Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

शुक्रबार

कस्तो करामत?

  • आइतबार ३० असार, २०७०
  • शुक्रवार
  • DISQUS_COMMENTS
(0 votes)
कस्तो करामत?
प्रदर्शनको पालो पर्खेको फिल्म 'करामत'ले हलमा लागेपछि करामत देखाउला/नदेखाउला, फिल्म रिलिज नभई त्यो भन्न सकिने कुरा होइन। तर, फिल्ममा केही न केही 'करामत' देखाइएकै छ भन्नेमा विश्वास गर्ने आधार देखिएका छन्।
फिल्म 'एटिएम'मा करामतै देखाएकी सोनिया शर्मा र 'आँखा झिमिक्क, मालसामान गायब' भन्ने आइटम नाचेकी सम्झना प्याकुरेलको गठजोड नै फिल्मको नामलाई परिभाषित गर्न काफी छ। अभिनेता राही श्रेष्ठले निर्माण गरेको फिल्म 'एक्सन र लभस्टोरी जेन्रेको हो' भनेर प्रचार गरिएको छ। भदौको पहिलो हप्ता रिलिज गर्ने चाँजोपाँजो मिलाइएको फिल्ममा सुमन सिंह र राही श्रेष्ठको प्रमुख भूमिका छ। निर्देशक दिनेश पौडेलले दुई जना हट हिरोइनलाई एकै ठाउँ थुपारेर कस्तो करामत देखाउन खोजेका होलान्?
हलिउड सपनाका पछिपछि

हलिउड सपनाका पछिपछि

नेपालमा सफल कलाकारका लागि बलिउड सपनाको अर्को केन्द्रबिन्दु हो। हलिउडको सपना भने नेपाली कलाकारले त्यति देख्दैनन्। तर, भर्खरै १५ वर्ष टेकेकी आश्मा गिरीको सपना, लक्ष्य र भविष्य जे भने पनि...

जहाँ सुनिन्छन् मायाका सुस्केरा

जहाँ सुनिन्छन् मायाका सुस्केरा

प्रेमी–प्रेमिकाको मन उसै पनि अशान्त हुन्छ। मनको माया शरीरसँग टाँसिन खोजिहाल्छ। यस्तो बेला उनीहरू भीडभाडबाट टाढा तर शहरबाट नजिक कतै हराउन चाहन्छन्। केही समयअघिसम्म तन्नेरीहरूका लागि यस्तो गन्तव्यको अभाव थियो।...

स्टेज चढ्न चाहन्छ 'नेक्स्ट'

स्टेज चढ्न चाहन्छ 'नेक्स्ट'

कुरा वर्षदिनअघिको हो। नेपाली संगीत क्षेत्रमा नयाँ ब्यान्ड थपिएको थियो। यही कुराको जनाउ दिन ब्यान्डले आफूहरूको नामै 'अर्को' अर्थात् 'नेक्स्ट' राख्यो। 'खुब नाम सोचियो त्यो बेला,' ब्यान्डका संस्थापक सदस्य सुशान्त...

तन हङकङमा, मन नेपालमा

तन हङकङमा, मन नेपालमा

हङकङमा फास्टफुड र रेस्टुरेन्ट सञ्चालन गर्दै आएका कवि राईले केही समयअघि धरान आएर 'आमा' नामक एल्बम सार्वजनिक गरे। एल्बमका दुई गीतका म्युजिक भिडियो बनाउन ४ लाख ७५ हजार रुपैयाँ खर्च...

दिनमा कुमार रातमा कुमारी

दिनमा कुमार रातमा कुमारी

अहिले देशमा सबै पहिचानको खोजीमा छन्। पहिचानको राजनीति पनि सुरु भइसकेको छ। तेस्रोलिंगी समुदाय पनि पहिचानको खोजीमा छ। शिक्षा, अवसर, रोजगारी, सम्मानपूर्वक बाँच्न पाउने अधिकारजस्ता सारा चिजबाट वञ्चित छ यो...

उध्रियो मनको चोली

उध्रियो मनको चोली

नेपाली सेलिब्रिटीको घरबार र तासको घर उस्तै हो। ढल्न बेरै नलाग्ने! विवाह नै नगरी एकै थलोमा गाँसबास बनाएका केटा साथीसँग सुषमा कार्कीको प्रेम टुटेको छ। अर्थात् 'उध्रेको चोली'मा नाचेर हिट...

माइक्रो दादा

माइक्रोबसको दादागिरीबाट आतंकित छ शहर। उसको रफ्तार। उसको रबैया। उसको बल मिचाइँ। उसको कसैलाई नगन्ने अहंकार। मानौँ, सडक उसले मात्रै भोगचलन गर्न पाउने उसको पुर्ख्यौली विरासत हो। मानौँ, सडक ऊ...

बेहुली भतेरजस्तो टिकट वितरण

मंसिर ४ का लागि तोकिएको संविधानसभा निर्वाचनमा मतदान गर्न पाइँदैन कि भन्ने आशंका करिब– करिब हटेको छ। वैद्य नेतृत्वको ३३ दलीय मोर्चा निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने दोधारमा रहेकै...