28 Mangshir, 2076 | December 14, 2019
Menu

सिबिटीमा दुई सय उतिर्ण

(0 votes)
काठमाडौं– इपिएसमार्फत दक्षिण कोरिया गएर समयमै स्वदेश फर्केका कामदारलाई पुनःकोरिया लैजान कोरिया मानव संसाधन विकास (एचआरडी) ले लिएको सिबिटी परीक्षाको नतिजा सार्वजनिक भएको छ।
रोजगार अनुमती प्रणाली (इपिएस)मार्फत कोरिया पुगेर वैधानिक रुपमा बसी स्वदेश फर्केका कामदारका लागि लिइएको कम्प्युटरमा आधारित परीक्षा (सिबिटी) मा ८ सय ८२ जना सहभागी थिए। वैदेशिक रोजार विभाग इपिएस शाखासँग समन्वय गरेर लिइएको परीक्षामा २ सय ५ जना उतिर्ण भएको शाखाले जनाएको छ। गत मार्च १२ देखि २७ सम्म लिइएको परीक्षामा सहभागी उतिर्ण कामदारले चैत २३ गतेदेखि कामका लागि निवेदन दिन सक्ने शाखाले जनाएको छ।
शाखाका प्रमुख डिल्ली बास्तोलाले सिबिटी परीक्षामा उतिर्ण कामदारलाई कोरिया जानका लागि प्राथमिकता हुने बताए। कोरियामा ३ वर्र्ष भन्दा बढी वैधानिक रुपमा बसेर फर्केका कामदारका लागि लिइने परीक्षा भएकोले उनीहरुको अनुभव हुने भएकाले प्राथमिकतामा पर्ने उनले बताए।
सिबिटी परीक्षामा उतिर्ण कामदारको लागत इपिएस परीक्षामा उतिर्ण कामदारको भन्दा न्यून हुने पनि बाँस्तोलाले बताए। इमान्दार र मिहिनेती हुने हुनाले नेपाली कामदारको माग कोरियामा बढ्दो छ। ‘वैधानिक भएर बस्ने कामदारका लागि कोरियामा अवसर आइरहन्छ,' उनले भने।