Friday 9 Falgun, 2076 | February 20, 2020
Menu

स्वास्थ्य

दीपक दाहाल

दीपक दाहाल

२०५८ सालदेखि पत्रकारितामा सक्रिय दीपक दाहाल 'नागरिक' दैनिकको स्थापना कालदेखि नै संलग्न छन्। उनी स्वास्थ्य, शिक्षा, वातावरणसहित सामाजिक मुद्दामा दख्खल राख्छन्। 

फेसबुकः https://www.facebook.com/deepak.dahal.798

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

निःशुल्क सेवामा ठूला अस्पताल नै अटेरी

काठमाडौं- सरकारले 'आमा सुरक्षा कार्यक्रम' अन्तर्गत निःशुल्क प्रसूति सेवामा बर्सेनि एक अर्बभन्दा बढी खर्च गरिरहेको छ, तर ठूला सरकारी अस्पतालमै यो सेवा उपलब्ध छैन। साढे पाँच वर्षदेखि अस्पताललाई अनुदान दिएर निःशुल्क सुत्केरी सेवा दिन थालिए पनि प्रसूतिका लागि सबैभन्दा धेरै बिरामी आउने अस्पतालमै सेवा उपलब्ध नहुँदा सर्वसाधारण चर्काे आर्थिक भार बेहोर्न बाध्य छन्।

निःशुल्क औषधि सूचीमा चढ्छन्, बिरामीले पाउँदैनन्

काठमाडौं-चार वर्षअघि मध्यपश्चिमका जाजरकोट, रुकुमलगायत जिल्लामा झन्डै चार महिना झाडापखालाको महामारी फैलियो। ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा जीवनजलसमेत नपाएर थुप्रैको ज्यान गयो। जीवनजल स्वास्थ्य केन्द्रबाट निःशुल्क बाँड्ने औषधिको सूचीमा पर्छ।

समुन्द्रछेउका रोग भित्रिए

  • देश
काठमाडौं-नेपालीको आउजाउ विश्वका कुना–कुनाका देश–दुनियाँसम्म भइरहेको छ। विभिन्न उद्देश्यले हुने यस्ता विदेश आउजाउले ज्ञान–विज्ञानको क्षेत्र फराकिलो मात्र भएको छैन, फर्कंदा नौला र डरलाग्दा रोगसमेत भित्रिरहेका छन्।

१३४ निःशुल्क औषधी

स्वास्थ्यमन्त्री खगराज अधिकारीले निःशुल्क औषधीको संख्या १ सय ३४ पुर्‍याउने बताएका छन्। विश्व स्वास्थ्य दिवसका अवसरमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले हाल रहेका औषधीमा थप गरेर यो संख्या पुर्‍याउन लागेको बताए।
सरकारले अत्यावश्यकीय औषधी ४२ सहित, क्षयरोग, औलो, कालाजार, एचआइभीको औषधी निःशुल्क दिँदै आएको छ। आफ्नो कार्यकालमा जेष्ठ नागरिक, महिलालाई विशेष सहुलियत दिने, औषधी र औजार खरिदमा प्रक्रिया पारदर्शी बनाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
मन्त्री अधिकारीले सरकारले घुम्ती अस्पताल सुरु गर्ने, औषधी र निजी अस्पतालले दिने सेवाको गुणस्तरीयता जाँच गर्ने, बेरुजु घटाउने, एक्स–रे प्याथोलोजीलाई गाउँगाउँ पुर्‍याउने कार्यक्रम ल्याउने जानकारी दिए। उनले स्वास्थ्य नीतिनिमार्णलाई तीव्र गतिमा अगाडि बढाउने, नसर्ने रोगका महँगो उपचारमा दिएको सहुलियत पुनरावलोकन गर्नेसमेत बताए।

