Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

शुक्रबार

'म योद्धा हुँ, योद्धा'

  • बिहीबार ३ असोज, २०७०
  • मनीषा कोइराला
  • DISQUS_COMMENTS
(0 votes)
'म योद्धा हुँ, योद्धा'
क्यान्सरसँग लड्न सक्षम भएँ म। त्यसैले अहिले नयाँ जीवन बाँचिरहेकी छु। मलाई पाठेघरको क्यान्सर भएको थियो। अस्पतालको बेडमा मैले लामो समय बिताएँ। त्यतिबेला मैले जीवन र मृत्युलाई धेरै नजिकबाट नियाल्ने र बुझ्ने मौका पाएँ। मैले हरेस खाइनँ। सबैको सहयोग र आफ्नो आत्मबलले म क्यान्सरमाथि विजय पाउन सफल भएँ। अब म क्यान्सरविरुद्धको अभियानमा लाग्नेछु र भन्नेछु– 'क्यान्सर आफैँमा ठूलो रोग होइन।'
धेरै मानिसमा क्यान्सर भन्नेबित्तिकै मृत्युको भय प्रकट भइहाल्छ। म यो भ्रम चिर्न चाहन्छु। समयमै उपचार गरे क्यान्सर निको हुन्छ भन्ने सत्य फैलाउनेछु। क्यान्सरसँग लडेर विजयस्वरूप जीवन पाएकी छु। धेरैले मलाई 'क्यान्सर सरभाइभर' भन्छन्। तर, मलाई यसो भनेको मन पर्दैन। म त क्यान्सर क्रुसेडर हुँ। अर्थात्, म क्यान्सरसँग लडेकी योद्धा हुँ। 
यति बेला क्यान्सरसँगको युद्धमा विजयी भएर म तपाईंहरूमाझ आएकी छु। मेरो आत्मबल, परिवार तथा साथीभाइका सहयोग र चिकित्सकहरूको मेहनतले मेरो मन सदा बलियो रह्यो। क्यान्सरमाथि विजय प्राप्त गर्न दृढ थिएँ म। र, अन्ततः सफल पनि भएँ। मैले मृत्युलाई जितेँ। 
अहिले म बाहिरबाट हेर्दा स्वस्थ देखिन्छु तर पनि शरीरका भित्री भाग अझै बलिया भइसकेका छैनन्। त्यसकारण मलाई अझै पाँच–सात महिना आरामको आवश्यकता छ। यो समयमा मैले आफ्नो स्वास्थ्यप्रति बढी ध्यान दिनुपर्छ। अहिले मेरो दैनिकी पनि धेरै फेरिएको छ। बिहान उठ्नेबित्तिकै ध्यान गर्छु। बुवासँग मर्निङ वाकमा जान्छु। योग गर्छु, प्राणायाम गर्छु।
क्यान्सरमात्र होइन, धेरै रोग अस्वस्थ जीवनशैली र जथाभावी खानपानका कारण हुने गर्छन्। राम्रो रहनसहन भएका मानिस निरोगी हुन्छन् भन्ने कुरा आयुर्वेदमा पनि उल्लेखित छ। अहिले मैले आफ्नो खानपानमा पनि परिवर्तन गरेकी छु। अर्ग्यानिक खानेकुरा खान थालेकी छु। मेरो परिवारै यो अभियानमा लागेको छ। पहिला–पहिला खानेकुरामा अहिलेको जस्तो विषादि राखेको हुँदैनथ्यो। साह्रै स्वस्थकर हुन्थे खानेकुरा। त्यही भएर बुढापाका पनि स्वस्थ हुन्थे। तर, आजभोलि खानेकुरा नै रोगका घर भएका छन्। 
युवा पुस्ता म्याक डोनाल्ड, पिज्जा हट, कोका कोलालगायत खानेकुरामा भुल्ने गरेका छन्। तर, यी सबैले स्वास्थ्यलाई हानि पुर्या उँछन्। यो सत्य हो। मानिसहरूलाई म जीवनशैली र खानपान स्वस्थ बनाउन सुझाव दिन्छु।
क्यान्सरले मलाई धेरै कुरा सिकायो। त्यही भएर चेतना जगाउने काम गर्न खोजिरहेको छु। समाजप्रति उत्तरदायी भएर काम गर्नेछु। सबैलाई सकारात्मक सोच र विनिङ एट्टिट्युड राख्न आग्रह गर्नेछु। 
(विख्यात अभिनेत्री तथा 'क्यान्सर क्रुसेडर' मनीषा कोइरालाले एक कार्यक्रममा दिएको स्पिचको सम्पादित अंश)
प्रस्तुतिः प्रवीण ढकाल

