Tuesday 25 Chaitra, 2076 | April 07, 2020
Menu

स्वास्थ्य

गर्मीसँगै बिरामीको चाप बढ्यो

(0 votes)
दार्चुला– गर्मीसँगै जिल्ला अस्पताल दार्चुलामा बिरामीको चाप बढ्न थालेको छ। अहिले दिनहुँ सयभन्दा बढी बिरामी उपचार गर्न आउने गरेको अस्पतालका प्रमुख डा. रामेश्वर देवकोटाले बताए। उपचारका लागि आउनेमध्ये अधिकांश ज्वरो तथा पखालाका बिरामी छन्।
दार्चुलामा क्षयरोगको संक्रमण पनि चुनौतीका रूपमा बढ्दै गएको उनले बताएका छन्। डा. देवकोटाले खानपान, रहनसहन, धूमपान तथा मद्यपानका कारण सो रोग लाग्नेतर्फ सचेत गराउँदै सावधानी अपनाउन सबैसँग आग्रह गरेका छन्।