लम्बिँदैछ रुघाखोकी

काठमाडौं-’रुघाखोकी औषधि खाए ७ दिन, नखाए एक सातामा निको हुन्छ' भन्ने बहुप्रचलित भनाइ गलत साबित भएको छ। सामान्य मानिने र सातादिनमै निको हुने रुघाखोकीले अचेल हप्तौंसम्म दुःख दिन्छ।

‘स्वाइन हैन सिजनल फ्लु'

तीन वर्षअघि नै सिजनल फ्लु (मौसमी रुघाखोकी) मा परिणत भइसकेको एच१एन१लाई ‘स्वाइन फ्लु' भन्न नमिल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजिस्ट डा. जितेन्द्रमान श्रेष्ठ बताउँछन्। ‘स्वाइन फ्लु भन्न सुँगुरबाट सिधै मान्छेमा सर्ने र मान्छेबाट मान्छेमा नसर्ने भाइरस हुनुपर्छ,' उनले भने, ‘अहिले एउटा मान्छेबाट अर्कोमा पनि सरिरहेको छ।'
सन् २००९ मा पहिलोपटक देखिएको एन१एन१ प्रजातिको भाइरस सुँगुरमा पनि देखिएकाले त्यसैबाट सरेको आशंकामा स्वाइनफ्लु भन्न थालिएको थियो। ‘तर यो संसारमा धेरैपटक महामारी गराइसकेको ‘इन्फ्लुएन्जा टाइप १' को नयाँ प्रजाति पुष्टि भएको छ,' डा. श्रेष्ठले भने, ‘तत्कालै स्वाइन फ्लु हैन भनिएको थियो, तर सुरुमा त्यही भनिएकाले कसैले सच्याएनन्।'

नेपालमा सर्पदंशको भ्याक्सिन अभाव

  • देश
काठमाडौं-भारतले अदालती आदेश पालना गर्दै सर्पले टोकेका बिरामीको ज्यान जोगाउन दिइने खोप उत्पादन कम मात्र गरेको छैन, आफैंलाई नपुग्ने भन्दै देशबाहिर बेचबिखनमा प्रतिबन्धै लगाएको छ।

सास्ती र सुस्तीको घर

काठमाडौं– बिरामी लिएर अस्पताल पुग्ने आफैं बिरामी भएर फर्कन्छन्, उपचारको पालो कुर्दाकुर्दै कति बिरामीको मृत्यु हुन्छ। भनसुन गराउन सके शऒ्ढया पाइन्छ, नसके निजी अस्पतालको रेफर लिएर फर्कनुपर्छ।

इमर्जेन्सीमै डाक्टर छैन

  • देश
काठमाडौं- वीर अस्पतालको आकस्मिक कक्षमा शनिबार राति आलसतालस अवस्थामा ल्याइएका दुई बिरामीले उपचारै पाएनन्। विष सेवन गरेका दुईमध्ये एकलाई त अस्पतालले आकस्मिक कक्षको ढोकाबाटै फिर्ता पठाइदियो। गम्भीर प्रकृतिका अन्य दर्जनौं बिरामीसमेत वीरले भर्ना लिन नमानेपछि रातारात रुवाबासी गर्दै अन्य अस्पताल धाउनुपर्योा।
कारण– डाक्टर अभाव।


