Wednesday 4 Bhadra, 2076 | August 21, 2019
Menu

शुक्रबार

'टिमवर्क' हाम्रो शक्ति

  • शुक्रबार २८ चैत्र, २०७०
  • राजन नेपाल
  • DISQUS_COMMENTS
(0 votes)
शुक्रवारका आर्किटेक्ट एवम् संस्थापक प्रधान सम्पादक किशोर नेपालले अघिल्लो वर्ष राजीनामा दिएपछि हामी शुक्रवारकर्मीले एक खालको एक्लोपन महसुस गरेका थियौँ। हामीले केही 'मिस' गरिरहेको अनुभव गरेका थियौँ। अहिले पनि हामी बेलाबेला यो 'फिल' गर्छौं। शुक्रवारमा छापिने कभर स्टोरीको रिपोर्टिङ गर्दा होस् या हेडिङ र इन्ट्रो लेख्दा, हामी प्रत्येक अंकमा किशोर नेपाललाई सम्भि्कने गर्छौं– यो समाचारमा किशोर सरको हेडिङ र इन्ट्रो कस्तो हुन्थ्यो होला?
शुक्रवारले दुई वर्ष पार गरेलगत्तै उहाँ बाहिरिनुभएको थियो। दुई वर्षको बीचमा शुक्रवारको जुन 'स्ट्रक्चर' निर्माण भएको थियो, त्यो आफैँमा बलियो थियो। यसलाई अझै मजबुत बनाउन र विभिन्न खालका आपतविपतबाट जोगिन सक्ने प्रतिरोधी क्षमताको बनाउन गर्नुपर्ने काम थुप्रै बाँकी थिए। दुई वर्षको बीचमा शुक्रवारसँग रत्तिएका पाठकलाई निराश नबनाउने र नयाँ पाठकलाई शुक्रवारप्रति आकर्षित गराउने चुनौती हामीलाई आइलागेको थियो। नेपाल रिपब्लिक मिडियाले कार्यकारी सम्पादकका रूपमा शुक्रवारको जिम्मा दिँदा म जति उत्साहित थिएँ, त्योभन्दा बढी पाठकप्रतिको जिम्मेवारीले सचेत थिएँ। 
०००
शुक्रवारको सम्पादकीय टिममा रहेको एकता एकाघरका सदस्यमा भन्दा पनि घनिष्ठ छ। जसले शुक्रवारमा आबद्ध साथीहरूलाई नजिकबाट नियाल्ने मौका पाएका छन्, उनीहरू भन्ने गर्छन्– 'एउटै परिवारका सदस्य पनि यति सारो मिलेको देखिँदैन।' मैले शुक्रवारलाई कार्यकारी सम्पादकका रूपमा 'लिड' गर्न पाउनुको कारण शुक्रवारकर्मीहरूबीचको रहेको एकता र मेलको परिणाम हो, 'टिमवर्क'प्रतिको मेरो विश्वास हो। शुक्रवारका सहकर्मीहरू विनोदविक्रम केसी, धनबहादुर खड्का, संगीता श्रेष्ठ, सजना बराल, सुकृत नेपाल, गोपाल दाहाल, मनोज घर्तीमगर र अम्मर जीसी सबैको चासो र चिन्ता समान् छन्– शुक्रवार पाठकले रुचाएका छन् कि छैनन्? व्यक्तिगत तथा पारिवारिक जीवनमा खर्चिनुपर्ने समय काटेर पत्रिका लागि हरदम 'कन्ट्रिब्युट' गरिरहने शुक्रवार सहकर्मीहरूले एकले अर्कोलाई आजभन्दा भोलि अझ बढी जाँगरिलो बनाउँदै लगेका छन्। सानो टिम भएका कारण फुर्सद हुने कुरै भएन। हामीबीचको सौहार्द र एकताले कतै हामी छुट्टाछुट्टै रहेर काम गर्न पो नसक्ने हौँ कि भन्ने प्रश्न मेरो मनमा बेला–बेला उब्जिने गर्छ। 
०००
मैले कार्यकारी सम्पादकका रूपमा शुक्रवारलाई 'लिड' गरेको एक वर्ष पूरा भएको छ। म यो अवसरमा हामीले गरेका कामको संक्षिप्त भने पनि रिभ्यू गराउन चाहन्थेँ। जसका लागि हामीले सर्वसाधारण पाठकदेखि शुक्रवार बिक्री गरिरहेका बिक्रेताहरूसम्म पुगेर प्रतिक्रिया बटुलेर यही अंकमा प्रकाशित गरेका छौँ। म स्वयम् भने प्रा. पी खरेल, जो त्रिभुवन विश्वविद्यालय पत्रकारिता एवम् आमसञ्चार केन्द्रीय विभागका प्रमुख हुनुहन्छ, सँग भेटेर केही सुझाव लिन पुगेको थिएँ। एक वर्षको बीचमा प्रकाशित शुक्रवारका केही प्रति काखी च्यापेर सोमवार निर्धारित ११ बजे नेपाल प्रेस इन्स्टिच्युट पुग्दा खरेल सर आफ्नो कार्यकक्षमा प्रवेश गरेको 'दुई मिनेट भयो' भन्दै हुनुहुन्थ्यो। 
'यू आर इन राइट टाइम,' म कोठाभित्र प्रवेश गर्नेबित्तिकै उहाँले एकैसासमा भन्नुभयो, 'तपाईं पनि ठीक समयमा आइपुग्नुभो। पत्रकारितामा 'टाइम'को महत्व जसले बुझ्न सक्छ, ऊ नै सफल हुने हो।' प्रा. खरेलको यो संक्षिप्त टिप्पणीभित्र कुनै महत्वपूर्ण संकेत वा अर्थ लुकेको थियो सायद। 
