Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

बेहुली भतेरजस्तो टिकट वितरण

  • बिहीबार १७ असोज, २०७०
  • शुक्रवार
  • DISQUS_COMMENTS
(0 votes)
मंसिर ४ का लागि तोकिएको संविधानसभा निर्वाचनमा मतदान गर्न पाइँदैन कि भन्ने आशंका करिब– करिब हटेको छ। वैद्य नेतृत्वको ३३ दलीय मोर्चा निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने दोधारमा रहेकै बेला निर्वाचनको कार्यक्रम तीव्र गतिमा अघि बढेको छ। वैद्यहरूलाई कुर्नुपर्छ भन्ने झिनो मत संविधानसभा तयारीमा आएको तीव्रतासँगै ओझेलमा परेको छ।
संविधानसभा निर्वाचनमा प्रतिस्पर्धाका लागि सबै दलका नेताले आआफ्ना दलभित्र गरेको घम्साघम्सीले निर्वाचनको महŒव स्थापित गर्न सहयोग पुर्‍याउँछ। जनताका लागि राजनीति गर्छु भन्नेहरू जनतामा जान प्रतिस्पर्धा गर्नु निश्चय नै सकारात्मक कुरा हो। तर, पार्टीले टिकट वितरणका बेला जनप्रियभन्दा कुस्त पैसा भएका या चाकरीबाजलाई महŒव दिएको भन्दै चर्को असन्तोष देखिएको छ। संविधान बनाउने प्रयोजनका लागि हुन लागेको निर्वाचन विवादरहित हुँदा नै यसको 'स्ट्रेन्थ' देखिने हो। निर्वाचनको बहिष्कार गर्ने उद्घोष गरेकाले यसलाई 'संविधानसभाको कथित निर्वाचन' भनेका छन्। त्यसैले यो निर्वाचनलाई 'कथित' हुनबाट जोगाउन सकिएन भने फेरि पनि देशमा संविधान बन्नेछैन। त्यसपछि लोकतान्त्रिक मूल्य र पद्धतिलाई बलियो बनाउने विधि निर्वाचनबारे नकारात्मक धारणा बढ्नेछ। निर्वाचन हुने सुनिश्चिततालाई लिएर जुन उत्साह देखिएको छ, त्यसलाई व्यवहारमा परिणत गर्न, यसलाई मर्यादित बनाउन पनि उत्तिकै जरुरी छ। पार्टीमा लागेका सबैले निर्वाचन लड्न पाउँछन् भन्ने होइन। तर, जनताको माझमा जाने व्यक्ति पक्कै पनि जनताले रुचाएको हुनुपर्छ। निर्वाचित भएर आएपछि आफ्नो भूमिका निर्वाह गर्न सक्ने व्यक्ति हुनुपर्छ।