वरिष्ठले काम नगर्दा समस्या

आकस्मिक कक्ष नै डाक्टरविहीन हुनुमा चिकित्सकको अभाव मात्र कारण होइन, मेडिकल अधिकृतका रूपमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले पदअनुसार काम नगर्दा पनि समस्या आएको हो।
अस्पतालमा ६८ मेडिकल अधिकृतको पदमा विशेषज्ञ डाक्टर कार्यरत छन्। वर्षौंदेखि विविध कारणले बढुवा हुन नपाएका उनीहरू पदीय आधारमा मेडिकल अधिकृत नै हुन्। त्यस्ता विशेषज्ञ डाक्टर सामान्य 'राउन्ड' मा गए पनि पदअनुसार काम गर्दैनन्। आकस्मिक कक्षमा पनि विशेषज्ञ डिग्री पाएका मेडिकल अधिकृत नभएका होइनन्, तर उनीहरू राति ड्युटी बस्दैनन्। 
वीरका निर्देशक डा. बुलन्द थापा विशेषज्ञलाई मेडिकल अधिकृतको काम लगाउन व्यवहारिक कठिनाइ भएको बताउँछन्। 'सम्मान गर्नुपर्ने विशेषज्ञ डाक्टरलाई कसरी फ्लोरको ड्युटीमा गएर बस भन्नु?' उनले भने।
वरिष्ठ चिकित्सकहरू रात्रिकालीन र अन्य विभागको ड्युटीमा नबसेपछि यही रोग रजिस्ट्रार र रेजिडेन्टलाई समेत सरेको छ। आकस्मिक विभागमा समेत रेजिडेन्टहरू 'अनकल' (बोलएपछि मात्र आउने) सेवा मात्रै दिन्छन्। उनीहरू आफ्नो विभागसँग सम्बन्धित बिरामी आएको अवस्थामा मात्रै आउँछन्। 'रजिस्ट्रार चिकित्सकमा पनि भत्ता मात्र खाने तर काम नगर्ने प्रवृत्ति छ,' आकस्मिक विभागका पूर्वप्रमुख डा. डिपी सिंहले भने, 'निजीमा गए जे काम पनि गर्छन्, तर वीरमा कोही ड्युटीमा बस्दैन्।'
डाक्टर अभावकै कारण राजधानीबाहिरबाट वरिष्ठ चिकित्सकले रेफर गरी पठाएका बिरामीले पनि वीरमा स्वास्थ्यकर्मी, मेडिकल अधिकृत, रेजिडेन्ट हुँदै बल्ल वरिष्ठ चिकित्सकसम्म पुग्ने अवसर पाउँछन्।

मृत्यु जोखिम घटाएकोमा नेपाल सम्मानित

काठमाडौं- नेपालमै उत्पादित सामान्य औषधिको प्रयोगबाट नवजात शिशुको मृत्यु जोखिमलाई २३ प्रतिशतले घटाउन सफल भएको भन्दै नेपाललाई अमेरिकी विकास नियोग (युएसएड) ले सम्मानित गरेको छ। करिब एक दशकदेखि विभिन्न जिल्ला र स्वास्थ्य संस्थामा गरिएका परीक्षणबाट नवजात मृत्युदरको जोखिम घटाउन सफल सावित भएपछि नियोगले ‘नवसिर्जन पुरस्कार' सहित सम्मान गरेको हो। 

ओलीको ६३औं जन्मदिन अस्पतालको शैयामा

काठमाडौं- एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार आफ्नो ६३ औं जन्मदिन अस्पतालमा मनाए। भेट्न आउनेहरूले ल्याइदिएको लड्डु र फलफूल बाँडेर शुभकामना आदानप्रदान गरे। हात सुन्निएर युरिक एसिडको शंकामा शुक्रबार धापासीस्थित ग्रा्यन्डी अस्पताल भर्ना हुँदा एमाले सरकारमा जाने कि नजाने विवादले राजनीतिक माहोल तातेको थियो। त्यही सेरोफेरोमा आइतबार अस्पतालको बेडबाटै उनले कांग्रेस–एमाले नेताहरूसँग महत्वपूर्ण भेटघाट गरे।

आइओएम डिनमा डा. श्रीवास्तव

काठमाडौं– त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा. राकेशप्रसाद श्रीवास्तवलाई नियुक्त गरेको छ। बुधबार साँझ बसेको परिषद बैठकले आइओएमका वरिष्ठतम प्राध्यापकमध्ये पहिलो नम्बरमा रहेका श्रीवास्तवलाई डिन नियुक्त गरेको त्रिविका रजिस्ट्रार चन्द्रमणि पौडेलले बताए।
Subscribe to this RSS feed