पार्थ्यो। फिल्ममा पहिलोपल्ट देखिए पनि अभिनयमा रहेको दमका कारण धेरैलाई त्यो अनुहार नयाँ लागेन।...

भुत प्रियंका

भुत प्रियंका

पपुलर डेब्यू अभिनेत्री अवार्ड प्रियंका कार्कीका लागि ढिलो भयो किनभने यो अवार्ड पाउने अवस्थासम्म आइपुग्दा उनी पपुलर हिरोइनकै क्याटगोरीमा प्रतिस्पर्धा गर्ने भइसकेकी थिइन्। एउटै फिल्म हिट नहुँदा पनि 'पपुलर' भएकी...

जय हो भ्यालेन्टाइन बाबा!

जय हो भ्यालेन्टाइन बाबा!

हावा, पानी र अन्नजस्तै अनिवार्य छ प्रेम। यो मानव जीवनको सबैभन्दा सुखद आयाम हो। प्रेमको अमरत्व र शाश्वताबारे असंख्य ग्रन्थ लेखिएका छन्, असंख्य गीत गाइएका छन्। केही वर्षदेखि नेपाली समाजले...

निरुता नेपालमा

निरुता नेपालमा

झन्डै दुई दशक लामो समय नेपाली फिल्म क्षेत्रमा हिरोइनका रूपमा टिक्ने एकमात्र अभिनेत्री हुन्, निरुता सिंह। पछिल्लो फिल्म 'द गेम'ले दर्शकको मन जित्न नसकेपछि उनी नेपाली फिल्मबाट टाढिएकी थिइन्। हाल...

खिचडीमा बिग्रिएको बानी

पछिल्लो समय चर्चामा आएका 'सुनगाभा' र 'साँघुरो'लाई धेरै दर्शकले डकुमेन्ट्री टाइपको फिल्म भनेर बुझे। यी फिल्ममा अतिनाटकीयता, हिरोहिरोइनको नाचगान, ढिस्युढिस्यु फाइट, दाह्रा किट्ने भिलेन थिएनन्। दुवैमा कलाकारको अभिनय र प्रस्तुति...

गडबड छ सबैतिर

गडबड छ सबैतिर

'जोसुकैले थाहा पाओस्, बालै भएन नि! दिस इज माई लाइफ।' यस्ता वाक्यहरू बार, रेस्टुरेन्ट, चियापसल, कलेज, जताततै सुन्न पाइन्छन् हिजोआज। अलिकति पाका मानिसहरू भन्छन्, 'के भएको हो नया“ जमानाको पुस्तालाई?...

'स्टेजकै कारण जिउँदा हामी'

'स्टेजकै कारण जिउँदा हामी'

चर्चित गायक राजु लामा अमेरिका बस्छन्। आफूलाई मंगोलियन हार्टसँग जोडेर मात्र चिनाउँछन्। युवापुस्तालाई उनका धेरै गीत कण्ठ छन्। गाउन भनेपछि जतिसुकै सानो कार्यक्रममा पनि पुगिदिन्छन् उनी। एल्बम बिक्री शून्य भएका...

जीवनलाई सजाय भन्ने जीवन

जीवनलाई सजाय भन्ने जीवन

अलिकति कवि, अलिकति बौद्धिक, अलिकति वाचाल, अलिकति अभिनेता, अलिकति स्टार... जीवन लुइँटेल यी सबैका योग हुन्। उनलाई कहिलेकाहीँ सुटिङ स्पटको जिन्दगी यान्त्रिक लाग्छ र जीवनका अन्य पहेली बुझ्न उनी आर्यघाटमा...