मैले खरेल सरको टेबुलमा शुक्रवारका केही प्रति फिँजाएर टिप्पणीका लागि आग्रह गरेँ। उहाँले पत्रिकाको ३२ पृष्ठमा छापिएका सामग्री, प्रयोग गरिएका तस्बिर, लेआउट, अक्षरको साइज र कलर, पत्रिकाले समावेश गरेका विषयवस्तुका बारेमा पालैपालो टिप्पणी गर्नुभयो। केही प्राविधिक र केही सैद्धान्तिक सुझाव दिँदै उहाँले 'पत्रिकाका लागि चाहिने टिमवर्क शुक्रवारमा प्रस्टै देखिन्छ' भन्दा म निकै खुसी भएँ। युवा पुस्तालाई लक्ष्य गरेर प्रकाशित भएको भनिए पनि शुक्रवारले सबै उमेर र रुचि भएका पाठकलाई पनि पाठ्यसामग्री समेटेर पाठकप्रतिको गहन दायित्व पूरा गरेको उहाँको प्रतिक्रिया थियो। उहाँले भन्नुभएको थियो– 'पत्रिकाले दिने विषयवस्तु बजारले रुचाउने नै हुनुपर्छ। सेक्स र अपराध संसारभर धेरै पढिने सामग्री हुन्। हामीले पनि त्यसलाई कुन तहसम्म र कसरी दिने भन्नेमा निर्णय गर्ने काम सम्पादक र सम्पादकीय टिमको हो।' शुक्रवारलाई एउटा कोणबाटभन्दा पनि यसमा समेटिएका विविध विषयका आधारमा हेर्ने हो भने यसमा धेरैले धेरै विषय पाउनसक्ने प्रा. खरेलको सुझाव थियो। 'तस्बिरमात्रै छ, सेक्ससम्बन्धी समाचार बढी छ, मनोरञ्जनमात्रै छ, यसरी सेगमेन्ट छुट्याएर शुक्रवारको मूल्यांकन गर्न सकिँदैन,' उहाँको भनाइ थियो। साढे दुई घण्टा पत्रिकाका पाना पल्टाएर प्रा. खरेलले गरेको टिप्पणी सुनिसेकपछि ममा हामीले गरेको काम सही बाटोमा छ भन्नलाई थप प्रमाण जुटाइ रहननपर्ने भयो। पत्रिका पाठकले रुचाउँदासम्म हामीले गरेको काम यसै पनि सही ठहरिन्छ नै। जबसम्म आदरणीय पाठकले हामीले छापेका 'कन्टेन्ट'मा आफ्ना कुरा पाउनुहुन्छ, तबसम्म हामी सफल ठहरिनेछौँ। 
०००
सफल पत्रिकाको 'प्यारामिटर' विभिन्न खालका हुन सक्छन्। कुन र कस्तो पत्रिकालाई सफल र राम्रो मान्ने? धेरै बिक्ने र टन्नै विज्ञापन भएको पत्रिकामात्रै राम्रो हो? वा कम बिके पनि विषयवस्तुका आधारमा गहन देखिएको पत्रिकालाई राम्रो र सफल मान्ने? तर्क आ–आफ्नै हुन सक्छन्। तर, प्रतिस्पर्धात्मक बजारमा अरूले भन्दा राम्रो पाठ्यसामग्री छापिएको र पाठकले बढी रुचाइएको पत्रिकालाई नै सफल र राम्रो मान्नुपर्छ। ''इन टर्म्स अफ रेभेन्यू' शुक्रवारले कति कमाउँछ वा कति विज्ञापन छापिरहेको छ, त्यसमा म जान चाहन्नँ,' प्रा. खरेलको टिप्पणी थियो, 'तर, विषयवस्तुका हिसाबले शुक्रवार राम्रो र सफल पत्रिका हुने बाटोमा छ भन्नलाई सोचिरहनुपर्दैन।' 
बजारमा भएका अन्य पत्रिकासँग प्रतिस्पर्धा गर्न बरु सजिलो होला तर विगतमा छापिएका शुक्रवारका अंकभन्दा कसरी आगामी अंक राम्रो बनाउने भन्ने चुनौती चाहिँ बढी छ। शुक्रवार पढिरहेका नियमित पाठकले यो पत्रिकालाई अन्य पत्रिकासँग तुलना गरेर यसको गुणस्तर मापन गर्ने होइनन्। उनीहरूले अघिल्लो अंकभन्दा यो अंक के कति कारणले स्तरीय र पठनीय छ भनेर मूल्यांकन गर्छन्। त्यसैले हामीले पहिले हाम्रा नियमित पाठकलाई सन्तुष्ट बनाइराख्ने र नयाँ पाठकलाई आफूतिर आकर्षित गर्न सक्दामात्र हामी राम्रो र सफल भएको प्रमाणित हुने हो। अन्यथा, हामी राम्रो छौँ भन्ने भ्रममात्र पालेर पत्रिका सफल हुन सक्दैन। शुक्रवारको १५१ औँ अंकसम्म आइपुग्दा आदरणीय पाठकले हामीप्रति देखाउनुभएको लगावले हामीलाई अझै ऊर्जाशील बनाएको छ। हाम्रा आगामी अंक अझ स्तरीय र पठनीय हुँदै जानेछन् भन्ने विश्वास दिलाउन चाहन्छु। नयाँ वर्ष २०७१ को उपलक्ष्यमा सम्पूर्ण पाठक, विज्ञापनदाता, वितरक तथा शुभचिन्तकलाई हार्दिक शुभकामना व्यक्त गर्छु।
जवानी केले सेलाउँछ?

