Sunday 11 Ashwin, 2077 | September 26, 2020
Menu

शुक्रबार

गाउँदागाउँदै 'इमोसनल' भइन्छ

  • शुक्रबार २३ फागुन, २०७०
  • धनबहादुर खड्का
  • DISQUS_COMMENTS
(1 Vote)
गाउँदागाउँदै 'इमोसनल' भइन्छ
पन्ध्र वर्षको उमेरमै सोलो एल्बम 'परी' ल्याएर नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकी रजिना रिमाल अहिले पार्श्वगायिकाका रूपमा स्थापित छिन्। फिल्म र कलेक्सन एल्बममा गरी आठ सयभन्दा बढी गीत गाइसकेकी उनले दोस्रो सोलो एल्बम 'रजिना'बाट पनि चर्चा बटुलिन्। यस वर्ष उनले गायनमा छ वटा अवार्ड प्राप्त गरिन्। रजिनासँग धनबहादुर खड्काले गरेको अन्तरंग कुराकानी–
तपाईंहरूलाई अचेल भ्याइ–नभ्याइ छ है?
महोत्सवको सिजन भएकाले व्यस्तता बढेको छ। विदेशमा पनि कार्यक्रम गरेँ। बाहिर धेरै कार्यक्रम गरेकाले फिल्मका गीत काठमाडौँ आएका बेला एकैचोटि गाउनुपर्छ। यसकारण भ्याइनभ्याइ जस्तो देखिएको हो। तर, यो हप्ता त रेस्ट लिएरै बसिरहेकी छु।
फिल्मको प्लेब्याक सिंगिङमा सबैभन्दा बढी तपाईंको खोजी हुँदो रहेछ। यसको कारण के होला?
आफूलाई भर्सटाइल गायिका बनाउने प्रयास गरेकी छु। सबै जान्रका गीतमा आवाज फिट हुनसक्ने भएकाले प्लेब्याक सिंगिङमा मैले अवसर पाइरहेकी छु। फिल्मकर्मी, संगीतकर्मी र स्रोताको मायाले गर्दा पनि हो जस्तो लाग्छ।
कि संगीत क्षेत्रमा हुने सबै गुट/उपगुटमा आफ्नो समान प्रभाव राख्न सकेर हो!
त्यही गुट/उपगुट कि के जाती भन्नेलाई वास्ता नगरेर चाहिँ होला। मुख्य कुरा त आफूसँग भएको प्रतिभा नै हो। यसैको प्रयोग गरेकी छु।
सानै उमेरमा ठूलो सफलता हात पारिसक्नुभो ...
सबैले त्यस्तै भन्छन्। म पनि पूर्ण रूपमा अस्वीकार गर्दिनँ। मलाई चाहिँ सुरुवातमात्रै हो जस्तो लागेको छ। अझै धेरै गर्न बाँकी छ। अझै माथि पुग्न सक्छु भन्ने विश्वास छ।
सँगै हुर्केका/पढेका साथीहरूसँग तुलना गर्दा त आफूलाई अत्यन्त सफल ठानिँदो होला नि?
अहिलेको जेनेरेसनमा कसैसँग कसैको तुलना हुनै सक्दैन। मेरा साथीहरू सबैका आफ्नै उद्देश्य, क्षमता र प्रतिभा छन्। कोही साह्रै राम्रो पढ्छन्, कोही अन्य कुरामा अगाडि छन्। म फरक क्षेत्रमा भएकाले पनि तुलना गर्न मिल्दैन।
तपाईंलाई चाहिँ पढाइमा समय दिन गाह्रो परिरहेको होला?
