Sunday 25 Shrawn, 2077 | August 08, 2020
Menu

शुक्रबार

प्रिये, तिमी कन्या हौ कि कुमारी हौ?

  • शुक्रबार २ फागुन, २०७०
  • गाउँले बलदेव
  • DISQUS_COMMENTS
(1 Vote)
“भाउजू, काकी, आमा, माइजू र कतिपयका श्रीमतीहरूले अध्ययन गर्ने प्रौढ पाठशाला हो कि जस्तो क्याम्पसको नाम 'पद्म कन्या क्याम्पस' राखिएको छ। “मलाई क्या हाँसो उठ्यो। दुई सन्तानकी आमा मेरी काकीले पढ्ने यो क्याम्पस कसरी कन्या क्याम्पस भयो? श्रीमती क्याम्पस अथवा प्रेमिका क्याम्पस भनेको भए भइहाल्थ्यो नि!” एक जना मुद्रानाथ भाइले सुनाए।

“यो क्याम्पस पद्म शमशेर राणाले खोलेका हुन्। पहिले अविवाहिताहरू मात्रै पढ्थे। तिनका लागि खोलिएकाले यस क्याम्पसको नाउँ 'पद्म कन्या क्याम्पस' राखिएको हो।” एक जना वयोवृद्ध दन्तहीन गिजा देखाउँदै जान्ने पल्टिए।
कन्या र कुमारी यी दुई शब्द समानार्थी अथवा पर्यायवाची हुन् कि होइनन् त? म अकमकाएँ। 
नेपालमा कुमारीलाई जीवित देवी मानेर पूजा गर्ने तान्त्रिक परम्परा वा प्रचलन प्रसिद्ध छ। यद्यपि यो परम्परा पौराणिक नभएर ऐतिहासिक हो। कुमारीको विवाह हुँदैन। कुमारीको त रजस्वला पनि भएको हुँदैन। गोडैमा ढोग्नुपर्ने पूजनीय चरित्र कुमारीको थप विशेषता हो।
मजस्तो अधबैँसेलाई देख्दासमेत सिट्ठी बजाएर बोलाउने अचेलका कन्या–क्याम्पसे ठिटीहरू किमार्थ कुमारी होइनन्। अङ्ग्रेजीमा कुमारीलाई 'भर्जिन' पनि भन्छन् क्यारे। हाम्रो कुमारी शब्द उनको भर्जिनभन्दा धेरै पवित्र छ। 
विवाहिताहरू पनि कन्या हुन सक्छन्। कुमारी हुन किमार्थ सक्तैनन्। मानस–पति बनाइसकेकाहरू पनि कुमारी हुन सक्तैनन्। कन्या हुन चाहिँ कुमारी रहन जस्तो विवाह अथवा यौन–सम्बन्धी आचार–संहिता पालना गर्नै पर्छ भन्ने छैन। हाम्रा पूजनीया पाँच कन्याहरू बहुपतिवाला थिए। ऋषिपत्नी अहल्याको सतीत्व इन्द्रले खोसिदिएकै हुन्। द्रुपदकन्या द्रौपदीका पाँच पति पाण्डवहरू नै थिए। बालिकी पत्नी ताराले सुग्रीवसँग पनि विवाह गरिन्। कुन्तीका पनि सूर्य, धर्मराज, वायु र इन्द्रसमेत गरी चार पति थिए। रावणकी पत्नी मन्दोदरीले विभीषणसँग विवाह गरेकी हुन्। बहुपति भएकाहरू नै कन्या थिए यद्यपि उनीहरू सबै जितेन्द्रिय थिए। उत्ताउला र छिल्लिएका थिएनन्। हामी स्पष्ट हुन सक्छौँ विधवाहरू र विधिवत् सम्बन्ध–विच्छेद गरी एकल भएकाहरूलाई पुनः कन्यादान गर्न सकिन्छ। ती कन्या नै भइरहन्छन्। वैधव्य बाध्यता हो, रहर होइन। सामाजिक अनुशासनका लागि विधवा–विवाह आवश्यक र अनिवार्य हुन सक्छ,। पुत्रवती वा पुत्रीवतीहरू पनि कन्या हुन सक्दा रहेछन्। यदि अनुशासनबद्धा कुनै एकल महिला अथवा विधवाले उनको अनुकूल वर पाइन् भने कृपया, निर्धक्कसँग तिनको कन्यादान गरी पुण्य आर्जन गर्नुहोला।
भत्किँदो घरबार

