Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

शुक्रबार

सुन्दर आँखाका लागि

  • बिहीबार १६ माघ, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(0 votes)
सुन्दर आँखाका लागि
महिलाको व्यक्तित्व झल्काउन पहिरनसँगै मेकअपले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। मेकअप गर्दा सचेत हुनुपर्छ। त्यसमा पनि आँखाको मेकअप गर्दा त निकै ध्यान पुर्या उनुपर्छ। सुन्दर आँखाले सबैको ध्यान आफूतिर तान्छ। त्यसैले आँखालाई आकर्षक बनाउने प्रयास किन नगर्ने? सधैं एउटै किसिमको आई मेकअप गर्नुभन्दा केही नयाँ–नयाँ तरिका अपनाएर आँखालाई अझै सुन्दर बनाउन सकिन्छ।

आजभोलि 'क्याट आई लुक' ट्रेन्डमा छ। यसलाई डे र इभिनिङ लुकका लागि प्रयोग गर्न सकिन्छ। डे आई मेकअप गर्र्दा क्रिम जेल आइलाइनरलाई ब्रसको सहायताले सुरुमा आइलाइनरलाई भित्रबाट बाहिरको कुनासम्म लगाउने या कुनाको बाहिरसम्म निकाल्ने। भित्रदेखि बाहिरसम्म आइलाइनर निकाल्दा लाइन अलि लामो तान्नुपर्छ। क्याट आई लुकलाई इभिनिङ मेकअपमा प्रयोग गर्दा क्रिम जेल आइलाइनरलाई ब्रसको सहायताले भित्रदेखि बाहिरको कुनासम्म लगाउने र कुनादेखि बाहिरसम्म निकाल्ने। भित्रदेखि बाहिरसम्म लगाउँदा लाइन अलि मोटो कोर्नुपर्छ। त्यसै लाइनमाथि आई ब्रसको मद्दतले ब्ल्याक स्याडो लगाउने।
स्मोकी आई लुकका लागि माथिको परेलामा कालो रङको आइस्याडो लगाउने। त्यसपछि खैरो आइस्याडो आँखाका ढकनी (क्रिज)मा लगाउने र अलिकति बाहिर निकाल्ने। तर, खैरो स्याडोलाई कालो रङको स्याडोस“ग मिसाउनु हु“दैन। स्मोकी लुकको लागि लेङथनिङ मस्काराको प्रयोग गर्नु आवश्यक हुन्छ। मस्काराको प्रयोगपछि फेरि खरानी रङको आइलाइनरले पातलो रेखा खिच्ने। त्यसपछि तपाईंले स्मोकी आइज पाउन सक्नुहुन्छ।
कलेज लुकका लागि तलको परेलामा कालो वा नीलो रङको गाजल पेन्सिलले मोटो रेखा बनाउनुपर्छ र आ“खाको कुनाबाट बाहिरसम्म निकाल्नुपर्छ।
जयन सुब्बा मानन्धर
'एमाले' सुषमा

'एमाले' सुषमा

अचेल सेन्सर बोर्ड अलि कडा छ। विशेषगरी बेड सिन देख्नै नसक्ने सेन्सरको आँखा यो हप्ता सुषमा कार्कीको वक्षमा पर्यो ! फिल्म 'राजनीति'मा गरेको आइटम डान्समा वक्षमा खोपाएको ट्याटु आधा देखियो।...

जियाको जाँच

जियाको जाँच

दर्जन फिल्ममा काम गरे पनि चर्चित बन्न नसकेका हिरोइन थुप्रै छन्। तर, एउटै फिल्म हलमा नलागे पनि चर्चित बन्न सफल भएकी हिरोइन हुन्, जिया केसी। हट फोटोसुट, भुवन केसीसँग अफेयर...

एकैचोटि पाँचवटा भिडियो

एकैचोटि पाँचवटा भिडियो

छोटो समयमा राम्रो आम्दानी हुने भएपछि अचेल अभिनेत्रीहरू म्युजिक भिडियोतिर तानिएका छन्। भिडियो निर्माता पनि के कम? एउटै व्यवस्थापनमा धेरै भिडियो सकाएर बजेट घटाउन थालेका छन्। अघिल्लो हप्ता अभिनेत्री खुश्बु...

गाउँदागाउँदै 'इमोसनल' भइन्छ

गाउँदागाउँदै 'इमोसनल' भइन्छ

पन्ध्र वर्षको उमेरमै सोलो एल्बम 'परी' ल्याएर नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकी रजिना रिमाल अहिले पार्श्वगायिकाका रूपमा स्थापित छिन्। फिल्म र कलेक्सन एल्बममा गरी आठ सयभन्दा बढी गीत गाइसकेकी उनले...

आफ्नैसँग पर–पर

आफ्नैसँग पर–पर

छोराछोरीको गुनासो छ– बाउआमा कुरा बुझ्दैनन्। बाउआमाको दुखेसो छ– छोराछोरी टेर्दैनन्। यसै पनि दुई पुस्ताका बीच थुप्रै भिन्नता हुन्छन्। उनीहरूको लवाइखवाइ मिल्दैन, विचार मिल्दैन, मनोविज्ञान मिल्दैन र जिउने तरिका मिल्दैन।...

कता छिन् सबिना?

कता छिन् सबिना?

पहिलो फिल्म 'दुलहीरानी' मा अनुबन्ध हुँदाताका सबिना कार्कीको प्रशंसा धेरैले गरेका थिए। गोरो छाला, पोटिलो ज्यान आदि नेपाली फिल्मकी हिरोइनमा हुनुपर्ने योग्यता उनमा थिए। 'दुलहीरानी'पछि अर्को फिल्म 'एटिएम' मा पनि...

जुम्बामा गृहिणी

जुम्बामा गृहिणी

आजभोलि धेरै महिलाका लागि फिटनेसको विकल्प बनेको छ, जुम्बा डान्स। वजन घटाउन महिलाहरू रिमिक्स गीतमा कम्मर मर्काउँदै गरेका भेटिन्छन्। कलाकार, नृत्यांगनाहरूसम्म सीमित नाच अब आम महिलाको रुचिको विषय बन्न थालेको...

खोरमा गुन्डा

खोरमा गुन्डा

राजधानी त्रासको जंगल भएको छ। किनभने, यहाँ चरी, बाघे र स्यालजस्ता गुन्डा–जीवहरू छन्। नागरिकका सुरक्षा, जिउधन र अमनचैन कुनै पनि बेला उनीहरूको शिकारमा पर्नसक्छन्। राजनीतिक दलका नेताहरूले गुन्डा पालिरहेका छन्,...