Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

शुक्रबार

'दर्शकको दयाले फिल्म चल्दैन'

  • शुक्रबार २८ चैत्र, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(0 votes)
नेपाली फिल्मको इतिहासमा 'लुट' महत्वपूर्ण दस्तावेज हो। यस फिल्मका निर्देशक निश्चल बस्नेतको पाँच वर्षअघिसम्म फिल्म क्षेत्रसँग कुनै सरोकार थिएन। मनोरञ्जनका लागि विश्वभरिका फिल्म हेर्थे। बरु उनी फुटबलर, गायक बन्न चाहन्थे। कहीँ सफल भएनन्। आफ्ना लागि हेर्नलायक एउटा फिल्म बनाउँछु भनेर 'लुट' निर्देशन गरेपछि भने चम्किए। यतिबेला उनी निर्देशकभन्दा पनि अभिनेताका रूपमा देखिइरहेका छन्। फिल्म 'उमा' र 'फिटकिरी'मा अभिनय गरेका उनी वैशाख दोस्रो साता रिलिज हुने 'कबड्डी'मा भने 'हिरो'को भूमिकामा छन्। उनीसँग धनबहादुर खड्काको अन्तरंग कुराकानीः
तपाईंले फिल्म निर्देशनमा दक्षता देखाउनुभएको थियो। त्यसपछि त हिरोका रूपमा पो देखिन थाल्नुभयो!
तपाईंले मलाई 'हिरो' भन्दा लाज लाग्यो। कलाकारका रूपमा काम गरिरहेको छु भन्दा ठीक होला। अहिले जे भइरहेको छ, त्यो परिस्थितिले गराइरहेको हो। 'उमा'मा त्यो भूमिकाका लागि फिट हुने मान्छे मैले नै खोजिरहेको थिएँ, पछि 'स्त्रि्कप्ट त तिमीजस्तै क्यारेक्टरलाई लिएर लेखिएको' भन्नुभयो दाइहरूले। मेरो त सातोपुत्लो उड्यो। तर, गर्दिनँ भनेर धरै पाइनँ। त्यसैगरी अनुप (बराल) सरसँग रामबाबु गुरुङ दाइ र मैले अभिनय सिक्ने योजना बनाएका थियौँ। मिलेको थिएन। अनुप सरले 'फिटकिरी'को प्रस्ताव गर्नुभयो। सुरुमा 'नाइँ, सक्दिनँ' भनेँ। उहाँले 'वर्कसप गर्ने हो, सिकाउँछु' भन्नुभयो । सिक्ने लोभले गरेँ। आउन लागेको फिल्म 'कबड्डी'मा रामबाबु दाइ, दयाहाङ (राई) र राजन (खतिवडा) दाइले फोर्स गर्नुभयो। 'हामी ट्र्याकमा ल्याउँछौँ' भन्नुभयो, गरेँ। 
अभिनय मोह त रहेछ नि!
यस्ता भूमिकामा गर्ने रहर चाहिँ थिएन। हेर्दै रिस उठ्ने खालको पात्रको भूमिका चाहिँ गर्न मन थियो। फिल्म निर्देशन थालेपछि अभिनय जान्नैपर्छ भनेर सिक्न चाहिँ खोजेको हुँ, तर पर्दामा आउन रहर थिएन।
फिल्म 'लुट' निर्देशन गरेर तपाईंले नेपाली फिल्ममा फरकपन ल्याएर चर्चा बटुल्नुभएको थियो। तर, अहिले आएर लभस्टोरी फिल्ममा हिरोइनसँग नाचिरहेको देखेपछि दर्शकले तपाईंलाई पनि 'उही ड्याङ'को भनेर कमेन्ट गर्न थालेका छन् त?
