Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

शुक्रबार

विश्वकप सपना झन् झन् टाढा

  • शुक्रबार १० माघ, २०७०
  • विनोद पाण्डे
  • DISQUS_COMMENTS
(0 votes)
विश्वकप सपना झन् झन् टाढा

एक दिवसीय विश्वकपमा छनोट हुने नेपालको महत्वाकांक्षी लक्ष्य थियो। समूह चरणका खेलसँगै नेपालको सपना भताभुंग भएको छ। न्युजिल्यान्डमा भइरहेको आईसीसी विश्वकप क्रिकेट एक दिवसीय छनोटमा नेपाल समूह चरणका सबै ४ खेलमा हार्न पुग्यो। पहिलो ३ खेलमा पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनिसकेको थियो।


यूएई, स्कटल्यान्ड र हङकङसँगको खेलमा नेपालले कुनै चुनौती तेर्स्याउनै सकेन। एकतर्फी ढंगमा पराजित भयो। क्यानाडासँगको अन्तिम खेलमा राम्रो खेले पनि नतिजा नेपालको पक्षमा थिएन। अस्वस्थताका कारण ओपनर सुवास खकुरेलले एउटै खेल खेलेका छैनन् भने पारस खड्का 'हाफ– फिट'मात्र भएकाले नेपालको प्रदर्शन अनुमानविपरीत रहनुको एउटा कारण थियो। अर्को वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने एक दिवसीय विश्वकपको दौडबाट बाहिरिएको नेपालले वरीयताका लागि प्लेअफ खेल्नेछ। 
दुई वर्षअघि मलेसियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन ४, अघिल्लो वर्ष बर्मुडामा भएको डिभिजन ३ जित्दै नेपालले न्युजिल्याडनको यात्रा तय गरेको थियो। दुई महिनाअघि यूएईमा विश्व ट्वान्टी–२० छनोटमा तेस्रो हुँदै ट्वान्टी–२० विश्वकपलाई छानिएपछि नेपाललाई पनि न्युजिल्यान्डमा दाबेदार टोली मानिएको थियो। प्रतियोगितामा सहभागी १० टोलीमा नवौँ वरीयता प्राप्त नेपालको प्रदर्शन पनि त्यही अनुरूप रह्यो।
नेपाल पहिलो पटक एकै प्रतियोगितामा लगातार चार खेलमा पराजित भयो। लक्ष्य ठूलो भए पनि पहिलो पटक माथिल्लो स्तरका प्रतियोगितामा खेल्दा पाएको पराजयलाई स्वाभाविक रूपमा पनि लिन सकिन्छ। तर, यसले नेपाली क्रिकेटको भविष्यलाई अन्धकार बनाइदिएको छ। सुपर लिगमा पनि नपुगेकाले नेपाल अब आईसीसीको डिभिजन र एसीसीको प्रिमियर लिग प्रतियोगितामै सीमित हुन सक्छ।