दलहरूले यसपटक पनि टिकट वितरणमा लोकप्रियभन्दा पनि नेताको आँखामा चढेका आफ्ना मान्छेलाई समेट्ने कोसिस गरेको देखियो। नेपाली कांग्रेसमा टिकट पाउनेमा अधिकांश पुरानै अनुहारको बाहुल्य छ। उम्मेदवारको नाम छनोट गर्ने संसदीय बोर्डमा रहेकाले आआफ्नो भाग खोजेपछि कांग्रेसले तय गरेको उम्मेदवारमा पटक पटक 'टिपेक्स' लगाउनुपरेको थियो। देउवा र कोइराला खेमा बाँडिएको कांग्रेस टिकट वितरणमा संसदीय बोर्डका सदस्य तहसम्म विभाजित हुन पुगेको थियो। आसन्न संविधानसभामा कांग्रेसका लागि यो नै सबैभन्दा ठूलो चुनौती हुने देखिन्छ। धादिङ१ मा उम्मेदवारको टुंगो लागिसकेपछि अन्तिम समयमा फणिकान्त छतकुलीको नाममा टिपेक्स लगाएर तिलक रुवालीलाई टिकट दिइएको थियो। रुवाली डा. रामशरण महतको घरमा २४ घण्टा पहरा दिएर बस्ने महतका बफादार व्यक्ति भएको बताइन्छ। घर कुरेको पुरस्कारस्वरूप उनले टिकट पाएको आरोप कांग्रेसका नेताहरूले लगाएका छन्। रुवाली प्रतिनिधि पात्र हुन्। कांग्रेसभित्र यस्ता थुप्रै उम्मेदवार रहेका छन्, जो जनताको नजरमा भन्दा पनि नेताको नजरमा चढेकाले टिकट टप्काउन सफल भएका छन्। कांग्रेसले प्रत्यक्षतर्फ महिला उम्मेदवारको आवश्यक संख्या पुर्‍याउन नसकेर पनि अप्ठ्यारो व्यहोर्नुपर्‍यो। पुराना र नाम चलेका नेत्रीहरू प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्न आनाकानी गरेपछि कांग्रेसलाई महिला कोटा पुर्‍याउन हम्मेहम्मे परेको थियो। गगन थापा जस्ता 'पपुलर' युवा नेतालाई टिकट नदिन महामन्त्री प्रकाशमान सिंह नै चलखेलमा उत्रिनुले कांग्रेस आफूमा विभाजित भएर प्रस्तुत हुन लागेको प्रस्ट हुन्छ। यद्यपि, कांग्रेसले थापा, विश्वप्रकाश शर्मा, भूपेन्द्रजंग शाहीजस्ता युवालाई टिकट दिएर थोरै भए पनि नयाँ पुस्तालाई अगाडि बढाउने कोसिस गरेको छ। तर, कांग्रेसको टिकट वितरण बेहुली भतेरजस्तो देखिएको छ। कांग्रेसमा मात्र होइन, सबै दलमा यस्तो देखिएको छ।

एकीकृत नेकपा माओवादी भित्र पनि टिकट वितरणलाई लिएर चर्को असन्तुष्टि नभएको होइन। कतिपय जिल्लामा बागी उम्मेदवार खडा हुने अवस्था बनेको छ। नेकपा एमालेले पनि टिकट वितरणलाई विवादरहित बनाउन सकेको छैन। अघिल्लो संविधानसभा निर्वाचनमा जित्ने ३३ सभासद्मध्ये आधाभन्दा बढीले उम्मेदवारी पाएका छैनन्। एमालेले उम्मेदवार छनोट गर्दा नयाँलाई प्राथमिकता दिएको दाबी गरेको छ। तर, प्रत्यक्षतर्फ ठूलो संख्यामा युवा नेता आकांक्षी भए पनि विद्यार्थी राजनीति गरेका युवा नेताले एमालेमा टिकट पाएका छैनन्। टिकट वितरणमा सबै पार्टीभित्र एकैखालको समस्या देखिएको छनेताको खल्तीको मानिस रोजाइमा पर्ने तर पार्टीको तल्लो तहबाट सिफारिस भई आएको व्यक्ति फ्याँकिने।

जे भए पनि निर्वाचनका लागि दलहरूले उम्मेदवारको नाम टुंगो लगाएसँगै जनतामा मतदान गर्ने दिनको प्रतीक्षा सुरु हुन्छ। गाउँघरमा सुषुप्त अवस्थामा रहेको राजनीतिक महोल तात्नेछ। दलहरूले आआफ्नो प्रतिबद्धता जनतासमक्ष प्रस्तुत गर्नेछन्। यो निर्वाचनपछि पनि संविधान बन्दैन कि भन्ने आशंका हटाउनका लागि दलहरू 'क्लिएर' भएर अगाडि बढ्न जरुरी छ। शासकीय स्वरूप, संघीयताको मोडललगायत विवादित विषयमा कुन दलको धारणा के हो? त्यो घोषणापत्रमा समेटर जनतामा जाने हो भने जनतालाई मतदान गर्न सजिलो हुनेछ। एक हिसाबले विवादित विषयमा यो जनमतसंग्रह गरेजस्तो पनि हुन्छ। नेपालमा कति प्रदेश हुनुपर्छ? भन्ने प्रश्नको जवाफ सबै दलले आआफ्नो घोषणापत्रमा उल्लेख गर्ने हो भने जनताले प्रस्ट भएर भोट हाल्न पाउनेछन्। अघिल्लो संविधानसभाको विफलताबाट पाठ सिकेर थोरैमात्र संयमित र इमानदार भएर प्रस्तुत हुने हो भने जनताले विवकपूर्ण निर्णय दिनेछ।
श्रीजुको ग्ल्यामर भोक