'निश्चल पनि हिरोइनसँग नाच्ने रहरले त फिल्म क्षेत्रमा आएको रहेछ नि' भन्ने मैले पनि सुनेको छु। तर, मैले अभिनय गरेको फिल्मको कथामा आफ्नोपन छ। हाम्रै समाजमा रहेको 'क्याप्चर म्यारिज'लाई मुख्य कथा बनाएर फिल्मी टच दिइएको छ। म स्पष्ट पार्न चाहन्छु– मलाई परिस्थितिले फिल्म क्षेत्रमा ल्याएको हो, हिरोइनसँग नाच्ने रहरले होइन। मजस्ता फिल्मका पारखीलाई नेपाली फिल्म पनि हेर्नलायक हुन्छन् भन्ने देखाउन पनि आएको हुँ।
फिल्म निर्देशक बन्ने चाहना चाहिँ सानैदेखिको हो?
साहित्यको पाठकले लेखेको लेख हिट भएजस्तै हो मेरा लागि 'लुट'। म फिल्मको निकै ठूलो दर्शक हुँ। कुनै समय दुइटा फिल्म नहेरी निदै्र लाग्दैनथ्यो। मेरो कोठामा फिल्मका सिडी हेरेर मान्छे छक्क पर्थे, भाषा नबुझे पनि हेर्थें फिल्म। नेपाली फिल्म चाहिँ निकै कम हेरियो, हाम्रा लागि नेपाली फिल्म बन्दैनन् जस्तो लाग्थ्यो। 'कागबेनी' हेरेपछि चाहिँ आशा जागेको थियो। फेरि अरू फिल्म हेरेँ, मन मरेर आयो। त्यतिबेलाका फिल्मकर्मीले हामीलाई आफ्नो फिल्मका दर्शक ठान्दैनथे। 'रिक्साचालक' आफ्ना असली दर्शक भन्दै वक्तव्य दिन्थे। मलाई यीभन्दा राम्रो फिल्म आफैँले बनाउनसक्छु जस्तो लाग्यो। अरूका लागि नभए पनि आफ्नै लागि फिल्म बनाउँछु भनेर 'लुट' निर्माण/निर्देशन गर्ने सोच बनाएँ। 
फिल्मले यस्तो वाहवाही बटुल्छ भन्ने अपेक्षा थियो?
जीवनमा मैले कुनै कुरा पूरा गर्नसकेको थिइनँ। कुनै काम कम्प्लिट गर्न नसक्नु लेखिएको रहेछ भनेर निराश भएँ। त्यसैले फिल्म रिलिज हुनुमात्रै पनि मेरा लागि ठूलो उपलब्धि थियो। जीवनमा एउटा काम त पूरा गरेँ भन्ने भएको थियो। व्यावसायिक सफलता पाओस्/नपाओस्, कुनै मतलब थिएन। फिल्म हिट भएपछि चाहिँ मैले खोजेजस्तो नेपाली फिल्म हेर्न चाहने दर्शक धेरै रहेछन् भनेर बढी खुसी भएँ। 
तपाईंको चाहना चाहिँ फुटबलर बन्ने थियो रे?
असाध्यै धेरै। राष्ट्रिय टिमबाट फुटबल खेल्ने निकै चाहना थियो। इन्डियाको मसुरी मोडर्न स्कुलमा प्लस टू पढ्दा स्कुललाई मेरै कप्तानीमा वर्षौंपछि दुइटा ट्रफी जिताएको थिएँ। यहीँ एपेक्स कलेज पढ्दा पनि मेरो कप्तानीमा कलेज लेभलका धेरै म्याच जितिएका थिए। क्लबबाट खेल्ने प्रयास पनि गरेँ। जहिल्यै बेन्चमा बस्नुपर्ने भयो। फुटबलमा मेरो भविष्य छैन भन्ने त्यतिबेला नै महसुस गरेँ। त्यसपछि कलेजस्तरका गेममात्रै खेल्ने भनेर राष्ट्रिय खेलाडी बन्ने हुटहुटी त्यागिदिएँ। 
रहर त मरेको छैन होला?
छैन। फिल्म क्षेत्रमा लागेपछिसम्म पनि प्रत्येक शनिवार फुटबल खेल्न जान्थेँ। एकचोटि खुट्टा भाँचिएपछि यो क्रम कम भएको छ।
राष्ट्रिय खेलाडी बनेर गोल हान्ने लक्ष्य पूरा नभएपछि तपाईंको 'गोल' फिल्म बनेको हो? 
