Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

शुक्रबार

भोट कस्तालाई?

  • शुक्रबार २९ कार्तिक, २०७०
  • शुक्रबार
  • DISQUS_COMMENTS
(1 Vote)
दोस्रो संविधानसभाका लागि जनताले अभिमत प्रकट गर्न अब केही दिनमात्र बाँकी छ। संविधानसभा निर्वाचनको विपक्षमा रहेकाहरूले यसलाई बिथोल्न गरेको प्रयास पूर्णतः विफल भएको छ। निर्वाचनको मिति घोषणा भएको निकै पछिसम्म पनि यो निर्वाचन होला र भन्ने संशय व्याप्त थियो।
कात्तिक २५ गतेदेखि नेकपा–माओवादी नेतृत्वको मोर्चाले गरेको बन्दका कारण निर्वाचनको वातवरण धमिलिने आशंका पनि हटेको छ। वैद्य नेतृत्वको मोर्चाले बजाएको बेमौसमी बाजाको ताल जनताले देखिसके। दशदिने आम हड्तालको ध्वाँस दिएको माओवादीले अन्ततः बन्दलाई एक दिनमा सीमित गर्न बाध्य भयो। कात्तिक २६ गतेदेखि यातायात बन्दको आह्वान गरेको मोर्चाको अभियानलाई बन्दको विपक्षमा रहेका सर्वसाधारण जनताले सजिलै तुहाइदिएका छन्। बुधवार नेपाल उद्योग वाणिज्य महासंघको पहलमा राजधानीमा सवारीसाधनसहित बन्द विरोधी र्याुलीले राजनीतिको नाममा गरिखाने वर्गको पेट भोकै राख्न 'नेपाल बन्द' गर्ने राजनीतिक दलहरूका लागि गतिलो जवाफ दिएको छ। बन्दबाट सबैभन्दा पीडित सर्वसाधारण जनता नै हुन्छन्। जनताकै नाम लिएर उनीहरूले नै सास्ती पाउने तरिका नरोकिएसम्म जनताले सुविस्ता पाउँदैनन् भन्ने सबैले बुझ्न जरुरी छ। 
निर्वाचनको पूर्वसन्ध्यामा भएका बम विष्फोट र जनजीवन आतंकित बनाउने गतिविधिमा सरकारी निगरानी निकै फितलो देखिएको छ। जतासुकै शंकास्पद वस्तु र जहाँ जे पड्के पनि अज्ञात समूहले भन्ने एकोहोरो खबरको पछाडिको रहस्य पत्ता लगाउन प्रधानन्यायाधीश नेतृत्वको सरकार असफल भइरहेको छ। जनतामा भय सिर्जना गर्ने हेतुले गराइएका विष्फोट र आगजानीको पछाडि निर्वाचनको विरोध गरिरहेकाहरू नै छन् भन्ने तथ्य घामजत्तिकै छर्लङ्ङ हुँदाहुँदै पनि उनीहरूमाथि खासै कारबाही भएको खबर आएको छैन। जनताको बाटो अवरुद्ध पार्न खोज्ने जो कोही भए पनि उनीहरू सजायको भागीदार हुनैपर्छ। निर्वाचनमा जनता जति बढी भयरहित हुन सक्छन्, त्यही मात्रामा उनीहरूले आफ्नो अभिमत निर्धक्कसँग व्यक्त गर्न सक्छन्। भय, डर, त्रास र धम्कीका बीच हुने मतदानबाट जनताको वास्तविक अभिमत प्रकट हुन सक्दैन। त्यसैले शंकास्पद वस्तु र अज्ञात समूहको नाममा भइरहेका अमानवीय र क्रूर गतिविधि नियन्त्रणमा सरकारको पर्याप्त ध्यान जान जरुरी छ। पूर्ण सुरक्षाको ग्यारेन्टी नहुँदासम्म मत खसाल्न जनता उत्साही हुँदैनन्। मनमा डर पालेर जनता मतदानका लागि बुथसम्म पुग्न सक्दैनन्। 
