Friday 19 Ashad, 2077 | July 02, 2020
Menu

स्वास्थ्य

मधुमेही पत्ता लगाउन ५ करोड

  • सोमबार २४ चैत्र, २०७०
  • रितेश त्रिपाठी
  • DISQUS_COMMENTS
(0 votes)
वीरगन्ज– भारत नयाँदिल्लीमा मुख्यालय भएको गान्धी ग्लोबल फेमिली र नेपाल सरकारको सम्झौता अनुसार ५ करोड रुपैयाँको लागतमा नेपालका ११ जिल्लामा मधुमेह रोगीका लागि चिकित्सा शिविर सञ्चालन हुने भएको छ।
मधुमेहका रोगीहरूको पहिचान गरी उपचार र संयमका लागि प्रेरित गर्ने उद्देश्यले शिविर सञ्चालन हुने गान्धी ग्लोबल फेमिली नेपालका अध्यक्ष सूर्य भुसालले बताए।
वैशाखभित्रै पर्सामा सञ्चालन हुने शिविरअन्तरर्गत २ हजार ८ सय जनाको रगत परीक्षण गरिने छ। त्यसमध्ये ४ सयको रगतको विशेष परीक्षण गरिनेछ। परीक्षण गरिएकामध्ये ९ सय ५० जनालाई ६ महिनासम्म निःशुल्क औषधी दिइने स्थानीय आयोजक नेपाल–भारत मानव विकास मैत्री संघका पर्सा अध्यक्ष मनोजकुमार दासले बताए। उनका अनुसार पर्सामा सदरमुकाम वीरगन्ज र पोखरियामा शिविर सञ्चालन हुनेछ।
‘मधुमेहपीडितकोसंख्या बढ्दो छ। कतिपयले आफूलाई मधुमेह भएको थाहा पाउन ढिलो भएर समस्यामा पर्छन्,' दासले भने, ‘खुला शिविर गर्न गइरहेका छौं, जसबाट कम आम्दानी भएका र गरिबहरूले बढीभन्दा बढी लाभ लिऊन् भन्ने सोच छ।'
भारत सरकारबाट अनुदानप्राप्त गरेको गान्धी ग्लोबल फेमिली र नेपाल सरकारबीच यस कार्यक्रमका लागि ४ अक्टोबर, २०१३ मा सहमति भएको थियो। भुसालका अनुसार सिन्धुपाल्चोक, मुस्ताङ, सोलुखुम्बु, तनहुँ, चितवन, नवलपरासी, झापा, सुर्खेत, कञ्चनपुर र काठमाडौंमा समेत यस्तो शिविरको तायारी छ।