परिवारले भन्थ्यो– जीवनमा कुनै गोल (लक्ष्य) त तय गर्। मलाई 'जीवनमा लक्ष्य पनि हुन्छ र?' भन्ने लाग्थ्यो। मसँग अर्को रहर थियो, गायक बन्ने। आठ वटा गीत समावेश गरेर एल्बम निकाल्नका लागि गीत रेकर्ड गराउन थालेँ। छ वटा गीत रेकर्ड भइसकेपछि स्टुडियो नै बन्द भयो। गीत हराए। त्यसपछि अन्तिम विकल्प रोजेँ, विदेश। हस्पिटालिटी म्यानेजमेन्ट र मल्टिमिडिया पढिरहेको थिएँ। पढाइ सकिन छ महिना बाँकी हुँदा नियम उल्लंघन गरेको भन्दै सरकारले कलेज बन्द गरिदियो। त्यसपछि नेपाल आएर आफ्नो लागि फिल्म बनाएको थिएँ। 
तपाईंलाई अहिले आएर 'लुट' हिट हुनुको कारण के हो जस्तो लाग्छ?
आफूलाई मन परेको फिल्म नबनेको फ्रस्टे्रसन पोखेको थिएँ 'लुट'मा। अरू पनि नेपाली फिल्मबाट निराश थिए। उनीहरूले रुचाए। 
त्यो फिल्मले दिलाएको उचाइ कायम गर्न मुस्किल पर्ला भनेर पनि आफ्नै निर्देशनमा फिल्म बनाउन ढिलो गरिराख्नुभएको हो?
मैले निर्माण/निर्देशन गरेको फिल्म 'वाह' नहुन पनि सक्छ, तर 'थुइक्क' भन्ने बनाउँदिनँ भन्नेमा ढुक्क छु। मैले १० वर्षमा प्राप्त गर्नुपर्ने सफलता दुई वर्षमै प्राप्त गरेको छु। उपलब्धि प्राप्त गर्नुभन्दा पनि त्यसलाई जोगाएर राख्नु ठूलो कुरा हो। 'लुट'को सफलताबाट मात्तिनुभन्दा धेरै सिकेर अघि बढ्नुपर्छ जस्तो लाग्यो। त्यतिबेला ओस्करमा फिल्म पढिरहेको थिएँ, कम्पिलिट गरेँ। एडिटिङ सिकेँ, अभिनय पनि सिकेर अर्काे फिल्म निर्देशन गर्छु भन्दाभन्दै कलाकारका रूपमा चाँडो देखिनुपर्योन। आमा बिरामी हुनुभएकाले पनि फिल्म निर्देशनमा अलि ग्याप भयो। 
बलेको आगो ताप्ने चलन छ। फिल्म निर्देशनका अफर त असाध्यै आए होलान् है ?
चालिसभन्दा बढी फिल्म निर्देशनका लागि अफर आएका थिए, धेरै मेकरले कुरा गर्नुभयो। अहिले पनि कति फिल्म लेखिदिनुहोस् भनेर पनि आउनुहुन्छ। 'आफूले सुरु गरेकै पूरा गर्न सकिरहेको छैन' भनेर फर्काउँछु। आफूलाई चित्तबुझ्दो विषयको स्त्रि्कप्ट नपाएसम्म फिल्म गर्दिनँ। त्यसकारण निकै समयको ग्यापपछि 'टलकजंग भर्सेस टुल्के'को निर्देशन गरेको हुँ। 
फिल्मको गुणस्तरमा लगानीले कत्तिको फरक पार्छ?
लगानीका कारण फिल्मको गुणस्तरमा त्यस्तो ठूलो फरक पर्दैन। नेपाली फिल्मका लागि एक करोड रुपैयाँ धेरै ठूलो बजेट हो। ४०/५० लाखमै खुम्च्याउन खोज्दा अलिकति समस्या पर्छ। 
नेपाली फिल्मका लागि बलिउडको ठूलो चुनौती छ भनिन्छ। तपाईं्रलाई कस्तो लाग्छ?