बीए तेस्रो वर्षमा पढ्दै छु। अहिलेसम्म जति व्यस्त भए पनि परीक्षा छोडेकी छैन। ब्याक लागेको छैन। एकचोटि ध्यान दिएर पढ्यो भने नबिर्सिने खालको दिमाग छ मेरो।
परीक्षा नजिकिएकै बेला राम्रो ठाउँको कार्यक्रमको अफर आउँदा वा राम्रो गीतको रेकर्ड पर्दा दोधारमा पर्नुभएको छ कि छैन?
पैसालाई महत्व दिने समय होइन यो। पढाइलाई प्राथमिकतामा राख्छु। त्यसैले दोधारमा परेकी छैन। पोहोर साल युरोप र हङकङको प्रोगामको अफर छाडेँ। कहिलेकाहीँ एडभान्स लिइसकेपछि एक्जाम रुटिन आउट हुन्छ, त्यतिबेला आयोजकलाई फकाएर कार्यक्रम क्यान्सिल गर्न भने हम्मे पर्छ।
आठ वर्षकै उमेरदेखि संगीत क्षेत्रमा हुनुहुन्छ। उच्च शिक्षा पनि यही विषयमा हासिल किन नगर्नुभएको?
संगीत त मेरो अभिन्न अंग भइहाल्यो। संगीतबिना म त प्यारालाइज्ड नै हुन्छु। पढाइमा चाहिँ आफूलाई मन पर्ने विषय लिएकी हुँ।
तपाईं संगीततिर कसरी आकर्षित हुनुभयो?
बुझ्ने नहुँदै आकर्षित भइसकेकी रहिछु। मेरो परिवारमा सांगीतिक माहोल थियो। विशेष गरी ठूलोबुवा गानाबजानामा निकै रुचि राख्नुहुन्थ्यो। उहाँले हार्माेनियम बजाएर मलाई 'गीत गाऊ नानी' भन्दा मैले 'आपकी नजरो ने' गाएछु। त्यसपछि मलाई संगीत प्रशिक्षणका लागि पठाइएछ।
सानो हुँदा कुन गायक/गायिकाको गीत बढी गुनगुनाउनुहुन्थ्यो?
त्यतिबेला गीत भनेकै लता मंगेशकरले गाउनुभएको 'लग जा गले' हो भन्ने लाग्थ्यो। कसैले गीत गाउन भन्यो कि त्यही गीत सुनाउँथेँ।
अहिले एक्लै हुँदा गीत बढी सुन्नुहुन्छ कि गुनगुनाउनुहुन्छ?
सुन्छु। संगीत मसँग यसरी जोडिएको छ कि मलाई सावर लिँदा पनि गीत सुन्नुपर्छ। म थाहा पाउने भएदेखि नै घरमा बिहानदेखि बेलुकासम्म म्युजिक बजेको सुनेकी थिएँ। यही कारणले म्युजिक मेरो अभिन्न अंग बनेको हुनुपर्छ।
अवार्ड पनि निकै पाइसक्नुभयो?
यो वर्षमात्रै छ वटा पाएँ। केहीमा नोमिनेट छु, थपिने आशा कायमै छ। सबै गरी १४ वटा जति पाइसकेँ।
पहिला रेकर्डिङमा बढी सक्रिय हुनुहुन्थ्यो। अचेल स्टेजमा पनि उत्तिकै उक्लिनुहुन्छ है?
यो वर्ष त निकै बढी स्टेज कार्यक्रममा गाउन गएँ। अहिलेको अवस्थामा स्टेज नचढी धरै छैन। चर्चित हुन र आर्थिक अवस्था मजबुत बनाउन स्टेज कार्यक्रमले निकै सघाउँछ।
धेरैले संगीतमा कमाइसमाइ छैन भन्छन्। हो?
म त सन्तुष्ट छु।
स्टेजमा गाउँदा रेकर्डिङमा भन्दा बढी रमाइलो हुन्छ हो?