चुनावी प्रचारप्रसारमा राजनीतिक दलहरूले आ–आफ्नो हैसियतअनुसार जनताको घरदैलोदेखि ठूला आमसभा सम्पन्न गरिसकेका छन्। निर्वाचनअघि जनतालाई बाँड्नुपर्ने आश्वासनका थुप्रै बुँदा दलका नेता तथा तिनका उम्मेदवारले जनताको कानसम्म पुर्यानइसकेका छन्। संविधान निर्माणका लागि हुन लागेको निर्वाचन भए पनि नेताहरूले जनतालाई विकास निर्माणका गुलिया पुरिया बाँडेका छन्। जनताले अब मतदान गर्ने बेलामा केही कुरामा अवश्य हेक्का पुर्यानउनुपर्छ। यो निर्वाचनमा कस्ता राजनीतिक दल र कुन उम्मेदवार विजयी हुँदा जनताको अधिकार स्थापित हुन सक्छ, तिनीहरूका लागि जनताको अभिमत प्रकट हुनुपर्छ। परिवर्तनको नाममा पुरानै बाटो हिँड्न खोज्ने र पछाडि फर्कन्छौँ भनिरहेका दल तथा तिनका उम्मेदवारलाई जनताले मतदान गर्नु हुँदैन। समानुपातिक निर्वाचन प्रणालीमार्फत केही मत जम्मा गरेर सभासद्को जागिर खाने दाउ कुरिरहेकाहरूसँग जनता सतर्क हुनैपर्छ। समावेशी प्रतिनिधित्वका लागि समानुपातिक विधिका केही फाइदा भए पनि नेपालमा यसको गलत प्रयोग भइरहेको छ। संविधानसभा निर्वाचनमा 'थ्रेस होल्ड' को व्यवस्था नहुँदा अहिले पनि समानुपातिकमार्फत संसद्मा पुगेर जागिर खान खोज्नेहरूको पंक्ति लामो छ। अघिल्लो संविधानसभा विघटनपछि निर्वाचन आयोगमा ८२ वटा नयाँ दल दर्ता भएका थिए। तर, तीमध्ये करिब आधा दर्जनले मात्रै आगामी संविधानसभामा प्रतिनिधित्व गर्ने लक्ष्यका साथ प्रचारप्रसार गरिरहेका छन्। बाँकी दलको गतिविधि शून्यप्रायः छ। मतदाताले अघिल्लो निर्वाचनबाट पाठ सिकेर यस पटक आफ्नो क्षेत्र र बृहत् राष्ट्रिय हितका लागि खट्न सक्ने सक्षम उम्मेदवारलाई मतदान गर्नुपर्छ। जातीय तथा धार्मिक नारामात्र उचालिरहेकाहरूले प्रोत्साहन पाउनु हुँदैन। धर्म या जाति विशेषका आधारमा जनताको 'इमोसन'सँग खेलबाड गर्ने खोज्नेहरू यो निर्वाचनमा पराजित हुनुपर्छ। 
प्रचारप्रसारका क्रममा विभिन्न दलका नेताहरूले आफ्नो पार्टीले बहुमत ल्याउने तथा कतिले त दुईतिहाई नै ल्याउने दाबी गरिरहेका छन्। बहुमत या दुईतिहाइ बहुमत खेतबारीमा घोप्ट्याउन ठिक्क पारिएको कम्पोस्ट मलको डोको होइन, जो सजिलै घोप्ट्याउन सकियोस्। निर्वाचनमा भाग लिएका दलहरू सबैले 'म जित्छु' भन्नुपर्छ। निर्वाचनमा उम्मेदवार बनेका सबै जित्छु भन्दै निर्वाचनमा खटिएका हुन्छन्। तर, कसलाई जिताउने भन्ने अधिकार जनतामा हुने भएकाले नै निर्वाचनमा जनता जनार्दन कहलिन्छन्। नेपालको हरेक राजनीतिक परिवर्तनपछि भएका निर्वाचनमा बहुतै सन्तुलित र विवेकपूर्ण मत प्रकट गरेका जनता यस पटक पनि सन्तुलित रूपमा नै प्रस्तुत हुने अनुमान गर्न सकिन्छ। अघिल्लो संविधानसभा निर्वाचनको विफलतापछि राजनीतिक दल प्रध्यापक कृष्ण खनालले भनेजस्तो 'मौका परीक्षा'का लागि जनतामा गइरहेका छन्। एक पटक फेल भएको विद्यार्थी पुनः परीक्षामा सामेल भएको अहिलेको अवस्था जनताका लागि पनि अन्तिम मौका हो। आफ्ना प्रतिनिधिमार्फत संविधान लेख्नका लागि तेस्रो पटक अवसर पक्कै आउनेछैन। त्यसैले जनताले राष्ट्रिय राजनीति 'होल्ड' गर्न सक्ने दल र तिनका नेतालाई संविधानसभामा जिताएर पठाउनुपर्छ। आशा गर्न लायक केही युवा उम्मेदवार पनि यस पटक प्रत्यक्षबाट संविधासभामा पुग्न जरुरी छ। जनताले परिवर्तनको पक्षमा इमानदार प्रयास गर्ने दल तथा तिनका नेतालाई जिताउनुपर्छ।
शिव–पार्वतीलाई फापेका गीत

