24 Jestha, 2077 | June 06, 2020
Menu

शुक्रबार

बहिष्कार गर्न पाइन्छ, बिथोल्न पाइँदैन

(0 votes)
मंसिर ४ गतेका लागि तोकिएको संविधानसभा निर्वाचनमा नेकपा–माओवादीलाई सहभागी गराउने प्रयास विफल भएको छ। उच्चस्तरीय राजनीतिक समितिसँग भएका वार्ता र संवादका क्रममा कहिले सहमति भइहाले जस्तो हुने र केही घण्टामा कुरा बिग्रिहाल्ने निरन्तरतालाई चिर्दै राष्ट्रपति डा. रामवरण यादवकै 'इनिसिएसन'मा सबै दल सहभागी छलफलमा पनि कुरा नमिलेपछि माओवादीलाई बाहिरै राखेर निर्वाचनको अन्तिम तयारी थालिएको छ।

फेरि एकपटक बाधा–अडकाउ फुकाउ धारा लगाएर निर्वाचनलाई बाधा गर्न सक्ने कानुन संशोधन गरिएको छ। निर्वाचनमा जान राजी भएका दलहरू उम्मेदवारको नाम छनोटमा व्यस्त देखिएका छन्। राजधानीका गेस्टहाउस संविधानसभा निर्वाचनका आकांक्षीहरूले भरिएका छन्। टिकटका लागि सबै पार्टीका शीर्षस्थ नेताहरूको दैलोमा भीड लागेको छ। राजधानीमा बस्ने ठूला नेतालाई निर्वाचनको चटारोले त्यति नछोए पनि जिल्ला तहका नेता तथा कार्यकर्तामा निर्वाचनलाई लिएर सरगर्मी बढेको छ। अघिल्लो संविधानसभाको विफलता र गैरदलीय सरकारबाट शासित हुनुपर्ने परिस्थितिबाट मुक्त हुन खोजिरहेका जनता कुनै पनि हालतमा मतदानबाट चुनिएर आएका प्रतिनिधिमार्फत शासित हुन खोजिरहेका छन्। वैद्यहरूले भनेजस्तो यो निर्वाचन विदेशीको 'डिजाइन'मा हुन लागेको र यसले राष्ट्रिय स्वाधीनता ध्वस्त पार्छ भन्ने तर्कसँग जनता विश्वस्त हुन सकिरहेका छैनन्। निर्वाचन भनेको जनताको अभिमत प्रकट हुने उपयुक्त विधि हो। जनतालाई शक्तिशाली बनाउने विधिहरूमा आन्दोलन र निर्वाचनको उत्तिकै महŒवपूर्ण भूमिका हुन्छ। जनताको शक्ति स्थापित गर्ने सर्वोत्तम विधि भनेको निर्वाचन हो। त्यसैले पनि निर्वाचनको विपक्षमा उभिँदा लोकप्रिय हुन निकै गाह्रो हुन्छ। 


मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले निर्वाचनका लागि जे–जस्ता सर्त अघि सारेको थियो, ती सर्त पूरा गर्दा आइपर्ने प्राविधिक कठिनाइका बारेमा उनीहरू गम्भीर देखिनन्। वार्ताका क्रममा वैद्यहरूले उठाएका कुनै पनि माग पूरा नभएपछि निर्वाचनमा आउन नपाएको तर्क गर्न थालिएको छ। केही हदसम्म उनीहरूको तर्क पनि जायज होला। तर, निर्वाचनको संघारमा आएर वर्तमान सरकारको बहिर्गमन, निर्वाचनको मिति चैतमा पुर्यााउने, प्रधानन्यायाधीश पदबाट खिलराज रेग्मीको राजीनामा लगायत माग पूरा गर्न थाल्ने हो भने देश झनै अन्योलमा फस्ने पक्का थियो। खिलराज रेग्मी प्रधानन्यायाधीश भएकै कारण उनले निष्पक्ष निर्वाचन गराउन सक्छन् भनेर अन्तरिम मन्त्री परिषद्का अध्यक्ष बन्ने मौका पाएका हुन्।

