Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

शुक्रबार

'बर्दी बेचेर एक पैसा कमाएको छैन'

  • शुक्रबार ९ फागुन, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
रमेश खरेल, एसएसपी रमेश खरेल, एसएसपी
एक पटक पनि काठमाडौँको प्रमुख हुन नपाएका थुप्रै प्रहरी अधिकृत छन्। तपाईं त दोहोर्याजएर पो आउनुभयो। साथीहरूको हक खोस्नुभयो त?
छैन। मैले कसैको हक खोसेको छैन। म यहाँ मेरो चाहनाले दोहोरिएर आएको पनि हैन। एक वर्षअघि पनि काठमाडौँ जानुपर्यो भन्ने प्रस्ताव आउँदा आफैँले 'हुन्न, दोहोरिएर जान्न' भनेर बसेकै हुँ। यो पालि पनि मैले दोहोर्या एर जाँदा राम्रो सन्देश जान्न भनेर आग्रह गरेकै हो। तर, संगठन र मातहतको मन्त्रालयले 'तैँ जा' भनेर निर्णय गरेपछि अस्वीकार गर्न सकिनँ।
भनेपछि संगठनलाईं नै तपाईंबाहेक अन्य एसएसपीमाथी विश्वास रहेनछ?
त्यस्तो होइन। संगठनमा अन्य सक्षम प्रहरी अधिकृत प्रशस्तै छन्। मलाई नै किन पठाएको हो, त्यो संगठनले नै जान्ने विषय पर्योठ।
खरेलमा त्यस्तो के छ, जो अरूमा छैन?
यो म आफैँले कसरी भन्नु र खै? यसमा अरूले नै मूल्यांकन गर्दा बेस होला। म यो चाहिँ भन्छु– बर्दी लगाउँदा खाएको कसमबाट म एक इन्च पनि दायाँ–बायाँ हुन सक्दिनँ, भएको छैन र हुन्न। 
बर्दीसँगै खाने त्यो कसम चाहिँ के हो?
ठ्याक्कै सबै शब्द त याद छैन। तर, सारमा संविधान, राजतन्त्र र जनताप्रति बफादार भएर काम गर्छु भनेर कसम खानुपर्थ्यो। २०४६ सालमा प्रहरी निरीक्षक हुँदा खाएको कसममा राजसंस्था शब्द पनि थियो। अहिले त्यसको सन्दर्भ छैन। अन्य शब्दप्रति म प्रतिबद्ध छु।
साह्रै घामड प्रहरी अधिकृत हुनुहुन्छ रे तपाईं?
मेरोबारे कसले कुन शब्द प्रयोग गर्ने भन्ने त्यो उसैमा भर पर्ने विषय हो। यो मेरो क्षेत्राधिकार पनि हैन। तर, म आफूलाई घामड हैन प्रतिबद्ध व्यक्ति भन्न रुचाउँछु। ऐन, कानुन नै नमान्ने, आफूले चाहेअनुसारको काम मात्रै ठीक हो भन्ने घामडहरूका लागी भने म घामडै हो। कानुनबाहिर गएर गर्ने कामसँग कुनै सर्तमा स्वीकार गर्न सक्दिनँ। सायद त्यसैले यो उपमा पाएको पो हुँ कि? 
घमण्डी त हो नि तपाईं?
कानुनबाहिर गएर निर्णय गर्दिनँ। निर्णय गरिसकेपछि सम्झौता गर्ने बानी छैन। म यसलाई अडान भन्छु। यो नै मेरो शक्ति पनि हो। अरूलाई यही 'कस्तो रहेछ एउटा भनेको पनि नमान्ने घमण्डी' भन्ने लाग्न सक्छ। तर, त्यस्तो हैन। 
प्रहरी भनेको 'चेन अफ कमान्ड'मा चल्ने संगठन पर्यो। तर, तपाईं त आफूभन्दा माथिको अधिकारीले भनेको मान्नुहुन्न, आफूलाई जे मन लाग्यो, त्यही गर्नुहुन्छ रे?
