Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

आस्था बीलाई चकलेट, चिठी र प्रस्ताव

(0 votes)
रेम गर्न एउटा निश्चित उमेर पार गर्नुपर्छ। बेला नभई कसैले गरेको प्रेम सफल हुन्छ जस्तो मलाई लाग्दैन। तर, उमेर नपुग्दै प्रेम गरे जस्तो गर्नेहरू धेरै हुन्छन्। मलाई स्कुल पढ्दा थुप्रै प्रेमपत्र आउँथ्यो। तर, म त्यस्ता पत्रप्रति कहिल्यै सिरियस भइनँ र आफूलाई प्रेम प्रस्ताव राख्नेप्रति त्यति धेरै नेगेटिभ पनि भइनँ। संसार प्रेममै अडेको छ भने मलाई मन पराउन खोज्नेहरूसँग म किन रिसाउने? त्यसरी प्रस्ताव राख्नेमध्ये कोही राम्रै खालको साथी छ भने म उसलाई भन्थेँ, 'हाम्रो प्रेम गर्ने बेला भएको छैन। हामी असल साथी बनौँ। त्यसरी बनेका साथीहरू थुप्रै छन् पनि।'

asthaमैले बेला-बेलामा सुनेको छु, कतिपय साथीले भनेका पनि छन्, प्रेमपत्र दिनेलाई प्रिन्सिपलको रूपमा लगेर कारबाही गरे अरे। कतिले त आफ्ना केटा साथी वा नातेदारलाई भनेर कुटाएको कुरा पनि सुनेको छु। तर, मलाई त्यस्तो पटक्कै मन पर्दैन। लेटर लेखेकै कारण कसैलाई प्रिन्सिपलको रूममा लगेर झपारिनँ। मलाई के थाहा छ भने कसैलाई कसैको अगाडि लगेर अत्याउनु नै समस्याको समाधान होइन्। उसको नियत नै खराब छ भने पनि अगाडि बसेर राम्ररी सम्झाएपछि ऊ पूरै साइजमा आउँछ। 'मैले प्रेमपत्र लेख्नेलाई यस्तो कारबाही गराएँ' भनेर गर्व गर्नेहरू देख्दा मलाई दिक्क लाग्छ।

अहिले त धेरैले मन पराएको कुरा ब्यक्त गर्न एसएमएस गर्छन्, तर हामी स्कुल पढ्दा त्यस्तो सुविधा थिएन। चिठी दिने चलन थियो। म आठ कक्षामा पढ्थेँ। हामीभन्दा सिनियर कक्षामा पढ्ने एकजनाले मलाई पहिल्यैदेखि मन पराउँदो रहेछ। मलाई थाहा थिएन। म सधैँझैँ क्लासमा गएँ। मेरो डेस्कमा चकलेट र लेटर रहेछ। चकलेट खाएँ। लेटर पढेँ। मलाई मन पराएको कुरा लेखेको रहेछ।

भोलिपल्ट भेटेर राम्ररी कुरा गरेँ। ऊ अहिले मेरो राम्रो साथी बनेको छ। स्कुल र कलेज पढ्दा यस्ता घटना थुप्रै भए। मन पराउनेहरू थुप्रै आए पनि। स्कुल, कलेज वा कहीँ कसैले प्रेमका कुरा गर्ने बित्तिकै घरमा आएर ममीसँग सेयर गरिहाल्थेँ। 'ममी, मलाई आज यस्तो खालको केटाले यस्तो कुरा गर्‍यो' भन्थेँ। ममीले पनि रायसल्लाह दिनुहुन्थ्यो।
मैले चाहिँ अहिलेसम्म कसैलाई प्रस्ताव राख्न पाएको छैन। मलाई लाग्छ- हाम्रो समाजमा प्रेम प्रस्ताव केटाले नै राख्नुपर्छ। म पनि त्यही चाहन्छु। मलाई कसैले प्रस्ताव राखोस्।

गजबकी शीला

गजबकी शीला

उमेर उकालो लाग्दै गए पनि जाँगरमा कमी नआएको देखाइदिएकी छिन्, अभिनेत्री प्रिया रिजालले। एनबी महर्जनले निर्देशन गरेको फिल्म 'सकस'मा उनले आइटम नम्बरमा ठुम्का लगाएकी छिन्। छोटो पहिरन लगाएर उत्तेजक भंगीमा...

