Wednesday 19 Chaitra, 2076 | March 31, 2020
Menu

शुक्रबार

शहीद (कविता)

  • शुक्रबार १० माघ, २०७०
  • अभय श्रेष्ठ
  • DISQUS_COMMENTS
(1 Vote)
शहीद (कविता)
यो देश श्वेतभैरवको मुखबाट निस्कने
लुँ हिटी छोप्न चलिरहेको एउटा प्रतिस्पर्धा
आँशु र अट्टहासको एउटा लाखे नाच
जहाँ म जन्मनु नै
क्रूरताहरूविरुद्ध एउटा प्रतिकार थियो।


आमाका पौँजाहरूमा मच्चिँदै हिँड्दा
ढुंगाका स–साना मट्यांग्रा हुर्र्या उँथेँ म
'भद्र–भलाद्मी' को सभामा
जहाँ कुनै निमुखामाथि भइरहेको हुन्थ्यो सजाय।

प्रतिक्रियामा मेरा पिताजीमाथि हुन्थ्यो कारबाही।

मेरो बाल्यकाल
जाली पासपोर्टजस्तो 'सभ्य' कारबाहीविरुद्ध
यसरी एउटा प्रतिकार थियो।

सभ्यता नामको असभ्य पौँजाहरूले किचिएर
जब मारिए दलित किशोरीहरू प्रेम गरेको आरोपमा 
प्रतिकारमा मैले पठाएँ एउटी दलित युवतीलाई प्रेमपत्र।

(मेरो प्रस्ताव तिनले स्विकार्न बाँकी नै छ।)

यता मैले घोषणा गरेँ–
मेरो जीवन क्रूरताहरूविरुद्ध एउटा प्रतिकार हो।

जजसका रगत कटकटियो सडकमा रंगिन पालिसजस्तै
जजसका आँशु सुक्यो र बलिदान मेटियो 
पराजितहरूको इतिहासजस्तै
तिनकै आँतको आगो
बताससरि फैलाएँ मैले चारैतिर।

र, घोषणा गरेँ–
महानुभावहरू, 
म एउटा सदाबहार आँधी
मैले नै हो सल्काएको यो आगो 
मैले....
हो, मैले नै हो सल्काएको 
किनभने यस धरतीमा मैले पाइला टेकेकै
क्रूरताहरूको प्रतिकार गर्नलाई। 

जब क्रूरताहरूको लाखे नाचमा 
म मारिएँ 
मारिनुअघि संसारले सुन्ने गरी
उँचो स्वरमा 
मैले घोषणा गरेँ– 
मेरो मृत्यु 
आँशु र रगतले भरिएको यस संसारविरुद्ध
सर्वोच्च प्रतिकार हो।
बद्री सर, बद्रीजी र ओई बद्री

बद्री सर, बद्रीजी र ओई बद्री

बद्री पंगेनी टाठाबाठा लोकगायक मानिन्छन्। लोकगीत लेखन र गायनमा उत्तिकै क्षमता भएका उनले लेखेका/गाएका 'ससुरालीमा', 'पिएन क्याम्पस', 'ढल्के पीपल पलायो' लगायत लोकदोहोरी गीत चर्चित छन्। उनका 'अझै लोकतन्त्र आको छैन...

बहिष्कार गर्न पाइन्छ, बिथोल्न पाइँदैन

मंसिर ४ गतेका लागि तोकिएको संविधानसभा निर्वाचनमा नेकपा–माओवादीलाई सहभागी गराउने प्रयास विफल भएको छ। उच्चस्तरीय राजनीतिक समितिसँग भएका वार्ता र संवादका क्रममा कहिले सहमति भइहाले जस्तो हुने र केही घण्टामा...

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको तेस्रो प्रकाशन शुक्रवार साप्ताहिक चौथो वर्षमा प्रवेश गरेको छ। सामाजिक सरोकारका जल्दाबल्दा विषय तथा मुद्दा उठाउने जुन लक्ष्यका साथ यसको प्रकाशन सुरु भएको थियो, त्यस लक्ष्यप्राप्तिमा शुक्रवारले...

लोकसंगीतका महाराजा–महारानी

लोकसंगीतका महाराजा–महारानी

समय यस्तो पनि थियो, जति बेला दोहोरी गीतमा कुनै आकर्षण थिएन। अहिले यसले लोकदोहोरीको मान्यता पाएको छ। हिजो घाँसे गीतका गायकगायिकाका रूपमा उपेक्षित कलाकारले जनताबाट सम्मान पाउन थालेका छन्। उनीहरूको...

भोट कस्तालाई?

दोस्रो संविधानसभाका लागि जनताले अभिमत प्रकट गर्न अब केही दिनमात्र बाँकी छ। संविधानसभा निर्वाचनको विपक्षमा रहेकाहरूले यसलाई बिथोल्न गरेको प्रयास पूर्णतः विफल भएको छ। निर्वाचनको मिति घोषणा भएको निकै पछिसम्म...

'मौन' नम्रता

'मौन' नम्रता

मन लागेका कुरा चाहेर पनि अभिव्यक्त गर्न नसक्नु कति पीडादायी हुन्छ होला? त्यसमाथि प्रेमका कुरा गर्नु त झन् कठिन! त्यसको अनुभव बटुलेकी छिन्, अभिनेत्री नम्रता श्रेष्ठले। चुपचाप सुटिङ सकाएको फिल्म...

आस्था बीलाई चकलेट, चिठी र प्रस्ताव

रेम गर्न एउटा निश्चित उमेर पार गर्नुपर्छ। बेला नभई कसैले गरेको प्रेम सफल हुन्छ जस्तो मलाई लाग्दैन। तर, उमेर नपुग्दै प्रेम गरे जस्तो गर्नेहरू धेरै हुन्छन्। मलाई स्कुल पढ्दा थुप्रै...

अक्सिजनभन्दा जरुरी पैसा

अक्सिजनभन्दा जरुरी पैसा

नेतादेखि समाजसेवीसम्मका सपना–जपना पैसा हुने देश हो यो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको पैसालाई हातको मैला ठान्ने विचार मनन गर्ने फुर्सद कसलाई छ र? 'फास्ट एन्ड फरवार्ड' तन्नेरी पुस्ता पैसाका लागि पनि...