म आफूलाई जे मन लाग्यो, त्यो गर्दिन। मैले लगाएको बर्दीले जे गर्नुपर्ने हो, त्योमात्रै गर्छु। म चेन अफ कमान्ड पनि मान्छु। तर, चेन अफ कमान्डमार्फत आउने निर्देशन कानुनभित्रको हुनुपर्यो। मैले बर्दी लाउँदा खाएको कसमले कानुनबाहिरको काम गर्न दिएको निर्देशन पालना गर्नुपर्छ भन्ने छैन। कानुन मिच्ने, अपराधीलाई कारबाहीको दायराबाट उन्मुक्ति दिने निर्देशन कतैबाट आउँछ भने म मान्दिनँ। र, मान्न आवश्यक पनि छैन।
के गर्दा चर्चामा आइन्छ, त्यहीमात्रै काम गर्नुहुन्छ रे नि?
त्यस्तो हैन। म पहिले नै यो काम चर्चामा आउँछ, यो आउँदैन भनेर कहिल्यै काम गर्दिनँ। त्यो आरोपमात्रै हो। काम गरेपछि चर्चा हुन्छ भने त्यो मेरो दोष हैन।
कार्यालयमा भेट्न आउनेलाई पक्राउ गर्नुहुन्छ। नेताले फलानालाई छुटाउन दबाब दियो भनेर आफैँ सूचना 'लिक' गर्नुहुन्छ। यी चाहिँ के हुन् त? 
त्यो बलराम सापकोटाको घटना संकेत गर्नुभएको होला। क्यासिनोमा नेपालीलाई जुवा खेलाउने, एक लाखको दैनिक १० हजार रुपैयाँ व्याज लिने अनि व्याज बुझाउन नसकेपछि गुन्डाहरू लगाएर अर्काको घरखेतै खाने त्यस्तो अपराधी मलाई भेट्न आउँदा म नमस्कार गर्न सक्दिनँ। उसको 'ट्र्याक रेकर्ड'को आधारमा पक्राउ गरेको हुँ। त्यस्ता अरूलाई पनि पक्राउ गर्छु। आएको दबाबबारे आफैँले 'लिक' गर्योड भन्ने चाहिँ सत्य हैन। 
यी सबै काम आईजीपी हुनका लागि हो भन्ने विश्लेषण पनि सुनिन्छ। आईजीपी पदकै लागि हो त यी सबै?
ढाँटेर काम छैन। जुन दिन मैले प्रहरी निरीक्षकको बर्दी लगाएँ, त्यही दिन म एक दिन यो संगठनको प्रमुख बन्छु भनेर कसम खाएको हो। अहिले पनि त्यो 'टार्गेट'बाट पछि हटेको छैन। कानुनी रूपमा लायक भएसम्म त्यो मेरो हक पनि हो। तर, सबै काम आईजीपी हुनकै लागि गरेको भने हैन। मेरो अन्तरआत्माले जे गर् भन्छ र मेरो जिम्मेवारीले जे गर्नुपर्ने हो, त्यही मात्र गरेको हुँ।
एसएसपी बन्नै ठूलो लफडा भयो। डीआईजी, एआईजी हुनै बाँकी छ। आईजीपी बन्न सक्नुहुन्छ त?
अहिले आएर हल्का शंका भने लाग्छ है। संगठनभित्र वृत्तिविकासका क्रममा केही विकृति छन्। तिनले कतै मलाई रोक्छन् कि भन्ने लाग्छ। 
भनेपछि आईजीपी हुन सकिँदैन भन्ने निष्कर्षमा पुगिसक्नुभो?
मैले त्यस्तो भन्न खोजेको हैन। जुन प्रवृत्ति हाबी छ, त्यसले रोक्छ कि भन्ने आशंकामात्रै हो। धेरै कुरा निर्णयकर्तामा निर्भर हुन्छ। त्यो समयमा निर्णय गर्ने ठाउँमा इमान र कानुनको सम्मान गर्ने निर्णयकर्ता पनि त हुनसक्छन् नि। अहिले सकारात्मक प्रक्रियाको सुरुवात पनि भएको छ। त्यसले आशावादी पनि छु। 