शिव–पार्वतीलाई फापेका गीत

तीज भगवान् शिवको पर्व हो। पार्वतीले शिवलाई पति पाउँ कि भनेर निराहार व्रत बसेको मिथकका आधारमा तीज मनाइने भएकाले यो शिव–पार्वतीकै पर्व हो। यो 'सत्य युग'को कुरा हो। तर, कलि...

कोइरालाको कठिन परीक्षा

कोइरालाको कठिन परीक्षा

अघिल्लो संविधानसभा निर्वाचनको विफलताबाट दलहरूले पक्कै केही सिकेका होलान् भन्ने जनताको अनुमान फेल खाएको छ। दोस्रो संविधानसभा निर्वाचनपछि दलहरूको बीचमा जुन ढंगको बहस प्रारम्भ भएको छ, यसबाट जनता उत्साही होइन,...

घोषणापत्रः गफै त हो नि सम्धीजी!

दोस्रो संविधानसभा निर्वाचनमा व्यस्त मुख्य राजनीतिक दलले घोषणापत्र सार्वजनिक गर्ने कर्मकाण्ड पूरा गरेका छन्। निर्वाचनका लागि एक महिनाभन्दा पनि कम समय बाँकी रहँदामात्र उनीहरूले घोषणापत्र बाहिर ल्याउन सके। निर्वाचनको 'असारे...

भत्किँदो घरबार

भत्किँदो घरबार

बाबु र छोराको बोलचाल छैन। दाजु र भाइ अदालत पुगेका छन्। श्रीमान् र श्रीमतीले छुट्टिने बाहेक अर्काे विकल्प भेटेका छैनन्। नेपाली परिवारको संरचना र स्वरूप बदलिँदो छ। पारिवारिक विखण्डन तीव्र...

के भन्या यस्तो!

के भन्या यस्तो!

कति हिरोइनलाई दोष लगाउनु? कि काम गर्दिन भन्नुपर्‍यो, कि त निर्देशकले भनेअनुसारका दृश्य दिनुपर्‍यो। कामै नगरेपछि मुखमा माड कसरी लगाउनु? कुरा फिल्म 'स्टार'को हो र फिल्ममा प्रयोग गरिएको संवादको हो।...

प्रेममा पहिलो

प्रेममा पहिलो

पहिलो गुलाब : कक्षा १० मा पढ्दाखेरी पहिलो गुलाब पाएकी थिएँ। केटो मभन्दा जुनियर कलासको थियो। उसले गुलाबसहित प्रेमपत्र मेरो हातमा थमायो। अरू के के भन्यो, सुनिनँ। त्यो गुलाब र त्यो...

अरूका अंगसँग खेलबाड

इजरायलमा फोरेन्सिक अनुसन्धानका लागि मानव अंगको अभाव खड्किएपछि उसले प्यालेस्टिनीहरूको शरीरबाट त्यो अभाव पूर्ति गर्न थालेको समाचार हालसालै प्रकाशित भयो। स्विडेनको शीर्ष पत्रिकाले यो समाचार छापेपछि इजरायलले पत्रिकालाई 'यहुदीविरोधी'को बिल्ला...

दसैँ औकात

दसैँ आयो। सबै तनावमा छन्। सबै भन्नाले नेता, तस्कर, गुण्डा, दलाल, व्यापारी, कर्मचारी, मजदुर, किसान आदि। सबै तनावमा छन्। तनावको पनि औकात हुन्छ। अथवा, औकातअनुसार तनाव हुन्छ।