जवानी केले सेलाउँछ?

जानकी तारामी मगर लोकगायिकाका रूपमा चिनिन्छन्। अस्तिको तीजमा 'कार किनेर ल्याऊ' भन्ने गीत गाएर चर्चाको दायरा फराकिलो पारेकी उनले यस पटक भने अर्कै खालको गीत ल्याएकी छिन्। उमेरले जवानीकै स्वाद...

आफ्नै स्टाइलमा धर्मकर्म

आफ्नै स्टाइलमा धर्मकर्म

अचेलका युवायुवतीले धर्मकर्ममा आस्थै राख्दैनन् भन्ने होइनन्। जतिसुकै आधुनिक या 'रफ एन्ड टफ' भए पनि उनीहरूलाई धर्मप्रति चासो छ। त्यसैले त तन्नेरीहरू माघको ठन्डीमा साली नदीमा डुबुल्की लगाइरहेका हुन्छन्, दक्षिणकालीको...

आइटममा अर्चना

आइटममा अर्चना

फिल्म 'लुट'को आइटम डान्स 'उध्रेको चोली' हिट भएपछि नेपाली फिल्ममा आइटमको भेल आएको थियो। आइटमका लागि उध्रेको चोलीमा नाचेकी सुषमा कार्कीलाई अफरको ओइरो पनि लाग्यो। उनका अरू आइटमले कमाल नदेखाएपछि...

जियाको जाँच

जियाको जाँच

दर्जन फिल्ममा काम गरे पनि चर्चित बन्न नसकेका हिरोइन थुप्रै छन्। तर, एउटै फिल्म हलमा नलागे पनि चर्चित बन्न सफल भएकी हिरोइन हुन्, जिया केसी। हट फोटोसुट, भुवन केसीसँग अफेयर...

'स्वस्थ मान्छेलाई सेक्स बढी चाहिन्छ'

'स्वस्थ मान्छेलाई सेक्स बढी चाहिन्छ'

सेक्स के हो?प्रकृतिको वरदान हो। यो सबैलाई चाहिन्छ।प्रेम र सेक्सको सम्बन्ध कस्तो हुन्छ?प्रेममा सेक्सको आफ्नै स्थान  हुन्छ। सेक्सले  आत्मीयता बढाउँछ तर सेक्सकै लागि प्रेम गरिन्छ भन्ने होइन।बिहेपूर्वको सेक्स कति उचित...

चर्किएको भाउ

चर्किएको भाउ

फिल्म 'सिलसिला'मा सिलसिलेवार चुम्बन दृश्य दिएर नेपाली फिल्ममा पाइला टेकेकी सोनिया केसीको पर्दामा चहलपहल घटेको छ, अचेल। किनभने त्यसपछि उनीद्वारा अभिनीत फिल्म सफल नभएपछि उनलाई निर्माता/निर्देशकले भाउ दिन छाडेका छन्। 

दसैँ औकात

दसैँ आयो। सबै तनावमा छन्। सबै भन्नाले नेता, तस्कर, गुण्डा, दलाल, व्यापारी, कर्मचारी, मजदुर, किसान आदि। सबै तनावमा छन्। तनावको पनि औकात हुन्छ। अथवा, औकातअनुसार तनाव हुन्छ।

समलैंगिक यौनसम्बन्ध भनेको के हो?

समलैंगिक यौनसम्बन्ध भनेको के हो?

समलैंगिक यौनसम्बन्ध भनेको के हो? यो कुनै रोग हो? यसका असर के–के हुन्छन्? यसबाट बाच्ने उपाय के हो? समलैंगिक यौनसम्बन्ध भन्नाले उस्तै लिंगका दुई व्यक्तिबीच स्थापित यौनसम्बन्ध हो। यो कुनै...