तपाईंको पहिलो निशाना नै नेताहरू हुन्छन्। उनीहरूकै सहयोगीलाई 'गुन्डा' भन्दै पक्रेर थुन्नुहुन्छ। चार वर्षको कुरा त हो। अब सम्बन्ध सुधारे हुन्न?
अडानसहित आईजीपी हुनु मेरो सपना हो। सम्झौता गरेर, आफ्नै आत्मा मारेर हैन। इमानलाई आईजीपी पदसँग साट्न पनि सक्दिनँ। मैले असल छविका नेताको आलोचना गरेको छैन। सबैलाई मैले खराब भनेको छैन। खराबलाई खराब भन्दा कोही रिसाउँछ भने मैले के गर्ने? गुन्डालाई गुन्डा भनेको हुँ। निर्दोषलाई कारबाही गरेको हैन। कानुनको पालना नगर्नेलाई छाड्न सकिन्न। 
तपाईंलाई मन पर्ने नेता पनि छन् कि?
छन्, किन नहुनु?
नाम भन्न सक्नुहुन्छ?
नामै चाहिँ नभनूँ कि? 
पहिलो पुस्ताका कि दोस्रो पुस्ताका? संकेत गर्न सक्नुहुन्छ?
संकेत नगरौँ, बरु नामै भन्छु। पहिलो र दोस्रो पुस्ता दुवैतिरका छन्। सुशील कोइराला, गगन थापा, रविन्द्र अधिकारी र कमल थापा मलाई मन पर्छन्। सुशील कोइरालाको नाम लिँदा प्रधानमन्त्री भएकाले चाकडी गर्योर भन्न पनि सक्छन् है। तर, त्यो हैन। प्रधानमन्त्रीको रूपमा उहाँको परीक्षा बल्ल सुरु भयो। उहाँ सफल हुनुहुन्छ या हुन्न, त्यो भन्न सक्दिनँ। तर, उहाँको इमानदार पृष्ठभूमि र छविप्रति म आकर्षित छु। मलाई अलि 'ड्यासिङ' नेता मन पर्छ। अन्य तीन जना मन पर्नुको कारण चाहिँ त्यही ड्यासिङ छवि हो।
कमल थापाको पनि नाम लिनुभयो। तपाईंमाथि लाग्ने दरबारियाको आरोप सत्य नै हो कि क्या हो?
कमल थापासँगै गगन, रविन्द्रको पनि त नाम लिएको छु। यी दुई त कडा गणतन्त्रवादी हैनन् र ? हेर्नुस्, मेरो आकर्षण दल वा वादसँग हैन, व्यक्तिको छवि र क्षमतासँग हो। दल र वादका विषयमा म न दरबारको हुँ, न कांग्रेस, एमाले वा माओवादी लगायतको। म जनताको प्रहरी हुँ। 
प्रसंग बदलौँ, वरिष्ठ प्रहरी अधिकृतको रूपमा आउने तलबले तपाईंको खर्च धान्छ?
अँहँ धान्दैन। त्यसले महिनाको त्यही १० दिनको खर्चमात्रै पुग्छ।
तलबबाहेक एक पैसा अतिरिक्त आम्दानी छैन भन्ने दाबी गर्नुहुन्छ। तलबले आफ्नै खर्च पनि धान्दो रहेनछ। अनि, परिवारको खर्च कसरी चल्छ त? बाँकी २० दिन चाहिँ सपरिवार अनशन बस्ने?
भाग्यले शिक्षित र जागिरे श्रीमती पाएको छु। उनी दुई ठाउँमा काम गर्छिन्। तलब सकिएपछि उनीबाट खर्च लिन्छु। अन्नपात अहिले पनि उब्जनी हुन्छ। पैसै सकियो भने काभ्रेबाट आमाले आलु बेचेर भए पनि पठाइदिनुहुन्छ। 
