Monday 12 Falgun, 2076 | February 24, 2020
Menu

शुक्रबार

माइक्रो दादा

  • बिहीबार २० चैत्र, २०७०
  • विनोदविक्रम केसी
  • DISQUS_COMMENTS
(1 Vote)
माइक्रोबसको दादागिरीबाट आतंकित छ शहर।
उसको रफ्तार। उसको रबैया। उसको बल मिचाइँ। उसको कसैलाई नगन्ने अहंकार।
मानौँ, सडक उसले मात्रै भोगचलन गर्न पाउने उसको पुर्ख्यौली विरासत हो। मानौँ, सडक ऊ स्वयम्को आर्जन हो। मानौँ, सडक उसको हो, मात्र उसको। केबल उसको। सिर्फ अनि सिर्फ उसको।
'पेल्दिन्छु! हान्दिन्छु! ठोक्दिन्छु! सिद्ध्याइदिन्छु!'
यस्तो लाग्छ– यही हुँकार नै उसको जीवनदर्शन हो, जीवनमन्त्र हो। र, जसका अगाडि अरूको जीवनको कुनै मूल्य छैन, औचित्य छैन, अर्थ छैन। 
माइक्रोबसको अत्याचारबाट आक्रान्त स्कुटर, मोटरसाइकल, ट्याम्पु, एम्बुलेन्स र मझौला बस एक दिन साझा बसकहाँ पुगे, मर्का बिसाउन। 
उनीहरूले साझा बसलाई भने, 'अहिले सडकमा सबैभन्दा भद्र, पाको र ठूलो देखिइने तपाईं नै हो। तपाईंले माइक्रोलाई सम्झाइदिनुपर्योस। त्यसको मनोमानीले हद नाघिसक्यो।' 
'मलाई के टेर्ला र खै,' साझाले सुस्केरा छोड्यो, 'मेरो दोस्रो अवतारलाई सुरुमै ठेगान लाइदिन खोजेको थियो त्यल्ले। तैपनि, तिमीहरूले भनिहाल्यौ। त्यसलाई सम्झाउँला म। तिमीहरू पनि आउनू!' 
भोलिपल्ट कचहरी बस्यो, साझाको बासस्थान पुल्चोकमा। 
माइक्रो अलिक ढिलो पुग्यो। पुग्नासाथ उसले हुँकार गर्यो।, 'मलाई किन बोला'को?'
साझाले कुरा सुरु गर्योय, 'हेर माइक्रो भाइ, तिम्रो ज्यादती दिनप्रतिदिन असह्य हुँदै गएको छ। स्कुटर, मोटरसाइकल, ट्याम्पु, एम्बुलेन्स र मझौला बसले तिमीसँग चित्त दुखाएका छन्। तिमीले साह्रै हेप्यौ सबैलाई। बानी सुधार्नुपर्यो। आफ्नो। डामेर छोडेको साँढेजस्तो भएर हिँड्नुभएन।' 
माइक्रोले साझालाई काँचै निलुँलाजस्तो गरी हेर्योी। 'मलाई अर्ती दिने तिमी को?' आक्रोशमा उसले हेडलाइट बाल्योे, 'रायोको सागको विज्ञापन गरेजस्तो बडीमा हरियो रङ पोतेर हिँड्या छौ। ठूलो कुरा गर्नी? मैले के गरेँ? मेरो दोष के?' 
मझौला बस आरोप लगाउन अघि सर्योज, 'तिम्रो रफ्तार ठीक छैन। यस्तो तेज रफ्तारमा हिँड्छौ कि हामीलाई ज्यान जोगाउनै धौ हुन्छ।' 
'नकरा तँ मझौले,' माइक्रोले उसलाई हप्कायो, 'तिमीहरूले तेज रफ्तारका लागि मेरो अभिनन्दन गर्नुपर्छ। यस्तो सुस्त देशमा कम्तीमा म एक जनाको त द्रुत गति छ। यहाँ सबै सुस्त छन्। प्रधानमन्त्री सुस्त छ, सरकार सुस्त छ, संविधानसभा सुस्त छ, उद्योग–कलकारखाना सुस्त छन्, प्रशासन सुस्त छ। तिमीहरू सबै सुस्ततामा अभ्यस्त भइसकेका छौ। त्यसैले मेरो रफ्तार देखेर आहि्रसले जल्छौ। झ्यासहरू!' 
कचहरीमा सबैभन्दा निरीह देखिन्थी स्कुटर। स्लिम र सुन्दर भए पनि त्यो कान्तिहीन थिई। 
'तिमीले सबैभन्दा हेप्ने त मलाई हो,' उसले साझाको आड लागेर भनी, 'जहाँ पनि, जति खेर पनि पेल्नै खोज्छौ। ठक्कर देर, लडाएर, घिसारेर, लतारेर हिँड्दिन्छौ। पेटमा हरि छैन तिम्रो?' 
'तँ आइमाईको जातलाई कति जान्ने हुनुपर्ने,' माइक्रोले स्कुटरलाई झम्टियो, 'पेटमा हरि होइन, डिजेल हुन्छ। तँलाई मेरै आँखाअगाडि किन आउनुपर्योत त, मेरो रफ्तारमा बाधा पुर्याुउन?' 
माइक्रो स्कुटरसँग च्याँठिएको देखेर सायद मोटरसाइकलको वर्ग चेतना एक्कासि ब्युँझियो। यसै पनि सम्पूर्ण दुई पांग्रे वर्ग माइक्रोसँग रुष्ट छँदै थियो। 
