Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

शुक्रबार

दसैँमा मतदाताको आँगनमा नेता

(0 votes)
संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका विभिन्न दलका नेता दसैँलाई चुनाव प्रचारप्रसारको माध्यम बनाउने योजनमा छन्। दसैँ मनाउन गाउँ आएका मतदातासँग प्रत्यक्ष भलाकुसारी गर्न पाइने भएकाले यो मौकालाई कुनै पनि हालतमा नचुकाउने उम्मेदवारहरू बताउँछन्। तनहुँ क्षेत्र नं. १ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता शंकर भण्डारी दसैँभर चुनावी प्रचार तीव्र पार्ने योजनामा छन्। 'मेरो घर निर्वाचनक्षेत्र भित्रै पर्ने भएकाले दसैँ मनाउँदै चुनाव प्रचारप्रसारमा लाग्ने योजना बनाएको छु,' भण्डारीले भने, 'गाउँघरमा हुने हरेक जमघटमा उपस्थित भएर मतदातालाई मतदानका लागि आग्रह गरिन्छ।'
नेता भण्डारीको दसैँको मुख्य तीन दिन पनि फरकफरक गाउँमा जाने  योजना छ। 'टीकाको दिन घरमा टीकाटालो गरेपछि मतादाताहरूको घरमा गएर आशीर्वाद लिने योजना छ,' उनले भने। 

कास्की ३ नम्बरबाट उम्मेदवार बनेका नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारी पनि निकै व्यस्त छन्। 'निर्वाचन भनेकै व्यस्त हुने बेला हो,' उनले भने, 'त्यसमा पनि ठूलो चाड परेकाले झनै व्यस्त भइएको छ। 'दसैँका अवसरमा हुने हरेक कार्यक्रम नै चुनावसँग जोडिएका छन्।चियापानसांस्कृतिक कार्यक्रमलिंगे पिङ सबैतिर निर्वाचनकै प्रचारप्रसार गर्ने कार्यक्रम उनले बनाएका छन्। पोखरा उपमहानगरपालिकाको आधा भाग उनको निर्वाचन क्षेत्रमा पर्ने भएकाले उनी नगरभित्र हुने कार्यक्रममा सकेसम्म उपस्थित हुने भएका छन्। दसैँ बिदामा घर आएका मतदातालाई 'कन्भिन्सगर्ने मौका भएकाले यसको सदुपयोग गर्ने उनको रणनीति छ। 

काठमाडौँ क्षेत्र नं ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका अर्का युवा नेता गगन थापाको दसैँमा मतदातासम्म पुग्ने विभिन्न योजना छन्। फूलपातीको दिन उनी कपनमा फुटबल खेल्दै चुनाव प्रचारप्रसार गर्ने योजनामा छन् भने दसैँका मुख्य दिनमा पनि मतदातासँग भेटघाट गर्नेछन्। 'दसैँ भनेर चुपचाप बस्यो भने प्रचारप्रसारका लागि समय अपुग हुने भएकाले यसलाई क्रिएटिभ तरिकाले प्रयोग गर्ने योजना छ,' थापाले भने। 

एमालेका अर्का युवा नेता एवं काठमाडौँ क्षेत्र नं ६ का उम्मेदवार योगेश भट्टराई पनि दसैँमा जनताकै घरदैलोमा जाने योजनामा छन्। दसैँलाई निर्वाचन प्रचारप्रसार गर्ने माध्यमका रूपमा प्रयोग गर्ने उनको विचार छ। 'बिदाको मुडमा बसेकालाई धेरै डिस्टर्ब त गर्नु हुँदैन तरविभिन्न कार्यक्रम लिएर जाने वा जमघटमा आफ्नो पक्षमा माहोल बनाउने भरमग्दुर कोसिस गरिनेछ,' भट्टराईले भने। 

झापा क्षेत्र नं १ का उम्मेदवार एवं नेपाली कांग्रेसका अर्का युवा नेता विश्वप्रकाश शर्मा मतदाताको घरमा दसैँ मनाउने योजनामा छन्। 'घरपरिवारसँग भन्दा बढी समय मतदाताको बीचमा बिताउने योजनामा छु,' शर्माले भने। दसैँको अवसरमा आयोजना गरिने हरेक कार्यक्रममा कुनै न कुनै रूपमा उपस्थित जनाउने उनको योजना छ। 