चुनौती थियो। बिस्तारै घट्दै छ। हामी हाम्रा कथामाथि मौलिक सोच लिएर फिल्म बनाइरहेका छौँ। यही खालको फिल्मको स्वादमा नेपाली दर्शकलाई बानी पर्दै जान थालेको छ। केही समय त लाग्छ नै, तर बिस्तारै हाम्रो पहिचान बन्छ। नेपाली फिल्म भएकाले 'माया' गरिदिनुहोस् भनेर 'दया' माग्ने होइन, राम्रो नेपाली फिल्म भएकाले हेर्नुपर्छ भन्ने बनाउन लागिरहेका छौँ। दर्शकको दयाले फिल्म चल्दैन। 
बोल्नेको पिठो बिक्ने क्षेत्रमा हुनुहुन्छ। तर, तपाईं कम बोल्नुहुन्छ। तपाईंकै सहकर्मीले पनि चाहिनेभन्दा बढी अन्तर्मुखी स्वभावको भनेर गुनासो गर्छन्। तपाईंलाई बोल्न मन नलाग्ने हो?
अहिले त धेरै बोल्छु। पहिला त यति पनि बोल्दिनथेँ। फिल्म रिलिज भएपछि आएको परिवर्तन हो यो। साथीभाइहरू त 'फोनमा पनि बोल्दैन' भनेर म्यासेजमात्रै पठाउँथे। बोल्न मन लागेका कुरा गीत, नोट र कविताका रूपमा टिपोट गर्थंे। त्यतिबेला किन बोल्ने? के बोल्ने? मेरो कुरा पनि सुन्छन् होला र? जस्तो लाग्थ्यो। अहिले चाहिँ बोली सुनिन्छ जस्तो लागेर पनि बोल्छु। महिलाहरूसँग त अझ बोल्दै बोल्दिनथेँ । धेरै लाज मान्थेँ पहिले। 
'कबड्डी'मा प्रेमीको भूमिका निर्वाह गर्दा त्यो लाज हट्यो होला नि?
कम भएको छ, हटेको छैन। मलाई 'कबड्डी' अरूसँग बसेर कसरी हेर्ने होला भनेर अहिले पनि अप्ठ्यारो लागिरहेको छ। 'फिटकिरी' हेर्दा त मलाई कम्ता गाह्रो भएको थिएन। पछाडि बस्ने एकजना दर्शकले 'यो त लुटको निर्देशक हो नि' भनेपछि टाउको उधो लगाएर बसेँ। दया दाइलाई पनि सोधेँ, 'तपाईंलाई आफ्नो फिल्म हेर्न लाज लाग्दैन?' भनेर। 
त्यसोभए स्कुल/कलेजमा केटी साथीहरूसँग गहिरो मित्रता जमाउन सक्नुभएन?
केटाहरू त भइहाले, केटीहरूले पनि 'केही त बोल न' भनिरहन्थे। मैले धेरै बोलेँ भने 'खाना खायौ' भन्थेँ। त्यसैले त्यस्तो गहिरो मित्रता जमेन। 
मनभित्र थियो होला नि, लभ गरौँ, मित्रता गराँै भन्ने!
हुन्थ्यो नि। कति जना मन पर्थे । मनमै कति लड्डु फुटाइयो, फुटाइयो। एकचोटि साथीले 'तँैले प्रस्ताव गरिनस् भने म गर्छु'सम्म भन्यो। उसले नखोसोस् भनेर मैले कागजमा लेखेर साथीलाई नै दिन लगाएको थिएँ। 
अहिले हालत सप्रिएको छ?
पहिल्यै गएर बोल्न सक्दिनँ। उताबाट कुरा आयो भने चाहिँ कुरा गर्नसक्ने भएको छु। 
कुनै केटीले तपाईंलाई मन पराएकी छिन् र तपाईंले मन पराएको संकेत पाएकी छिन् भने उतैबाट प्रयास भए मात्रै प्रेमकहानी सम्भव हुने भयो!
त्यस्तै, त्यस्तै भन्नुपर्योत। यो लाजको कुरा त भइगयो, म 'रिजेक्सन'देखि डराउँछु सायद। अझ पनि के भन्ने होला, कसरी भन्ने होला जस्तो लाग्छ।
काली दमिनीदेखि रूपासम्म

