Monday 12 Ashwin, 2077 | September 28, 2020
Menu

शुक्रबार

प्रेमको पर्याय

  • शुक्रबार २ फागुन, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
प्रेमको पर्याय
लैला–मजनु- अरब जगत्मा प्रचलित लैला–मजनुको किस्सालाई इरानी कवि निजामी गन्जवी ले किताबमा समेटेर यसलाई अमर बनाउने श्रेय पाएका छन्। आज लैला–मजनु पवित्र प्रेमको पर्याय बनेका छन्।
लैला र मजनु सँगै हुर्किएका थिए। दुवै एकअर्कालाई प्रेम गर्थे। तर, लैलाका बाबुलाई उनीहरूको सम्बन्ध फिटिक्कै मन परेको थिएन। मजनुले लैलाको बाबुसँग छोरीको हात मागे। तर, बाबुले मानेनन्। यसबाट विक्षिप्त बनेका मजनुले लैलाको नाममा कविता रचना गर्न थाले। मजनुबाट लैलालाई छुटाउन बाबुले अर्कै व्यक्तिसँग छोरीको बिहे गराइदिए। लैलाका श्रीमान् मानसिक रोगी थिए।
लैलाको बिहे हुने थाहा पाएपछि घरपरिवार र समाज छोडेर मजनु पागलझैँ भौतारिन थाले। एक्लै कवितावाचन गर्दै गरेको र बालुवामा लैलाको नाममा गीत–गजल लेख्दै गरेका अवस्थामा उनी फेला पर्थे।
उता बिहे गरेर श्रीमान्को घर गएकी लैलाको स्वास्थ्य दिनदिनै बिग्रिँदै गयो। यसै क्रममा उनको मृत्यु भयो। लैलाको मृत्युपछि मजनुको अवस्था झनै बिग्रियो। पछि मानिसहरूले मजनुको लाश लैलाको चिहानछेउमै पाए। लैलाको चिहानछेउको पर्खालमा उनले लैलालाई समर्पित गरेर एउटा कवितासमेत खोपेका थिए।
रोमियो–जुलिएट- रोमियो र जुलिएटको प्रेमकथा सम्भवतः संसारको सबैभन्दा चर्चित प्रेमकथा हो। इटालीको एक प्रेम जोडीको प्रेमकथालाई शेक्सपिएरले 'रोमियो एन्ड जुलियट' नाटकमा जीवन्त तरिकाले उतारेका छन्। 
कथाअनुसार दुई व्यक्ति एकअर्कासँग चरम शत्रुता राख्छन्। तर, सो देशका राजकुमारले उनीहरूको सम्बन्ध सुधार्ने प्रयत्न गर्छन्। उनले दुई व्यक्तिमध्ये एककी छोरी जुलिएटसँग बिहे गर्ने प्रस्ताव गर्छन्। तर, छोरी अझै कलिली भएकाले बिहेका निम्ति दुई वर्ष पर्खिन बाबुले आग्रह गरेपछि राजकुमार तयार हुन्छन्।
जुलिएटका बाबुको शत्रुका छोरा हुन्छन्, रोमियो। उनी रोसालिन नाम गरेकी केटीलाई मन पराउँछन्। रोसालिनको पिछा गर्ने क्रममा रोमियो जुलिएटको सम्पर्कमा पुग्छन्। जुलिएटबाट वशीभूत भएका उनी रोसालिनलाई छोडेर उनीप्रति मरिहत्ते गर्न थाल्छन्। दुवैबीच प्रेम पलाउँछ। तर, जुलिएटका बाबुलाई शत्रुको छोरोसँग छोरीले प्रेम गरेको जँचेको हुँदैन। उता रोमियो र जुलिएटबीच भने बिहे गर्ने सल्लाह गोप्य रूपमै भइसकेको हुन्छ। 
बिहेको अघिल्लो दिन परिबन्दमा परेर रोमियोले जुलिएटको एकजना आफन्तको हत्या गर्न पुग्छन्। रोमियोबाट मारिएका ती व्यक्ति जुलिएटसँग बिहे गर्न ठिक्क परेका राजकुमारको विश्वासिला मानिस हुन्छन्। आफ्नो मानिसको हत्या गरेको थाहा पाएपछि राजकुमारले रोमियोलाई देश निकाला गर्दै फर्किएर आए हत्या गर्ने फैसला सुनाउँछन् । त्यो रात रोमियो र जुलिएटले एकअर्कालाई पति–पत्नी वरण गर्छन्। 