श्रीजुको ग्ल्यामर भोक

पाटन, सुन्धाराकी श्रीजु नापित सफल मोडल बन्ने धुनमा छिन्। उनका घरपरिवार तथा टोलछिमेकमा कोही पनि यो पेशामा छैनन्। घरका अभिभावकले कति पटक उनलाई यतातिर नलाग्न सुझाव दिइसकेका छन्। तर, उनी...

चर्चामा मलिना

चर्चामा मलिना

मिस नेपालको उपाधि हासिल गर्ने मध्ये फिल्म क्षेत्रमा निकै कमले करिअर बनाएका छन्। पूर्व मिस नेपाल मलिना जोशी चाहिँ फिल्म क्षेत्रमै करिअर खोज्दै छिन्। यसअघि फिल्म 'कलिउड'मा एउटा गीतमा नाचेर...

हल म्यानेजरका मनोरञ्जन काइदा

हल म्यानेजरका मनोरञ्जन काइदा

मनोरञ्जन गर्न मानिसहरू फिल्म हल जान्छन्। हलमा मनोरञ्जनको चाँजोपाँजो मिलाइदिने म्यानेजरहरू चाहिँ कसरी मनोरञ्जन गर्दा हुन्?

प्रेममा पहिलो

प्रेममा पहिलो

पहिलो गुलाब : कक्षा १० मा पढ्दाखेरी पहिलो गुलाब पाएकी थिएँ। केटो मभन्दा जुनियर कलासको थियो। उसले गुलाबसहित प्रेमपत्र मेरो हातमा थमायो। अरू के के भन्यो, सुनिनँ। त्यो गुलाब र त्यो...

कोइरालाको कठिन परीक्षा

कोइरालाको कठिन परीक्षा

अघिल्लो संविधानसभा निर्वाचनको विफलताबाट दलहरूले पक्कै केही सिकेका होलान् भन्ने जनताको अनुमान फेल खाएको छ। दोस्रो संविधानसभा निर्वाचनपछि दलहरूको बीचमा जुन ढंगको बहस प्रारम्भ भएको छ, यसबाट जनता उत्साही होइन,...

कुरूप बनाउला क्रिमले!

कुरूप बनाउला क्रिमले!

खानै नपाए पनि सुन्दर देखिने भोक सबैमा हुन्छ। यो भोकले महिला/पुरुष छुट्याउ“दैन। स्वभावैले महिलामा अझै यो भोक चर्को हुन्छ। सौन्दर्य हेर्नका लागि मात्रै पनि होइन। यो अब करिअर र स्ट्याटससँग...

विमर्शः पिरती दिवस

खगेन्द्र संग्रौला, लेखक : 'भ्यालेन्टाइन्स डे' सुन्दा एकदमै राम्रो लाग्छ। यो नेपाली समाजको परम्परा होइन। पश्चिमी मुलुकमा चलनचल्तीमा रहेको यो दिवस त्यहीँबाट नेपालमा भित्रिएको हो। अहिले संसार साँघुरिएको छ। विश्वमा भएका...

कुमारीत्वको सेरोफेरोमा सुहागरात

कुमारीत्वको सेरोफेरोमा सुहागरात

उमेर पुगेका किशोरकिशोरी, तरुणतरुणीका लागि विवाहपछिको पहिलो रात र पहिलो सम्भोगको कल्पना सुखद र आशंकापूर्ण दुवै हुन्छ। यसबारेमा वयस्क स्त्रीपुरुषका साथीसंगिनीसँग पहिलेदेखि स्वाभाविक चर्चा–परिचर्चा पनि भइरहन्छ। तर, पहिलो सम्भोग र...