स्रोता/दर्शकसँग 'चियर्स' गर्न पाउने भएकाले स्टेजमा गाउनुको आनन्द छुट्टै छ। तर, म त रेकर्डिङ पनि शब्द/संगीतको भावमै डुबेर गाउने भएकाले इन्जोय गर्छु।
विरहका गीत धेरै गाउनुभएको छ। गाउँदागाउँदै आँशु झरेको पनि छ कि?
'पानीका फोकाजस्तै' भन्ने गीत गाउँदा त्यसका शब्दले मलाई निकै 'इमोसनल' बनाएका थिए। धेरै गीतले इमोसनल बनाए पनि बर्बरी आँशु झारेकी चाहिँ छैन।
एउटा गीत गाउन कति समय प्य्राक्टिस गर्नुहुन्छ?
एक दिन प्य्राक्टिस गर्न समय माग्छु। तर, कतिपय अवस्थामा त्यो हुँदैन। अस्ति भर्खरै पनि स्टुडियोमै गएर पाँच मिनेट गीतको कम्पोज सुनेँ, २० मिनेट स्वर वार्मअप गरेँ। त्यसपछि रेकर्ड भइहाल्यो। यस्तो निकै चोटि भएको छ।
गायन करिअरको १० वर्षमा सोलो एल्बम दुइटामात्रै निकाल्नुभयो। पार्श्वगायिकाका रूपमा व्यस्त भएर हो वा गीत आइरहेकै भएकाले जरुरी नलागेर?
आफ्नो एल्बम गर्दा टाइम लिन्छु। पहिलो एल्बम 'परी' पनि ११ वर्षको उमेरदेखि रेकर्ड गर्न थालेर १५ वर्षको उमेरमा बजारमा ल्याएँ। दोस्रो 'रजिना' पनि समय लिएरै निकालेकी हुँ। तेस्रो एल्बमको तयारी थालिसकेँ। फिल्मका गीत आइरहेकाले सोलो एल्बम नल्याउने भन्ने चाहिँ हुँदैन। किनभने, आफ्नो एल्बममा मन लागेको शब्द/संगीत लिएर मन लागेको स्टाइलमा गाउन पाइन्छ। आफूसँग भएको भर्सटायलिटी देखाउन पनि सोलो एल्बम जरुरी हुन्छ।
अहिले गायिकाले आफ्ना गीतमा आफैँ मोडलिङ गर्ने ट्रेन्ड चलेको छ। तर, तपाईं चाहिँ मोडलिङ गर्न रुचाउनुहुन्न रे!
मलाई शब्द/संगीतमा जति डुबेर गाउँछु, त्यत्तिकै अभिनय गर्न सक्दिनँ भन्ने लाग्छ। गीतको मर्म नमरोस् भनेर प्रोफेसनल मोडललाई नै मोडलिङ गराएको राम्रो जस्तो लाग्छ। पहिला त क्यामरामा अनुहार देखाउनै नपरे हुन्थ्यो जस्तो लाग्थ्यो। निर्देशकको करबलमा अहिले अलिअलि देखिन्छु।
असाध्यै फुर्सदिलो भइयो भने के गर्न रुचाउनुहुन्छ?
गीत सुन्छु, किताब पढ्छु।
पछिल्लो समय कुन किताब पढ्नुभयो?
धेरै त अंग्रेजी उपन्यास पढेँ। साथीहरूको सिफारिसमा भर्खरै 'पल्पसा क्याफे' पढेँ। राम्रो लाग्यो।
साथीहरूलाई जोक सुनाउन पनि खुब रुचाउनुहुन्छ रे?
हाम्रो ग्रुपमा दुई जना साथी छौँ, जोक भनेर रमाइलो गर्ने। उसो त हाम्रो ग्रुप नै बिन्दास छ।
जोकका स्रोत के–के हुन्?
हामी यत्तिकै क्रिएट गरिरा हुन्छौँ। धेरै त छेडखानी गरेर रमाइलो गर्ने हो।
मासु र मिलन