न्युजिल्यान्डको सिमिङ र तीव्र विकेटमा नेपाललाई खेल्न गाह्रो हुने सम्भावना पहिलैदेखि नै देखिएको थियो। पछिल्लो पटक न्युजिल्यान्डमा १२ वर्षअघि खेल्दा नेपाली यू–१९ टोलीले ब्याटिङमा प्रभाव पार्न नसके पनि बलिङको आडमा पाकिस्तान र बंगलादेशलाई हराउदै प्लेट फाइनलमा पुगेको थियो। यस पटक बलिङको धार पनि नदेखिँदा नेपाल नसोचेको नतिजा बेहोर्न बाध्य भयो। 
'निर्णायक समयमा हामीले क्याचहरू छाडेर केही गल्ती गरेका छौँ, यसअघिका प्रतियोगितामा पारससहित अरू खेलाडीले इनिङ उकास्थे, तर अहिले कुनै शीर्ष खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका छैनन्,' नेपालका प्रशिक्षक पुबुदु दासानायकेले भने, ' हामीलाई भाग्यले पनि साथ दिएन। यो यस्तो प्रतियोगिता भयो, जुन हाम्रो लयमा रहेन। खेलाडीहरूले पहिलो पटक यति ठूलो स्तरमा खेले र उनीहरूका लागि यो राम्रो अनुभव रह्यो।'
उपकप्तान ज्ञानेन्द्र मल्लले बनाएको ८६ रन समूह चरणमा नेपालले चित्त बुझाउने एक्लो आधार थियो। एक दिवसीयमा यो उनको व्यक्तिगत उच्च स्कोर पनि थियो। क्यानाडासँगको खेलपछि दासानायकेले भनेका थिए, 'ज्ञानेन्द्रले निकै राम्रो ब्याटिङ गरे। हामीलाई यस्तो इनिङ्सको सुरुवाती खेलदेखि नै खाँचो थियो।' ज्ञानेन्द्रबाहेक अर्को अर्धशतक शरद भेषावकरले यूएईविरुद्ध बनाएका थिए। नेपाली राष्ट्रिय टोलीका खेलाडीले १८ वर्षको अन्तर्राष्ट्रिय करिअरमा ६ शतक बनाएका छन्। त्यसमा २८ महिनाअघि आएका दासानायकेको कालमा ३ शतक छन्। दासानायकेले यसै प्रतियोगितामा मात्र नेपाली खेलाडीले ६ शतक बनाउने दाबी गरे पनि नेपाली ब्याट्सम्यानको प्रदर्शन त्यसको छेउछाउमा पनि थिएन। 
ज्ञानेन्द्रले प्रदीप ऐरीसँग क्यानाडाविरुद्ध दोस्रो विकेटमा ८३, शरदले शक्ति गौचनसँग आठौँ विकेटमा ८० र वसन्तले सोमपाल कामीसँग नवौँ विकेटमा ५७ रन जोडनुमात्र प्रतियोगितामा नेपाली खेलाडीको अर्धशतकीय साझेदारी थियो। बलिङमा नेपाल झन् कमजोर साबित भयो। वसन्त रेग्मी र सोमपालले ६–६ विकेट लिएका छन्। 'डेब्यू' गरिरहेका सोमपालले दुई खेलमा ३–३ विकेट लिए भने बाँकी दुई खेलमा शून्य थिए। सागर पुनले ४, शक्तिले र जितेन्द्र मुखियाले ३ विकेट लिए पनि त्यो नेपालले बनाएको लक्ष्यभन्दा निकै कम हो। स्पिनरहरू वसन्त, शक्ति र सागरले मात्र प्रतिओभर ५ भन्दा कम रन दिएका छन्। अन्य सबै बलरको प्रदर्शन झन् खर्चिलो छ। जितेन्द्रले प्रतिओभर ३ खेलमा झन्डै ८ रन खर्चेका छन्।

