24 Jestha, 2077 | June 06, 2020
Menu

शुक्रबार

बन्दीपुरमा नृत्यमग्न पर्यटक

  • शुक्रबार २० बैशाख, २०७०
  • समुद्र पौडेल
  • DISQUS_COMMENTS
(1 Vote)
बन्दीपुरमा नृत्यमग्न पर्यटक
शुक्रवार साँझ पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकहरूले जमेर नाचे। अमेरिका, बेलायत, बेल्जियम, जापानलगायतका विश्वका ६२ भन्दा बढी देशका पर्यटक एकैठाउँमा जम्मा भएर नाचे। यो रमाइलो चार दिनसम्म चलेको थियो। 


युनिभर्सल रिलिजन बन्दीपुर म्युजिक फेस्टिभलमा शुक्रवार साँझ ५ बजे संगीतको धुन सुुरु भएपछि पर्यटकहरू रमाउँदै नाच्न थालेका थिए। कोही नाच्दै थिएकोही हातमा बियर बोकेर डुल्दै थिए। 

नाच्न पाएकामा भारतका सुबोधकुमार सिंघा र उनकी श्रमिती सराभी सिंघाले रमाइलो अनुभूति गरिरहेका थिए। सराभीले भनिन्, 'बन्दीपुर स्वर्गभन्दा कम छैन। अहिले हामी स्वर्गमै छौँ भन्ने अनुभव गरिरहेका छौं। एउटै थलोमा विभिन्न देशका संगीतको मजा लिन पाइएको छ।

नेपाल भ्रमण गर्न साथीहरूसँग एक महिनाअघि नेपाल भित्रिएका आठ इजरायली नागरिक म्युजिक फेस्टिभलमा रमाए। सिल ओभाडिलले भनिन्, 'नेपाल घुम्न पनि पाइयोसंगीतमा झुम्न पनि पाइयो।

म्युजिक फेस्टिभल पर्यटन प्रवर्द्धनको राम्रो माध्यम भएको आयोजक मध्येका एक सन्तोष गोचरले बताए। 'करिब सात सय पर्यटक भिœयाउने योजना बनाएर कार्यक्रमको आयोजना गरेका थियौँ,’ उनले भने, 'पहिलो दिनमै एक हजारभन्दा बढी पर्यटक सहभागी भएका छन्।
मोडल भनेको मनपर्दैन

मोडल भनेको मनपर्दैन

शिवांगिनी राणालाई मोडल भनेको मन पर्दैन। उनको आफ्नै तर्क छ। भारतीय टेलिभिजन च्यानल एमटिभीको चर्चित कार्यक्रम 'एमटिभी रियालिटी स्टार'मा अभिनय देखाएरै टप फाइभमा परेको दाबी गर्ने उनी आफूलाई अभिनेत्री भनिदिए...

आफ्नैसँग पर–पर

आफ्नैसँग पर–पर

छोराछोरीको गुनासो छ– बाउआमा कुरा बुझ्दैनन्। बाउआमाको दुखेसो छ– छोराछोरी टेर्दैनन्। यसै पनि दुई पुस्ताका बीच थुप्रै भिन्नता हुन्छन्। उनीहरूको लवाइखवाइ मिल्दैन, विचार मिल्दैन, मनोविज्ञान मिल्दैन र जिउने तरिका मिल्दैन।...

रेखामाथि राजनीति

रेखामाथि राजनीति

रेखा थापा बाठी फिल्मकर्मी हुन्। फिल्म क्षेत्रमा आफूलाई चर्चामा राख्न र अघि बढ्न अनेक नीति अख्तियार गर्ने खुबी छ उनमा। केही समयअघि एमाओवादी नेता प्रचण्डसँग नाच्नुका साथै उनले तत्कालीन वाइसियल...

पोखरामा 'लभ एन्ड लस्ट'

काठमाडौँको सुन्धारामा मुख्य आउटलेट रहेको 'लभ एन्ड लस्ट'ले पोखराको लेकसाइडमा पनि नयाँ आउटलेट खोलेको छ। 'लभ एन्ड लस्ट' सेक्स टोय बिक्री गर्ने नेपाली कम्पनी हो। विश्वबजारमा पाइने विभिन्न भेराइटीका कृत्रिम...

एसएलसीको भूत

एसएलसीको भूत

फलामे ढोका भनिने एसएलसी परीक्षा नजिकिँदै जाँदा टेक्सस स्कुलकी पेमा याङ्छेन शेर्पा अन्तिम तयारीमा जुटेकी छिन्। दिनभरिको स्कुल समयबाहेक बिहानसाँझ गरेर छ घण्टा 'एक्स्ट्रा क्लास' छ उनको। 'स्कुलमा ‘राम्रो गर्नुपर्छ...

दामी 'फ्युजन'

दामी 'फ्युजन'

फेशनको स्वरूप दिनानुदिन बदलिँदै छ। 'जे सुहाउँछ, त्यही लगाउने' युवाहरूको फेशन स्टेटमेन्ट बन्दै गएको छ। अर्थात्, तपाईंलाई जुन पहिरन जस्तो म्याचिङसँग राम्रो लाग्छ, त्यही लगाउने। त्यही नै फेशन हो। र,...

'आमा'को बेस्वादे आइटम

आधा दर्जन फिल्ममा अभिनय गरिसके पनि रागिनी खड्गी चम्किन सकेकी छैनन्। यसअघि आफू नचम्किनुको कारण क्षमता देखाउन सक्ने भूमिका नदिएको गुनासो गर्थिन्। रागिनीले अभिनय गरेको अर्को फिल्म 'नथिङ इम्पोसिबल'को एउटा...

'टिमवर्क' हाम्रो शक्ति

शुक्रवारका आर्किटेक्ट एवम् संस्थापक प्रधान सम्पादक किशोर नेपालले अघिल्लो वर्ष राजीनामा दिएपछि हामी शुक्रवारकर्मीले एक खालको एक्लोपन महसुस गरेका थियौँ। हामीले केही 'मिस' गरिरहेको अनुभव गरेका थियौँ। अहिले पनि हामी...