मासु र मिलन

नेपालीहरूको ठूलो चाड दसैँ आयो। गरिबगुरुवादेखि सम्भ्रान्तसम्मले दसैँलाई खानपिन, मनोरञ्जन र भेटघाटले रमाइलो बनाउने गरेका छन्। खर्च गच्छेअनुसार गरिएलान्। हरेक सालझैँ यसपालिको दसैँ पनि महँगो भएको छ। रेमिट्यान्सका कारण दूरदराजका...

'दिनेको लभलेटर लिइदिन्छु'

'दिनेको लभलेटर लिइदिन्छु'

फिल्म क्षेत्रमा 'कान्छी हिरोइन' भनेर चिनिने नीता ढुंगाना अघिल्लो हप्तादेखि २२ वर्षमा प्रवेश गरिन्। करिअरका हिसाबले उनलाई जमेकी हिरोइनकै रूपमा लिइन्छ। 'मितिनी' फिल्ममा बालकलाकार भएर रजतपट टेकेकी उनले फिल्म 'मसान'मा...

टेन्सनग्रस्त काजी

टेन्सनग्रस्त काजी

डा. बाबुराम भट्टराईको राजीनामा प्रकरणको करिब–करिब पटाक्षेप भएको छ। वरिष्ठ नेताको सूत्रलाई पार्टीको पूर्व स्थायी कमिटी सदस्य तथा केन्द्रीय कमिटी सदस्य तथा इन्चार्जहरूको बैठकले अनुमोदन गरेर समस्याको टालटुले समाधान निकालिएको...

जय हो भ्यालेन्टाइन बाबा!

जय हो भ्यालेन्टाइन बाबा!

हावा, पानी र अन्नजस्तै अनिवार्य छ प्रेम। यो मानव जीवनको सबैभन्दा सुखद आयाम हो। प्रेमको अमरत्व र शाश्वताबारे असंख्य ग्रन्थ लेखिएका छन्, असंख्य गीत गाइएका छन्। केही वर्षदेखि नेपाली समाजले...

के भन्या यस्तो!

के भन्या यस्तो!

कति हिरोइनलाई दोष लगाउनु? कि काम गर्दिन भन्नुपर्‍यो, कि त निर्देशकले भनेअनुसारका दृश्य दिनुपर्‍यो। कामै नगरेपछि मुखमा माड कसरी लगाउनु? कुरा फिल्म 'स्टार'को हो र फिल्ममा प्रयोग गरिएको संवादको हो।...

'सदा चमत्कारको आशामा हुन्छु म'

'सदा चमत्कारको आशामा हुन्छु म'

रंगमञ्चबाट फिल्ममा प्रवेश गरेर सम्भवतः सबैभन्दा जमेका अभिनेता हुन्, सौगात मल्ल। 'कागबेनी', 'लुट', 'कथा', 'उमा', 'सुनगाभा', 'छड्के' लगायत फिल्ममा उनले आफ्नो अभिनय कौशल देखाएर दर्शकको मन जितेका छन्। आफ्ना पात्रलाई...

सदाका लागि 'रिटायर्ड हर्ट'

त्यो दिन त्यसको अनुहार हेर्नलायक थियो। अनुहारमा कुनै चमक थिएन। त्यसको गोरो अनुहारमा अस्ताउनै लागेको घामको एक झिल्को पर्दा रगत चुहिएलाजस्तो देखिन्थ्यो। ऊ रंगशालाको उत्तरपट्टिको तल्लो सिँढीमा बसेर आँखाहरूलाई आवेशपूर्वक...

स्क्रिप्ट सुन्दरी

स्क्रिप्ट सुन्दरी

अघिल्लो वर्ष 'शुक्रवार सुन्दरी'का लागि कामुक अदासहितको तस्बिर खिचाएर चर्चामा आएकी जया ओझा यही शुक्रवारदेखि 'स्त्रि्कप्ट सुन्दरी'का रूपमा देखिने भएकी छिन्। शुक्रवारदेखि नेपाल टेलिभिजनमा प्रसारण हुन लागेको टेलिसिरियल 'परिबन्द'को स्त्रि्कप्ट...