काली दमिनीदेखि रूपासम्म

ललितपुरको झम्सिखेलस्थित मोक्ष रेस्टुरेन्टमा सोमवार दिया मास्के आँखामा कालो चस्मा, बुट्टेदार सर्ट्स र कालो पारदर्शी लेगिंग्समा प्रकट भइन्। 'म काली दमिनीलाई भेट्न आएको!' उनको गेटअप हेरेर ठट्यौलो शैलीमा मैले भनेँ।...

'टिचरले प्रेमप्रस्ताव राखे'

'टिचरले प्रेमप्रस्ताव राखे'

म पहिलेदेखि नै एकदमै घमण्डी केटी ।  आफूजस्ती राम्री कोही छैन जस्तो लाग्थ्यो। सानैदेखि एकदमै चुलबुले पनि थिएँ। पढाइमा पनि एकदमै तेज थिएँ। कक्षा ५ सम्म काठमाडाँैमै पढेकी हुँ। त्यतिबेला...

'र' प्रेमी ओझा

'र' प्रेमी ओझा

असफल श्रीमान् र सफल निर्माता भनिन्छ छवि ओझालाई। उनी 'र'लाई असाध्यै माया गर्छिन्। श्रीमतीका रूपमा 'र' तीनजना महिलासँग जोडिसके। पछिल्लो समय रेखा थापासँगको सम्बन्ध 'र' बाट 'तर' हुँदै फिल्म 'लोफर'पछि...

कसले रोक्ने, कसले छेक्ने?

सरकारले दुई वर्षअघि नै सार्वजनिक स्थलमा धूम्रपान गर्न प्रतिबन्ध लगाउँदै ऐन जारी गर्‍यो। तर, त्यसको दुई वर्ष बित्दा पनि ऐन लागू गर्ने निकायमा पुगेका र पुनः पुग्नेवाला व्यक्तिहरूले नै त्यसको...

बुद्धको कथामा दीपा

बुद्धको कथामा दीपा

लगातार फिल्म फ्लप हुन थालेपछि निर्देशक/निर्माताहरू निर्माणको विषयमा विविधता खोज्न थालेका छन्। यतिबेला डबिङ भइरहेको फिल्म 'दी रेन्ज' गौतम बुद्धको अलौकिक शक्तिमाथि बनाइएको छ। फिल्ममा साधारण मानिसलाई प्राप्त दैविक शक्तिको...

सेक्सी फिल्म खेल्ने सोख

सेक्सी फिल्म खेल्ने सोख

फिल्म 'ढुवानी' हेर्नेले अभिनेत्री सगुन शाहीलाई सोझी युवतीका रूपमा देखे। धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनलाई सरल युवतीको भूमिका सुहाउँछ पनि। एउटा फिल्ममा देखेपछि खास उमेर पनि खाइनसकेकी उनको फिल्म...

विश्वकप सपना झन् झन् टाढा

विश्वकप सपना झन् झन् टाढा

एक दिवसीय विश्वकपमा छनोट हुने नेपालको महत्वाकांक्षी लक्ष्य थियो। समूह चरणका खेलसँगै नेपालको सपना भताभुंग भएको छ। न्युजिल्यान्डमा भइरहेको आईसीसी विश्वकप क्रिकेट एक दिवसीय छनोटमा नेपाल समूह चरणका सबै ४...

अस्वस्थ देश, मौन दल

आमरण अनशन बसेका प्रा. डा. गोविन्द केसीलाई आफ्नो स्वास्थ्यभन्दा माफियाका कारण देश, नागरिक र चिकित्साशास्त्र अध्ययन संस्थान(आईएमओ) को बिग्रिएको स्वास्थ्यको बढी चिन्ता छ। मेडिकल कलेजहरूले सम्बन्धन लिन आईएमओमा गर्ने आर्थिक...