Friday 16 Jestha, 2077 | May 28, 2020
Menu

स्वास्थ्य

अल्ट्रासाउन्ड मेसिन प्रदान

(0 votes)
ललितपुर-चीनको प्रसिद्ध चिकित्सकीय उपकरण उत्पादक कम्पनी मिन्ड्रेले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटा अल्ट्रासाउन्ड मेसिन प्रदान गरेको छ।
शुक्रबार प्रतिष्ठान परिषदमा आयोजित कार्यक्रमबीच कम्पनीका दक्षिण एसियाली महाप्रबन्धक होरेस वाङले प्रतिष्ठानका प्राध्यापक डा. पवनकुमार शर्मालाई मेसिन हस्तान्तरण गरेका हुन्। त्यस अवसरमा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले नेपालको स्वास्थ्य क्षेत्रमा साथै सामाजिक, आर्थिक विकासमा सघाउने प्रतिबद्धता जनाएका थिए।
नेपालको स्वास्थ्य क्षेत्रमा आफ्नो मुलुकको प्रतिष्ठित कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत मेसिन उपलब्ध गराएकामा आभार व्यक्त गरेका थिए।