'आफ्लाई के ठान्या तिम्ले?' मोटरसाइकलले क्रोधको एक्सिलरेटर बटार्योय, 'सडक तिम्रो बाउको बिर्ता हो?'
'हो ल, तैँले के गर्छस्?' माइक्रोलाई उग्र हुन कसले रोक्ने? 'तँ चाहिँ कत्तिको गतिलो होस् र? कति हतार हुन्छ तँलाई? एक बित्ता ठाउँ देख्न पा'छैन, छिरिहाल्नुपर्छ तँलाई। बढ्ता निहुँ खोजिस् भने अहिले यहीँ अचार बना'र हिँड्दिन्छु।' 
इजलास अप्रिय स्थितिउन्मुख हुन लागेको देखेर साझाले हस्तक्षेप गर्योल। 'तिमीहरू दुवै जना चुप लाग,' उसले कुनै न्यायाधीशले 'अर्डर–अर्डर' भनेर हथौडा ठोकेजसरी बोल्यो। 
एक छिन सबै मौन रहे। तर, भित्र–भित्र सबै उम्लिरहेका थिए। त्यसैले मौनता धेरै बेर कायम भएन। 
'अनि हामी सधैँ हेपिएर बस्नुपर्ने!' ट्याम्पुले भन्यो, 'सधैँ अन्याय सहेर बस्नुपर्ने! कानुन नभा'को मुलुक हो यो?' 
'तँ तीनपांग्रेलाई कसले हेप्यो?' सबैले प्रहार गर्दा पनि माइक्रो हतप्रभ थिएन। 'बरु तैँले मलाई हेपेको छस्। मेरो प्यासेन्जर खोसेको छस्।' 
'अँ, भएभरका प्यासेन्जरलाई सरकारले तिम्रै नाउँमा गरिदिएको होला,' मझौला बसले तीतो पोख्यो, 'इँटको चाङ लगाको जसरी मान्छे कोच्नुछ...।' 
'आफू नि आफू,' माइक्रोले उसलाई बीचैमा वाक्–झाप्पु हान्यो, 'तँ चाहिँ यात्रुलाई गद्दामा बसालेर चम्मर हल्लाउँदै लैजान्छस्, हैन? आफू त अटेसमटेस मान्छे बोकिन्छ। फेरि नेपाली जनतालाई आरामदायी यात्रा पच्दा पनि पच्दैन। च्यापिएर, खाँदिएर, उसिनिएर यात्रा गर्नुको रोमाञ्च र मज्जाबाट मैले उनीहरूलाई किन विमुख गराइदिनु?' त्यसपछि माइक्रो हाँस्यो। त्यो भन्छन् नि, आफैँमा मग्न हाँसो। 
बिरामी बोक्ने एम्बुलेन्स यतिञ्जेलसम्म आफैँ बिरामीजस्तो झोक्राइरहेको थियो। माइक्रोको हाँसोले कुन्नि उसलाई के गरायो? ऊ पनि तात्यो। 'तिमी मलाई त पेल्न छोड्दैनौ,' उसले शिरको लालबत्ती पिलिक्क पार्योि र एक खेप चर्काे स्वर निकाल्यो, 'एक सेकेन्डले गर्दा मान्छेको ज्यानै तलमाथि हुन सक्छ। मानवताका लागि पनि मलाई त अलिकति भाउ दिनुपर्छ नि।' 
'कसैको ज्यान बचाउने ठेक्का ल्या' छैन मैले,' माइक्रो किन दब्थ्यो? 'तँलाई त ध्वनि प्रदूषणको अपराधमा जेल हाल्नपर्ने? कस्तो चर्काे आवाज निकालेर हिँड्छस्। केटाकेटीको त सातो जान्छ। नाबालकको सातो खाने तँलाई अपराधी!' 
माइक्रो जसलाई पनि झम्टिरहेको थियो। कचहरीका कसैलाई उसले बाँकी राखेन। 
साझाले दिक्क मानेर भन्यो, 'किन तिमी यस्तो घमण्डी भा'को भाइ? समझदारीको त कुरै गर्दैनौ। सडकमा मान्छेहरू मरिरहेका छन्। भोलि तिमीविरुद्ध सबै लागे भने के गर्छौं?'
'कसैले छोएर त हेरोस्? त्यसको बाउको बे' देखाइदिन्छु,' माइक्रो आफ्नै अहंकारमा निमग्न हुइँकिरहेको थियो, 'हाम्रो समुदाय कति ठूलो र बलियो छ, तिमीहरूलाई के थाहा? सडकमा दुर्घटना हुन्छ, मान्छे मर्छन्, क्षतिपूर्ति तिरिन्छन्। यी त सामान्य कुरा हुन्।' 
यति बोलेर (मानौँ, संसारको एकमात्र सत्य नै यही हो) माइक्रो कचहरीबाट बाहिरियो। कचहरी फासफुस भयो। 
स्कुटर, मोटरसाइकल, ट्याम्पु, मझौला बस, एम्बुलेन्स र साझा बस, सबैका अनुहार मलिन थिए। पराजित भएका थिए उनीहरू। आजित थिए। र, थिए मौन–मौन। जसरी मौन–मौन रहन्छन्, देशका यात्रुहरू।
विद्वान्हरू भन्छन्– मौनता घातक हुन्छ।
'पुर्जा ढिला छ'

