Friday 9 Falgun, 2076 | February 21, 2020
Menu

शुक्रबार

भाउजूको दोस्रो पति देवर हो?

  • आइतबार २६ माघ, २०७०
  • गाउँले बलदेव
  • DISQUS_COMMENTS
(1 Vote)
पाठक महानुभावहरू! आज म देवर र भाउजूको सम्बन्ध केलाउँदै छु। यति बेला मैले बाध्य भएर रामायणको कथा सम्झाउनुपर्ने भएको छ। बालि र सुग्रीव दाजुभाइ हुन्। राजा हुन् कि भगवान्का मीत हुन्। आखिर यी दुवै बाँदर हुन्। 
डार्बिन महोदयको विकासवादी सिद्धान्तले नरको विकास वानर अर्थात् बाँदरबाट भएको केटाकेटी सिद्धान्त स्थापित गरिदिएका छन्। उनको कुरो सही हुँदो हो त पशुपति–मन्दिरका बाँदर्नी आमाहरूले उहिल्यै हामी जस्ता मान्छे जन्माइसकेका हुन्थे। कुरो यसो होइन। हाम्रो वैदिक सनातन धर्म र बाइबलसमेतले यस्ता हावादारी कुरा मानेका छैनन्। चौरासी लाख प्राणीहरू अनादि र अनन्त छन्। फेरि रामायणतिरै जाऔँ। भगवान्कै मीत भए तापनि सुग्रीव बाँदर थिए, बाँदरको धर्ममा भाउजूलाई पत्नी बनाउन मिल्थ्यो। बालिको वध भएपछि भाउजू तारासँग सुग्रीवले विवाह गरे। मर्यादा पुरुषोत्तम श्रीरामले मीतको धर्ममा कुनै हस्तक्षेप गरेनन्। बरु समर्थन जनाइदिए।
उता रावणको वध भइसकेपछि विभीषणले पनि भाउजू सकारे। विभीषण ज्ञानी त थिए, तर राक्षस पनि थिए। राक्षस वा दानवको धर्ममा पनि भाउजूमाथि देवरको स्वाभाविक अधिकार जम्यो। मन्दोदरी महारानी विभीषणकी पत्नी भएर बसिन्। बाँदर बन्न, राक्षस बन्न अथवा देवता बन्न आधुनिक मानवहरू स्वतन्त्र छौँ। 'भ्रातृजाया' संस्कृत शब्दबाट नेपालीमा 'भाउजू' शब्द बनेको छ। यहाँ 'भ्रातृ' शब्दले दाजुलाई बुझाएको छ। 'भ्रातृजाया' अर्थात् भाउजू दाजुकी पत्नी हुन्। तिनलाई हिन्दीमा 'भाबी' भन्छन्। हिन्दीका कतिपय चलचित्रहरूमा भाउजूलाई 'भाबीमा' भनिएको सुन्न पाइन्छ। वास्तवमा भाउजू आमापछिकी आमा हुन्। 
वानर वा राक्षस–परम्पराअनुसार भाउजूलाई पत्नी बनाउने कि भागवत–परम्परा–अनुसार आमा मान्ने? अब हामी लक्ष्मणको चरित्र स्मरण गरौँ। 
सीताज्यूको अनुहारमा लगाइएको गहना देखाउँदै लक्ष्मणजीलाई सोधिएको थियो—“यो गहना सीताजीको हो?” लक्ष्मणले गहना चिन्न सकेनन्। यदि त्यो गहना भाउजूको पाउमा लाइने पाउजु थियो भने लक्ष्मणले नअनकनाईकन चिन्ने थिए। किनभने लक्ष्मणको नित्य ध्यान माता सीताज्यूको चरण–कमलमा थियो। 
उनलाई भाउजूको अनुहारको सुन्दरतासँग पटक्कै सरोकार थिएन। सीतालाई लक्ष्मण माता नै मान्थे। उनले सांसारिक माता सुमित्रालाई दोस्रो तहकी माताका रूपमा चिनेका थिए। यदि मर्यादा पुरुषोत्तम श्रीराम र उनका आदर्शभ्राता लक्ष्मणले स्थापना गरेको आदर्शपथलाई मान्न चाहन्छौँ भने हामी आजैदेखि भाउजूका देवर होइनौँ। यो देवर शब्द हाम्रो मानव–सभ्यताभन्दा विपरीत छ। संस्कृतको 'द्विवर' अर्थात् दोस्रो दुलहा भन्ने अर्थको देवर शब्द नेपाली भाषाको होइन। देवरले भाउजूहरूबाट 'तपाईं' भन्ने सम्मान लिनु पनि उचित होइन। मेरा भाउजूहरू मलाई पुत्रवत् स्नेह गरेर 'बाबु!' भन्नुहुन्छ। म उहाँहरूको छोरै हुँ देवर होइन। किनभने मेरा पूर्वज बाँदर अथवा राक्षस होइनन्।
'हिरो चालिस कटेपछि हिट हुन्छ'

