Sunday 11 Ashwin, 2077 | September 26, 2020
Menu

शुक्रबार

रुचाइयो 'झोले'को गीत

  • शुक्रबार १० माघ, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
रुचाइयो 'झोले'को गीत
फिल्म निर्देशक दीपेन्द्र के खनाल दर्शकलाई नयाँ स्वाद चखाउन चाहन्छन्। फिल्म 'धर्मा'मा मनीषा कोइरालालाई अभिनय गराएर, 'चपली हाइट'मा यौन र अपराधको विषयलाई फरक तरिकाले प्रस्तुत गरेरमात्रै होइन, नेपालमै पहिलो पटक थ्रीडी प्रविधि भित्र्याएर उनले आफूलाई फरक निर्देशक ठहराइसकेका छन्। यसपटक उनले फिल्म 'झोले'मा अर्को फरक तरिकालाई अँगालेर चुनौती लिएका छन्। 
त्यो हो, 'कमेडी तथा क्यारेक्टर अभिनेता'का रूपमा रुचाइएका दयाहाङ राईलाई सदा हिरोइनका रूपमा देखिएकी सुन्दरी प्रियंका कार्कीसँगै हिरो बनाएका छन्। 
डार्क कमेडी फिल्ममा प्रियंकासँग 'झोले'का रूपमा प्रस्तुत भएका दयाहाङले देखेको सपना पूरा भएपछि दीपेन्द्र पनि उत्साहित भएका छन्। किनभने, फिल्ममा एउटा सामान्य युवाले देख्ने सपनाका रूपमा देखाइएको गीत 'तिमी नै मेरो' सार्वजनिक गरेको छोटो समयमै साढे तीन लाखभन्दा बढीले हेरिसकेका छन्। अधिकांशले उनलाई कमेन्ट गरेका छन्, 'प्रियंकासँग नचाउने नै भएपछि गठिलो ज्यान र चकलेटी अनुहार भएको हिरोलाई लिएको भए राम्रो हुन्थ्यो। दयाहाङ अलि सुहाएनन्।' दीपेन्द्र भन्छन्, ''झोले' औसत शारीरिक सुन्दरता भएका आम युवाको प्रतिनिधि हो। सबै युवाले पैसा कमाउने र राम्री युवतीसँग घरजम गर्ने सपना देख्छन्।' फिल्मको कथाअनुसार सही पात्र दयाहाङ नै भएकाले यो निकै सुन्दर 'कम्बिनेसन' भएको उनी बताउँछन्।
फिल्म हेर्न गीतले दर्शक तान्ने भएकाले फिल्म हिट हुने संकेत देखिएको निर्माता टेकेन खड्काले बताए। फिल्म फागुन ९ गतेदेखि देशभर रिलिज हुनेछ।
शिव–पार्वतीलाई फापेका गीत

शिव–पार्वतीलाई फापेका गीत

तीज भगवान् शिवको पर्व हो। पार्वतीले शिवलाई पति पाउँ कि भनेर निराहार व्रत बसेको मिथकका आधारमा तीज मनाइने भएकाले यो शिव–पार्वतीकै पर्व हो। यो 'सत्य युग'को कुरा हो। तर, कलि...

थाहै नपाई दुइटै फेल

थाहै नपाई दुइटै फेल

काठमाडौँका सडकपेटीमा लाउडस्पिकरबाट याचनाका आवाजहरू गुञ्जिरहेका हुन्छन्। मिर्गाैलाका रोगीका आफन्त कपडा ओछ्याएर मनकारी बटुवाहरूले दिएका पाँच–दश रुपैयाँका नोट बटुलिरहेका हुन्छन्। थाहै नपाई मिर्गौला फेल भएपछि रोगी र उसका आफन्तले धेरै...

आस्था बीलाई चकलेट, चिठी र प्रस्ताव

रेम गर्न एउटा निश्चित उमेर पार गर्नुपर्छ। बेला नभई कसैले गरेको प्रेम सफल हुन्छ जस्तो मलाई लाग्दैन। तर, उमेर नपुग्दै प्रेम गरे जस्तो गर्नेहरू धेरै हुन्छन्। मलाई स्कुल पढ्दा थुप्रै...

यतै कि उतै?

यतै कि उतै?

बजारमा उनले दिएको उत्तेजक चुम्बन दृश्य र कामुक नृत्यको विभिन्न कोणबाट चर्चा भइरहेको छ। फिल्मको प्रचार गर्न खप्पिस निर्देशक मानिने उकेश दाहाल अभिनेत्री शशी खड्काका प्रत्येक दृश्यका तस्बिर मिडियाबाजीका लागि...

'योङ लिडर' जन्माउने मौका

दोस्रो संविधानसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूमा उम्मेदवार छनोट र चुनावी रणनीति निर्माणको चटारो बढेको छ। सबै दलमा निर्वाचन लड्ने आकांक्षी धेरै भएपछि कसलाई टिकट दिने, को जित्न सक्ने उम्मेदवार...

सीमा नटेकी बलिउडमा

सीमा नटेकी बलिउडमा

केही दिनअघिमात्रै नेपालबाटै बलिउड फिल्मको घोषणा भएको थियो। उचाइ र अनुहारले बलिउड हिरोइनकै नापनक्सासँग मिल्ने एउटी युवती त्यो फिल्मकी हिरोइनका रूपमा चिनाइएको थियो। बलिउड सपना पालेर नेपाली फिल्ममा लागिरहेका एकसे...

कमलका आत्मामा केबल फ्यान

कमलका आत्मामा केबल फ्यान

हिजोआज भ्याइनभ्याइ छ है तपाइंलाई?हो नि। दशैँदेखि यस्तो भएको हो। रेकर्डिङ, कम्पोजिसन, कार्यक्रम सबैतिर भ्याउनुपर्छ। कहिलेकाहीँ त दिमागै ह्याङ हुन्छ।

अरूका अंगसँग खेलबाड

इजरायलमा फोरेन्सिक अनुसन्धानका लागि मानव अंगको अभाव खड्किएपछि उसले प्यालेस्टिनीहरूको शरीरबाट त्यो अभाव पूर्ति गर्न थालेको समाचार हालसालै प्रकाशित भयो। स्विडेनको शीर्ष पत्रिकाले यो समाचार छापेपछि इजरायलले पत्रिकालाई 'यहुदीविरोधी'को बिल्ला...