Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

वाइनले दिने सौन्दर्य

  • बिहीबार १७ असोज, २०७०
  • जयन सुब्बा मानन्धर
  • DISQUS_COMMENTS
(0 votes)
वाइनले दिने सौन्दर्य
चकलेट फेसियल, फ्रुट फेसियलबारे हामीले धेरै सुनेका र देखेका छौँ। अहिले वाइन फेसियल सौन्दर्य संसारमा चर्चाको विषय भएको छ। वाइनको प्रयोगले गरिने फेसियललाई वाइन फेसियल भनिन्छ। यसमा रेड, ह्वाइट या रोज वाइनको प्रयोग गरिन्छ। वाइनस“ग वनस्पति, फूल र सुगन्धित तेलहरू पनि प्रयोग गरिन्छ। वाइन एन्टिसेप्टिक हुने भएकाले यसले अनुहारमा चाउरीपनको समस्यालाई हल गर्छ। साथै, छालालाई नरम बनाउँछ। छालाका मृत्त कोष हटाउन पनि मद्दत गर्छ।
वाइन फेसियल गर्नाले वाइनमा भएको एन्टिअक्सिडेन्टले अनुहारको छाला टाइट बनाउँछ। छालाका किसिम अनुसार वाइनका अलग अलग प्रकार फेसियलमा प्रयोग गरिन्छ। रेड वाइनमा एन्टिएजिङ तत्व पाइन्छ भने ह्वाइट वाइनको प्रयोगले छाला टाइट हुन्छ। यसले डन्डीफोरलाई पनि ठीक गर्छ। अनुहारको छाला सेन्सिटिभ छ भने वाइनमा रोजवाटर मिसाउनुपर्ने हुन्छ। सुक्खा छाला हुनेले वाइनसँग बदामको पेस्ट मिसाउनुपर्छ। अइली छाला हुनेहरूले भने वाइनमा एलोभेरा मिसाएर फेसियल गर्नुपर्छ।
वाइन फेसियलले अनुहारमा चमक ल्याउँछ। यसले तनाव कम गर्न पनि मद्दत गर्छ।
घरैमा बसेर पनि तपाईं वाइन फेसियल गर्न सक्नुहुन्छ।
–सबैभन्दा पहिले अनुहार राम्रोसँग धोएर म्वइस्चराइजर लगाउने।
–पाँच/सात मिनेटपछि कटनले अनुहार पुछ्ने र अनुहारलाई पाँच मिनेटसम्म बाफ दिने।
–त्यसपछि अनुहारमा वाइनको मिश्रण लगाउने र औँलाले बिस्तारै मसाज गर्ने
–अनुहार कटनले पुछेर वाइन फेसमास्क लगाउने।
कसरी बनाउने वाइन फेसमास्क?
सुक्खा छालाका लागिः
ठूलो तीन चम्चा रेड वाइन, आधा ठूलो चम्चा  एलोभेरा जेल र एउटा ठूलो चम्चा मह मिसाउने। त्यसमा दुई थोपा लेभेन्डर अइल मिलाएर अनुहारमा लगाउने। २० मिनेटपछि मनतातो पानीले मुख धुने।
चिल्लो छालाका लागिः
ठूलो तीन चम्चा रेड वाइनमा दही र दुई थोपा टि्रट्री अइल मिलाउने। त्यसपछि अनुहारमा लगाउने र २० मिनट पछि अनुहार पखाल्ने।

दिनमा कुमार रातमा कुमारी

दिनमा कुमार रातमा कुमारी

अहिले देशमा सबै पहिचानको खोजीमा छन्। पहिचानको राजनीति पनि सुरु भइसकेको छ। तेस्रोलिंगी समुदाय पनि पहिचानको खोजीमा छ। शिक्षा, अवसर, रोजगारी, सम्मानपूर्वक बाँच्न पाउने अधिकारजस्ता सारा चिजबाट वञ्चित छ यो...

रेखामाथि राजनीति

रेखामाथि राजनीति

रेखा थापा बाठी फिल्मकर्मी हुन्। फिल्म क्षेत्रमा आफूलाई चर्चामा राख्न र अघि बढ्न अनेक नीति अख्तियार गर्ने खुबी छ उनमा। केही समयअघि एमाओवादी नेता प्रचण्डसँग नाच्नुका साथै उनले तत्कालीन वाइसियल...

सावधान, काटिएला नि कपाल!

सावधान, काटिएला नि कपाल!

आतंक फैलिएको छ, तन्नेरी संसारमा। आत्तिएका छन्, शहरका तन्नेरी। कपाल पालेकै निहुँमा पक्राउ परिने डर फैलिन थालेको छ। बडो जतनसाथ स्याहार गरेको कपाल जुनसुकै बेला काटिन र कानमा लगाएको मुन्द्री...

'डीआईडी' डान्सर नेपाल आउने

'डीआईडी' डान्सर नेपाल आउने

विदेशी मञ्चमा अब्बल ठहरिएका धेरै विदेशी गायक/गायिका नेपाली स्टेजमा प्रस्तुत भइसकेका छन्। पहिलोपल्ट नेपाली स्टेजमा विदेशका प्लेटफर्ममा आफूलाई अब्बल ठहर्यायएका नेपालभाषी डान्सर देखिने भएका छन्। 

अरूका अंगसँग खेलबाड

इजरायलमा फोरेन्सिक अनुसन्धानका लागि मानव अंगको अभाव खड्किएपछि उसले प्यालेस्टिनीहरूको शरीरबाट त्यो अभाव पूर्ति गर्न थालेको समाचार हालसालै प्रकाशित भयो। स्विडेनको शीर्ष पत्रिकाले यो समाचार छापेपछि इजरायलले पत्रिकालाई 'यहुदीविरोधी'को बिल्ला...

गाउँदागाउँदै 'इमोसनल' भइन्छ

गाउँदागाउँदै 'इमोसनल' भइन्छ

पन्ध्र वर्षको उमेरमै सोलो एल्बम 'परी' ल्याएर नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकी रजिना रिमाल अहिले पार्श्वगायिकाका रूपमा स्थापित छिन्। फिल्म र कलेक्सन एल्बममा गरी आठ सयभन्दा बढी गीत गाइसकेकी उनले...

'मैले स्तन किन फालेँ?'

'मैले स्तन किन फालेँ?'

क्यान्सरसँग एक दशक लड्दालड्दै बितिन् मेरी आमा, छपन्न वर्षको उमेरमा। नातिनातिनाका मुख हेर्ने र तिनलाई काखमा खेलाउने ठूलो धोको थियो उनको। मेरा पछिल्ला सन्तानले उनलाई देख्न पाएनन्। उनी कति मायालु...

'डार्लिङ एक्टर'देखि सावधान!

'डार्लिङ एक्टर'देखि सावधान!

चाहे पुलिसकै भूमिका होस्, राजेश हमाल किन सधैँ लामो कपालमा अभिनय गर्छन्? भुवन केसी किन सुटिङको बेला सास थामेर पेट लुकाउँछन्? रेखा थापाले फिल्ममा किन छोटो स्कर्ट लगाउँछिन्? आर्यन सिग्देल...