Wednesday 29 Ashwin, 2076 | October 16, 2019
Menu

स्वास्थ्य

बिर्तामोडमा रक्तसञ्चार सेवा

  • सोमबार १ बैशाख, २०७१
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
भद्रपुर– मानवीय सेवाका लागि तत्काल रगत उपलब्ध गराउन झापाको बिर्तामोडमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। चारपाने १ स्थित पञ्चकन्यामा निर्मित ब्लड बैंक भवनबाट रक्तसञ्चार सेवा सञ्चालनमा ल्याइएको हो।
नेपाल रेडक्रस सोसाइटी, झापाका सभापति लोकराज ढकाललगायतले सामूहिक रूपमा रक्तसञ्चार सेवा केन्द्रको सुभारम्भ गरे।
नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा अनारमनी (बिर्तामोड)को संयुक्त पहलमा चारपाने–१ स्थित देवी पञ्चकन्या ल्यान्ड एन्ड हाउजिङ प्रालिले निःशुल्क प्रदान गरेको १२ धुर जग्गामा ४० लाख रुपैयाँको लागतमा तीनतले भवन निर्माण गरी रक्तसञ्चार सेवा सुरुआत गरिएको रेडक्रस उपशाखा बिर्तामोडका उपसचिव एकराज गिरीले जनाए।
यसअघि भद्रपुर र दमकमा रक्तसञ्चार सेवा सञ्चालनमा रहेको र बिर्तामोडमा आजदेखि सेवा सुरु भएपछि झापा जिल्लामा रक्तसञ्चार केन्द्रको संख्या तीन पुगेको छ।