Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

अर्कै अर्थ लाग्ला नि!

  • शुक्रबार १० माघ, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
अर्कै अर्थ लाग्ला नि!
तस्बिरबाटै चिनिने अनुहार हुन्, यी दुई। ठूलो पर्दामा चम्किएकी रेखा थापा र सानो पर्दामा ठूलो उचाइ बनाएकी दीपाश्री निरौलालाई कसले चिन्दैन र? तस्बिरमा हेर्नुहोस्, उनीहरू के गरिरहेका छन्! एकअर्काको आलिंगनमा रहेका उनीहरूको झन्डै ओठ पो जोडिएलाजस्तो देखिन्छ। 
उनीहरूको यो आत्मीयता तस्बिरबाट मात्रै मूल्यांकन गर्नेले अहिलेको जमानामा फरक अर्थ लगाउन सक्ने प्रशस्त संभावना छ। यसका केही देखिने कारण छन्, उनीहरूको म्यारिटल स्ट्याटस सिंगल हो। नेपाली युवतीको विवाहको औसत उमेर दुवैले घर्काइसकेका छन्। र, अँध्यारो रातको तस्बिर छ। त्यसैले कतै उनीहरू 'त्यही' त होइनन्? नआत्तिनुहोस्, यो एकान्तमा लिइएको तस्बिर होइन। फिल्म वितरक गोपाल कायस्थकी छोरीको पार्टीमा खिचिएको तस्बिर हो। अर्काे कुरा उनीहरू निकै आत्मीय साथी हुन्। उनीहरूलाई नजिकबाट जान्नेले मात्रै बुझेका छन्। अरूले बुझ्ने अर्थ त अलग पो हुन्छ त। त्यसैले जोगाउने कुरा जोगाएकै बेस! जमाना खराब जो छ।
माछाले छोपेको लाज

माछाले छोपेको लाज

अभिनेत्री शुभेच्छा थापाले अभिनय गर्न थालेको डेढ दशक भइसक्यो। आफैँले निर्माण गरेका र अरूका थुप्रै फिल्ममा अभिनय गरे पनि उनले चर्चा र सफलता दुवै पाइनन्। हिरोइन बन्ने उमेर पुगिसकेकी शुभेच्छाको...

घट्दो लम्बाइ

नेपाली फिल्मका पोस्टरमा अझै पनि कसैकसैले 'कथानक' वा 'फिचर' लेखिएको पाउन सकिन्छ। 'फिक्सन' अर्थात् काल्पनिक कथामा आधारित फिल्म भन्न खोजिएकोले 'कथानक' शब्द ठीकै लाग्छ। तर, 'फिचर' चाहिँ कथानकलाई नै अंग्रेजीमा...

तालीको भोको टोन ट्रिएङ्गल

तालीको भोको टोन ट्रिएङ्गल

टोन ट्रिएङ्गल।नामैले प्रस्ट छ– यो तीन सदस्यको सांगीतिक समूह हो। पर्कसनिस्ट पुनम सापकोटा, गिटारिस्ट विशालविक्रान्त अधिकारी र भोकलिस्ट तथा गिटारिस्ट राकेश महत यसमा आबद्ध छन्। ब्यान्ड डेढ वर्षअघि फर्म भएको...

छ महिनापछि बाहिर

छ महिनापछि बाहिर

पप गायिका साकिरालाई हिजोआज सार्वजनिक ठाउँमा बिरलै देख्न पाइन्छ किनकि अहिले उनी छ महिनाकी सुत्केरी छिन् र शिशुको स्याहारसुसारमा दत्तचित्त छिन्। हालै छुट्टी मनाउन हवाई पुगेकी थिइन् उनी, जहाँ उनका...

उध्रियो मनको चोली

उध्रियो मनको चोली

नेपाली सेलिब्रिटीको घरबार र तासको घर उस्तै हो। ढल्न बेरै नलाग्ने! विवाह नै नगरी एकै थलोमा गाँसबास बनाएका केटा साथीसँग सुषमा कार्कीको प्रेम टुटेको छ। अर्थात् 'उध्रेको चोली'मा नाचेर हिट...

'म नेपथ्यको बोस होइन'

'म नेपथ्यको बोस होइन'

बाइस वर्षदेखि नेपथ्य ब्यान्ड नेपाली संगीतमा अत्यन्त उर्बर र जीवन्त भएर टिकिराखेको छ। अमृत गुरुङ आफूलाई नेपथ्यको आमा मान्छन्। हावा तालमा संगीतमा लागेका अमृतका लागि कालान्तरमा संगीत नै जिन्दगी बन्यो।...

सौता लागिन् रीमा

सौता लागिन् रीमा

सुन्दरी अभिनेत्री रीमा विश्वकर्माका लागि मरिहत्ते गर्ने 'कुमार' केटाको संख्या कम हुने कुरा भएन। तर, रीमा भने सौता लाग्न गएकी छिन्। उनलाई मनकी रानी बनाउन खोज्नेले आत्तिहाल्नु चाहिँ पर्दैन किनभने...

खोइ लाठी बुढेसकालमा?

खोइ लाठी बुढेसकालमा?

'आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको' भन्थे उहिले। यो हिटरको आगो ताप्ने जमाना हो। व्यस्त जीवनशैली अँगालिरहेको नेपाली समाजलाई बूढाबूढीका कुरा सुन्ने फुर्सद छैन। राज्य, समाज र परिवारबाट ज्येष्ठ नागरिकहरूले...