Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

तीन म्यानपावर निलम्बित

(0 votes)
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तीन कम्पनीलाई साधारण सदस्यबाट निलम्बन गरेको छ।
संघले सन्ना इन्टरनेसनल रिक्रुटिङ सर्भिसेस प्राली, प्रोग्रेसिभ प्लेसमेन्ट सर्भिस नेपाल प्राली र एडभान्स रिक्रुटमेन्ट सर्भिस प्रालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानपछि विशेष अदातलमा मुद्दा दायर गरी कारवाहीको प्रक्रियामा रहेकोले निलम्बन गरेको हो। संघको विधानको दफा ९ र आचारसंहिता दफा ८ को दण्डसजायको ख बमोजिम संघको कार्यसमितिको निर्णयले निलम्बन गरेको अध्यक्ष बलबहादुर तामाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ।