Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

भिडियोबाटै 'आई लभ यू'

  • शुक्रबार २ फागुन, २०७०
  • डी. विनोद
  • DISQUS_COMMENTS
(0 votes)
शहरबजारलाई १४ फेबु्रअरीको रन्कोले छोइसकेको छ। जोडी सँगै भएकाले भेटेर, गुलाबको फूल वा उपहार दिएर प्रेम दिवस मनाउने तयारीमा छन् भने श्रीमान्–श्रीमती टाढा भएकाहरूले पनि केही योजना बनाएका छन्। झापा, दमककी बेलिजा कौशिकले अस्टे्रलियामा रहेका श्रीमान् सोहन घिमिरेका लागि भ्यालेन्टाइन्स डेमा हात पर्ने गरी उपहार पठाएकी छिन्। 'गिफ्ट पठाइसकँे, अब त स्काइपमै भ्यालेन्टाइन्स डे विस गर्ने हो,' उनले भनिन्।

बेलिजाजस्तै परदेशमा रहेका श्रीमान्लाई उपहार पठाएकी छिन् प्रतिमा महतले। 'श्रीमान् साउदी अरबमा छन्। उनका लागि स्पेसल गिफ्ट पठाएकी छु। श्रीमान्ले पनि मेरा लागि गिफ्ट पठाउनुभएको छ,' प्रतिमाले भनिन्, 'श्रीमान्सँग अनलाइनमै डेट गरिन्छ यसपालि। वर्षमा एक पटक आउने दिनमा आफ्नो मनको कुरा त भन्नैपर्छ नि।' 
'हुन त मनका कुरा भन्न कुनै दिन कुर्नुपर्दैन। तर, पनि यस दिनलाई विशेष ठान्छु,' बिर्तामोडकी बेञ्जना सिटौलाले भनिन्। उनका श्रीमान् धिरेन सिटौला मकाउमा कार्यरत छन्। उनीहरूको बिहे भएको एक वर्षजति भयो। 'उनलाई एकदमै 'मिस' गरिरहेकी छु,' उनले भनिन्, 'यो भ्यालेन्टाइन्स डे हामी टाढा भए पनि यसलाई यादगार बनाउने तयारीमा छु।'
परदेशमा रहेका आफ्ना श्रीमान्लाई 'मिस' गर्ने श्रीमतीहरूको संख्या कम छैन। तर, प्रविधिमा पहुँच भएकाले त्यसकै प्रयोग गरी भ्यालेन्टाइन्स डे मनाउने र चित्त बुझाउने गरेका छन्। उनीहरू भिडियो च्याटबाट 'आई लभ यू' साटासाट गरिरहेका छन्।
नयाँ फेशन नयाँ दुर्व्यसन

नयाँ फेशन नयाँ दुर्व्यसन

उहिले बूढापाकाको अम्मल थियो हुक्का। पाहुनाको सत्कारमा एक चिलिम तमाखु टक्य्राउने चलन पनि थियो। अहिले हुक्का फेशन भएको छ। शहरबजारका रेस्टुरेन्टहरूले तन्नेरीलाई विभिन्न सुगन्धका हुक्का उपलब्ध गराएका छन्।

फिल्म, सिनेमा र मुभीः अर्थ आ–आफ्नै

काठमाडौँको एउटा मल्टिप्लेक्सबाहिर तीन भाइ झगडा गर्दै थिए। हलमा के हेर्ने भन्ने विषयमा भनाभन हुँदै थियो। पहिलो भाइ 'फिल्म' हेर्न चाहन्थे, दोस्रोको रोजाइ थियो 'सिनेमा', अनि तेस्रो चाहिँ 'मुभी'मा जिद्दी...

दसैँमा मतदाताको आँगनमा नेता

संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका विभिन्न दलका नेता दसैँलाई चुनाव प्रचारप्रसारको माध्यम बनाउने योजनमा छन्। दसैँ मनाउन गाउँ आएका मतदातासँग प्रत्यक्ष भलाकुसारी गर्न पाइने भएकाले यो मौकालाई कुनै पनि हालतमा नचुकाउने...

छ महिनापछि बाहिर

छ महिनापछि बाहिर

पप गायिका साकिरालाई हिजोआज सार्वजनिक ठाउँमा बिरलै देख्न पाइन्छ किनकि अहिले उनी छ महिनाकी सुत्केरी छिन् र शिशुको स्याहारसुसारमा दत्तचित्त छिन्। हालै छुट्टी मनाउन हवाई पुगेकी थिइन् उनी, जहाँ उनका...

बहिष्कार गर्न पाइन्छ, बिथोल्न पाइँदैन

मंसिर ४ गतेका लागि तोकिएको संविधानसभा निर्वाचनमा नेकपा–माओवादीलाई सहभागी गराउने प्रयास विफल भएको छ। उच्चस्तरीय राजनीतिक समितिसँग भएका वार्ता र संवादका क्रममा कहिले सहमति भइहाले जस्तो हुने र केही घण्टामा...

अरूका अंगसँग खेलबाड

इजरायलमा फोरेन्सिक अनुसन्धानका लागि मानव अंगको अभाव खड्किएपछि उसले प्यालेस्टिनीहरूको शरीरबाट त्यो अभाव पूर्ति गर्न थालेको समाचार हालसालै प्रकाशित भयो। स्विडेनको शीर्ष पत्रिकाले यो समाचार छापेपछि इजरायलले पत्रिकालाई 'यहुदीविरोधी'को बिल्ला...

'मेरा पात्र पो सेलिब्रिटी भए'

'मेरा पात्र पो सेलिब्रिटी भए'

बालकलाकार, तेस्रो लिंगी, कोरियन फर्सी, तक्मे बुढा हुँदै विल्सनविक्रम राई फिल्म 'प्रोड्युसर'मार्फत 'पप्पु प्रोडक्सन'का रूपमा देखिँदै छन्। जुनसुकै पात्रमा आफूलाई दुरुस्त उतार्ने विल्सनभन्दा उनका पात्र सेलिब्रिटी छन्। धनबहादुर खड्कासँग उनले...

'लहैलहैमा गायिका भएँ'

'लहैलहैमा गायिका भएँ'

कति भयो गाउन थालेको?नाच–गान त बच्चैदेखि गरिन्थ्यो । तर, ठूलो भएर गायिका हुँला भन्ने कहिल्यै सोचेको थिइनँ। दुई वर्ष गायक गौरव गुरुङ दाइले एल्बम निकाल्न हौसला दिनुभयो। गाइदिएँ। लहैलहैमा गायिका...