Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

प्रकाशकीय

  • शुक्रबार २८ चैत्र, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(0 votes)
नेपाल रिपब्लिक मिडियाको तेस्रो प्रकाशन शुक्रवार साप्ताहिक चौथो वर्षमा प्रवेश गरेको छ। सामाजिक सरोकारका जल्दाबल्दा विषय तथा मुद्दा उठाउने जुन लक्ष्यका साथ यसको प्रकाशन सुरु भएको थियो, त्यस लक्ष्यप्राप्तिमा शुक्रवारले तय गरेको दूरीबारे पाठकलाई मैले निवेदन गरिरहनुपर्लाजस्तो लाग्दैन। शुक्रवारको गति र प्रगति गर्व गर्नलायक छ।
प्रकाशनको छोटो अवधिमा आदरणीय पाठकको मन जित्न सफल शुक्रवार नयाँ 'ब्रान्ड'का रूपमा स्थापित भएको तथ्य पाठकसँग बाँड्न पाउँदा म निकै उत्साहित छु। युवावर्गलाई लक्ष्य गरेर प्रकाशन गरिएको शुक्रवार पत्रिकाहरूको भीडमा भिन्न छ। यसले आफूलाई सुरुदेखि नै फरक शैली र स्वादमा पस्कने जुन जमर्को गरेको छ, त्यसैको परिणाम हो आजको उपलब्धि। केही फरक पढ्न खोजिरहेका पाठकको रुचिलाई सम्मान गर्न सकेकाले शुक्रवार लोकप्रिय बन्नसकेको हो। शुक्रवारलाई पाठकले गर्नुभएको विश्वास र मायाले हामी निकै उत्साहित छौँ। यस अवसरमा म आदरणीय पाठक, विज्ञापनदाता, वितरक तथा शुभचिन्तकहरूमा हार्दिक आभार प्रकट गर्दछु। पत्रिका प्रकाशनको छोटो अवधिमा यहाँहरूले हामीप्रति देखाउनुभएको सद्भावले हामीलाई जीवन्त ऊर्जा मिलेको छ। 
शुक्रवारले समाजमा भएका विविध विषयलाई समाचार बनाएको छ। गहन सामाजिक विषयदेखि मनोरञ्जनसम्मका सामग्री शुक्रवारमा अटाएका छन्। शुक्रवारले यो अवधिमा गाली र ताली उत्तिकै पाएको छ। र, हामी गालीमा निराश र तालीमा अतिउत्साहित हुने मनोदशाबाट माथि छौँ। हामी गाली र तालीलाई उत्तिकै महŒवका साथ ग्रहण गर्छाैं। पाठकको रुचिअनुसार नै शुक्रवारको यात्रा अघि बढेको छ। लोकतान्त्रिक गणतन्त्र, प्रेस स्वतन्त्रता र जनअधिकारका लागि हामी अझै सशक्त रूपमा यहाँहरूमाझ आउने प्रण गर्दछौँ। ऊर्जाशील युवा पुस्तालाई सम्भावनाको बाटो देखाउने र उनीहरूको ऊर्जालाई सही बाटोमा प्रयोग गर्न अभिप्रेरित गर्ने दिशामा हाम्रो यात्रा अझ सशक्त रूपमा अघि बढ्नेछ। 
नवीन सोचको उपज हो शुक्रवार। २१ औँ शताब्दीका नयाँ पुस्तालाई 'इन्फो–टेनमेन्ट' दिने यसको मुख्य उद्देश्य हो। यद्यपि, सबै तह, तप्का र उमेरसमूहका पाठक हाम्रो प्राथमिकतामा पर्नुहुन्छ। शुक्रवार चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा म पत्रिकालाई पठनीय बनाउन निरन्तर खटिने सम्पादकीय टिमलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि पाठकको निरन्तर सहयोग र सद्भावको अपेक्षा गर्दछु। नयाँ वर्ष २०७१ को उपलक्ष्यमा सम्पूर्ण पाठक, विज्ञापनदाता, वितरक तथा शुभचिन्तकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्छु। 
विनोदराज ज्ञवाली
प्रबन्ध निर्देशक, नेपाल रिपब्लिक मिडिया प्रालि

