Wednesday 28 Shrawn, 2077 | August 12, 2020
Menu

शुक्रबार

पढे पो जानिन्छ

  • बिहीबार १६ माघ, २०७०
  • दीपेन्द्र लामा
  • DISQUS_COMMENTS
(1 Vote)
नेपाली फिल्मकी एक अभिनेत्रीले केही समयअघि काठमाडौँको ओस्कार फिल्म कलेजका विद्यार्थीहरूलाई भनिछन्, 'अभिनय सिकिरहनु पर्ने विधा नै होइन। खोइ मैले त सिकेको छैन।' जुन कलेजमा अभिनय विषयमै स्नातक तहको पढाइ हुन्छ, त्यहीँ गएर यस्तो तर्क गर्नु निकै हास्यास्पद हो।

ती अभिनेत्रीको मात्र होइन, नेपाली फिल्म उद्योगका धेरैजसो कलाकारकै बुझाइ यस प्रसंगमा उदांगो भएको छ। हुन पनि अभिनय भनेको सिक्ने वा पढ्ने विधा नै होइन भन्ने मानसिकता बोक्ने कलाकारको बहुमत यहाँ होला। किनभने, धेरैले अभिनयको औपचारिक अध्ययन गरेकै छैनन्।
संसारभर अभिनय सिकाउने कलेज र स्कुल अनगिन्ती छन्। निकै महँगो शुल्क तिरेर विद्यार्थीहरू अभिनय विधामा विशिष्टता हासिल गर्न ठेलीका ठेली किताब पढिरहेका छन्। संगीत–नाट्य प्रज्ञा प्रतिष्ठान स्थापना गर्नु भनेको नेपालको सरकारले नै अभिनयलाई प्राज्ञिक विषयको रूपमा मान्यता दिनु हो।
केही वर्षदेखि 'एक्टर्स स्टुडियो' सञ्चालन गरिरहेका रंगकर्मी अनुप बराल अभिनयलाई सिक्नुपर्ने र पढ्नुपर्ने विधा मान्छन्। उनले पनि दिल्लीको 'स्कुल अफ ड्रामा (एनएसडी)'बाट नाटक विधामा स्नातक गरेका हुन्। नसिरुद्दिन शाह, अनुपम खेर, ओम पुरी, इरफान खान, पंकज कपुरजस्ता भारतका प्रतिष्ठित कलाकारले यही एनएसडीमा अध्ययन गरेका थिए। 
नाटक वा फिल्ममा अभिनय गर्न चाहनेले अनिवार्य प्रशिक्षण लिनुपर्ने सुझाव अनुपको छ। जसरी छायांकन, निर्देशन र संगीतमा प्रशिक्षण लिइने गरिन्छ, त्यसैगरी अभिनयमा पनि पढ्नुपर्ने सैद्धान्तिक र बुझ्नुपर्ने व्यावहारिक पक्ष छुट्टाछुट्टै हुन्छन्। अनुप भन्छन्, 'अभिनय गर्दा टेक्निक वा क्राफ्टको प्रयोग हुन्छ, त्यो थाहा पाउन अध्ययन गर्नुपर्छ।'
सुटिङमा वा फिल्मको पर्दामा कलाकारलाई हेर्दा अभिनय विधा सजिलो देखिन्छ। कलाकारले मन्त्रमुग्ध बनाउँदा सबैले तारिफ गर्छन्। तर, दर्शकलाई सम्मोहन गर्ने अभिनय क्षमता उक्त कलाकारले आफूमा कसरी विकास गर्योा भन्नेतिर धेरैले सोच्दैनन्। 
छायांकारले क्यामेरा परिचालन गर्छन्। एडिटरले कम्प्युटर प्रयोग गर्छन्। संगीतकारले वाद्ययन्त्र चलाउँछन्। तर, अभिनयमा कुनै भौतिक औजार वा उपकरण (टुल्स) प्रयोग गरिँदैन। त्यसैले पनि अभिनय गर्न प्रशिक्षण लिनुपर्दैन भन्ने धेरैलाई लागेको हुन सक्छ। जबकि, अभिनय पस्किन अदृश्य थुप्रै 'टुल्स' आवश्यक पर्ने बताउँछन् अनुप।
