Wednesday 28 Shrawn, 2077 | August 12, 2020
Menu

स्वास्थ्य

तनहुँमा ज्वरो र पखालाका बिरामी बढे

  • मङ्गलबार १८ चैत्र, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
दमौली– तनहुँमा यतिबेला ज्वरो र पखालाका बिरामीको संख्या बढ्दै गएको छ। मौसम परिवर्तनसँगै दमौली अस्पतालमा ज्वरो र पखालाका बिरामीको संख्या बढ्दै गएको अस्पतालकी चिकित्सक एन्जिला घिमिरेले बताए।
उनका अनुसार दूषित पानीका कारण दैनिक ३०–३५ जना त्यस्ता रोगका बिरामी आउने गरेका छन्। व्यास नपा, घाँसीकुवा, क्यामिन, पोखरीभञ्ज्याङ, सतिस्वाँरा, काहुँशिवपुर, जामुनेलगायत गाविसबाट पखाला, ज्वरो, टाइफाइडजस्ता रोगका बिरामी आउने गरेको दमौली अस्पतालका चिकित्सकहरूले बताएका छन्।