नेपालको प्रदर्शन

विरुद्ध यूएई
क्राइसचर्चस्थित म्यानपावर ओभल रंगोरियामा नेपालले टस जितेपछि ब्याटिङ गरेको शीर्ष वरीयताको यूएईले शाइमन अनवरको १ सय ९ रनमा ८ विकेट गुमाई २ सय ९७ रन बनायो। ९६ बलको इनिङ्समा उनले ८ चौका र ८ छक्का प्रहार गरे। उनले स्वप्निल पाटिलसँग चौथो विकेटमा १ सय ३४ बलमै १ सय ४५ रनको साझेदारी गरे। पाटिलले ७८ बल खेली २ चौका र २ छक्का प्रहार गरी ७४ रन बनाए। नेपाल ४८.१ ओभरमा १ सय ९५ रनमै खुम्चिएर १ सय २ रनको हार स्विकार्योव। शरदले ८७ बलमा ३ चौकासहित ५४ रन बनाए। उनले ८४ बलमा अर्धशतक बनाएका थिए। विनोद भण्डारीले २९ बलमा ५ चौका र १ छक्कासहित ३७ रन बनाए। शक्ति ३७ रनमा अविजित रहे।
विरुद्ध स्कटल्यान्ड
२ सय ५० रनको चुनौती लिएर आएको नेपाल ४६.१ ओभरमै १ सय ५९ रनमा रोकियो। लगातार दोस्रो खेलमा नेपाल पूरा ५० ओभर पनि टिक्न सकेन र २ सय रन बनाउन नसकेपछि ९० रनले पराजित भयो। ज्ञानेन्द्रले ३४ र शरदले ३० रनमात्र नेपाली स्कोर कार्डमा हेर्न लायक स्कोर थियो। क्विन्सटाउन इभेन्ट सेन्टरमा स्कटल्यान्डले ७ विकेट गुमाई २ सय ४९ रन बनाउँदा फ्रेड्री कोलम्यानले ६७ बलमा अविजित ६४ रन बनाए। उनले साफयान सरिफसँग आठौँ विकेटमा ३५ बलमै अविजित ५९ रनको साझेदारी गरे। कोलम्यानले ६२ बलमै अर्धशतक बनाएका थिए। सरिफ २५ रनमा अविजित रहे। ओपनर कालुम म्याकलोइडले ४६ रन बनाए। उनले ४८ बल खेली ६ चौका प्रहार गरे। म्याट माचन ३७, प्रेस्टोन मोमसेन ३५ रन बनाई आउट भए।
विरुद्ध हङकङ
क्राइसचर्चको रंगोरिया स्थित मेनपावर ओभल मैदानमा टस हारेको नेपाल माथिल्लो क्रमको ब्याटिङ तहसनहस हुँदा ४९.३ ओभरमा १ सय ५० रनमै अल आउट भयो। हङकङले ३३.२ ओभरमै १ सय ५४ रन बनाउदै लक्ष्य पूरा गर्योल। सन् २००० को एसीसी ट्रफी सेमिफाइनलपछि नेपाल पहिलो पटक हङकङसँग एक दिवसीयमा पराजित भयो। इरफान अहमद ८६ र वाकास बकरातले ५६ रन बनाउँदै हङकङलाई सजिलो विजय दिलाए। वसन्तले सर्वाधिक ४५ रन बनाए। उनी आउट हुने अन्तिम खेलाडी थिए। उनले ७९ बल खेली ४ चौका र १ छक्का प्रहार गरे। पहिलो दुवै खेलमा खाता खोल्न बिर्सेका सोमपालले ४८ बल खेली ४ चौकासहित २६ रन बनाए।
विरुद्ध क्यानाडा
मैदान भिजेका कारण ४१ ओभरमा छोट्याइएको खेलमा क्यानाडाले ५ विकेट गुमाई २ सय ५५ रन बनायो। आगामी विश्वकपलाई निर्माणाधीन रहेको हेग्ली ओभल मैदानमा क्यानाडाबाट विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाडी नीतिश कुमारले ६७ रन बनाए। तीन वर्षअघि १६ वर्षको उमेरमा भारतमा भएको विश्वकपमा खेलेका उनले ५९ बल खेली ५ चौका र २ चौका प्रहार गरे। म्यान अफ द म्याचमा राजा उर रहमान चुनिए। उनको ८९ रनमा क्यानाडाले विशाल स्कोर बनाएको थियो। ८७ बल खेलेका उनले ७ चौका प्रहार गरे। मध्यपंक्तिमा हम्जा तारिकले ३६ बलमा ३ चौकासहित ३४ रन बनाई क्यानाडालाई मजबुत स्थितिमा पुर्याौए। ज्ञानेन्द्रले ९७ बल खेली ९ चौकासहित ८६, प्रदीप ऐरीले २६ र वसन्तले अविजित २५ रन बनाए पनि नेपालले ८ विकेट गुमाई २ सय ४३ रनमात्र बनाउन सक्यो।
उपवासमा सहवास ?

