Thursday 20 Chaitra, 2076 | April 02, 2020
Menu

शुक्रबार

'डीआईडी' डान्सर नेपाल आउने

  • बिहीबार २० चैत्र, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
'डीआईडी' डान्सर नेपाल आउने
विदेशी मञ्चमा अब्बल ठहरिएका धेरै विदेशी गायक/गायिका नेपाली स्टेजमा प्रस्तुत भइसकेका छन्। पहिलोपल्ट नेपाली स्टेजमा विदेशका प्लेटफर्ममा आफूलाई अब्बल ठहर्यायएका नेपालभाषी डान्सर देखिने भएका छन्। 
भारतीय टेलिभिजन च्यानल जीटीभीको चर्चित रियालिटी शो डिआईडी (डान्स इन्डिया डान्स)मा नृत्यको जादू छरेका नेपालभाषी डान्सर प्रदीप गुरुङ, सौम्या राई, ओम क्षत्री, नरेशवीर सिंह र सुनील क्षत्री चैत २५ गते राजधानीस्थित सानोगौचरनमा नृत्य प्रस्तुत गर्नेछन्। 'लेट्स डान्स' नाम दिएको कार्यक्रममा नेपालका चर्चित कलाकारको पनि प्रस्तुति रहने भएको छ। 
संयुक्त अपांग एकता आवाज केन्द्रको सहयोगार्थ कस्तुरी भिजनले उनीहरुलाई नेपाली मञ्चमा उतार्न लागेको हो। सौम्या भारतीय टीभीकै चर्चित रियालिटी शो 'बुगीवुगी लिटिल चाम्स'को फस्ट रनरअप बनेकी थिइन्। त्यसैगरी उनले डिआईडी लिटिल चाम्समा तेस्रो स्थानसम्म पुगेकी थिइन्। अर्का बाल डान्सर ओम क्षत्री ७ वर्षको उमेरमा डिआईडी लिटिल चाम्सको फर्स्टरनरअप भएका थिए। उनको भर्सटायल नृत्यको बलिउडका टप सेलिब्रिटीले पनि तारिफ गरेका थिए। त्यसैगरी यस पटक नेपालमा धुम मच्चाउने तयारीमा रहेका प्रदीप गुरुङ डिआईडी सिजन ३ मा धेरैले रुचाएका डान्सर हुन्। उनी उक्त शोमा 'टेरेन्सकी टोली' अर्न्तगत थिए। डान्स प्रशिक्षक टेरेन्स लिविसका फेभरेट डान्सर पनि थिए। उनी डिआईडी सिजन–३ मा फर्स्ट रनरअप भएका थिए। त्यसैगरी इन्डियाका ठूलो रियालिटी शोमा देखिएका नेपाली हुन् सुनील क्षत्री। उनले पनि डिआईडी सिजन ४ मा राम्रो चर्चा कमाएका थिए। त्यसैगरी डिआईडी सिजन २ मा नेपालको सुर्खेतका नरेशवीर सिंहले धमाका मच्चाएका थिए। रेम्बोको रंगिला अर्न्तगत नृत्य प्रस्तुत गरेका उनी टप टेनसम्म पुगेका थिए। 
नेपालीभाषी कलाकारलाई नेपाली भूमिमा प्रत्यक्ष देखाउन कार्यक्रमको आयोजना गरिएको आयोजकमध्येका एक राजेन्द्र सेढाइले बताए। कार्यक्रममा निर्वाण एन्ड म्युजिक लिंक, बिबोइङ ग्रुप एभरेस्ट क्रयु र हिपहप ह्यान्ड टू ह्यान्ड, गायक प्रमोद खरेल, डम्बर नेपाली, डान्सर शंकर बिसी, पार्वती राई, विजय थापाका साथै चर्चित हास्यकलाकारको पनि प्रस्तुति रहने बताइएको छ। कार्यक्रमको टिकट द स्टाइल काठमाडौँ मल र हिमालयन जाभाका शाखाहरुमा पाइने बताइएको छ। टिकट मूल्य पाँच सय र एक हजार रुपैयाँ तोकिएको छ।
गिद्धेदृष्टिमा चेली