त्यत्तिकैमा जुलिएटको परिवारले राजकुमारसँग उनको बिहे तत्काल गरिदिने निधो गर्छ। एक शुभचिन्तकसँग उनले सबै कुरा खोल्छिन् र आफू रोमियोबिना बाँच्न नसक्ने बताउँछिन्। समाधानका लागि ती व्यक्तिले जुलिएटलाई २४ घण्टासम्म मृत्यु भएको भ्रान्ति दिलाउने औषधि दिन्छन्। त्यसबीचमा रोमियोलाई उनको घरमा ल्याउने र मृत्युबाट बौरिएकी जुलिएटले रोमियोसँग जीवन बिताउने कुरा गरे कसैले यसमा नाइँनास्ति नगर्ने कुरा उनले जुलिएटलाई बताउँछन्। 
बिहेको २४ घण्टाअघि जुलिएट बेहोस हुने त्यो औषधि खान्छिन्। जुलिएटको मृत्यु भएको ठानी उनलाई समाधिस्थ गर्न लगिन्छ। रोमियोसम्म वास्तविक सूचना पुग्दैन। प्रेयसीको मृत्यु भएको खबर सुनेपछि उनी विष खरिद गरी उनी जुलिएटको शोकसभामा लुक्दैछिप्दै पुग्छन्। राजकुमारले रोमियोलाई चिनेपछि उनीहरूबीच झगडा हुन्छ। झगडाकै क्रममा रोमियोले राजकुमारको हत्या गर्छन् र 'पे्रयसीबिना के बाँच्नु?' भन्ने सोचेर विष खाई तत्काल आत्महत्या गर्छन्। त्यत्तिकैमा जुलियट बौरिन्छिन्। आफ्नो कारण प्रेमीले आत्महत्या गरेको थाहा पाएपछि उनले पनि आफ्नै पेटमा छुरा रोपेर प्राण त्याग गर्छिन्। 
शाहजहाँ–मुमताज- शाहजहाँ भारतका पाँचौ मुगल सम्राट थिए र मुमताज महल उनकी पत्नी थिइन्। प्रेम विवाह गरेका दुईबीचको प्रेममा बिहेपछि पनि कुनै कमी आउँदैन। बच्चा जन्माउने व्यथा लागेको बेला मुमताजको मृत्यु हुन्छ। मुमताजको मृत्युबाट विक्षिप्त भएका शाहजहाँ पागलतुल्य हुन्छन्। शारीरिक र मानसिक रूपमा उनी कमजोर बन्दै जान्छन्। 
प्रेमिकासँगको बिछोडकै बीच उनले आफूहरूको प्रेमलाई अमर बनाउने उपाय सोच्छन्। उनले पे्रयसीको आत्माको चिरशान्तिको कामना गर्दै उनकै नाममा संसारको सबैभन्दा सुन्दर र भव्य महल बनाउने संकल्प गर्छन्। त्यसपछि उनले ताजमहल निर्माण गर्न लगाउँछन्। 
ताजमहल निर्माण गरेपछि शाहजहाँको स्वास्थ्य थप बिग्रिन थाल्छ। उनलाई गद्दीच्युत गरी उनका जेठा छोराले शासनसत्ता हत्याउँछन्। दरबारमा नजरबन्दकै अवस्थामा उनको मृत्यु हुन्छ। मृत्युपछि उनलाई मुमताजकै समाधिछेउ समाधिस्थ गरिन्छ। 
क्लियोपाट्रा–मार्क एन्टोनी- इजिप्टकी रानी क्लियोपाट्रा र रोमका सैन्य अधिकारी मार्क एन्टोनीबीचको प्रेमकथालाई अंग्रेजी नाटककार विलियम शेक्सपिएरले आफ्नो नाटक 'एन्टोनी एन्ड क्लियोपाट्रा'मार्फत अमर बनाएका छन्। जागिरको सिलसिलामा इजिप्ट पुगेपछि एन्टोनी क्लियोपाट्राको सम्पर्कमा आउँछन् र उनीहरूबीच प्रेम बस्छ। क्लियोपाट्राको प्रेममा परेर एन्टोनीले आफ्नो काम भुल्छन् र प्रेममा रत्तिन