उपवासमा सहवास ?

प्रत्येक व्यक्तिका लागि यौन सम्पर्क अत्यन्त गोपनीय र निजी अनुभव हो। यौन जीवनलाई आनन्ददायी बनाउन मानिसले आफ्नै तौरतरिका अपनाउने गर्छ। विभिन्न समय र तरिका अपनाएर सहवासको अनुभव बटुल्ने यौन जोडीहरूले...

हे भगवान्! दाह्रीजुँगा नआएको पुरुष बनाइदेऊ!

महाभारतको कथा–अनुसार पाण्डवहरूलाई एक वर्ष गुप्तवास बस्नुपर्ने अवस्था आयो। विराट् राजाका नोकर–नोकर्र्नी भएर बसे बिचरा–बिचरीहरू। युधिष्ठिरले जुवा खेल्ने काम पाए। भीमसेन भान्सा–विभागमा भित्रिए। नकुल र सहदेव गोठाला भए। अर्जुन बेरोजगार...

जहाँ सुनिन्छन् मायाका सुस्केरा

जहाँ सुनिन्छन् मायाका सुस्केरा

प्रेमी–प्रेमिकाको मन उसै पनि अशान्त हुन्छ। मनको माया शरीरसँग टाँसिन खोजिहाल्छ। यस्तो बेला उनीहरू भीडभाडबाट टाढा तर शहरबाट नजिक कतै हराउन चाहन्छन्। केही समयअघिसम्म तन्नेरीहरूका लागि यस्तो गन्तव्यको अभाव थियो।...

'स्टेजकै कारण जिउँदा हामी'

'स्टेजकै कारण जिउँदा हामी'

चर्चित गायक राजु लामा अमेरिका बस्छन्। आफूलाई मंगोलियन हार्टसँग जोडेर मात्र चिनाउँछन्। युवापुस्तालाई उनका धेरै गीत कण्ठ छन्। गाउन भनेपछि जतिसुकै सानो कार्यक्रममा पनि पुगिदिन्छन् उनी। एल्बम बिक्री शून्य भएका...

पूर्वेलीका प्रेम दिवस 'प्लान'

धरानका म्युजिक भिडियो निर्देशक लोकेन साँवा यस पटकको भ्यालेन्टाइन्स डे हङकङमा रहेकी गर्लफ्रेन्डसँग फोनमा कुरा गरेर मनाउने योजनामा छन्। 'टाढा छ, भेट्न पाइँदैन, फोनबाटै सबै कुरा गरिन्छ। माया रिन्यू गर्नुपर्योत...

'र' प्रेमी ओझा

'र' प्रेमी ओझा

असफल श्रीमान् र सफल निर्माता भनिन्छ छवि ओझालाई। उनी 'र'लाई असाध्यै माया गर्छिन्। श्रीमतीका रूपमा 'र' तीनजना महिलासँग जोडिसके। पछिल्लो समय रेखा थापासँगको सम्बन्ध 'र' बाट 'तर' हुँदै फिल्म 'लोफर'पछि...

रञ्जिताको स्टन्ट

रञ्जिताको स्टन्ट

आर्षक जिउडालकी धनी छिन्, रञ्जिता लिम्बू। यसअघि राजेश पायल राईलगायत अन्य चर्चित गायक–गायिकाका म्युजिक भिडियोमा कम्मर मर्काउँदै आएकी रञ्जिता अहिले भने फिचर फिल्ममा व्यस्त छिन्। पछिल्लो समय नेपाली फिल्म 'बिग...

सुन्दर आँखाका लागि

सुन्दर आँखाका लागि

महिलाको व्यक्तित्व झल्काउन पहिरनसँगै मेकअपले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। मेकअप गर्दा सचेत हुनुपर्छ। त्यसमा पनि आँखाको मेकअप गर्दा त निकै ध्यान पुर्या उनुपर्छ। सुन्दर आँखाले सबैको ध्यान आफूतिर तान्छ।...