Sunday 25 Shrawn, 2077 | August 09, 2020
Menu

शुक्रबार

रेखामाथि राजनीति

(1 Vote)
रेखामाथि राजनीति
रेखा थापा बाठी फिल्मकर्मी हुन्। फिल्म क्षेत्रमा आफूलाई चर्चामा राख्न र अघि बढ्न अनेक नीति अख्तियार गर्ने खुबी छ उनमा। केही समयअघि एमाओवादी नेता प्रचण्डसँग नाच्नुका साथै उनले तत्कालीन वाइसियल प्रमुख चन्द्रबहादुर थापा सागरलाई भाइटीका लगाएकी थिइन्। यसले उनलाई खसोखास एमाओवादी पक्षीय फिल्मकर्मी बनाएको थियो।
संविधान सभाको चुनावको तातो लागिरहेका बेला सभासद्का लागि कलाकर्मीमध्ये पहिलो पटक उनकै नाम चर्चामा आएको थियो। उनले पनि अब राजनीति गर्ने बताइसकेकी थिइन्। तरयतिबेला भने उल्टै रेखामाथि पो राजनीति भएको छ त। किनभनेभावी सभासद्का लागि एक दर्जन कलाकर्मीको नाम सिफारिस गरिसकेको एमाओवादीले रेखालाई चाहिँ बिर्सिएको छ। कलाकर्मीहरू मौसमी मल्लगणेश भण्डारीराजेन्द्र खड्गीकेपी पाठकशिवजी लामिछानेउदय सुब्बादीपक श्रेष्ठविजय बस्नेतराजु केसी लक्ष्मण शेषचेतन सापकोटा र धीरेन्द्र प्रेमर्षी भावी सभासद्का सूचीमा अटाएका छन्।  उसो त रेखाको पनि बोली फेरिएको छ, 'नहुने चुनावको उम्मेदवार किन बन्नु?' यो रेखाको 'दूरदर्शिताहो कि पार्टीले विश्वास नगरेको द्वेषधेरैले बुझेका कुरामा हामी किन्न जान्ने पल्टिनु?
लाजले लाल–लाल

लाजले लाल–लाल

प्रियंका कार्की अहिलेकी व्यस्त अभिनेत्री हुन्। उनले अभिनय गरेको फिल्म 'झोले' अर्को साता रिलिज हुँदै छ। सोही फिल्ममा दयाहाङ राईसँग प्रेमगीतमा गरेको अभिनयले चर्चा पाइरहेको छ। भ्यालेन्टाइन्स डेको अवसरमा उनले...

जेलको चिसो छिँडी रुङ्नेहरू

जेलको चिसो छिँडी रुङ्नेहरू

राप्कोट, स्याङ्जाका राजकुमार काफ्ले महिलासँग अनैतिक सम्बन्ध राखेको अभियोगमा अहिले साउदीको अरेबियाको मलाजस्थी जेलमा छन्। वैदेशिक रोजगारीका लागि साउदी पुगेका उनलाई महिलाहरूसँग अनैतिक सम्बन्ध राखेको अभियोगमा साउदी प्रहरील पक्राउ गरेको...

नारीसँगै नारिएर तीज मनाउँछौँ हामी

नारीसँगै नारिएर तीज मनाउँछौँ हामी

''तीज आयो भन्छिन्, पत्नी पैसा गन्छिन् मै अभागी जोइटिङ्ग्रे कसको चोर्न जाऊँ?” तीज मनाउने पालो पर्खिरहेका एक हूल भट्टीभक्त पुरुषहरू ताली बजाउँदै यस्तै गाएर बसिरहेका थिए। बिसुरमा एउटाले भन्यो– 'उहिले–उहिले...

हतियार खोइ?

हतियार खोइ?

फिल्मकर्मीले हिरोइनलाई फिल्म प्रचारको मुख्य 'हतियार' मान्छन्। ब्लेड बेच्न पनि महिला चाहिने युगमा फिल्म बेच्नका लागि हिरोइनको भूमिका महत्वपूर्ण हुने कुरा स्वाभाविकै हो। तर, फिल्म 'प्रोड्युसर'लाई भने प्रचारकै समयमा हिरोइन...

दिनमा कुमार रातमा कुमारी

दिनमा कुमार रातमा कुमारी

अहिले देशमा सबै पहिचानको खोजीमा छन्। पहिचानको राजनीति पनि सुरु भइसकेको छ। तेस्रोलिंगी समुदाय पनि पहिचानको खोजीमा छ। शिक्षा, अवसर, रोजगारी, सम्मानपूर्वक बाँच्न पाउने अधिकारजस्ता सारा चिजबाट वञ्चित छ यो...

सेक्सका लागि प्रेमको नाटक गर्छन्

सेक्सका लागि प्रेमको नाटक गर्छन्

तपाइँको विचारमा सेक्स के हो? सेक्स प्रकृतिको बरदान हो। मानवीय जीवनको आवश्यकता हो।

'यौनप्यासी' सुमिना

'यौनप्यासी' सुमिना

फिल्म 'दुलही'मा घुम्टो ओढेर फिल्म क्षेत्रमा भित्रिएकी सुमिना घिमिरेको पहिरन उतार्ने क्रम जारी छ। यसअघि फिल्म 'नाइन ओ क्लक'मा बोल्ड रूपमा प्रस्तुत भएकी उनी फिल्म 'लभ फरेभर' मा झन् बोल्ड...

सीधा–सादा तीजका पक्षमा

सीधा–सादा तीजका पक्षमा

विशेषगरी महिलासित सम्बद्ध भएको चाड तीज मनाउँदा महिलाले बढी तामझाम र तडकभडक गरेर तीजलाई तन्काउन र तताउन खोज्नु राम्रो होइन। चाडको महŒव र सामाजिक अवस्थातिर ध्यान नदिई अन्धाधुन्ध मनाइएको तीजले...