Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

उर्वशी कि मेनका?

(1 Vote)
उर्वशी कि मेनका?
वरिष्ठ फिल्मकर्मी नीर शाहले रीमा विश्वकर्मालाई 'उर्वशी र मेनका' भनिदिए। फिल्ममा भन्दा म्युजिक भिडियोमा बढी देखिने रीमाको सौन्दर्यमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका थिए। भारतका विभिन्न ठाउँमा छायांकन भएका भिडियो सार्वजनिक कार्यक्रममा भिडियोमा र बाहिर रीमाको रूप हेरेपछि शाहको भनाइमा स्वर थप्ने अरू पनि थिए। 
उनी अभिनीत दुइटै फिल्म 'स्वरर 'भिसा गर्ल'ले बजारमा राम्रो प्रभाव पार्न सकेनन्। तरफिल्म प्रदर्शनअघि नै उनले म्युजिक भिडियोमा अभिनय गरेर हिट भएका कारण उनको व्यस्तता घटेन।  खिरिलो ज्यानअग्लो कद र हाँसेर बोल्ने उनको शैलीले दर्शकमात्रै होइननिर्माता/निर्देशक समेत प्रभावित हुने गरेको बताइन्छ। शाहले उर्वशी र मेनका भने पनि 'कलियुग'मा दुई अवतार लिन रीमालाई मुश्किल छ। त्यसैले आफैँले भनिदिए हुन्थ्योरीमा उर्वशी हुन चाहन्छिन् कि मेनका?

वक्रासन : मिस्टर प्याज पागल!

श्रीमान् गृहस्थको दाहिने कञ्चटमा चोट लागेको थियो। सुकेको रगतको एक धर्काे चिउँडोसम्म आइपुगेको थियो। देब्रे गाला सुन्निएको थियो। श्रीमती गृहिणी श्रीमान्को हालत देखेर आतंकित भई। 'के भो?' उसले सोधी।

घोषणापत्रः गफै त हो नि सम्धीजी!

दोस्रो संविधानसभा निर्वाचनमा व्यस्त मुख्य राजनीतिक दलले घोषणापत्र सार्वजनिक गर्ने कर्मकाण्ड पूरा गरेका छन्। निर्वाचनका लागि एक महिनाभन्दा पनि कम समय बाँकी रहँदामात्र उनीहरूले घोषणापत्र बाहिर ल्याउन सके। निर्वाचनको 'असारे...

निर्विकल्प अरुणिमा

निर्विकल्प अरुणिमा

दिन दुगुना, रात चौगुना भनेझैँ नेपाली फिल्ममा हिरोइन आउने क्रम बढेको बढ्यै छ। त्यसैले फिल्मका लागि कोही हिरोइन निर्विकल्प हुने कुरा भएन। तर, राजेश हमालले फिल्म 'किन किन'का लागि अरुणिमा...

कोइरालाको कठिन परीक्षा

कोइरालाको कठिन परीक्षा

अघिल्लो संविधानसभा निर्वाचनको विफलताबाट दलहरूले पक्कै केही सिकेका होलान् भन्ने जनताको अनुमान फेल खाएको छ। दोस्रो संविधानसभा निर्वाचनपछि दलहरूको बीचमा जुन ढंगको बहस प्रारम्भ भएको छ, यसबाट जनता उत्साही होइन,...

दिनमा कुमार रातमा कुमारी

दिनमा कुमार रातमा कुमारी

अहिले देशमा सबै पहिचानको खोजीमा छन्। पहिचानको राजनीति पनि सुरु भइसकेको छ। तेस्रोलिंगी समुदाय पनि पहिचानको खोजीमा छ। शिक्षा, अवसर, रोजगारी, सम्मानपूर्वक बाँच्न पाउने अधिकारजस्ता सारा चिजबाट वञ्चित छ यो...

जीवनलाई सजाय भन्ने जीवन

जीवनलाई सजाय भन्ने जीवन

अलिकति कवि, अलिकति बौद्धिक, अलिकति वाचाल, अलिकति अभिनेता, अलिकति स्टार... जीवन लुइँटेल यी सबैका योग हुन्। उनलाई कहिलेकाहीँ सुटिङ स्पटको जिन्दगी यान्त्रिक लाग्छ र जीवनका अन्य पहेली बुझ्न उनी आर्यघाटमा...

'एमाले' सुषमा

'एमाले' सुषमा

अचेल सेन्सर बोर्ड अलि कडा छ। विशेषगरी बेड सिन देख्नै नसक्ने सेन्सरको आँखा यो हप्ता सुषमा कार्कीको वक्षमा पर्यो ! फिल्म 'राजनीति'मा गरेको आइटम डान्समा वक्षमा खोपाएको ट्याटु आधा देखियो।...

अबोला नम्रता

अबोला नम्रता

अभिनेत्री नम्रता श्रेष्ठका अनेक रूप पर्दामा देखिइसकेका छन्। नेपाली फिल्ममा अहिलेसम्म कुनै मूल पात्र नदेखिएको भूमिकामा नम्रता देखिने भएकी छिन्। उनले मुख्य भूमिकामा अभिनय गरेको फिल्म 'मौन'मा उनले पूरै मौनता...