सदाका लागि 'रिटायर्ड हर्ट'

त्यो दिन त्यसको अनुहार हेर्नलायक थियो। अनुहारमा कुनै चमक थिएन। त्यसको गोरो अनुहारमा अस्ताउनै लागेको घामको एक झिल्को पर्दा रगत चुहिएलाजस्तो देखिन्थ्यो। ऊ रंगशालाको उत्तरपट्टिको तल्लो सिँढीमा बसेर आँखाहरूलाई आवेशपूर्वक...

'दर्शकको दयाले फिल्म चल्दैन'

नेपाली फिल्मको इतिहासमा 'लुट' महत्वपूर्ण दस्तावेज हो। यस फिल्मका निर्देशक निश्चल बस्नेतको पाँच वर्षअघिसम्म फिल्म क्षेत्रसँग कुनै सरोकार थिएन। मनोरञ्जनका लागि विश्वभरिका फिल्म हेर्थे। बरु उनी फुटबलर, गायक बन्न चाहन्थे।...

'प्रेम जीवन जिउने आधार हो र मुटु रेट्ने तरबार पनि'

'प्रेम जीवन जिउने आधार हो र मुटु रेट्ने तरबार पनि'

गत साता शुक्रबारले फेसबुकमा सोधेको थियो- के हो प्रेम? भनेर। यसबारे धेरैले प्रतिक्रियासमेत दिए। त्यही फेसबुक प्रतिक्रिया शुक्रबारमा प्रकाशित गरिएको छ। हेर्नुस् केहीका प्रतिक्रिया:

सुन्दर ओठका लागि

सुन्दर ओठका लागि

महिलाको सौन्दर्यमा ओठको ठूलो भूमिका हुन्छ। अनुहारको अरू भागमा जस्तै ओठमा पनि पर्याप्त ध्यान दिनुपर्छ। फुटेको, छाला निस्केको र कालो भएको ओठले तपाईंको सौन्दर्यप्रति उदासीनतालाई जनाउँछन्।

स्मिताको 'रोमान्स'

स्मिताको 'रोमान्स'

श्रीमान् विदेश गएपछि त्यही कमाइमा उनीहरूका श्रीमती मस्ती गर्छन् भनिन्छ। ठूलो युवा जमात् विदेशमा रहेको हाम्रा समाजमा बेलाबखत यस्ता घटना पनि सार्वजनिक हुन्छन्। तीमध्ये कति रहरले त्यस्तो गर्छन् भने कति...

रञ्जिताको स्टन्ट

रञ्जिताको स्टन्ट

आर्षक जिउडालकी धनी छिन्, रञ्जिता लिम्बू। यसअघि राजेश पायल राईलगायत अन्य चर्चित गायक–गायिकाका म्युजिक भिडियोमा कम्मर मर्काउँदै आएकी रञ्जिता अहिले भने फिचर फिल्ममा व्यस्त छिन्। पछिल्लो समय नेपाली फिल्म 'बिग...

आत्मसमर्पणवादी 'कलिउड'

आत्मसमर्पणवादी 'कलिउड'

कुनै मान्छे, ठाउँ वा चिजको नाम जुराउन 'कुण्डली' केलाइन्छ। मौलिक पहिचान उजागर गर्ने र तर्कसंगत लाग्ने नाम नै रोजिन्छ। तर, नेपाली फिल्मलाई चिनाउन अनौपचारिक रूपमा प्रयोग गरिने शब्द 'कलिउड'ले न...

कैँचीको टक्कर

केही दिनअघि मात्रै चलचित्र जाँचपास समितिले फिल्म 'नतिजा'को सेन्सर रोकिदियो। फिल्ममा हट दृश्य राखिएको भन्दै ती हटाएपछि मात्रै सेन्सर गर्ने अडान राख्यो। सेन्सर बोर्डले आफ्नो फिल्मका मुख्य दृश्यमा कैँची चलाएको...