थाल्छन्। रोम फिर्ता आउन उनलाई सैनिक मुख्यालयबाट बारम्बार आदेश आउँछ। आफूलाई छोडेर नजान प्रेमिकाले गरेको आग्रहबाट आहत भएका उनी फर्केर आउने बाचा गर्दै रोमतिर लाग्छन्। रोम पुगेपछि एन्टोनीको बिहे अर्के केटीसँग गराइन्छ। प्रेमीको बिहेको खबरले क्लियोपाट्रा आहत हुन्छिन्। अनेक चाँजोपाँजो मिलाएर एन्टोनी इजिप्ट पुग्छन् र क्लियोपाट्रासँग बिहे गरेर इजिप्टको शासक बन्छन्। उनी रोमसँग युद्ध गर्ने मनस्थितिमा पुग्छन्। इजिप्टका तर्फबाट युद्धको मोर्चा सम्हालेका एन्टोनीले इजिप्टको अवस्था कमजोर भएपछि क्लियोपाट्रा दरबारबाट भागेको सुन्छन् र युद्धरत आफ्ना सेनालाई वास्तै नगरी प्रेमिकाको पछि लाग्छन्। एन्टोनी पुनः युद्धमा फर्किन्छन्। युद्धकै क्रममा क्लियोपाट्राले आफूलाई सहयोग नगरेको निष्कर्षमा उनी पुग्छन्। प्रेमी आफूबाट बिच्किएको थाहा पाएपछि क्लियोपाट्राले प्रेमीको नाम लिँदै आफूले आत्महत्या गरेको खबर एन्टोनीसम्म पुर्या्उन लगाउँछिन्। तर, वास्तवमा उनी एन्टोनीलाई पर्खिएर एउटा घरमा बसेकी हुन्छिन्। प्रेमिकाको आत्महत्या भएको खबर सुनेपछि आफ्नो जीवन बेकार भएको ठहर गर्दै एन्टोनीले आत्महत्या गर्छन्। पछि क्लियोपाट्राले पनि विषसेवन गरी आत्महत्या गर्छिन्। उनीहरूलाई एउटै ठाउँमा समाधिस्थ गरिन्छ।
नेपोलियन–जोसेफिन- फ्रान्सका तानशाह नेपोलियन बोनापार्ट युद्धमा कठोर मानिन्थे। तर, प्रेममा भने उनी ज्यादै कमला थिए। पत्नी जोसेफिनप्रति उनको प्रेम र लगाव विश्वप्रसिद्ध छ। 
नेपोलियनले आफूभन्दा छ वर्ष जेठी जोसेफिनसँग बिहे गरेपछि उनीहरूबीचको सम्बन्ध ज्यादै प्रगाढ बन्दै गयो। तर, उनीहरूबीचको सम्बन्ध सहज रूपमा अघि बढ्न भने पाएन। न त दुवैले एकअर्कालाई धीत मरुञ्जेल प्रेम गर्न पाए। 
बिहे भएको दुई दिनमै नेपोलियनले इटालीमा जारी फ्रान्सको सैन्य कारबाहीमा सहभागि हुन जानुपर्यो । नेपोलियन हिँडेपछि जोसेफिनले हिप्पोलिट चार्ल्स नाम गरेका लेफ्िटनेन्टसँग पिरती गाँसिन्। पत्नी यसरी अर्कैसँग लागेको थाहा पाएपछि नेपोलियन दुःखी भए। र, उनले पनि अर्कै प्रेमिका खोजे। जोसेफिनबाट बच्चा नभएपछि नेपोलियनले 'डिभोर्स' गरे र अर्कै युवतीलाई श्रीमती बनाए। 
जोसेफिनसँगको सम्बन्धमा यस्ता खाले विभिन्न उतारचढाव आए पनि नेपोलियन जोसेफिनलाई असाध्यै माया गर्थे। युद्धको मोर्चाबाट उनी जोसेफिनलाई चिठी पठाइरहन्थे। प्रेमको भावना प्रबल भएका उनका चिठी विश्वप्रसिद्ध छन्। बेलायतीहरूको कब्जामा परी सेन्ट हेलेना टापुमा बन्दी बनाइएका नेपोलियनले जीवनको आखिरी घडीसम्म पनि जोसेफिनलाई बिर्सन सकेनन्। मृत्यु हुनुभन्दा अगाडि उनले तीन शब्द उच्चारण गरेका थिए– फ्रान्स, सेनाप्रमुख र जोसेफिन।
जेलको चिसो छिँडी रुङ्नेहरू