'हिरो चालिस कटेपछि हिट हुन्छ'

टेलिसिरियल 'तितो–सत्य'का कारण सधैँ चर्चामा रहने दीपकराज गिरी यति बेला थप चर्चामा छन्। उनले स्त्रि्कप्ट लेखेको, अभिनय र निर्माण गरेको फिल्म '६ एकान ६' हिट भएको छ। नेपाली फिल्मको व्यापारमा...

'रातारात हिट हुन खोज्नु मूर्खता हो'

'रातारात हिट हुन खोज्नु मूर्खता हो'

'मनै त हो' एल्बमले मनमा कत्तिको शान्ति दिँदै छ?दिइरा'छ। भर्खर दुई महिना भयो एल्बम निकालेको। मिडियाले खुब सपोर्ट गरेको छ। एकदम राम्रो प्रतिक्रिया पाइरहेकी छु।

गजबकी शीला

गजबकी शीला

उमेर उकालो लाग्दै गए पनि जाँगरमा कमी नआएको देखाइदिएकी छिन्, अभिनेत्री प्रिया रिजालले। एनबी महर्जनले निर्देशन गरेको फिल्म 'सकस'मा उनले आइटम नम्बरमा ठुम्का लगाएकी छिन्। छोटो पहिरन लगाएर उत्तेजक भंगीमा...

टेन्सनग्रस्त काजी

टेन्सनग्रस्त काजी

डा. बाबुराम भट्टराईको राजीनामा प्रकरणको करिब–करिब पटाक्षेप भएको छ। वरिष्ठ नेताको सूत्रलाई पार्टीको पूर्व स्थायी कमिटी सदस्य तथा केन्द्रीय कमिटी सदस्य तथा इन्चार्जहरूको बैठकले अनुमोदन गरेर समस्याको टालटुले समाधान निकालिएको...

'मौकामा छक्का हानेको हुँ'

'मौकामा छक्का हानेको हुँ'

उदितनारायण झाको स्वरको जादुले झंकृत छ, बलिउड। बाह्र वर्षपछि उनी नेपाल आए। राष्ट्रिय चलचित्र पुरस्कार कार्यक्रमका लागि नेपाल आएका उनले काठमाडौँको केही ठाउँ घुमे, पुराना साथीसँगी भेटेर सम्बन्धको नवीकरण गरे।...

रंगमञ्चमा केकी

रंगमञ्चमा केकी

यसअघिका शुक्रवार अभिनेत्री केकी अधिकारी फिल्मका पर्दामा उपस्थित हुन्थिन्। काठमाडौँका दर्शकले यो हप्ताको शुक्रवार भने उनलाई आँखैअगाडि भेट्नेछन्। 

कुमारीत्वको सेरोफेरोमा सुहागरात

कुमारीत्वको सेरोफेरोमा सुहागरात

उमेर पुगेका किशोरकिशोरी, तरुणतरुणीका लागि विवाहपछिको पहिलो रात र पहिलो सम्भोगको कल्पना सुखद र आशंकापूर्ण दुवै हुन्छ। यसबारेमा वयस्क स्त्रीपुरुषका साथीसंगिनीसँग पहिलेदेखि स्वाभाविक चर्चा–परिचर्चा पनि भइरहन्छ। तर, पहिलो सम्भोग र...

हल म्यानेजरका मनोरञ्जन काइदा

हल म्यानेजरका मनोरञ्जन काइदा

मनोरञ्जन गर्न मानिसहरू फिल्म हल जान्छन्। हलमा मनोरञ्जनको चाँजोपाँजो मिलाइदिने म्यानेजरहरू चाहिँ कसरी मनोरञ्जन गर्दा हुन्?