'पुर्जा ढिला छ'

मान्छेहरू बेचैन छन्, अशान्त छन्, तनावग्रस्त छन्। आफूलाई नियन्त्रण गर्न नसकेपछि उनीहरू बर्बराउन थाल्छन्, असामान्य व्यवहार देखाउन थाल्छन्। र, उनीहरूलाई समाज बौलाहा, पागल, खुस्केड, क्य्राक, मेन्टल, साइको, आइसी उडेको आदि...

अस्वस्थ देश, मौन दल

आमरण अनशन बसेका प्रा. डा. गोविन्द केसीलाई आफ्नो स्वास्थ्यभन्दा माफियाका कारण देश, नागरिक र चिकित्साशास्त्र अध्ययन संस्थान(आईएमओ) को बिग्रिएको स्वास्थ्यको बढी चिन्ता छ। मेडिकल कलेजहरूले सम्बन्धन लिन आईएमओमा गर्ने आर्थिक...

नयाँ वर्ष मुड

केही दिनमै हामी नयाँ वर्ष २०७१ मा हुनेछौँ। क्यालेन्डर फेर्ने तरखर गरिरहेका छौँ। नयाँ वर्ष भनेको अर्काे वर्षमात्र होइन, अलिकति नयाँ उत्साह पनि हो, अलिकति नयाँ ऊर्जा पनि हो, अलिकति...

आशिष लागेकै हो त?

आशिष लागेकै हो त?

अभिनेत्री केकी अधिकारी र नीता ढुंगानाको असाध्यै राम्रो मित्रता छ। अघिल्लो हप्ता समयले यिनलाई 'शत्रु' बनाइदियो। यी दुई शीर्ष भूमिकामा रहेका फिल्म जुधाइएपछि अदृश्य प्रतिस्पर्धा त हुने नै भयो। आफूले...

खुला बजारमा प्रेम

हरिभक्त कटुवालको एउटा प्रसिद्ध गीत छ– पोखिएर घामको झुल्का भरि सँघारमा/तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ। यसमा नारायण गोपालले मनहारी स्वर भरेका छन्। प्रेमको आकाशमा कावा खाइरहेका युवा–युवती हप्तौँदेखि यही...

'म पनि सेलिब्रिटी भइसकिछु!'

'म पनि सेलिब्रिटी भइसकिछु!'

उपत्यकाबाहिरको यात्रा कस्तो रह्यो?असाध्यै रमाइलो। धेरै नयाँ ठाउँमा घुमियो। फरक सोच भएका मान्छेहरूसँग भेटियो। यसअघि काठमाडौँ बाहिर गइएको थिएन?पश्चिममा त एकचोटि प्रोग्राम टुरमा गएकी थिएँ, साल्सा डान्स देखाउन। तर, पूर्वका...

'दर्शकको नापतौलमा व्यस्त हामी'

'दर्शकको नापतौलमा व्यस्त हामी'

'हिरो'को परम्परागत फिल्मी फ्रेममा दयाहाङ राई अटाउँदैनन् किनभने उनको न लामो कपाल छ, न सुगठित जिउडाल छ र न चकलेटी अनुहार छ। तर, नयाँ र पुराना निर्देशकले उनलाई मुख्य भूमिकामा...

कसरी राख्ने प्रस्ताव?

कसरी राख्ने प्रस्ताव?

'म तिमीलाई माया गर्छु' भन्ने वाक्य सुन्दा जति रमाइलो लाग्छ, कसैलाई पहिलो पटक भन्नुपर्योअ भने त्यति नै सकसमा परिन्छ। पटक–पटक प्रयास गरे पनि धेरैले आफ्ना मनका कुरा भन्न सक्दैनन्। मनका...