एकीकृत नेकपा माओवादी युवा नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार नन्दकिशोर पुन पासाङ पनि दसैँमा निर्वाचनमा सांस्कृतिक अभियान 'फ्युजनगरेर अघि बढ्ने योजनामा छन्। घरघरमा दसैँ मनाएर बसेका पार्टी समर्थक एवं कार्यकर्तामाझ पुग्ने उनको योजना छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता र नुवाकोट क्षेत्र नं. १ बाट उम्मेदवार बनेका डा. प्रकाशचन्द्र लोहनी दसैँ अगुवा कार्यकर्तासँग भेटघाट र चुनावको प्रचारप्रसारमै बित्ने बताउँछन्। अष्टमीनवमी र दशमीमा खासै कार्यक्रम नभए पनि अन्य दिन मतदातासँग भोट मागेरै प्रचारप्रसार अभियानमा खटिने उनको योजना छ। पहिलो चरणको घरदैलो कार्यक्रम सकिसकेका लोहनी दसैँमा पनि प्रचारप्रसारलाई तीव्र बनाउने योजनामा छन्। 

इन्ट्रोः जनैपूर्णिमादेखि नै बढ्न थालेको मासुको मूल्य दसैँमा अझै बढेको छ। शाकाहारीहरूको खाद्यान्नको मूल्य पनि बढेको छ। पनिरदहीघिउरसवरीलालमोहनलगायत मिठाइहरूको मूल्य बढेको छ। मासुका मसलाप्याजखुर्सानीलसुनलगायतको मूल्य पनि बढेको छ। 
आत्मसमर्पणवादी 'कलिउड'

आत्मसमर्पणवादी 'कलिउड'

कुनै मान्छे, ठाउँ वा चिजको नाम जुराउन 'कुण्डली' केलाइन्छ। मौलिक पहिचान उजागर गर्ने र तर्कसंगत लाग्ने नाम नै रोजिन्छ। तर, नेपाली फिल्मलाई चिनाउन अनौपचारिक रूपमा प्रयोग गरिने शब्द 'कलिउड'ले न...

'फिल्म फ्लप, देश लथालिंग'

'फिल्म फ्लप, देश लथालिंग'

रेडियो जक्कीका रूपमा केही समय बिताएका राजवल्लभ कोइराला फिल्म 'पर्खी बस'बाट अभिनेताका रूपमा उदाएका हुन्। पहिलो फिल्म नै सुपरहिट भएपछि उनलाई फिल्म खेल्ने अफरको ओइरो लाग्यो। पढेलेखेका र राम्रो अभिनय...

लाजमर्दो!

लाजमर्दो!

लुगाको काम के हो? सुन्दर देखाउने, शरीरलाई घामपानीबाट जोगाउने आदि। यसको आधारभूत काम लाज छोप्नु पनि हो। वानपिस, स्कर्टजस्ता आधुनिक र फेशनेबल पहिरनले कहिलेकाहीँ धोका दिन्छन् र 'सेक्सी' हुन खोज्नेलाई...

दसैँमा मतदाताको आँगनमा नेता

संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका विभिन्न दलका नेता दसैँलाई चुनाव प्रचारप्रसारको माध्यम बनाउने योजनमा छन्। दसैँ मनाउन गाउँ आएका मतदातासँग प्रत्यक्ष भलाकुसारी गर्न पाइने भएकाले यो मौकालाई कुनै पनि हालतमा नचुकाउने...

अनुपमाथि राम्रो 'षडयन्त्र'

अनुपमाथि राम्रो 'षडयन्त्र'

रंगमञ्चका अब्बल निर्देशक/कलाकार अनुप बरालले फिल्म निर्देशन गरेका छन्। फिल्म निर्देशक बन्ने उनको कुनै योजना थिएन। 'मलाई निर्देशक बनाउने षडयन्त्र गरियो,' बराल निर्देशित फिल्म 'फिट्किरी'को आइतवार आयोजित पत्रकार सम्मेलनमा उनले...

आत्मघाती ढुकुटी

आत्मघाती ढुकुटी

थकाली समुदायमा उहिले ऐँचोपैँचो गर्न र साह्रोगाह्रो टार्न ढुकुटी खेल्ने चलन थियो। अहिले खेलिने ढुकुटीमा एक जनाको कारण थुप्रैले सास्ती खेप्नुपर्छ। ढुकुटीकै कारण कतिले आत्महत्या गरेका छन्, कतिका घरबार उजाडिएका...

कमलका आत्मामा केबल फ्यान

कमलका आत्मामा केबल फ्यान

हिजोआज भ्याइनभ्याइ छ है तपाइंलाई?हो नि। दशैँदेखि यस्तो भएको हो। रेकर्डिङ, कम्पोजिसन, कार्यक्रम सबैतिर भ्याउनुपर्छ। कहिलेकाहीँ त दिमागै ह्याङ हुन्छ।

उध्रियो मनको चोली

उध्रियो मनको चोली

नेपाली सेलिब्रिटीको घरबार र तासको घर उस्तै हो। ढल्न बेरै नलाग्ने! विवाह नै नगरी एकै थलोमा गाँसबास बनाएका केटा साथीसँग सुषमा कार्कीको प्रेम टुटेको छ। अर्थात् 'उध्रेको चोली'मा नाचेर हिट...