घरबाट खर्च आएन भने नि?
हाहाहा...त्यस्तो हुन्न। समझदार छ मेरो परिवार।
अनि काठमाडौँमा डेरामा बस्ने हो?
घर छ मेरो। 
खर्चै नधान्ने तलबले घर चाहिँ कसरी बनाउनुभयो त?
म किसानको छोरो हुँ। तर, प्रशस्त जग्गाजमिन भएको। त्यसमा पनि प्रहरी संगठनमा प्रवेश गरेपछि साढे तीन वर्ष संयुक्त राष्ट्रसंघीय मिसनमा काम गरेर दिनको १ सय ५० डलरसम्म कमाएँ। त्यहाँबाट राम्रै पैसा आयो। त्यसले जीवन अगाडि बढाउन आर्थिक संकटबाट जोगाएको छ।
देखिने खरेल र वास्तविक खरेलमा ठुलो भिन्नता छ, सानोतिनो रकममा आँखा लाउँदैन, मोटो रकम छाड्दैन भन्ने पनि सुनिन्छ।
यदाकदा मैले पनि यस्तो टिप्पणी सुन्ने गरेको छु। ढाँटेर काम छैन। चाडबाडमा कसैले कर गरेर दिएको दुईचार बोतल ह्विस्की लिइयो होला। तर, बर्दी बेचेर एक पैसा पनि कमाएको छैन। यो विषयमा म जोसँग पनि 'च्यालेन्ज' गर्न सक्छु।
विवादमा नआउने गरी पैसा कमाऊँ, आफू र परिवार आर्थिक रूपमा सुरक्षित बनूँ भन्ने लाग्दैन?
घमण्डै गरेको चाहिँ हैन। मेरो पारिवारिक पृष्ठभूमि हिजो पनि दूधभात खान सक्ने हैसियतको थियो, आज पनि त्यो हैसियतका लागि इमान नै दाउमा लगाउनुपर्ने अवस्था छैन। भोलि पनि खरेललाई दूधभात खान संकट पर्दैन। मैले न सुन खाने हो, न पैसाको बिटो। खाने भात नै हो। भात खान दायाँ–बायाँ गर्नुपर्ने बाध्यता छैन।
अरूले टन्नै कमाइसके, आफूचाहिँ इमानदार भएर जोगी हुनुपर्ने भन्दै परिवारबाट कमाइ गर्न दबाब आउँदैन?
आउँछ... पक्कै। अरूको वैभव देखेर परिवारबाट कहिलेकाहीँ 'हैन के गरेको यस्तो, पैसा त चाहिन्छ नि' भन्ने गुनासा आउँछन्। तर, सम्झाउन सक्नुपर्छ। त्यो ठूलो समस्याको विषय हैन। सम्भि्कन्छन्।
सुख–सुविधाका लागि मानिसहरू के–केसम्म गर्छन्। तपाईंसँग त 'इमेज', 'पावर' सबै छ। यस्तो व्यक्ति इमानदारीको माला जपेर बसेको छ भनेर कसले पत्याउँछ?
तपाईंले भनेको 'पावर', 'इमेज' सबै मलाई यो बर्दीले दिएको हो। यो बर्दी नभएको भए रमेश खरेल यो अवस्थामा हुँदा पनि हुँदैनथ्यो। मलाई जसले पावर र इमेज दियो, त्यसलाई बिक्रीको वस्तु बनाउन म सक्दिनँ। 
हाम्रो समाजमा यस्ता आदर्शका शब्द पढ्न र सुन्नका लागि हुन्, व्यवहारमा लागू गर्न हैन। पत्याउन अलि मुस्किलै पर्योो नि?
जुन दिन मैले कानुन पालना गर्ने जिम्मेवारीका साथ यो बर्दी लगाएँ, त्यो दिनदेखि अहिलेसम्म घात गरेको छैन। मेरो आत्मविश्वास त्यसैको प्रमाण हो। कसैले यो पत्याउनै सक्दैन भने त्यो मेरो समस्या हैन, उसकै समस्या हो।
'दिनेको लभलेटर लिइदिन्छु'