दाइजोका लोभीहरू 'जोइल' जान्छन्!

भाषा मानवको सम्पत्ति र परिचय भएकाले यसमा मानवीय परम्परा अन्तर्निहित हुन्छ। भारततिर विवाहिता महिलाहरू पनि 'ससुराल' जान्छन्। किनभने भारतमा पुरुषहरूले महिलालाई सम्पत्तिमा अधिकार दिएका रहेनछन्। यो कुरा 'ससुराल' शब्दबाट सहजतापूर्वक...

सौता लागिन् रीमा

सौता लागिन् रीमा

सुन्दरी अभिनेत्री रीमा विश्वकर्माका लागि मरिहत्ते गर्ने 'कुमार' केटाको संख्या कम हुने कुरा भएन। तर, रीमा भने सौता लाग्न गएकी छिन्। उनलाई मनकी रानी बनाउन खोज्नेले आत्तिहाल्नु चाहिँ पर्दैन किनभने...

एसएलसीको भूत

एसएलसीको भूत

फलामे ढोका भनिने एसएलसी परीक्षा नजिकिँदै जाँदा टेक्सस स्कुलकी पेमा याङ्छेन शेर्पा अन्तिम तयारीमा जुटेकी छिन्। दिनभरिको स्कुल समयबाहेक बिहानसाँझ गरेर छ घण्टा 'एक्स्ट्रा क्लास' छ उनको। 'स्कुलमा ‘राम्रो गर्नुपर्छ...

के जाति गर्नेलाई भन्दा हेर्नेलाई लाज

के जाति गर्नेलाई भन्दा हेर्नेलाई लाज

नाम र कामको तारतम्य मिलाउने मान्छे कमै भेटिन्छन्। फिल्ममा त त झन्, नाम एक राखिएको हुन्छ काम अर्कै। तर, अहिले निर्देशक दीपक श्रेष्ठ र हिरोइन जिया केसी भने फिल्म क्षेत्रमा...

सेक्सी ज्यान

सेक्सी ज्यान

आजभोलिका महिला आफ्नो शारीरिक संरचनाप्रति एकदमै सचेत भएका छन्। शरीरलाई सुडौल बनाउन उनीहरू धेरै मेहनत गर्छन्। सुगठित शरीरका लागि हेल्थ क्लब, जिम धाउने महिलाको संख्या दिनानुदिन बढ्दै गएको छ। राम्रो...

स्वर्ग खोज्दै नर्क पुग्नेहरू

स्वर्ग खोज्दै नर्क पुग्नेहरू

धरान- धरानकी मञ्जिला लिम्बू रमाइलो गर्न भनेपछि ज्यानै फाल्न तयार हुन्थिन्। बाबु हङकङ लाहुरे भएकाले उनलाई पैसाको समस्या थिएन। उनको संगत आफूभन्दा जेठा दाइदिदीसँग थियो। उनीहरूले बुङ्बुङ्ती चुरोटको धुवाँ उडाएको देखेपछि...

कसरी चिन्ने केटा र केटी?

केटाको पक्षबाट केटी हेर्न गए। अचेल बिहे छिन्न जाँदाको लस्कर जन्तीको जत्रै हुन्छ। छोरीमान्छे र छोरामान्छे सराबरी देखिन्छन्। अझै कुरा गर्ने हो भने बिहेबारीका अन्तिम निर्णायक–शक्ति भनेकै वरपक्षका महिलाहरू हुन्।...