भत्किँदो घरबार

बाबु र छोराको बोलचाल छैन। दाजु र भाइ अदालत पुगेका छन्। श्रीमान् र श्रीमतीले छुट्टिने बाहेक अर्काे विकल्प भेटेका छैनन्। नेपाली परिवारको संरचना र स्वरूप बदलिँदो छ। पारिवारिक विखण्डन तीव्र...

'मात्र 'शो पिस' हुन चाहन्नँ'

'मात्र 'शो पिस' हुन चाहन्नँ'

मिस नेपाल २०११ को ताज जितेपछि चर्चामा आएकी हुन्, मलिना जोशी। अघिल्लो वर्ष रिलिज फिल्म 'कलिउड'को एउटा गीतमा नृत्य गरेर फिल्म मोह दर्शाएकी थिइन्। भर्खरै रिलिज फिल्म 'ऋतु'मार्फत उनले हिरोइनका...

'संगीतसँग खेलबाड भइरहेको छ'

'संगीतसँग खेलबाड भइरहेको छ'

कुनै बेला शम्भुजीत बाँस्कोटा कति ठूला स्टार थिए भने उनको संगीतबिना नेपाली फिल्म बनाउने कल्पनासम्म गरिँदैनथ्यो। तीन सयभन्दा बढी फिल्म र १८ सयभन्दा बढी गीतमा संगीत दिएका छन् उनले। आजका...

'मौन' नम्रता

'मौन' नम्रता

मन लागेका कुरा चाहेर पनि अभिव्यक्त गर्न नसक्नु कति पीडादायी हुन्छ होला? त्यसमाथि प्रेमका कुरा गर्नु त झन् कठिन! त्यसको अनुभव बटुलेकी छिन्, अभिनेत्री नम्रता श्रेष्ठले। चुपचाप सुटिङ सकाएको फिल्म...

सुन्दर ओठका लागि

सुन्दर ओठका लागि

महिलाको सौन्दर्यमा ओठको ठूलो भूमिका हुन्छ। अनुहारको अरू भागमा जस्तै ओठमा पनि पर्याप्त ध्यान दिनुपर्छ। फुटेको, छाला निस्केको र कालो भएको ओठले तपाईंको सौन्दर्यप्रति उदासीनतालाई जनाउँछन्।

तपस्यामा तन्नेरी

तपस्यामा तन्नेरी

तन्नेरी भन्दैमा सबै कहाँ मोजमस्ती र रमाइलोमा मात्रै भुलेका छन् र? अचाक्ली भागदौड र चर्काे प्रतिस्पर्धाले जीवनलाई तनावहरूको भकारी बनाएका छन्। तन्नेरीलाई झन् धेरै टेन्सन छ। पढाइको टेन्सन, करिअरको टेन्सन,...

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको तेस्रो प्रकाशन शुक्रवार साप्ताहिक चौथो वर्षमा प्रवेश गरेको छ। सामाजिक सरोकारका जल्दाबल्दा विषय तथा मुद्दा उठाउने जुन लक्ष्यका साथ यसको प्रकाशन सुरु भएको थियो, त्यस लक्ष्यप्राप्तिमा शुक्रवारले...

कोकाकोला ज्यानका लागि कसरत

कोकाकोला ज्यानका लागि कसरत

'कोकाकोला ज्यान'– अशिष्मा नकर्मीका लागि बनाइएको गीत हो यो। निर्माण क्रममा रहेको फिल्म 'अधकट्टी'मा राखिने यो गीतमा अशिष्माले 'कोकाकोला ज्यान' देखाउनुपर्नेछ। यो चुनौती उनलेे सहर्ष स्विकारेकी छिन्।