'निजी जीवनका अनुभवलाई आफ्नो अभिनयमा मिसाउन सक्नुपर्छ, कुनै पात्रको रूपमा अभिनय गर्दा आफूलाई पूरै बिर्सनुपर्छ र देख्दै–नदेखेका चिजलाई पनि परिकल्पना गरेर प्रस्तुत गर्नुपर्छ,' अनुप बुझाउँछन्, 'कलाकारले आफूलाई पात्रको जीवनमा केन्द्रीकृत गरिरहन सक्नुपर्छ। यो सबै प्रक्रियाका लागि फरक–फरक एक्सरसाइजको व्यवस्था हुन्छ।'
'शरीर र आवाजबाट अभिनेताले आफूलाई अभिव्यक्त गर्छ,' अनुप व्याख्या गर्छन्, 'शब्दहरू कहाँ बोल्ने, कहाँ रोक्ने, शारीरिक हाउभाउलाई कसरी नियन्त्रण गर्ने, यी सबै विधि सिक्नुपर्छ। हरेक मुभमेन्ट, हरेक एक्सनपछाडि कुनै न कुनै कारण हुन्छ। कसैले सधैँ सेतो लुगा लगाउँछ भने त्यसको पनि कारण हुन्छ। यो कारण खोज्ने र क्रिटिकल्ली सोच्ने काम एउटा प्रशिक्षित वा अध्ययनशील कलाकारले मात्र गर्न सक्छ।'
बढ्दो शहरीकरण र अस्वस्थ प्रतिस्पर्धाले मान्छेको संवेदनालाई क्रमशः खियाउँदै लगिरहेको छ। अभिनय गर्न चाहनेहरू यसबाट अछुतो रहने कुरै भएन। मान्छेबाट संवेदना घट्दै जानु अथवा 'मेकानिकल' हुनु अभिनय विधाका लागि चुनौती बनेको छ। 
'मरिसकेको अथवा घट्दो संवेदनालाई जगाउन कलाकारले एक्सरसाइज गर्नुपर्छ, कलाकारले आफ्ना पाँच इन्द्रियलाई सधैँ जागरुक राख्न सक्नुपर्छ,' अनुप भन्छन्, 'अभिनय गर्दा चिसो खाए पनि तातो खाँदै छु भन्ने झल्काउन सक्नुपर्छ। यस्तो काम गर्न संवेदनशीलता चाहिन्छ।'
नेपालका अधिकांश कलाकारले पुस्तक अध्ययन गरेको पाइँदैन। अध्ययनको अभावले नै उनीहरूको 'कल्चरल डेभलोपमेन्ट' परिपक्व नभएको हो। कुनै सामाजिक वा राजनीतिक मुद्दामा व्यक्त गर्ने तर्कले उनीहरूको अध्ययन र बुझाइको स्तर छर्लंग पार्छ।
अभिनय गर्ने कलाकार संगीतसँग केही नजिकै भए पनि साहित्य, नाटक, चित्रकला, मूर्तिकलाजस्ता अरू विधादेखि विच्छेद देखिन्छन्। जबकि, फिल्म निर्माण प्रक्रियामा कलाका यी सबै विधाका सिद्धान्त उपयोग गरिन्छन्। अरू विधाका तत्व आयात गरेर आफ्नो विधाको आयाम थप्ने सामर्थ्य अभिनय गर्नेसँग हुनुपर्ने बताउँछन् अनुप। उनी कलाकारलाई साहित्य, इतिहास, मानवशास्त्र र समाजशास्त्रको अध्ययन गर्न सुझाउँछन्। 
अभिनय विधासँग सम्बन्धित किताब नै पढ्ने हो भने पनि रुसी रंगकर्मी कन्स्टान्टिन स्टानिस्लावस्कीले लेखेका 'बिल्डिङ अ क्यारेक्टर', 'एन एक्टर प्रेपेयर्स', 'क्रिएटिङ अ रोल'जस्ता किताब काठमाडौँका पसलमा उपलब्ध छन्। त्यस्तै अमेरिकी रंगकर्मी मोस हार्टको 'एक्ट वान', पोलिस रंगकर्मी रिचार्ड बोलेस्लावस्कीको 'एक्टिङः द फस्ट सिक्स लेसन्स', अमेरिकी अभिनेता चार्ल्स म्याक गाको 'एक्टिङ इज बिलिभिङ' जस्ता किताबमा अभिनयका गहन सिद्धान्त र प्रविधि समेटिएका पाइन्छन्। यी किताबका लेखन र प्रकाशनले पनि पुष्टि गर्छन्, अभिनय भनेको सिक्ने र पढ्ने विधा हो।
'बेड सिन दिन रमाइलो लाग्छ'