उनको यो पद न यो देशको शासन पद्धतिले कल्पना गरेको पद हो, न त संविधानले चिनेको पद हो। दलको नेतृत्वमा सरकार गठन गर्ने प्रयास कसैगरी सफल नभएपछि यो उपाय अपनाइएको हो। खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्ने दलहरूको निर्णयलाई कसैगरी जायज मान्न सकिन्न। तर, परिस्थिति जुन स्तरमा पुगेको छ, त्यसबाट पछि फर्किंदा झनै कठिनाइ हुने भएकाले मंसिर ४ को मितिलाई केही पर धकेलेर भए पनि वैद्यहरू निर्वाचनमा सहभागी हुने वातावरण बनेको भए त्यसबाट जनता उत्साहित हुने थिए। अब वैद्यहरूले सजिलै जनविद्रोहको पक्षमा जनताको समर्थन जुटाउन सक्दैनन्। उनीहरूले केही दिनअघि गरेको उपत्यका तथा ताम्सालिङ बन्दको क्रममा जनताबाट प्रतिकार भएको थियो। बन्दको अवज्ञा गरेको भन्दै यात्रुसहितको बसमा गरेको आगजनीलाई लिएर जनताले व्यक्त गरेको आक्रोशले वैद्यहरूलाई निर्वाचनको विपक्षमा झन्डा बोकेर जनताको घरदैलो चहार्न निकै कठिन हुनेछ। मतदान गर्न आतुर जनतालाई पाता कस्न खोज्ने वैद्यहरूविरुद्ध नै जनता उत्रिन थालेभने उनीहरूले कसरी प्रतिकार गर्लान्? जनताको 'सेन्टिमेन्ट'सँग जोडिने निर्वाचनमै फरक ढंगले राजनीति गर्न खोज्ने वैद्यहरूको रणनीति उनीहरूकै लागि प्रत्युत्पादक हुनसक्छ। 


निर्वाचनबाट 'स्केप' हुने वैद्यहरूको चालबाजी उनीहरूका लागि 'पोलिटिकल सुसाइड' मा परिणत हुन बेर लाग्दैन। निर्वाचन बहिष्कार भनेर उनीहरू शान्तिपूर्ण ढंगले बसे भने त ठीकै हो। प्रतिकार गर्ने र बिथोल्ने भन्दै मैदानमा उत्रिन थाल्ने हो देशमा रक्तपात मच्चिन सक्छ। जनताले विनासित्ति सास्ती पाउँछन्। निर्वाचनका पक्षधर र विरोधीको बीचमा दोहोरो भिडन्त हुने अवस्था बन्यो भने यसले निर्वाचनमा जनताको सहभागितालाई घटाउँछ। जनताले शान्तिपूर्ण र भयरहित वातावरणमा अभिमत प्रकट गर्न पाएनन् भने जनताको असली ताकत देखिनेछैन। जनता कमजोर साबित भए भने लोकतन्त्र पनि बलियो हुँदैन।

कमजोर लोकतन्त्रमा वैद्यहरू पनि स्वतः निम्छरा हुँदै जानेछन्। संविधान बनाउने प्रयोजनका लागि हुन लागेको यो निर्वाचनमा सबै पक्षको सहभागिता जरुरी छ। अघिल्लो संविधानसभाको विफलताबाट पाठ सिकेर यो संविधानसभाबाट जनताले चाहेको संविधान बनाउने दिशामा दलहरू लाग्दा नै जनताले सुविस्ता पाउने थिए। संविधान बनाउने प्रक्रियामा एउटा महत्वपूर्ण शक्ति बाहिर बस्ने, निर्वाचन बिथोल्न लाठीमुंग्री गर्ने परिस्थिति बन्नु निश्चय पनि चुनौतीपूर्ण अवस्था हो। अबका केही दिनमा निर्वाचनका लागि उम्मेदवारहरू खडा भइसकेका हुनेछन्। नजिक आइरहेको दसैँ पनि निर्वाचन र विभिन्न दलका उम्मेदवारहरूको जोडघटाउ गरेरै बित्नेछ। नेकपा–माओवादीले आन्दोलनमा हिंसाको मात्रा देखिने अवस्था बन्यो भने त्यसले उनीहरूलाई जनताबाट झनै टाढा पुर्यानउनेछ। उनीहरूले जनताको नैसर्गिक अधिकारलाई कुण्ठित गर्ने दुष्प्रयास नगर्दा नै उनीहरूको कल्याण हुनेछ।

