Wednesday 28 Shrawn, 2077 | August 12, 2020
Menu

स्वास्थ्य

'गलत खोप'ले बालकको मृत्यु

(0 votes)
काठमाडौं- घाँटीमाथि कुकुरले टोकेका एक बालकलाई चिकित्सकले 'इम्युनोग्लोबिन' नलगाई रेबिज खोप लगाइदिँदा मृत्यु भएको छ। गत २२ गते गालामा कुकुरले टोकेका बागमती बैराहीका सुदिप मण्डलको शनिबार शिक्षण अस्पतालमा मृत्यु भएको हो।
चिकित्सकले बौलाएको कुकुर भन्ने यकिन भइसकेको अवस्थामा इम्युनोग्लोबिन नदिई रेबिजविरुद्धको खोपमात्र लगाइदिनु उपचारमा संलग्न चिकित्सकको लापरबाही भएको बताएका छन्। 
रेबिज रोकथामका लागि तयार गरिएको उपचारसम्बन्धी निर्देशिका अनुसार कुकुर वा अन्य जनावर बौलाएको, घाँटी र औलामा टोकेमा इम्युनोग्लोबिन दिनु अनिवार्य मानिन्छ। घाँटीमाथि र औंलामा टोक्दा छिट्टै भाइरस फैलने तर रेबिज भ्याक्सिनले काम गर्न सातदेखि दस दिन लाग्ने भएकाले तत्काल शरीरमा भाइरस फैलिन नदिन इम्युनोग्लोबिन दिनुपर्छ। अन्य अवस्थामा उमेरका आधार ३ देखि ५ मात्रा खोप दिनुपर्छ। 
मृतक बालकका मामा राजकुमार मण्डलका अनुसार टेकु अस्पताल र शिक्षण अस्पताल चिकित्सकले पनि उपचारप्रक्रियामै गल्तीले बच्चाको ज्यान गएको बताए। अस्पतालका सञ्चालकसमेत रहेका चिकित्सक डा. मुकेश अग्रवालले सुदिपलाई दिएको औषधि सिफारिस कार्डमा पनि इम्युनोग्लोबिन सिफारिस गरिएको छैन। 
डा. अग्रवाल कार्यरत वीरगन्जको एड्भान्स अस्पतालको टिकटमा एन्टिरेबिज भ्याक्सिनमात्र सिफारिस गरिएको छ। जानकारका अनुसार सामान्य स्वास्थ्यकर्मीलाई पनि ज्ञान हुने घाँटीमाथि टोकेको अवस्थामा इम्युनोग्लोबिन लगाउनुपर्छ भन्ने कुरामा जिम्मेवार चिकित्सकले ख्याल नगर्नु ठूलो लापरबाही हो। 
टेकु अस्पताल डा. शेरबहादुर पुनले घाँटीमाथि, औंलामा र गहिरो घाउ भएको अवस्थामा इम्युनोग्लोबिन लगाउनैपर्ने बताए। 'इम्युनोग्लोबिन उपत्यकाबाहिर लगाउँदैनन्, देशभरबाट यस्ता बिरामी काठमाडौंमा रिफर हुन्छन्,' डा.पुनले भने।
'टाउको, हात र मुखमा बढी नशा हुने भएकाले भाइरस तत्काल फैलिएर मष्तिस्कमा पुग्ने सम्भावना बढी हुन्छ,' उनले थपे, 'त्यसकारण शंकास्पद जनावरले जहाँ टोके पनि शरीरमा प्रवेश गरेको भाइरसलाई खोप सक्रिय नहुँदै काम गरोस् भनेर यो लगाउने हो।' 
टाउकोमाथि कुकुरले टोकेपछि रेबिजको बढी जोखिम हुने भन्दै स्थानीय औषधि पसलले सुविधासम्पन्न सेन्टर जान सुझाएको थियो। सो आधारमा परिवारले वीरगन्जस्थित एड्भान्स अस्पताल पुर्यावएका थिए। अस्पतालमा डा. अग्रवालले जाँच गरेका थिए। अग्रवालले एक डोज खोप लगाएर थप दुई डोज गाउँमै स्वास्थ्यकर्मीलाई लगाउन लगाउनू भन्दै आइसप्याकमा हालेर पठाइदिएका थिए।
दोस्रो डोज खोप लगाएलगतै चैत ५ देखि बच्चालाई ज्वरो आउने, टाउको दुख्ने, काप्ने, तर्सने लक्षण देखिएपछि पुनः एड्भान्स नै लगेका थिए। सो क्रममा डा. अग्रवालले अल्तालिँदै मैले हेर्ने हैन भनेर अन्य चिकित्सकलाई पठाएको मामा राजकुमारले बताए। सो अर्का चिकित्सकले तत्काल काठमाडौं टेकु अस्पताल लैजान भनेका थिए। 
नौ गते टेकु ल्याइपुर्याोउँदा चिकित्सकले गम्भीर त्रुटि भइसकेको भन्दै आइसियु खाली नभएकाले अन्य अस्पताल लैजान सुझाव दिएका थिए। ९ गते उनलाई अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल पुर्यानएर एक रात राखेका थिए भने १० गते शिक्षण अस्पताल पुर्याअएका थिए। 
रोगको लक्षण देखिएपछि सतप्रतिशत मृत्यु हुने भएकाले रोग लाग्नै नदिन खोप मात्र विकल्प हो। कतिपय ठाउँमा चिकित्सकले इम्युनोग्लोबिन नभए पनि सुरुमा खोप 'डलब डोज' दिएर अन्य मात्रा क्रमशः लगाउँछन्। डा. पुनका अनुसार इम्युनोग्लोबिन देशभर पुर्यासउन सकिने भए पनि केही व्यक्तिमा यसले तत्काल बेहोस बनाउन सक्ने त्रासले सबै ठाउँमा लगाउँदैनन्। यस्तो अवस्थामा देशभरका बिरामी टेकु रिफर गरिन्छन्।