Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

शुक्रबार

अबोला नम्रता

  • २६ श्रावण, २०७०
  • शुक्रवार
  • DISQUS_COMMENTS
(1 Vote)
अबोला नम्रता
अभिनेत्री नम्रता श्रेष्ठका अनेक रूप पर्दामा देखिइसकेका छन्। नेपाली फिल्ममा अहिलेसम्म कुनै मूल पात्र नदेखिएको भूमिकामा नम्रता देखिने भएकी छिन्। उनले मुख्य भूमिकामा अभिनय गरेको फिल्म 'मौन'मा उनले पूरै मौनता साध्नेछिन्।
बहिराहरूको प्रेमकथामा बनेको फिल्ममा उनको यो रूप देखिने भएको हो। आफूसँगै पढ्ने युवकलाई एकोहोरो मन पराउने युवतीको भूमिकामा प्रस्तुत भएकी उनले नबोलेरै प्रेमको अनुभूति दिलाउन गरेका प्रयास फिल्ममा समेटिएका छन्। यही फिल्मका लागि केही सांकेतिक भाषाको पनि ज्ञान हासिल गरेकी उनले फरक भूमिकामा अभिनय गर्न पाउँदा रमाइलो लागेको बताइन्। हालै आयोजित एक कार्यक्रममा भनिन्, 'फिल्ममा म नबोले पनि मेरो काम फिल्मले बोलिहाल्छ। फरक काम गर्दा रमाइलो लागेको छ। फिल्मबारे भने मौन बस्छु।' उनको प्रेमीको भूमिकामा अर्पण थापा छन्। उनी पनि फिल्मभरि आवाजविहीन छन्। अर्पणले नै लेखेको कथालाई सुरज भुषालले निर्देशन गरेका हुन्।
ग्ल्यामर जगतमा नयाँ नाम

ग्ल्यामर जगतमा नयाँ नाम

हालसालै सम्पन्न 'मिस पूर्वाञ्चल २०१३' ले नेपाली ग्ल्यामर जगत्लाई नयाँ सुन्दरी दिएको छ- नेहा बजाज। उनी विराटनगरस्थित एक कलेजमा सीए पहिलो वर्षमा अध्ययनरत छिन्। विद्यार्थीबाट एकैपटक 'पब्लिक फिगर' बनेकी नेहाको...

'म त चुर्लुम्मै डुबेर गाउँछु'

'म त चुर्लुम्मै डुबेर गाउँछु'

पछिल्लो पुस्ताका राम्रो सम्भावना बोकेका गायकका रूपमा लिइन्छ, विश्व नेपालीलाई। उनले भर्खरै आधुनिक गीत गायनमा उत्कृष्ट गायनका लागि इमेज अवार्ड पाए। दुइटा सोलो एल्बम, फिल्मका गीत, कलेक्सन एल्बममा गरी ७०...

‘गुन्डाको पार्टीसार्टी हेरिँदैन : गृहमन्त्री

‘गुन्डाको पार्टीसार्टी हेरिँदैन : गृहमन्त्री

गुन्डा नियन्त्रण अभियान कहाँ पुगेको छ? मैले दिनहुँजसो शून्य सहनशीलताको मान्यताबमोजिम गुन्डागर्दी र दादागिरी नियन्त्रणको निर्देशन दिएको छु। त्यसअनुरूप प्रहरी सक्रियता पनि बढेको छ। अहिले त्यस्ता व्यक्तिहरूको भागाभाग चलेको छ। भेटिएसम्मका...

मेलिनाको 'कमब्याक'

मेलिनाको 'कमब्याक'

अभिनेत्री मेलिना मानन्धर अभिनयकर्ममा फर्किएकी छिन्। विवाहपश्चात् अभिनयलाई घटाउँदै लगेकी उनी छोरी जन्मिएपछि यस क्षेत्रबाट टाढिएकी थिइन्। फिल्म 'धम्मवती' मार्फत उनको पुनरागमन भएको हो। राज शाक्य निर्देशित 'धम्मवती'मा मेलिना भिक्षुणीको...

गिद्धेदृष्टिमा चेली

गिद्धेदृष्टिमा चेली

हरेक दिन अखबारमा भयानक र कहालीलाग्दा समाचार आउँछन्। कतै बाबुले छोरीको शरीरमाथि धावा बोलेको हुन्छ, कतै काकाले भतिजीको शिकार गरेको हुन्छ। दुई वर्षकी बालिकादेखि ६५ वर्षकी वृद्धासम्म बलात्कारको घानमा परेका...

पत्याउने कसले?

पत्याउने कसले?

अभिनेत्री महिमा सिलवाललाई चिन्नेले 'हट हिरोइन'कै रूपमा चिन्छन् किनभने उनलाई पर्दामा देख्नेले हट आइटम डान्सर र बोल्ड शहरिया युवतीका रूपमा देखेका छन्। त्यसैगरी गुगलमा उनको तस्बिर खोज्यो भने सर्ट्सका टाँक...

लुटेराको बकितम्

लुटेराको बकितम्

लुट्नु महानतम् कला हो। यसको जगेर्ना हुनुपर्छ। कलाको जगेर्ना नगर्ने देश असभ्य र जंगली हुन्छ।  लुट्न पाउनु मानव अधिकार हो। यसको रक्षा हुनुपर्छ। मानव अधिकारको रक्षा नहुने देश बर्बर र...

ठमेलः इमेज खराब छ

ठमेलः इमेज खराब छ

हो, ठमेलको छवि खराब भइरहेको छ। साँझ पर्नेबित्तिकै यसको ढोकै अगाडि तेस्रोलिंगीहरू कटाक्ष र नखरा गरिरहेका हुन्छन्। मसाज सेन्टरका बोर्ड फेरिएका छन्, धन्दा कायमै छ। डान्सबारका गोप्य कोठामा रासलीला चलिरहेकै...