गिद्धेदृष्टिमा चेली

हरेक दिन अखबारमा भयानक र कहालीलाग्दा समाचार आउँछन्। कतै बाबुले छोरीको शरीरमाथि धावा बोलेको हुन्छ, कतै काकाले भतिजीको शिकार गरेको हुन्छ। दुई वर्षकी बालिकादेखि ६५ वर्षकी वृद्धासम्म बलात्कारको घानमा परेका...

'र' प्रेमी ओझा

'र' प्रेमी ओझा

असफल श्रीमान् र सफल निर्माता भनिन्छ छवि ओझालाई। उनी 'र'लाई असाध्यै माया गर्छिन्। श्रीमतीका रूपमा 'र' तीनजना महिलासँग जोडिसके। पछिल्लो समय रेखा थापासँगको सम्बन्ध 'र' बाट 'तर' हुँदै फिल्म 'लोफर'पछि...

प्रेममा पहिलो

प्रेममा पहिलो

पहिलो गुलाब : कक्षा १० मा पढ्दाखेरी पहिलो गुलाब पाएकी थिएँ। केटो मभन्दा जुनियर कलासको थियो। उसले गुलाबसहित प्रेमपत्र मेरो हातमा थमायो। अरू के के भन्यो, सुनिनँ। त्यो गुलाब र त्यो...

समलैंगिक यौनसम्बन्ध भनेको के हो?

समलैंगिक यौनसम्बन्ध भनेको के हो?

समलैंगिक यौनसम्बन्ध भनेको के हो? यो कुनै रोग हो? यसका असर के–के हुन्छन्? यसबाट बाच्ने उपाय के हो? समलैंगिक यौनसम्बन्ध भन्नाले उस्तै लिंगका दुई व्यक्तिबीच स्थापित यौनसम्बन्ध हो। यो कुनै...

मोडल भनेको मनपर्दैन

मोडल भनेको मनपर्दैन

शिवांगिनी राणालाई मोडल भनेको मन पर्दैन। उनको आफ्नै तर्क छ। भारतीय टेलिभिजन च्यानल एमटिभीको चर्चित कार्यक्रम 'एमटिभी रियालिटी स्टार'मा अभिनय देखाएरै टप फाइभमा परेको दाबी गर्ने उनी आफूलाई अभिनेत्री भनिदिए...

तीजमा व्यस्त पुरुष

तीजमा व्यस्त पुरुष

नजिकिँदो तीज पर्वले निकै व्यस्त बनाएको छ। विभिन्न संघसंस्था र दिदीबहिनीका आयोजनामा कार्यक्रम भइरहन्छन्। अहिले डिइसिसी नेपाल र राइज ग्लोबलका नाममा हामीले विभिन्न गतिविधि गरिरहेका छौँ। वुमन्स क्रिएसन सेन्टरसँग मिलेर...

उर्वशी कि मेनका?

उर्वशी कि मेनका?

वरिष्ठ फिल्मकर्मी नीर शाहले रीमा विश्वकर्मालाई 'उर्वशी र मेनका' भनिदिए। फिल्ममा भन्दा म्युजिक भिडियोमा बढी देखिने रीमाको सौन्दर्यमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका थिए। भारतका विभिन्न ठाउँमा छायांकन भएका भिडियो...

'संगीतसँग खेलबाड भइरहेको छ'

'संगीतसँग खेलबाड भइरहेको छ'

कुनै बेला शम्भुजीत बाँस्कोटा कति ठूला स्टार थिए भने उनको संगीतबिना नेपाली फिल्म बनाउने कल्पनासम्म गरिँदैनथ्यो। तीन सयभन्दा बढी फिल्म र १८ सयभन्दा बढी गीतमा संगीत दिएका छन् उनले। आजका...