जेलको चिसो छिँडी रुङ्नेहरू

राप्कोट, स्याङ्जाका राजकुमार काफ्ले महिलासँग अनैतिक सम्बन्ध राखेको अभियोगमा अहिले साउदीको अरेबियाको मलाजस्थी जेलमा छन्। वैदेशिक रोजगारीका लागि साउदी पुगेका उनलाई महिलाहरूसँग अनैतिक सम्बन्ध राखेको अभियोगमा साउदी प्रहरील पक्राउ गरेको...

चर्चामा मलिना

चर्चामा मलिना

मिस नेपालको उपाधि हासिल गर्ने मध्ये फिल्म क्षेत्रमा निकै कमले करिअर बनाएका छन्। पूर्व मिस नेपाल मलिना जोशी चाहिँ फिल्म क्षेत्रमै करिअर खोज्दै छिन्। यसअघि फिल्म 'कलिउड'मा एउटा गीतमा नाचेर...

कसरी चिन्ने केटा र केटी?

केटाको पक्षबाट केटी हेर्न गए। अचेल बिहे छिन्न जाँदाको लस्कर जन्तीको जत्रै हुन्छ। छोरीमान्छे र छोरामान्छे सराबरी देखिन्छन्। अझै कुरा गर्ने हो भने बिहेबारीका अन्तिम निर्णायक–शक्ति भनेकै वरपक्षका महिलाहरू हुन्।...

'सताए सीतारामले'

'सताए सीतारामले'

एमाले नेता केपी ओलीको बोली गोली चलेजस्तै चल्छ। उनले उखानटुक्काबाटै व्यंग्य कसेर धेरैलाई र्यालखर्यानखती पारेका छन्। उनका राजनीतिक दाउपेच र यस्तो बोलीले धेरैलाई सताएका छन्। उनलाई चाहिँ कसले सताएको होला?...

हतारमा बिहे

हतारमा बिहे

विवाहलाई जिन्दगीको सबैभन्दा महत्वपूर्ण निर्णय र घटना मानिन्छ। त्यसैले विवाहको निर्णय गर्नुअघि मानिसहरू थुप्रै पटक मथिंगल खियाउँछन्। आफू अनुकूलको पात्र खोजेर उसको आनीबानी, कुल-घरान, अध्ययन र पेसादेखि ग्रहदशा जाँचेर मात्रै...

टिपिकल मञ्जु

टिपिकल मञ्जु

पश्चिमा शैलीको फेशनले नेपाली युवतीलाई दिन प्रतिदिन लोभ्याउँदै लगिरहेको छ। झन् कलाकारिता क्षेत्रमा सक्रिय रहेकाले त आफूलाई 'एक्स्ट्रा' देखाउनकै लागि पश्चिमा शैलीका 'नयाँ डिजाइन'लाई प्राथमिकतामा राख्छन्। गायिका मञ्जु महतले भने...

शिवांगीको मधुमास

शिवांगीको मधुमास

केही समयअघि भारतीय टेलिभिजन एमटिभीमा प्रेम खोज्दै थिइन्, शिवांगी राना। युवा जोडीले 'प्रेमको शिकार' गर्ने प्रतिस्पर्धा 'स्प्लिट्स भिल्ला'मा उनको जोडी फाइनल राउन्डमा पराजित भयो। प्रेम शिकारी विजेता हुन नपाएकी शिवांगी...

मिनिस्कर्टमा कर्के नजर

मिनिस्कर्टमा कर्के नजर

मिनिस्कर्ट, मोबाइल र मोटरसाइकल अर्थात् 'थ्री एम'। उच्च माध्यमिक शिक्षा परिषद्ले यी थ्री एमले विद्यार्थीलाई छाडा, अनुशासनहीन र विकृत बनाएको देख्यो र ल्यायो आचारसंहिता। मिनिस्कर्ट लगाउन नपाइने, मोटरसाइकल चढ्न नपाइने,...