'बेड सिन दिन रमाइलो लाग्छ'

तपाईंको अर्को फिल्मले पनि एडल्ट सर्टिफिकेट पाएछ!कति फिल्म सेन्सरमै अडि्करहेका छन्। 'रोमान्स'ले एडल्ट सर्टिफिकेट पाए पनि सेन्सर त भयो नि। सबै फिल्मले एडल्ट सर्टिफिकेट पाएपछि तपाईं पनि 'एडल्ट हिरोइन' हुनुभयो!फिल्मको कथाअनुसार...

'दिनेको लभलेटर लिइदिन्छु'

'दिनेको लभलेटर लिइदिन्छु'

फिल्म क्षेत्रमा 'कान्छी हिरोइन' भनेर चिनिने नीता ढुंगाना अघिल्लो हप्तादेखि २२ वर्षमा प्रवेश गरिन्। करिअरका हिसाबले उनलाई जमेकी हिरोइनकै रूपमा लिइन्छ। 'मितिनी' फिल्ममा बालकलाकार भएर रजतपट टेकेकी उनले फिल्म 'मसान'मा...

भाउजूको दोस्रो पति देवर हो?

पाठक महानुभावहरू! आज म देवर र भाउजूको सम्बन्ध केलाउँदै छु। यति बेला मैले बाध्य भएर रामायणको कथा सम्झाउनुपर्ने भएको छ। बालि र सुग्रीव दाजुभाइ हुन्। राजा हुन् कि भगवान्का मीत...

भत्किँदो घरबार

भत्किँदो घरबार

बाबु र छोराको बोलचाल छैन। दाजु र भाइ अदालत पुगेका छन्। श्रीमान् र श्रीमतीले छुट्टिने बाहेक अर्काे विकल्प भेटेका छैनन्। नेपाली परिवारको संरचना र स्वरूप बदलिँदो छ। पारिवारिक विखण्डन तीव्र...

अधम व्यक्तिहरूले पोल खोल्छन्

यदि कुनै मानिस मोक्षको चाहना गर्छ भने उसले आफ्ना सम्पूर्ण इन्द्रिय र विषयवासनालाई विषजस्तो सम्झेर त्याग्नुपर्छ। आफूलाई मन पर्ने राम्रा–नराम्रा कुराहरू सबै निकाली फ्याँकिदिनुपर्छ। अनि, क्षमा, सरलता, दया, पवित्रता र...

कैँचीको टक्कर

केही दिनअघि मात्रै चलचित्र जाँचपास समितिले फिल्म 'नतिजा'को सेन्सर रोकिदियो। फिल्ममा हट दृश्य राखिएको भन्दै ती हटाएपछि मात्रै सेन्सर गर्ने अडान राख्यो। सेन्सर बोर्डले आफ्नो फिल्मका मुख्य दृश्यमा कैँची चलाएको...

जहिले पनि तालीमात्रै

जहिले पनि तालीमात्रै

एउटा कलाकारले अर्को कलाकारको तारिफ गर्न कन्जुस्याइँ गर्छन्। तर, माओवादी जनयुद्धको कथामा बनेको फिल्म 'उमा' हेरेपछि अभिनेत्री करिश्मा मानन्धरले ऋचा शर्माको मन खोलेरै तारिफ गरिन्। पछिल्लो समय नेपाली फिल्मका दर्शक...

एसएलसीको भूत

एसएलसीको भूत

फलामे ढोका भनिने एसएलसी परीक्षा नजिकिँदै जाँदा टेक्सस स्कुलकी पेमा याङ्छेन शेर्पा अन्तिम तयारीमा जुटेकी छिन्। दिनभरिको स्कुल समयबाहेक बिहानसाँझ गरेर छ घण्टा 'एक्स्ट्रा क्लास' छ उनको। 'स्कुलमा ‘राम्रो गर्नुपर्छ...