निर्वाचनमा भाग लिन्न भन्ने उनीहरूको अधिकारलाई कसैले हनन् गर्न सक्दैन। तर, निर्वाचन बिथोल्ने हर्कत गर्ने छुट पनि उनीहरूलाई छैन। अझै बाँकी केही दिनमा वैद्यहरू निर्वाचनका लागि सहयोगी बनेर देखापरून्। सरकार तथा निर्वाचनमा होमिएका दलहरूले कानुनको आडभन्दा पनि व्यावहारिक पाटोबाट वैद्यहरूको कठिनाइ बुझ्ने कोसिस गरून्। गैरदलीय सरकारले गणतन्त्र हाँक्ने जस्तो लज्जास्पद चरणबाट देशलाई मुक्ति दिलाउन निर्वाचनको उपयोग गर्न सबै तत्पर हुनुपर्छ। दोस्रो संविधानसभा निर्वाचनपछि देशमा रामराज्य सुरु भइहाल्छ भनेर यसको पैरवी गरिएको होइन। यो निर्वाचनले जनताको हातबाट पूर्वप्रशासकहरूको हातमा पुगेको सत्ता जनतामा फर्किने वातावरण भने अवश्य सिर्जना गर्नेछ।

किचकिचे घरभेटी, घामड डेरावाल

किचकिचे घरभेटी, घामड डेरावाल

देशका सबै भागबाट एउटा–एउटा सपना बोकी असंख्य मान्छे काठमाडौँ आएका छन्। साँघुरिँदै गएको काठमाडौँमा साँघुरो कोठामा असुविधाजनक जीवन बाँचिरहेका डेरावालहरू लाखौँ छन्। घरभेटी र डेरावालको सम्बन्ध सदा द्वन्द्वग्रस्त रहिआएको छ।...

स्मिताको 'रोमान्स'

स्मिताको 'रोमान्स'

श्रीमान् विदेश गएपछि त्यही कमाइमा उनीहरूका श्रीमती मस्ती गर्छन् भनिन्छ। ठूलो युवा जमात् विदेशमा रहेको हाम्रा समाजमा बेलाबखत यस्ता घटना पनि सार्वजनिक हुन्छन्। तीमध्ये कति रहरले त्यस्तो गर्छन् भने कति...

उदासीन मतदाता र लोकतन्त्रको स्वास्थ्य

लोकतान्त्रिक पद्धति सुदृढ र बलियो हुनाका लागि अद्यावधिक निर्वाचन र त्यस निर्वाचनमा जनताको स्वतः स्फूर्त सहभागिता हुनु जरुरी हुन्छ। स्वच्छ र भयरहित निर्वाचनमा जति धेरै मतदाता सहभागी हुन्छन्, त्यही अनुपातमा...

आफ्नैसँग पर–पर

आफ्नैसँग पर–पर

छोराछोरीको गुनासो छ– बाउआमा कुरा बुझ्दैनन्। बाउआमाको दुखेसो छ– छोराछोरी टेर्दैनन्। यसै पनि दुई पुस्ताका बीच थुप्रै भिन्नता हुन्छन्। उनीहरूको लवाइखवाइ मिल्दैन, विचार मिल्दैन, मनोविज्ञान मिल्दैन र जिउने तरिका मिल्दैन।...

ढँटुवी सुमिना

ढँटुवी सुमिना

पछिल्लो समय राम्रै चम्केकी अभिनेत्री सुमिना घिमिरेको चमक आफ्नै कारणले मधुरो हुँदै गइरहेको छ। केही समयअघि मात्रै पत्रकारलाई अश्लील गाली गरेर विवादमा आएकी उनी  यतिबेला झुट बोल्ने हिरोइनका रूपमा चिनिएकी...

गजबकी शीला

गजबकी शीला

उमेर उकालो लाग्दै गए पनि जाँगरमा कमी नआएको देखाइदिएकी छिन्, अभिनेत्री प्रिया रिजालले। एनबी महर्जनले निर्देशन गरेको फिल्म 'सकस'मा उनले आइटम नम्बरमा ठुम्का लगाएकी छिन्। छोटो पहिरन लगाएर उत्तेजक भंगीमा...

पार्वतीको तपस्या

पार्वतीको तपस्या

नयाँ वर्षको सुरुवाती समय भएकाले सबैले आफ्ना योजना र संकल्प सुनाउन थालेका छन्। लोकदोहोरी गीतमा नृत्यांगनाका रूपमा एकछत्र राज गरिरहेकी पार्वती राईले पनि नयाँ वर्षमा केही नयाँ काम गर्ने योजना...

कोइरालाको कठिन परीक्षा

कोइरालाको कठिन परीक्षा

अघिल्लो संविधानसभा निर्वाचनको विफलताबाट दलहरूले पक्कै केही सिकेका होलान् भन्ने जनताको अनुमान फेल खाएको छ। दोस्रो संविधानसभा निर्वाचनपछि दलहरूको बीचमा जुन ढंगको बहस प्रारम्भ भएको छ, यसबाट जनता उत्साही होइन,...