Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

ढँटुवी सुमिना

(1 Vote)
ढँटुवी सुमिना
पछिल्लो समय राम्रै चम्केकी अभिनेत्री सुमिना घिमिरेको चमक आफ्नै कारणले मधुरो हुँदै गइरहेको छ। केही समयअघि मात्रै पत्रकारलाई अश्लील गाली गरेर विवादमा आएकी उनी  यतिबेला झुट बोल्ने हिरोइनका रूपमा चिनिएकी छिन्। आफूले अभिनय गरेको फिल्म 'लभ फरएभर'को प्रचारका लागि फिल्म युनिटलाई साथ दिने बताए पनि महोत्सवमा मस्त हुन उनले झुटको सहारा लिएकी थिइन्। 
अन्य कलाकारको बिजोग भए पनि आयोजकसँग नजिक भएका कारण उनी धरान महोत्सवमा मस्ती गरिरहेकी थिइन्। उनी पूर्वमा भएकै बेला फिल्मको प्रमोसन गर्न गएका निर्देशक शंकर आचार्यलाई भनिदिइन्, 'काठमाडौँमा दिदी बिरामी भएकाले तुरुन्तै त्यता जानुपर्ने भयो।तत्कालका लागि पत्याए पनि सुमिना दुई दिन धरान महोत्सवमै मस्त देखेपछि झुट बोलेको प्रस्टियो। जाँदा गाडीमा गएकी सुमिनाले आयोजकसँग हिमचिम बढाएकै कारण आउँदा प्लेन टिकट पाएकी थिइन्। उनी आइतवार बेलुकीमात्रै काठमाडौँ फर्किइन्। ढाँटेको भन्दै फिल्म निर्माण युनिटले प्रचार सामग्रीमा उनलाई बहिष्कार गर्ने घोषणा गरेको छ।
खतरामा सुष्माको जवानी

खतरामा सुष्माको जवानी

नायिका सुस्मा कार्कीको पोटिलो ज्यान हेरेर रमाउने दर्शकका लगि फेरि एउटा दुःखको खबर छ। उनले 'खुलेरै' अभिनय गरेका धेरै फिल्म असफल फिल्मको सूचिमा पर्न थालेका छन्। सुष्माको जवानीलाई पर्दामा छताछुल्ल...

'टिचरले प्रेमप्रस्ताव राखे'

'टिचरले प्रेमप्रस्ताव राखे'

म पहिलेदेखि नै एकदमै घमण्डी केटी ।  आफूजस्ती राम्री कोही छैन जस्तो लाग्थ्यो। सानैदेखि एकदमै चुलबुले पनि थिएँ। पढाइमा पनि एकदमै तेज थिएँ। कक्षा ५ सम्म काठमाडाँैमै पढेकी हुँ। त्यतिबेला...

एसएलसीको भूत

एसएलसीको भूत

फलामे ढोका भनिने एसएलसी परीक्षा नजिकिँदै जाँदा टेक्सस स्कुलकी पेमा याङ्छेन शेर्पा अन्तिम तयारीमा जुटेकी छिन्। दिनभरिको स्कुल समयबाहेक बिहानसाँझ गरेर छ घण्टा 'एक्स्ट्रा क्लास' छ उनको। 'स्कुलमा ‘राम्रो गर्नुपर्छ...

'एमाले' सुषमा

'एमाले' सुषमा

अचेल सेन्सर बोर्ड अलि कडा छ। विशेषगरी बेड सिन देख्नै नसक्ने सेन्सरको आँखा यो हप्ता सुषमा कार्कीको वक्षमा पर्यो ! फिल्म 'राजनीति'मा गरेको आइटम डान्समा वक्षमा खोपाएको ट्याटु आधा देखियो।...

कुरूप बनाउला क्रिमले!

कुरूप बनाउला क्रिमले!

खानै नपाए पनि सुन्दर देखिने भोक सबैमा हुन्छ। यो भोकले महिला/पुरुष छुट्याउ“दैन। स्वभावैले महिलामा अझै यो भोक चर्को हुन्छ। सौन्दर्य हेर्नका लागि मात्रै पनि होइन। यो अब करिअर र स्ट्याटससँग...

'सेलिब्रिटी होइन, क्रिकेटर हुँ म'

'सेलिब्रिटी होइन, क्रिकेटर हुँ म'

नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुर्याआएपछि पारस खड्कालाई भ्याइ–नभ्याइ छ। कीर्तिपुरमा गएर अभ्यास गर्नु, सम्मान थाप्नु छँदै छ। विभिन्न ठूला हाउस उनलाई ब्रान्ड एम्बेसडर बनाउन दौडधुप गरिरहेका छन्। न्युजिल्यान्डमा अर्को महिना हुने...

'दर्शकको नापतौलमा व्यस्त हामी'

'दर्शकको नापतौलमा व्यस्त हामी'

'हिरो'को परम्परागत फिल्मी फ्रेममा दयाहाङ राई अटाउँदैनन् किनभने उनको न लामो कपाल छ, न सुगठित जिउडाल छ र न चकलेटी अनुहार छ। तर, नयाँ र पुराना निर्देशकले उनलाई मुख्य भूमिकामा...

ढँटुवी सुमिना

ढँटुवी सुमिना

पछिल्लो समय राम्रै चम्केकी अभिनेत्री सुमिना घिमिरेको चमक आफ्नै कारणले मधुरो हुँदै गइरहेको छ। केही समयअघि मात्रै पत्रकारलाई अश्लील गाली गरेर विवादमा आएकी उनी  यतिबेला झुट बोल्ने हिरोइनका रूपमा चिनिएकी...