'दर्शकको दयाले फिल्म चल्दैन'

नेपाली फिल्मको इतिहासमा 'लुट' महत्वपूर्ण दस्तावेज हो। यस फिल्मका निर्देशक निश्चल बस्नेतको पाँच वर्षअघिसम्म फिल्म क्षेत्रसँग कुनै सरोकार थिएन। मनोरञ्जनका लागि विश्वभरिका फिल्म हेर्थे। बरु उनी फुटबलर, गायक बन्न चाहन्थे।...

शिव–पार्वतीलाई फापेका गीत

शिव–पार्वतीलाई फापेका गीत

तीज भगवान् शिवको पर्व हो। पार्वतीले शिवलाई पति पाउँ कि भनेर निराहार व्रत बसेको मिथकका आधारमा तीज मनाइने भएकाले यो शिव–पार्वतीकै पर्व हो। यो 'सत्य युग'को कुरा हो। तर, कलि...

कसले रोक्ने, कसले छेक्ने?

सरकारले दुई वर्षअघि नै सार्वजनिक स्थलमा धूम्रपान गर्न प्रतिबन्ध लगाउँदै ऐन जारी गर्‍यो। तर, त्यसको दुई वर्ष बित्दा पनि ऐन लागू गर्ने निकायमा पुगेका र पुनः पुग्नेवाला व्यक्तिहरूले नै त्यसको...

त्यति सस्तो कहाँ छ र 'लिफ्ट'?

त्यति सस्तो कहाँ छ र 'लिफ्ट'?

नौ कक्षामा पढ्दै गर्दा 'आँखाभरि आँशु किन', 'आउँदै गर मालती'जस्ता हिट गीतमा मोडलिङ गरेर धेरैका आँखामा परेकी शशी खड्का छ महिना यता कतै देखिएकी छैनन्। विगत सात वर्षदेखि मोडलिङ र...

सपनामा पनि नचिताएको कुरो

सपनामा पनि नचिताएको कुरो

पहिलो नेपाली थ्रीडी फिल्म 'भिजिलान्ते' हेर्न पाउनेले 'गँजडी'लाई सम्झेको हुनुपर्छ। 'गँजडी'ले दर्शकलाई डरका बीच हाँस्न बाध्य पार्थ्यो। फिल्ममा पहिलोपल्ट देखिए पनि अभिनयमा रहेको दमका कारण धेरैलाई त्यो अनुहार नयाँ लागेन।...

कुमारीत्वको सेरोफेरोमा सुहागरात

कुमारीत्वको सेरोफेरोमा सुहागरात

उमेर पुगेका किशोरकिशोरी, तरुणतरुणीका लागि विवाहपछिको पहिलो रात र पहिलो सम्भोगको कल्पना सुखद र आशंकापूर्ण दुवै हुन्छ। यसबारेमा वयस्क स्त्रीपुरुषका साथीसंगिनीसँग पहिलेदेखि स्वाभाविक चर्चा–परिचर्चा पनि भइरहन्छ। तर, पहिलो सम्भोग र...

भिडियोबाटै 'आई लभ यू'

शहरबजारलाई १४ फेबु्रअरीको रन्कोले छोइसकेको छ। जोडी सँगै भएकाले भेटेर, गुलाबको फूल वा उपहार दिएर प्रेम दिवस मनाउने तयारीमा छन् भने श्रीमान्–श्रीमती टाढा भएकाहरूले पनि केही योजना बनाएका छन्। झापा,...

कमलका आत्मामा केबल फ्यान

कमलका आत्मामा केबल फ्यान

हिजोआज भ्याइनभ्याइ छ है तपाइंलाई?हो नि। दशैँदेखि यस्तो भएको हो। रेकर्डिङ, कम्पोजिसन, कार्यक्रम सबैतिर भ्याउनुपर्छ। कहिलेकाहीँ त दिमागै ह्याङ हुन्छ।