'दिनेको लभलेटर लिइदिन्छु'

फिल्म क्षेत्रमा 'कान्छी हिरोइन' भनेर चिनिने नीता ढुंगाना अघिल्लो हप्तादेखि २२ वर्षमा प्रवेश गरिन्। करिअरका हिसाबले उनलाई जमेकी हिरोइनकै रूपमा लिइन्छ। 'मितिनी' फिल्ममा बालकलाकार भएर रजतपट टेकेकी उनले फिल्म 'मसान'मा...

'सायद नाच्नै जन्मेको हुँ म'

'सायद नाच्नै जन्मेको हुँ म'

टेलिभिजनका दर्शकलाई थाहा छ– शंकर बीसीको अनुहार एकैदिनमा कतिपल्ट दोहोरिन्छ। तीजको सिजन आयो भने त जताततै 'शंकरै शंकर'! उन्नाइस वर्षदेखि नृत्य क्षेत्रमा सक्रिय शंकरले ४५ वटा फिल्ममा कोरियोग्राफी गरेका छन्,...

बालुवामा फेसन

बालुवामा फेसन

अमेरिकी फेसन डिजाइनर कोर्ट्नी कारदासियन गएको वर्ष आमा बनिन्। आमा बनेपछि उनको सुन्दरता र फेसन डिजाइनप्रतिको लगावमा कमी आएको हुनसक्ने अनुमान कतिपयले गरेका थिए। तर, अमेरिकी राज्य फ्लोरिडाको समुद्री किनारमा...

पार्वतीको तपस्या

पार्वतीको तपस्या

नयाँ वर्षको सुरुवाती समय भएकाले सबैले आफ्ना योजना र संकल्प सुनाउन थालेका छन्। लोकदोहोरी गीतमा नृत्यांगनाका रूपमा एकछत्र राज गरिरहेकी पार्वती राईले पनि नयाँ वर्षमा केही नयाँ काम गर्ने योजना...

प्रशान्तको सुरमा झुम्यो पोखरा

प्रशान्तको सुरमा झुम्यो पोखरा

आइतवार पोखरा रंगशाला खचाखच भरिएको थियो। सन्दर्भ थियो– 'ल्होछार म्युजिकल फेस्टिभल।' हजारौँ पोखरेली संगीतमा झुम्न तम्तयार थिए। जब इन्डियन आइडल प्रशान्त तामाङ स्टेजमा देखापरे, तालीको गडगडाहटले उनको स्वागत गरियो।

टीका लगाएर स्क्रिनमा

टीका लगाएर स्क्रिनमा

धेरै वर्ष भयो दसैँमा साइतको टीका थाप्न नपाएको। प्रायः हरेक चाडबाडमा म समाचार पढ्नमै व्यस्त हुन्छु। सुरु–सुरुमा नरमाइलो लाग्थ्यो। 'आफूले गर्दा परिवारलाई अप्ठ्यारो भयो' भन्ने कुरा महसुस हुन्थ्यो। तर, अब...

स्मिताको 'रोमान्स'

स्मिताको 'रोमान्स'

श्रीमान् विदेश गएपछि त्यही कमाइमा उनीहरूका श्रीमती मस्ती गर्छन् भनिन्छ। ठूलो युवा जमात् विदेशमा रहेको हाम्रा समाजमा बेलाबखत यस्ता घटना पनि सार्वजनिक हुन्छन्। तीमध्ये कति रहरले त्यस्तो गर्छन् भने कति...

सौता लागिन् रीमा

सौता लागिन् रीमा

सुन्दरी अभिनेत्री रीमा विश्वकर्माका लागि मरिहत्ते गर्ने 'कुमार' केटाको संख्या कम हुने कुरा भएन। तर, रीमा भने सौता लाग्न गएकी छिन्। उनलाई मनकी रानी बनाउन खोज्नेले आत्तिहाल्नु चाहिँ पर्दैन किनभने...